मेरो बारेमा

दुई तीन क्लासमा पढ्दा मेरा खल्तिमा २ रुपैयाँ पर्ने पेन्सिल र १ रुपैयाँ पर्ने इरेजरका केही टुक्रा भेटिन्थे । अचेल मेरा खल्तिमा ८ रुपैया पर्ने पेन्सिल र ५ रुपैयाँ पर्ने इरेजरका केही टुक्रा भेटिन्छन । त्यो बेला होमओर्क सिध्याउने मेसोमा पेन्सिल टोकेर भसक्कै पार्थे । अचेल ड्युटी पुरा गर्ने मेसोमा पेन्सिल टोकेर भसक्कै पार्छु । त्यती बेला मलाई भाई भन्नेहरु मात्र थिए । अचेल दाई भन्नेहरु बाक्लै छन । तर बानी उही छ पेन्सिल सुल्टो बाट भन्दा उल्टो बाट छिटो छोटिन्छ ।
Post a Comment
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका