@ बिआरबी_लालध्वज

Thursday, January 24, 2013


कामरेड भट्टराइलाइ सोसल मिडियाका नेपाली ब्रान्ड एम्बेस्सर भन्दा पनी फरक पर्दैन | उहा पस्दै र निस्कदै गरी सोसल मिडियामा तहल्का मच्चाउनु हुन्च | एक ताका उहा अर्थमन्त्री हुनुन्थ्यो | फुत्~~~~~~त फेसबुकमा छिर्नु भो | अनि फेसबुकाँआ खल्ली बल्ली मच्चियो | हुलका हुल मान्छेहरु फेसबुक छिरे | उहालाई साथी बनाउनेहरुको ओइरो लाग्यो | र छिट्टै साथी बनाउन फेसबुकले छुट्याइदिएको ५००० को सिमा पार गर्नु भो | अब उहा देखेर फेसबुकाआ जानेहरुलाई फेसबुका आउनु व्यर्थ भो | उहा संग दोस्ती नै गर्न पाइएन | भनेर खिन्न भए | त्यहि खिन्नतामा अक्कलबादुरहरु निस्किए | अक्कलबादुरहर्ले अक्कल लगाए | तिनका फेस्बुके फ्रेन्ड भकारी भरिएर के भो त ? अब धमाधम आफै कामरेडको फेसबुक एकाउन्ट खोलिन्छ र ह्वारारा~~~~ खन्याइन्छ आफुलाई फ्रेन्ड भकारीमा | यसरी अक्कल्बादुरहरु आफै एकाउन्ट बनाम्दै आफैलाई 'एड एज फ्रेन्ड' गर्दा भए | अनि अझ धेरै अक्कल्बादुरहरु जन्मिए | र झन अक्कल निकाल्न थाले | आफुलाई किन अरुले बनाको एकाउन्टमा जोड्ने ? आफै एकाउन्ट बनामने आफै जोड्ने | यहि मेसोमा कामरेड भटराइका फेसबुक एकाउन्टहरु दर्जनौ भए |
यसरी दर्जनौ फेसबुक एकाउन्ट भएसी उहालाई समस्से पर्यो | यसरी आफु नै आफु भएसी एक दिन कुन आफु भनेर चिन्न मुस्किल पर्न के बेर ? आफु जस्तै जनता, पार्टी र परिवार पनि झुक्किन के बेर ? ए रात्तै~~~~ फेसबुकको यो समस्से फेसबुक बाट बाहिर निस्केर बास्तबिक जिन्दगीमा देखा पर्यो भने ? उहालाई आफूहरुको भिड देख्दा लास्ट झोक चलेछ | त्यहि झोक नक्कली एकाउन्ट डिलिट हान्दा आफ्नै एकाउन्ट डीलिट्नु भएछ | यसरी उहाको फेसबुक युग को अन्त्य भयो | तर उहालाई देखेर फेस्बुकमा पस्नेहरु फेसबुक छोड्न सकेनन उतै अल्झिए | भट्टराइ कामरेड कहिले बालुवाटार त कहिले सिंहदरबारमै हराउनु भयो |

फेरी एक्कासी बिआरबी_लालध्वज नाम गरेको हेन्डिल ट्विटरमा देखा परेर तहल्का पिट्न थालेका छन | आफुलाई खेद्नेहरुको ठुलो जमात ट्विटरमा देखेपछी उहा ट्विटरमा छिर्नु भएको छ | र तिनका अघी लाग्नु भएको छ | खेदिएका नै अघि लागेपछी खेद्नेहरु हुरुरु ओइरिएका छन | भलै यसलाई ट्विटरले र उनले फलोअर भनेका छन | बास्तवमा पछ्याउनेहरु र खेद्नेहरु एकै हुन फरक कुदाइ र हिडाईमा मात्र हो | फरक गतिमा मात्र हो | गति स्लो छ भने त्यो पछ्याइएको हो | फास्ट छ भने त्यो खेदेको हो | मान्छे तर्सेलान भनेर हो कि किन हो उहाले चै त्यति धेरैलाई पछ्याउनु भएको छैन | अचेल अफलाइन होस या अनलाइन लालध्वजकै चर्चा छ | उहाको प्रवेश सगै बरिस्ठहरु ओझेल को ओझेल परेका छन | र सबैका मेन्सन र ऋट्विटहरु उनि तर्फ नै उन्मुक छ | टाइमलाइन लालध्वजमय भएको छ | उहा र उहाको पार्टीलाइ धेरैले सत्ता कब्जा गर्न खोजेको आरोप लगाउदै थिए तर उहा त्यसलाई छाडेर टाइमलाइन कब्जा गर्न आउनु भएको छ |
माओबादी नेताले भन्ने गरेका चमत्कार लालध्वज कामरेडका ट्विटहरुमा पनी प्रसस्तै देखिएको छ | उहाले ट्विटकै भरमा 2 घण्टा लोडसेडिङ हटाउनु भएको छ | यो चमत्कारको भोलुम बढ्दै गएर एक दिन उहाले ट्विटबाट नै गरिबी घटाउनु हुन्छ | ट्विटबाट नै एकदिन महंगी हटाउनु हुन्छ | ट्विटबाट नै एकदीन बेरोजगारी हटाउनु हुन्छ | ट्विटबाट नै लामालामा राजमार्ग निर्माण गर्नु हुन्छ | ट्विट बाट नै कृषि र औध्यौगिक क्रान्ती गर्नु हुन्छ अनि ट्विटबाटै आर्थिक क्रान्ती गर्नुहुन्छ | आखिर मुलुक समुन्नतीको ढोका उनकै ट्विटबाट खुल्नेछ | जय लालध्वज !

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका