दुध खाएर बिष

Monday, December 31, 2012

उहाँ अर्थात सिनियर राम । अर्थात रास्ट्रपति । अर्थात मुलुकको अभिभाबक । अभिभाबक ज्युको वात्सल्यबाट दुनिया चकित छ । त्यो दुनिया नै चकित पार्ने उल्काको वात्सल्य र पिरिम उहाको जुनियर रामप्रति ।
 
जुनियर रामको खवाई पियाई । बालुवाटारे महलको बास । सिंहदरबारे कुर्सीको रजाइ अनि भित्तामा तस्बिर झुन्ड्याउनुको सान देखेर इर्स्या गर्नेहरुको कमी छैन । झन्डै डेढ बर्षदेखिको सासन सत्तामाथीको उनको मस्तिले कतिलाई चित्त बुझेको छैन । र नै उनका अघीपछी खोइरो खन्नेहरुको धुइरो छ । 


उनको मस्ती खोस्नको लागी । सत्ताको भाग आफ्नो तिर पस्किनको लागी र कुर्सीमाथी रजाइ पनि आफै गरम भनी तम्सनेहरुको लामो लाम पार्टी बाहिर अनि भित्र पनि नदेखिएको हैन । तापनी उनको रजाइ यथाबत छ । मस्ती यथाबत छ र खवाई पियाई पनि यथाबतै छ । कारण सारा दुनिया उनि बिरुद्द उभिए पनि अभिभावक अर्थात सिनियर राम उनका लागी उभिएका छन । एक मायालु पिताले झैँ सिनियर रामले उनलाई काख मा बसाएका छन । अनि हातमा म्याद रुपी दुधदानी समातेर हप्ते , छ दिने , पाच दिने सत्ताको प्याक घुटुघुटु पियाईरहेका छन । जव म्याद रित्तिन्छ तव फेरी थप्छन फेरी पियाउछन । एबम रितले यो कर्म चालिनै रहेको छ ।
 
एबम रितले यो सत्ताको नियमित पियाईले जुनियर राम गतिला बन्दै गएका छन । मोटा र बलिया हुदै गएका छन् । पुल्पुलिएको सन्तान झैँ जिद्दी र कसैलाई नगन्ने भएका छन । उनलाई इर्स्या गर्नेहरु र स्वयम् सिनियर राम पनि कमजोर र निर्बलिया बनेका छन । जुनियरको घमण्ड झन् झन् बढ्दै हेको छ । अब त वात्सल्यले भनुम या बलियो बन्दै गएको जुनियरको दरले भनुम म्याद नपिलाई धरै नपाउने भएका छन् सिनियर रामले ।

मुसा हरुको बैठक |

Friday, December 28, 2012

एक दिन मुसा हरुको बैठक बसेछ | सानेपाको सेता दारी जुगा भएको मुसा | बल्खुको दारी जुगा नभएको मुसा अनि अरु केहि फुटकार मुसाहरु | उनीहरु बीच बालुवाटारे ढाडे बिरालोको बिरुद्दमा घनिभूत छलफल भएछ | छलफल उसको सिंहासन आफुले कसरि उछिट्याउने भन्ने बिषयमा केन्द्रित भएछ |

राम्रो मुखले त बिरालोले सिहासन हस्तान्तरण गर्दैन | त्यसैले त्यसलाई उछित्याउने पो कसरी ? उछित्याउदा उछिट्याउदै ढाडेले थापाएर आक्रमणमा उत्रियो भने ? त्यसको लागी के गर्ने कसो गर्ने भन्ने छलफल चलिरहदा फ्याट्ट उपाय सुझेछ | “ अब त्यसलाई घण्टा झुन्ड्याइदिम ताकी त्यो आएको परै बाट थाहा होस र भाग्न सकियोस | कुराको चौतर्फी समर्थन भयो | तालि बज्यो |

तर एउटा प्रश्न तेर्सियो त्यस ढाडेलाइ घण्टा झुन्ड्याउने पो कसले ? कसैले गएर मझुन्द्यौछु भन्ने आट पुर्याउन सकेनन | अन्तत उनि हरुले त्यो घण्टा झुन्द्यैदीन सितल निबास अनि लाजिम्पाट दरबार सम्म आग्रह गरे | दुबैले कुरो मनासिव ठहर्याए पनि अझै त्यसलाई झुण्ड्याउने आट पुर्याउन सकेनन |

जंगली ध्रुबे र बालुवाटारको ध्रुबे

जंगलबाट फुत्~~~~~त निस्केर गाउमा बितण्डा मच्चाउने जंगली ध्रुबे र जंगलबाटै फुत्त निस्केर सिंह दरबारमा मस्ती जमाउने गोर्खाली ध्रुबेको चर्चा अचेल ज्यादा छ | रुप र सारिरिक बनावटमा केहि फरक भएका यी ध्रुबे हरुमा ब्यबहारमा भने थुप्रै समानताहरु देखिन्छ | जंगली ध्रुबेको ला~~~~~मो सुड छ भने गोर्खाली ध्रुबेको लामो नाक छ | गोरखाली ध्रुबे नि एकताक सरकारको ‘मोस्ट वान्टेड’ सुचीमा परेका थिए र तिनलाई मार्न सेना प्रहरी खटिएका थिए |

त्यति बेला गोर्खाली ध्रुबे नि जंगलमै बस्थ्यो  | अचेल जंगली ध्रुबे जंगलमा छ र त्यो सरकारको मोस्ट वान्टेड सुचीमा परेको छ | जसलाई मार्न अहोरात्र सेना प्रहरी खटिएका छन | तै पनि त्यसलाई समात्न सकिएको छैन |

त्यसैले नै उसले बालुवाटार बस्ने ध्रुबेहरुको निद हराम गर्न सफल भएको छ | जनतामा त्रास र चर्चाको उत्पादन गर्न सफल भएको छ | अहिलेको बालुवाटारे यानकी गोर्खाली ध्रुबे जंगलमा हुदा पनि बालुवाटारमा ध्रुबेहरु थिए | र तिनीहरुको त्यसै गरी निद हराम गर्न सफल भएको थियो | पछी नारायणहिटीको ध्रुबे सारै मत्त भएर निस्कियो | बालुवाटारे , सिंहदरबारे धुर्बे मध्धे केहीलाई थुनेर बाकीलाइ धपाएर आफु महाध्रुबे भएर निस्कियो | र त्यतिबेलाको जंगली , गोर्खाली अर्थात अहिलेको बालुवाटारे ध्रुबे जो  त्यतिबेला जंगलमा थियो त्यसको सम्पूर्ण टेन्सन आफैमा बिसायो | जंगली ध्रुबेहरु बिरुद्द सेना परिचालन तिब्र पार्यो | सहरी ध्रुबेहरुलाई नि खेदो खनायो |

आब्बुइ बजारभाउ |

आजकाल सप्पै भन्दा बलबान बन्दै गएको मध्धे पुसको यो जाडोलाइ चेलेन्ज दिने झोक चलेर आयो | सप्पै भन्दा दाम्मी बाक्लो र महगो ज्याकेट किन्छु भनेर एक दिन चौध सए बोकेर बजार गाको | “उत्तरी अनुहार” ब्रान्डको ज्याकेटमा आखा पुग्यो | त्यहि मन बस्यो | त्यहि पिरिम पर्यो | टपक्क टिपेर ओल्टाइपल्टाई नि नगरी सोधीहाले _” सौजी यसको कती हो ?” सौजीले भने –“ चौध हजार | “ बज्जेले मेरो खल्तीको दाम कसरी ठ्याक्कै पार्यो हौ ? कतै मेरो खल्ती पारदर्शी छ कि क्या हो भनेर एक फेरा चेक गरे पस्च्यात फेरी सोधे –“ हैन सौजी कति रे ? “ सौजीले बुझ्ने गरी भनिदियो “चौध हजार | “ टुइ~~~~~य गरिरहेको कानलाइ थुन्दै फेरी सोधे –“चौध हजार ?” उसले भन्यो –“ अँ हजुर | चौध हजार |”
उसको आखा नियाले राता छ कि छैन भनेर | राता थिएन सेतै थियो | “ साहुजी कति बज्यो ह ?” समय सोधे उसको होस चेक गर्न | “ साढे एघार | “ मेरो घडीमा पनि त्यति नै बझेकोथ्यो | अब थाहा भयो | उसले दिउसै पिएको थिएन | मातेको थिएन | उसले १४ हजार मातमा भनेको थिएन | लौ ठिक छ त भनेर –“ साउजी तपाइको ज्याकेट तपाइँ नै लगाउनुहोस | मलाइ त यो महँगो भयो मा किन्दिन गए |” भनेर हिडे | ढोकाबाट निस्कदै गर्दा उसले भन्यो –“ पख्नोस न दाइ | डिस्काउन्ट भै हाल्छ नि |”
आफ्नो गोजीमा १४ सय | अलि पर पुगेर यसो सोचे | फर्किन पर्छ कि क्या हो ? डिस्काउन्ट दिन्छु नै भन्या छ | ९० प्रतिसत डिस्काउन्ट दिन्छ भने त किन्नम कि क्या हो ?
समय अत्यन्त लोसे भैरहेछ । जहाँ सबै प्रगतीहरु घस्रिदै छ । सबै कुरा ओरालो गतिमा तिब्र छ । तर अपवाद,बजारमा बस्तुको मुल्य भने बढी रहेछ बढीरहेछ उभोतिर ।
यता पेट्रोलियन पदार्थको मुल्यलेले झन औधी गरिसकेछ । बिस्तारि उहिल्यै खुत्रुक खुत्रुक नाम्छे हुँदै सगरमाथा उकालो लगाएर अस्ती नै बिजयी झन्डा फहराएछ । यता का उपभोक्ता ट्वाँ परेका पर्यै  । कारण अब पेट्रोलियम पदार्थको मुल्य सगरमाथा पुगी सक्यो । अब त यो खरिद गर्न तेन्जिङ नोर्गे शेर्पाको भन्दा कम साहसले पुग्दैन ।
तरकारी र खाद्यान्नको मूल्यब्रिद्दिको नकुरा गरम | मुल्यबृदिको साइज यसरी बढेछ की त्यसको उचाइले सगरमाथालाइ टेपछ । तैपनी उसको बृदि रोकिएनछ । हुँदाहुँदै एक दिन मुल्य बृदिको अनुहार हेर्न खोज्दा सगरमाथाको टोपी खस्ने दिन आएछ । र सगरमाथा लाई डल्ले भनेर जिस्काएर हैरान पार्न थालेछ । एक दिन त अत्ती भएर सगरमाथाले मुल्यब्रिद्दिलाई थर्काएछ -"अब चै डल्ले डल्ले भनेर जिस्काइस भने कुटाइ खान्छस !"
यि त खाध्यान्न र उपभोग्य बस्तुको मुल्यमा भएको बृदिको कुरा भो । अब कुरा गरुम खासै उपभोग गर्न आवश्यक नपर्ने सुनको कुरा । एउटा बाबु साह्रै झोक्किएर आएर छोरा लाई थर्काएर भनेछन -"कुलङ्गार मोरा !"
एक्कसी थर्काएको देख्दा छोरो जिल्ल पर्दै सोधेछ -"किन बुवा के भयो र ? किन कुलङ्गार भनेर गाली गर्दै हुनुन्छ ?"
बाबुले भनेछन-" केही गरिस भनेर  हैन केही गरिनस भनेर कुलङार भईस । यो उमेर भै एउटा केटी लभ गरेर भगाइनस । अब यो महगो सुन किनेर बिहे नै गर्दिनुपर्ने बनाइस है !" 
सङ्राहलय मा भिड थियो जहाँ एउटा बाक्सामा पहेलो बस्तु राखिएको थियो । एक महिला अर्किलाई त्यो बस्तु चिनाउदै भन्दै थिन - "बाक्सा भित्रको पहेको बस्तुलाई सुन भन्दछन । पहिले पहिले महिलाहरु यसका लगाउथे रे !

भनिन्छ अब त मुल्यब्रिद्दिले झोक चल्दा मङ्लग्रहमा पुगेर प्रिथ्बी तिर ढुङ्गा बर्षाउछ रे !

थप्पडको मुल्य ।

Thursday, December 13, 2012


पहिले पहिले थप्पडको सम्बन्ध मात्र क्रोध सँग हुन्थ्यो । जङ चलेपछी पिड्याङ गालामा चड्कायो सकियो । हदै भए उसले पनि फर्काउला उस्तै आइटम खानेले पनि । चमत्कारै भए खाने गान्धी बन्ला र थाप्ला अर्को गाला पनि । फर्काउने र अर्को गाला थाप्न पनि नसक्ने मान्छेले सुम्सुम्याउला । अनी भन्ला - " थप्पड नै चै हानी नहालेको भए हुन्थ्यो । " अझै कोही त - " ल बितायो " बन्दै टाप कस्लान । पर पुगेर भन्लान - " तलाई पख । " अनी फेरी बुर्कुसी मार्लान उसै गरी ।
तर अब थप्पडको सम्बन्ध क्रोध सँग मात्र छैन । झोक फेराइबाट उत्पन्न दु:खाइ सँग मात्र छैन । गालाको सुम्सुम्याइ र अर्को गालाको थापाइ सँग मात्र छैन । र झोक फेराइबाट झोक फेरिने पक्षमा उत्पन्न हुने नयाँ झोक सँग मात्रै नि छैन । जब देबीप्रसाद , पदम कुँबर जस्ता मनुवाहरु अकस्मात लबटा बोकेर उत्पन्न भए तब थप्पडको सम्बन्धमा आमुल परिवर्तन ल्यायो । अनी थप्पडका सम्बन्धका क्षेत्रहरु फराकिला बन्दै गए ।
केही बर्ष अगाडी देबीप्रसाद लबटा हल्लाउदै कामरेड झलनाथले माइक समाती राखेको मन्चमा उक्लिए तव थप्पडको सामाजिक प्रतिस्ठा सँग स्वयम्बर सम्पन्न भयो र जब त्यो हावामा हल्लिरहेको खस्रा लबटाले कामरेड खनालको चिल्ला गालामा स्पर्स गर्यो तब थप्पड र सामाजिक प्रतिस्ठाको लगनगाँठो बाँधियो । र थप्पडको सम्बन्ध झोक र दु:खाइ सँग मात्र नभएर त्यो सामाजिक प्रतिस्ठा सग हुन गयो । र खानेले आफ्नो प्रतिस्ठा भुइमा खसेको अनुभव गर्न थाले दु:खाइको खासै महसुस र महत्व रहेन । प्रतिस्ठा सँग सम्बन्ध गाँसिए लगत्तै थप्पडको दुखाइ सँग पारपाचुके भयो ।

गर्नु गर्यौ बाबुराम मुसा खाएर


रातदिनको भागदौड , व्यस्तता , तनाव र छटपटीबाट थकित उहा गत साता मुसाको खोजीमा निस्कनु भएछ | थारु बस्तीमा भेट्नुभएछ र टन्न मुसा खाएर फर्कनु भएछ | मुसा पनि भुत्लै सहित कहा हो र ? चट्ट भुत्ला खुइलाएर काटेर नुन , मसला , खुर्सानी हालेर साँधेको | अचार मुसा | हुन त खान्की भनेको व्यक्तिको इच्छा मा भर पर्ने कुरा हो | कसैले के खायो खाएन भन्ने कुरा अरुको चिन्ता र चासोको बिषय होइन तैपनी उहाँलाइ     “सु~~~~री !” भनेर बोलाउन मन लागेको छ | कारण उहाँ पहिल्यै देखि सुरो मान्छे त्यसमाथी मुसा खाएका | मुलुकमा पहिलो पटक प्रधानमन्त्रीले मुसा खानु भएको छ | उहाँले बाघै मारेर खानु भएको होइन | सिंह मारेर खानु भएको होइन | हात्ती , चितुकाको कुरा छोडुम | स्यालै सम्म पनि खानु भएको हैन | खानु भएको जाबो मुसा हो | तर चर्चा भने हात्ती , सिंह खाए भन्दा नी ठुलो भयो | हुन पनि ठुलाबडाले ठुलै कुरा खानु भएको भए त के चर्चा ? चर्चा भयो नै सानो कुरा खाएर |

राष्ट्रपतीको प्रयोग

Wednesday, December 5, 2012


नेपालमा प्रयोगको राजनीति निकै फस्टाएको छ । प्रयोगकै राजनीतिलाई प्रयोग गरेर एनेकपा माओवादी यहाँ सम्म आइपुगेको छ र ठुलो दल बनेको छ । उसले आफ्नो अनुकुल पहिले कहिले दरबारलाई प्रयोग गर्‍यो त कहिले दलहरुलाई । लास्टमा संसद्बादी दलहरु सग मिलेर भनुम या तिनिहरु लाई प्रयोग गरेर भनुम राजतन्त्रको भुत्ला खुइलायो । त्यसछी पनि कहिले काग्रेस त कहिले एमाले अनी कहिले मधेसबादी दलहरुलाई प्रयोग गरेर एक अर्काका भुत्ला खुइलाउने धुनमा लागि रह्यो । दलहरु भित्र पनि एक नेता वा पक्षलाई प्रयोग गरेर अर्का नेता वा पक्षको भुत्ला खुइलाउने काममा उ लागी रह्यो र लागी नै रहेको छ । त्यसो त पैला पैला शाहजीहरुले दल तथा शक्तीहरुलाई प्रयोग गर्ने नगरेका होइनन । तर अर्कालाई प्रयोग गर्ने धुनमा तिनिहरु आँफै प्रयोग हिन भएर एकातिर थन्किए ।

बालुवाटार छोडदिन ।

Wednesday, November 28, 2012


"ए बाजे !"
एकाबिहानै नेपालमा निर्मित एक झन्डावाल गाडी राष्ट्रबैंक निरको एक अग्लो घर अगाडी रोकियो र सवार ब्यक्तिले भित्र बाटै चिच्यायो !
"ए बाजे !"
"यसरी बिहान बिहान बोलाँउदा नी नबोलेको देख्दा यो शहरको मान्छे कुम्भकर्ण बने भन्ने हामीलाई लाइराछ !"
घरबाट कुनै जवाफ न-आएसी सवार ब्यक्ती फतफताउदै गाडी बाट झर्यो ।
"कुम्भकर्णे पाराले मुलुक बन्दैन भन्ने हाम्लाई लाइराछ !"
"बाजे~~~~~ ए बाजे !"
कालोटोपी लगाएको त्यो मान्छेले फेरी चिच्यायो ।
"बाजे~~~~~~ए !"
भित्रको बाजेले सुनेन । बाहिरको उसले गेट धकाल्यो तर बन्द थियो । के गर्ने ? के गर्ने ?? भएर पर्खालतिर हेर्दै गर्दा उसले आफ्नै पुरानो डायलग संझियो - " चिप्लेकिरा जस्तो घस्रने होइन , भ्यागुता जस्तो उफ्रने । "

गालाको आत्मकथा

Wednesday, November 21, 2012


हरेक मान्छेहरुमा मेरो उपस्थिती अनिवार्य थियो । मान्छेको जन्म सगै मैले जन्म लिन्थे । अनुहारको अधिकांस भाग मैले ओगट्थे । मान्छेले  शरीरका संपूर्ण भाग छोप्दा खेरी पनि म छोपिन्नथे । देखिन्थे । अनुहारमा सप्पैको आफ्नो आफ्नै काम भएर मात्र स्थान पाएका थिए । आँखाको आफ्नै काम थियो, नाकको आफ्नै काम थियो मुखको आफ्नै काम थियो कान छाला दुबैका आफ्नै काम थियो । तर म मोरो गाला केही काम थिएन । मात्र सान्दार उपस्थिती थियो अनुहारमा ।

हाँस्दा कसैकोमा चाउरी परीदिन्थे कसैकोमा खाल्डो पारीदिन्थे । मैयाहरुकोमा स्याउरङ भरीदिन्थे । ठिटाहरु भुतुक्कै हुन्थे । तारिफ चल्थ्यो मेरो नै । वाहवाह मेरो नै ! मैया मख्ख पर्थिन । मसक्क मस्किन्थिन । तिनका ओठले मलाई धकेल्थे । मलाई काउकुती लाग्थ्यो । कानतिर सर्थे ! मेरो नौटङ्कि गज्जपको थियो । कहिले काहिले मेरो कारणले तिनले पनि तारिफ पाउथिन झोक चल्थ्यो अनी डन्डिफोर उमारीदिन्थे ।

ठिटाहर्को अनुहारमा बस्दा मेरो उट्पट्याङ सुरु हुन्थ्यो । भुरुरु दारी उमारेर झाडी बनाइदिन्थे । अन्वार हेरीसाध्धे हुन्देन । ऐना हेर्थे खुइय गर्थे अनी आफुलाई डेडुवा सग दाँज्थे । मलाई रमाइलो लागेर उल्का हुन्थ्यो । आफ्नो उट्पट्याङमा गदगद हुन्थे ! कुदेर गएर बिलेट किन्थे रेजरमा हालेर  ख्वार ख्वार पार्थे । फिट्किरी लाउथे फेयर एन्ड हेन्सिम लाएर मलाई चिल्याउथे । अझै चिल्याउने मेसोमा कोही झिल्केहरु बड्ता स्वाङ पार्थे । दारी उम्रिएको बिपरीत दिशाबाट समेत ख्वारख्वार पार्थे । मलाई झोक चल्थ्यो । भोलिपल्ट हुरुरु बिबिरा उमार्देर । हेर्न नहुने बनाइदिन्थे । तिनिहर्लाई खुच्चिम पर्थ्यो । कती त मलाई चिल्याउने मेसोमा सैलुन जान्थे । पैसो तिर्थे । यि कवि, साहित्यकारहरु सग भने म हार्थे । जती दारी सपारिदे नि बाल दिदैन थे । हुँदा हुँदा मलाई नै छोपिदिन्थे दारीले । दारीको सेपले म काठयाङ्रिन्थे ।

मान्छेको अनुहारमा जीवनभर डेरा जमाउने क्रममा घटेका ति अविस्मरणिय पलहरुलाई म कहिल्यै भुल्ल सक्दिन । मान्छेले चुम्बनको साटासाट गर्दा ममा परेको ताता ओठका स्पर्स र लिपिस्ट्कका दागले रंगिएका पलहरु मेरा सबै भन्दा सुन्दर सम्झना हुन । आसुले मलाई बगर बनाएर बग्दा लागेका गाजलका काला दागहरु मेरा सबैभन्दा कुरुप सम्झना हुन । मान्छेको झै म गालाको पनि धेरै तिता मिठा भोगाइहरु छन । लबटो सग मेरो आजीवन सत्रुता छ । त्यो सगको स्पर्स र टकरावको सम्झनाले मात्रै पनि मलाई दुखी बनाउछ ।

ठुलठुला ब्यक्तित्वहरुका अनुहारमा बास जमाउदा म गर्वले फुल्थे र पोटिलो हुन्थे । त्यसमाथी सक्तिशाली नेताहरुका अनुहारमा भएको मेरो उपस्थितिले मलाई कम्तिको सन्तुश्ठी हुन्न थियो । नेताहरुमा हुनुको मेरा अनुभव सबै भन्दा सम्झन लायक र रोचक छ । केही बर्ष अगाडीको कुरा हो । कामरेड माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यहिबेला नेपाल आकी स्पाइसी गर्लले तिनलाई च्वाप्पै पारीन । बाब्बा तिनका ओठका स्पर्स ममा । मलाई त के भयो म बर्णन गर्न सक्दिन । मादप कामरेड चै लाजले रातै हुनु भो ।

झलनाथ कामरेडको अनुहारको शोभा नै मै थिए । तिनमा रहेको मेरो चिल्ला र राता रुप नै तिनको आकर्शणको केन्द्र थियो । तर एकदिन म देवीप्रसादको लबटाको सिकार भए । म कामरेड प्रचन्डको अनुहारमा थिए । त्यत्रो गौरबशाली पार्टीको । गौरबशाली नेताको । गौरबशाली अनुहारमा त्यसरी बस्न पाउदा मलाई कम्ती गर्व अनुभव हुँदैन थियो । कहिले काही तिनका मुठे जुंगाले च्वास च्वास घोच्नु बाहेक म सगँ दु:खको कुनै अनुभब थिएन । तर दशा लागेपछी के लाग्यो ? मेरो दिन बिग्रियो म फेरी त्यो कुँवरे केटाको लबटाको सिकार भए ।

हान्नेहारुको चर्चा भयो । हानिनेहरुको इज्यत गयो । आखिर मैले के पाए ? बिथ्यामा चोट खाएँ । वहियातहरु आक्रोस भन्छन । संबिधान नलेखिनुमा मेरो के दोस ? लेख्ने जिम्मा हातको हो त्यसैले दोश पनि हातकै हो । अनी हातैले मलाई पड्काउने । यहाँ भन्दा ठुलो अन्याय के हुन्छ ? कहिले काही त झोक चल्छ । नेताहरुका अनुहारमा नबसेर अन्तै बसाइ सरुम । तर के गर्नु जन्मिदै हरेक मान्छेका अनुहारमा म एटेच भएर आउछु । पछी चाहेर पनि कहिले अलग हुन नसकिने ।

" ओइ मेरो आत्मकथाको लेखक ! तँ चै के त्यो झुसे दारी मुसारी'रा ? जा गएर खौरी ! मलाई टेन्सन भो ! चिल्लो पारीदे !!"
       

क्या काइदा !!

Thursday, November 1, 2012

अध्यक्ष कामरेडको बातै बिच्छे बोली फेरिने गरेता पनि उहाको नेत्रित्वको पार्टी एनेकपा माओबादी भने एउटै कुरामा अडिक छ । त्यो हो सरकार नछोड्ने कुरा । तर जसरी सरकारमा जान र सरकार छोड्न निउ चाहिन्छ त्यसै गरी अर्काले छोड का छोड भनीरहेको अवस्थामा सरकारमा बसिरहन पनि एउटा निउ त चाहिने नै भयो । उसले त्यो निउ सहमतीमा खोजेको छ । फेरी सहमती भन्नसाथ तपाईं दलहरु बिच हुने खालको बन्ने खालको सहमती बुझ्नु होला । कुरा मिलेको अवस्थालाई ,सबैले ल हुन्छ भनेर चित्त बुझाएको अवस्थालाई बुझ्नु होला तर त्यसो होइन । सहमती शब्दलाई नै निउ बनाएर सरकारमा बसिरहने माओबादीको नयाँ काइदा बनेको छ । 

माओबादीले सरकार छोड्दैन किन कि सहमती भएको छैन । वास्तवमा जब कोही प्राइममिनिस्टर सहमतीको खम्बामा आफ्नो कुर्सी बाध्न सफल हुन्छ उसको कुर्सी सितिमिती धल्दैन । अब सहमती भैहाल्यो त के भयो ? आफ्नै नेत्रित्वको सरकारलाई निरन्तरता दिने कुरामा सहमती गर्‍यो । सरकार आफ्नो जहिको तहीं अब सहमती भएन त झनै राम्रो सहमती नभै राजीनामा दिइन्न अर्थात सरकार छोडिन्न । क्या काइदा !! आखिर सहमती भएर सहमती लाई आधार बनाएको सरकार त्यती मजबुद नहुन सक्छ । किनकी सहमतीमा पुगेकाहरुले बोली फेर्न सक्छन र सहमती भात्काइदिन सक्छन । यसो गर्दा सरकारको बनेको आधार कमजोर हुन सक्छ र सरकार ढल्न सक्छ ।

चिया र सत्ता

मुलुकमा दुई थरी मान्छेहरु छन । ति हुन चिया खाने र सत्ता अर्थात मन्त्री प्रधानमन्त्री पद खाने । दुबै कुरा खाने नै हुन तापनी यसमा आकाश जिमिनको फरक छ । पहिलो कुरा त सबै सत्ता खानेले चिया खान सक्लान तर सबै चिया खानेले सत्ता खान सक्दैनन । वास्तवमा सत्ता खानेहरु चिया मात्र खादैनन । उनीहरुले सबै कुरा खान्छन । यानकी यिनिहरु सर्वहारी हुन ।

मासु खानेलाई मांसहारी र सागपात खानेलाई साकाहारी भनेर जस्तो चियापान गर्नेलाई चियाहारी र सत्तापान गर्नेलाई सत्ताहारीका रुपमा बर्गीकरण गर्न पनी हम्मे नै छ । कारण बिसुद्द चियाहारीहारी पाउनु अली कठिन नै छ । चिया खानेहरुले अरु केही नखाए पनि बिस्कुट,केक, वा डोनट त अवस्य नै खान्छन । यि त बिहान चिया सँग खाने कुरा हो । अझै बिहान चिया खानेहरु बेलुका भट्टी नपस्लान भन्ने नि छैन तापनी चिया खानेहरुले त्यस्तो जेतेमेते केही खाँदैनन । उस्तै परे भागमा आए सत्तै चै छोड्दैनन अरु चाहीँ त्यस्तै हो । ति छिटपुटलाई छाड्ने हो भने चिया खानेहरु दाम्रा भुडी भएका, खस्रा गाला भएका सर्व साधारन नै हुन ।

पिङ

Sunday, October 14, 2012


"सररर चचहुइइइ !
सररर चचहुइइइ !"
राम्बाबु पिङ मच्चाउदै चिच्याएको आवाजले सबका निद खतम गर्यो पुकमल,झलुनाथ,छुसिल,कुने,खड्ग,चन्द्र,बादुर कसैले पनी आरमले सुत्न सकेनन मोहनबाले कानमा रुओ खाँद्ने मेसोमा एउटा तकिया पुरै उदारेर सके तर चचहुइको आवाजलाई कानमा पस्नबाट रोक्न सकेनन "कती वाहियात कर्कस आवाज हो यो ? बिस्तारबादी संगित मिसिएको !" बुढा एक्लै जंगिए तर जंगिएका मोहनबालाई फकाउन निन्द्रादेबीले चासो दिइनन उनका ढोका ढक्ढकाउन आइनन
साच्चै भन्ने हो भने राम्बाबुले पिङ मच्चाउन थाले देखिनै राजनीतिक टोलबाट निन्द्रादेवी अलप भइन निन्द्रादेबिको अनुपस्थितीले टोलका बासिन्दाहरु बेचैन देखिए नियास्रो छट्पटीको रोगले च्यापेर उठौ कि बसौ कि कुदौ झै हुन थाल्यो आफु पनि त्यसैगरी पिङ खेलेर चचहुइको भाकामा चिच्याउने रहर बढ्दै गयो  

किस्ताबन्दीमा संबिधान


वास्तवमा भन्ने हो भने लाजिम्पाट दरवार सर्त प्रस्ताव र सपना उत्पादन गर्नको लागी सबै भन्दा उर्भर ठाँउ हो । जहाँ बाट हरेक दिन नयाँ नयाँ सर्त हरु उत्पादन हुन्छन । र त्यसले नेपाली राजनीतिलाई लट्याइरहन्छ र उनकै वरीपरी घुमाइ रहन्छ । दिन दिनै नयाँ नयाँ प्रस्तावहरु उत्पादन हुने गर्दछ । जसले हप्तौ राजनीतिलाई तरङित बनाइदिन्छ र मिडियालाई आफुतिर खिच्छ । त्यहाँ दिनदिनै नयाँ नयाँ सपनाहरु पनि उत्पादन हुने गर्छ । जसबाट सबै पार्टीका नेताहरु आफुलाई हुनेवाला प्रधानमन्त्री बनाउछन र आफुलाई लाजिम्पाटकै वरीपरी घुमाउछन ।

लाजिम्पाटे सपनाको सुरमा धेरै नेताहरुले पटक पटक आफुलाई प्रधानमन्त्री बनाइ सकेका छन । पछील्लो समय अस्ती मात्र सुसिलदा प्रधानमन्त्री बन्नु भयो । त्यसपछी अस्ती बाट एकाएक लाजिम्पाटले जनतालाई पनि सपनाको नसामा लठ्ठ पारेको छ । त्यहा बाट संबिधान बन्ने जस्तो कुरा आएको छ । अब नमिल्या कुरा पछी मिलाउने गरी भए पनी संबिधान भने बनाइहाल्ने कुरा अघी आएको छ । यस अर्थमा संबिधान अब किस्ताबन्दीमा आउने भएको छ ।

यदी त्यो सपना बिपनामा परिणत भएमा मिलेका बिषय राखेर पहिलो किस्ताको संबिधान जारी हुनेछ । त्यसपछी अर्को टुक्रा कुरा मिल्लासाथ त्यसलाई राखेर दोस्रो किस्ताको संबिधान जारी हुनेछ । यसरी । मिलेका कुराहरुको मात्र संबिधान बनाउदै जादा संबिधान का थुप्रै भागहरु बन्ने छन । अत्यमा पुरै किस्ता चुक्ता हुने छ । र संबिधान नेता र दलहरुका मुठ्ठी बाट फुस्किएर जनाटकओ मुठीमा आउने छ ।

त्यसको लागी जनताले हेरी रहनु पर्छ धर्य र प्रतिक्षा गरिरहन पर्छ । हुन पनि आजभोलि बजारमा सबै कुराहरु किस्ताबन्दीमा पाइन थालेका छन त्यसमा संबिधान चाही किन अछुतो रहन्थ्यो र ? 

हात्ती


हात्ती एउटा ठुलो थलचर जन्तु हो । यसको एकतिर सुड र अर्कातिर पुछर हुन्छ । यसको देखाउने दाँत एउटा हुन्छ टोक्ने  दाँत अर्को हुन्छ । टोक्ने दाँत देखिदैन देखिने दाँतले टोक्दैन त्यसैले यो त्यती भरपर्दो प्राणी हैन । मत्त हुँदा यो कसैको बसमा हुँदैन तर पछी एउटा लुरे मान्छेले पनी जता भन्यो त्यतै चलाई दिन्छ । माउतेले कन्ट्रोल गर्न नसक्दा यो  साह्रै भर नपर्दो हुन्छ । के गर्छ थाहा हुन्न । ढुलमुल गर्नु यसको स्वभाव हो । यस्ले आँफै कुनै गन्तब्य र दिशा लिन सक्दैन कसैले डोर्याए पछी मात्र दिशा लिन्छ । कहिले काही यसमा हिलो लाग्छ हिलो झर्छ । जस्तै - एमाले । यो राष्ट्रिय निकुन्ज हरु र बल्खु तिर भेटिन्छ । हात्ती बारे थप जानकारी झलनाथ खनाल बाट पाईन्छ ।  


शिर्श नेताका हुलिया

Monday, October 8, 2012


अब शिर्श नेताहरुलाई खतको आधारमा चिन्न सकिने भएको छ । एमाले अध्यक्ष झलनाथ खनाल , माओबादी अध्यक्ष प्रचन्ड र कांग्रेस सभापती सुसिल कोइराला समेत तिनै सिर्श नेताहरु एक एक फेरा कार्यकर्ताको आक्रमणमा परेका कारण उहाँहरुलाई ठम्याउन सजिलो परेको हो । कार्यकर्ताले प्रहारगरेका बस्तु र तिनले बनाको खतको आधारमा हाम्रा मुलुकका सुपर पावर नेता त्रयलाई पहिचान गर्न ज्यादा सजिलो भएको छ । र तिनका खतहरु नै उहाहरुका कपिराइट प्रोटेक्टेड ब्राण्ड बन्न पुगेको छ । यसले अब उहाहरुलाई पार्टीको नाम गुटको नाम र आफ्नै नामबाट चिन्नु पर्ने बाध्यता हराएको छ । अब खतको आधारमा गरिने पहिचान नै उहाहरुको मौलिक पहिचान बनेको छ । हुन सक्छ कार्यकर्ताबाट भएको आकस्मिक प्रहारले उहाहरुलाई साह्रै अफ्ठेरो भएको छ । तर चिन्नेहरुका लागी चै चिन्न सजिलो भएको छ ।

सार्वजैनिक स्थानमा नेताहरुको प्रतिस्ठामा आँच आउने किसिमले अभद्र व्यबहार गर्नु साह्रै असभ्य काम हुन । त्यसमाथी त्यत्रा जनताले पत्याएका नेताहरुमाथी भौतिक आक्रमण मै उत्रिनु भनेको साह्रै निन्दनिय काम हुन । साँच्चै भन्ने हो भने नेताहरु माथी आक्रमण गर्नेहरु नेता भन्दा पनी खराब हुन । तिनर्लाई रात भरी निन्द्रा नपरोस । तिनका सातै पुस्ता त्यस्तै नेता बनुन र कार्यकर्ताहर्ले चड्कन , चौकोस र कुर्सिले बजाउन । र क्वाँ क्वाँ रोइरहने पारुन । गुप्ता खुमबहादुर जसरी जेल जाउन ।    

कांग्रेसका राष्ट्रपती


राजेशदाइ जोक पेजमा राजेश हमाल सम्बन्धी एउटा जोक छ । जहाँ एउटा जड्याहाले राजेश हमाललाई भनेछ -" तपाईं भुवन केसी हैन ?"
राजेश हमालले भनेछन -"कहा हुनु म त राजेश हमाल हुँ ।"
जड्याहाले भन्यो -"हैन तपाईं भुवन केसी नै हो ?"
राजेश हमालले भनेछन -"हैन हौ म राजेश हमाल नै हुँ । "
जड्याहाले भनेछ -" गफ नदिनु न गफ ! कत्तिन हाम्लाई चै थाहा नभए जस्तो । तपाईं भुवन केसी नै हो । "
अन्त्यमा जड्याहा सग हार खाएर राजेश हमालले भनेछन -" ल ल म भुवन केसी नै हो । "
जड्याहाले भन्यो -"तर हेर्दा त तपाईं राजेश हमाल जस्तो देखिनुहुन्छ नि त । "

अहिले राष्ट्रपतिलाई प्रधानमन्त्रीले भनीरहनु भा'छ -" तपाईं कांग्रेशको राष्ट्रपती हो !"
राष्ट्रपती भन्नु हुन्छ -"कहा म काँग्रेश को राष्ट्रपती हुनु म त सप्पैको राष्ट्रपती हुँ । "
प्रधानमन्त्री भन्नु हुन्छ -" हैन तपाईं काँग्रेस कै राष्ट्रपती हो । "
राष्ट्रपती भन्नु हुन्छ -" ए बाबा । मैले उहिल्यै कांग्रेस को साधारण सदस्य बाट समेत राजीनामा दिसके भने म कसरी कांग्रेसको राष्ट्रपती हुन्छु ?
प्रधानमन्त्री भन्नुहुन्छ -" एक पटकको काँग्रेस सधैंको कांग्रेस । तपाईं काग्रेस कै राष्ट्रपती हो । "
एक दिन राष्ट्रपतीले हार खाएर भन्नु हुन्छ । "ल ल म कांग्रेस कै राष्ट्रपती हुँ । " त्यतिबेला प्रधानमन्त्रीले भन्नुहोला -"तर तपाईं हेर्दा त सप्पै को राष्ट्रपती जस्तो देखिनी हुन्छ त ।

म के गरुम ?


भएभरका सप्पै नेताहरु बोलाएर राष्ट्रपती ज्युले सोध्नुभएछ- "म के गरुम ?" सबैले मुखामुख गरेछन । के गर्नोस भन्नु सप्पै भाठाम मा क्यारी भन्नु यसो गर्नोस भनेर । कसैले केही भनेनन । बरु एक्लाएक्लै सोधेका भए  चै सबैले भन्थे । कस्तो भन्थे होलन त ।

काँग्रेस एमालेका नेतालाई मात्र बोलाएका भए उहा हरुले भन्थे कि -"कदम चल्नोस राष्ट्रपती ज्यु । "
राष्ट्रपतीले सोध्नुहुन्थ्यो होला -"कस्तो कदम ?"
नेताहरुले भन्थे होलान -"यस्तो कदम जुन कदम लाई पछ्याउदै सिंहदर्वार सानेपा वा बल्खु तिर आओस । "

उपरास्ट्रपती लाई सोधेको भने भन्नुहुन्थ्यो होला -" राष्ट्रपती ज्यु , म त त पहिल्यै देखी काम नपाएर बस्या । बरु लुडो खेलेर बसुम न तपाईं र म । "

अझ प्रधानमन्त्रीलाई सोधेको भए त पक्कै भन्नुहुन्थ्यो होला । -"ल । यत्रा अत्यदेश त्यसइ लठाबज्र छन । धमाधम स्विक्रित गर्नोस न । के गरुम पो भन्नु हुन्छ । अत्ती के !!"

संबिधानसभाको उपलब्दी रक्षा

Friday, September 28, 2012

संबिधानसभा बिघटन भए पछी प्राय सबै दल र नेताहर्ले भन्दै आएका छन की संबिधान सभाका उपलब्दीलाई कुनै पनी हालतमा गुम्न दिनु हुन्न । यसो सुन्दा एक्लै मरी मरी हासो उठ्छ । ए रात्तै जुन संबिधान बनाउन आएको संबिधान नै नबनाइ गयो भने त्यसको कुन उपलब्दी छ र त्यसलाई रक्षा गर्ने ? तै पनि के सत्तापक्षी के प्रतिपक्षी दुबैले एकै स्वरमा भनेका भन्यै छन -"अरु जे भए नि संबिधान सभाको उपलब्दी चै गुम्न दिनु हुन्न है ।"
गर्ने कामै गर्न नसकेको संबिधानसभाको उपलब्दी रक्षा गर्ने कुरा हासो पनी उठाउछ । अचम्म पनी बनाउछ । तर कहिले काही अली आसा पनि जगाउछ उपलब्दी रक्षे गर्न त उपलब्दी पनि हुनै पर्‍यो । हुँदै नभाको उपलब्दी त रक्षे गर्ने कुरो भएन । यसरी बुझ्दा बाहिर केही नभए पनि भित्र भित्र चैनी खुपै प्रगती भएछ की भन्ने लाग्छ । तर भाको जस्तो त केही देखिदैन । तर आजकाल अली कुरा बुझिन थालेको छ । वास्तवमा संबिधानसभा मुलुक र जनताको लागी खासै उपलब्दीमुलक हुन नसके पनी । नेता बर्गको लागि भने निकै नै उपलब्दीमुलक भएको छ ।

म्याच :P

Wednesday, September 26, 2012


एयरफुनको पिन

Friday, September 21, 2012

तस्बिर साभार : cliker.com
मेरो एयरफुनको पिन 
घरी घरी घरी कान चिलाउछ 
त्यै सजिलो लाग्छ कान कन्याउछु 

दाँतमा अली अफ्ठेरो महसुस हुन्छ 
बिहान खाएको हरियो साग अड्केको पाउछु । 
बिर्सन्छु ,
त्यही पिन छिराउछु साग झिक्न । 
सम्झन्छु,
घिन लाग्छ ,
वाक्क गर्छु , मुख खोकल्छु ।

फेरी कान चिलाम्छ
कानैमा घुसार्छु ।
आनन्द हुन्छ ,
आहा भन्छु ।
:D :P








दर कि दारु ?

