शिर्श नेताका हुलिया

Monday, October 8, 2012


अब शिर्श नेताहरुलाई खतको आधारमा चिन्न सकिने भएको छ । एमाले अध्यक्ष झलनाथ खनाल , माओबादी अध्यक्ष प्रचन्ड र कांग्रेस सभापती सुसिल कोइराला समेत तिनै सिर्श नेताहरु एक एक फेरा कार्यकर्ताको आक्रमणमा परेका कारण उहाँहरुलाई ठम्याउन सजिलो परेको हो । कार्यकर्ताले प्रहारगरेका बस्तु र तिनले बनाको खतको आधारमा हाम्रा मुलुकका सुपर पावर नेता त्रयलाई पहिचान गर्न ज्यादा सजिलो भएको छ । र तिनका खतहरु नै उहाहरुका कपिराइट प्रोटेक्टेड ब्राण्ड बन्न पुगेको छ । यसले अब उहाहरुलाई पार्टीको नाम गुटको नाम र आफ्नै नामबाट चिन्नु पर्ने बाध्यता हराएको छ । अब खतको आधारमा गरिने पहिचान नै उहाहरुको मौलिक पहिचान बनेको छ । हुन सक्छ कार्यकर्ताबाट भएको आकस्मिक प्रहारले उहाहरुलाई साह्रै अफ्ठेरो भएको छ । तर चिन्नेहरुका लागी चै चिन्न सजिलो भएको छ ।

सार्वजैनिक स्थानमा नेताहरुको प्रतिस्ठामा आँच आउने किसिमले अभद्र व्यबहार गर्नु साह्रै असभ्य काम हुन । त्यसमाथी त्यत्रा जनताले पत्याएका नेताहरुमाथी भौतिक आक्रमण मै उत्रिनु भनेको साह्रै निन्दनिय काम हुन । साँच्चै भन्ने हो भने नेताहरु माथी आक्रमण गर्नेहरु नेता भन्दा पनी खराब हुन । तिनर्लाई रात भरी निन्द्रा नपरोस । तिनका सातै पुस्ता त्यस्तै नेता बनुन र कार्यकर्ताहर्ले चड्कन , चौकोस र कुर्सिले बजाउन । र क्वाँ क्वाँ रोइरहने पारुन । गुप्ता खुमबहादुर जसरी जेल जाउन ।    


भयो अब खराबहरुलाई लाई सरापेर र तिनिहरुको मात्र बखान गरेर म यो लेखलाई अपवित्र बनाउन चाहन्न । बरु हाम्रै नेता त्रयका पवित्र बयान गरेर र उहाँहरुका ब्राण्डेड प्रस्नालिटीको चर्चा गरेर सुनपानी छर्किन चाहन्छु । भन्नेहरुले जेसुकै भनुन त्यत्रा संघर्शले औराख बनेका नेताहरुला त्यस्ता नाथे चड्कन,कुर्सी र चौकोसले बिचलित बनाउन सक्दैन । निरङ्कुस सासकहरुका लाठी,बुट त खानु भो भने आफ्नै कार्यकर्ताहरुको मायालु थप्पड पचाउन के गाह्रो भयो र । वास्तवमा त्यो प्रहार मायाको हो । मायालु पिटाइहरु पिटाइ होइनन त्यो त 'पाइ गरेको' हो । बरु पिटाइ हाम्रा नेता हरुका ब्रान्ड बनेको छ । पहिचान बनेको छ । अब हेरुम तीन नेताको ब्रान्डेड पहिचान ।

,चड्कननाथ :
देबी प्रसाद भन्ने एक जना कार्यकर्ताले बिस्कुन सुकाउदा सुकाउदै जुरुक्क उठेर गएर गएर एक शिर्सनेता लाई चड्कन लगाए पछी उनी उनको पन्जा छाप अन्कित रातो गाला खुप हिट भयो । त्यो छाप उहाको लागी यती लक्षिनको बनिदियोकी  यसैका प्रभाबले उहा  प्रधानमन्त्री बन्न सफल हुनुभयो ।

,कुर्सीकमल :
कुर्सिमा बस्ने मान्छेलाई निउ खोजेको निउमा उहाले कार्यकर्ताको कुर्सी खाए पछी उहा कुर्सीकमलको नामले हिट हुनुहुन्छ । तर कुर्सिको खतले उहालाई खासै फाईदा मिलेन किन कि उहा प्रधानअन्त्री बनीसक्नुभाथ्यो । त्यो छोड्दाको खत मनमै थियो ।

,चौकोसलाल :
अस्ती चौकोस खाएसी एक नेता चौकोसलाल नामले हिट हुनुहुन्छ । तर उहाले फाईदा बेफाईदा के हुन्छ चै हेर्न बाकी नै छ ।

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका