राजेशदाइ जोक पेजमा राजेश हमाल सम्बन्धी एउटा जोक छ । जहाँ
एउटा जड्याहाले राजेश हमाललाई भनेछ -" तपाईं भुवन केसी हैन ?"
राजेश हमालले भनेछन -"कहा हुनु म त
राजेश हमाल हुँ ।"
जड्याहाले भन्यो -"हैन तपाईं भुवन
केसी नै हो ?"
राजेश हमालले भनेछन -"हैन हौ म राजेश
हमाल नै हुँ । "
जड्याहाले भनेछ -" गफ नदिनु न गफ ! कत्तिन
हाम्लाई चै थाहा नभए जस्तो । तपाईं भुवन केसी नै हो । "
अन्त्यमा जड्याहा सग हार खाएर राजेश
हमालले भनेछन -" ल ल म भुवन केसी नै हो । "
जड्याहाले भन्यो -"तर हेर्दा त तपाईं
राजेश हमाल जस्तो देखिनुहुन्छ नि त । "
अहिले राष्ट्रपतिलाई प्रधानमन्त्रीले
भनीरहनु भा'छ -" तपाईं कांग्रेशको राष्ट्रपती हो
!"
राष्ट्रपती भन्नु हुन्छ -"कहा म
काँग्रेश को राष्ट्रपती हुनु म त सप्पैको राष्ट्रपती हुँ । "
प्रधानमन्त्री भन्नु हुन्छ -" हैन
तपाईं काँग्रेस कै राष्ट्रपती हो । "
राष्ट्रपती भन्नु हुन्छ -" ए बाबा ।
मैले उहिल्यै कांग्रेस को साधारण सदस्य बाट समेत राजीनामा दिसके भने म कसरी
कांग्रेसको राष्ट्रपती हुन्छु ?
प्रधानमन्त्री भन्नुहुन्छ -" एक
पटकको काँग्रेस सधैंको कांग्रेस । तपाईं काग्रेस कै राष्ट्रपती हो । "
एक दिन राष्ट्रपतीले हार खाएर भन्नु हुन्छ
। "ल ल म कांग्रेस कै राष्ट्रपती हुँ । " त्यतिबेला प्रधानमन्त्रीले
भन्नुहोला -"तर तपाईं हेर्दा त सप्पै को राष्ट्रपती जस्तो देखिनी हुन्छ त ।
No comments:
Post a Comment