Tuesday, September 18, 2012


यसपाली तिजमा दर र दारुले खुबै चर्चा पायो । मनसुन सकिएर भर्खर पानी छिट्याउन थाले पछी सुरु भएको दर खाने क्रम अस्ती पात्रो मै लेखिदिएको दर खाने दिनमा आएर टुङ्गिएको छ । परार भन्दा पोहोर बढी पोहोर भन्दा अहिले बढी देखिएको महिनौ दर खाने चलन बढदै गएको देख्दा यस्तो लाग्छ कि । अब कुनै बर्ष देखी नेपाली महिलाहरु सालीन्दा नौ महिना दर खान्छन एक दिन ब्रत बस्छन र दसैं कटाएर बाँकी समय सामान्य जीवनयापन गर्छन ।
तस्बिर साभार :  orgs.okstate.edu
"क्यार्न खाएको त्यो उल्काले दर ?" नसोध्नोस सिधै उत्तर आम्छ कि " पुरुषहर्ले बाह्रै महिना दारु खान हुने । अनी हामीले चै जाबो एक डेड महिना दर खान किन नहुने ?" त्यसो त दर दरमा मात्र सिमित छैन । दरमा खाद्य पदार्थ मात्रै पनि सिमित छैन । प्रसस्तै भेटिन्छन पेय पदार्थ मिसाउनेहरु पनि । नत्र के का अम्बल ले खान्थे र महिनौ दर ? खिर को लत पक्कै बस्दैन । मासुको लत पक्कै बस्दैन । भटारे, पुलाउ , लालु राजमा टक पक्कै बस्दैन । गिलासमा खन्याएर जुस, कोकाकोला सधैं पिउन मन लाग्दइन । अचेल महिलाका गिलासमा पनि पुच्छर उम्रिन थाललेका प्रसस्तै देखिन थालेका छन । तब न दर दारुको बाहना बन्न थालेको छ । र महिलाहरुले महिनौ सम्म दर खाए की दारु खाए अली कन्फ्युज कन्फ्युज भएको छ ।

सेतो स्याउ कि रातो स्याउ ?


बच्चामा पढाईको सुरुवात नै ए फर एप्पल बाट भएर हो कि किन हो । जुनै मानिस पनि स्याउ भनेसी हुरुक्क हुन्छन । राती रङमा पाइने गुलियो फल स्याउ स्वादमा पनि कम्ता मिठो हुन्न । त्यसैको स्वादमा आदी मानवहरु फसेर संसारमा पापको जन्म भएको हो रे । तर अचेल त्यो गुलियो रातो फलले मान्छे हुरुक्क भएका होइनन । अहिले हुरुक्क भएका छन त स्वादहिन सेतो फलले । अचेल स्याउ अर्थत एप्पल भन्नाले रुखमा फल्ने फल बुझिन्न । बरु हाम्लाई सबभन्दा बढी लोभ्याउने ग्याजेट हरु आइफुन , आइप्याडका जुठो स्याउको चित्र अन्कित ब्राण्ड लाई बुझाउछ । जुन यो पुस्ताको लागी सबैभन्दा दाम्मी गिफ्ट बनेको छ ।

मुल्यबृद्दी एक्स्प्रेस

Wednesday, September 12, 2012


समय अत्यन्त लोसे भैरहेछ । जहाँ सबै प्रगतीहरु घस्रिदै छ । सबै कुरा ओरालो गतिमा तिब्र छ । तर अपवाद,बजारमा बस्तुको मुल्य भने बढी रहेछ बढीरहेछ उभोतिर ।
सुनियो मुला पर्साद, फर्सी कुमारी ,गाजरी नानी, टमाटर लाल , भेन्टामणी , परवल राम ,आलु कुमार , काउलिनी बजै लगायत सारा तरकारीहरुका मुल्यहरु एक दिन पर्वतारोहणमा उत्रिए रे । छिडी चडेर सुरु भएको उनिहरुको पर्वतारोहण । साना साना पहाड हिमाल हुँदै अन्नपूर्ण मनास्लु सम्मा पुगिसक्यो रे । धौलागिरीमा त उहिल्यै बसेर उनिहरुले बियर दन्काइसके रे ।
यता पेट्रोलियन पदार्थको मुल्यलेले झन औधी गरिसकेछ । बिस्तारि उहिल्यै खुत्रुक खुत्रुक नाम्छे हुँदै सगरमाथा उकालो लगाएर अस्ती नै बिजयी झन्डा फहराएछ । यता का उपभोक्ता ट्वाँ परेका पर्यै  । कारण अब पेट्रोलियम पदार्थको मुल्य सगरमाथा पुगी सक्यो । अब त यो खरिद गर्न तेन्जिङ नोर्गे शेर्पाको भन्दा कम साहसले पुग्दैन ।

त्यसै संका गर्छे !

Monday, August 27, 2012


बिकासक्रम !!

Sunday, August 26, 2012

bikashkram

कदम !!

Wednesday, August 22, 2012


" उहाँले बाङ्गो टेक्नु भो "
बिपक्षी नेताहरुले भने
"यहाँ नियत सही देखिएन "
 "तब !"
अर्का बिपक्षी नेताले भने
"जब टेकाइ नै टेडा छ भने नियत कसरी सिधा हुन्छ ?"
"उह उह"
एक नेता घुँडा मारेर बस्नु भो । हेर्नु भो अनी भन्नु भो
"यो पाइला मा त पुरै अंम्ला देखिया छैन । आखिर किन लुक्यो अंम्ला उहाको कदममा ?? यहा आसंका छ "
एक फेरा कदमको छापलाई सुँघ्नु भो, अनी नाक थुन्दै भन्नु भो ।
"ओहोहोहो……! अब सकिएन, यो त लास्टै भो "
अली पर जानु भो । बान्ता आउन लागेको जस्तै गर्नु भो । रुमालले हम्कनु भो । अनी त्यसैले नाक छोप्दै भन्नु भो ।

ओखती खान बिर्सनु भो कि क्या हो ?

Monday, August 20, 2012


अध्यादेश/ अत्यादेश !!


बाउराम्को कालो चेस्मा :))


कोदाको क्रेज !!


महारोग !!


चुनाव :))


उनिको ओठ :: पप्पीको नाक :P

Friday, August 17, 2012


बरु उस्कै बारेमा :)


गीतार बादक !!


मर्ने बाच्ने कसम :))


कन्फम हो ??


तिमी कहिल्यै रौसी खादा रहेनछौ !!


धन्न पेन्सन मागेन :))

 

फुटोको सोख :))


बढ्यो धड्कन मुटुको !!


 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका