
ठट्टाको सुरुवात भयो रहरबाट । उहाँले भन्दिनु भयो - " अबको प्रधानमन्त्री मै बन्छु । " एक्कासी उँहामा उठेको रहरको सुनामीले मान्छेहरु चकित भए । अनि प्रधानमन्त्री बन्न खुट्टा उचालीरहेका नेताहरु त्राही ताहि भए । एक्कासी उहामा उठेको रहरको सुनामीले कतै आफुलाई त बगाउने होइन ? भन्ने भयले बालुवाटार पनि कम्पायमान भयो । अनि त्याँ बसेर लाल्धोज नामले ट्वीटर चलामने मान्छेको मुटुमा पनि ठुलै रेक्टरस्केलको तरङ्ग पैदा भयो | त्यो रात बालुवाटार, माहाराजगंज दुवै निदाएन । खास कुरो के हो भन्ने छटपटीले बल्खु,कोटेश्वर र बालकोट पनि निदाएन । उता डडेल्धुरे देउजा भने कुना फर्केर खितिखिती हाँस्दैमा आफ्नै आवाजको हल्लाले निदाम्न सकेनन ।