जग्गा फिर्ता !!

Wednesday, November 30, 2011


अध्यक्ष कामरेड ले उल्का गर्नु भो । मुखले हैन मनैले सम्पत्ति फिर्ता गर्छु भन्नु भो । अघि जस्तै सहमती गर्नु भो सहि धस्काउनु भयो । हात मिलाउनु भो । कुम हल्लाउनु भो । जुगा मुसार्नु भो अनी भन्नु भो _"सम्पती फिर्ता गरिन्छ अब ।" पत्याउने त पत्याए नपत्याउने ले ओठ लेपारे जे भने नी अध्यक्ष कामरेड ले भन्नु भयो -"जग्गा फिर्ता हुन्छ अब " सहमतीको लागि मात्र भएपनि सहमती गर्नु पार्ने । क्यार्नु अरु काम त भन्न 'सजिलो गर्न गाह्रो रे' भन्या जस्तो छ । गर्न सजिलो यहि सहमती थियो गरियो । तर उहाँले उल्कै गर्नु भो । धमाधम गाउँ पसेर जग्गा फिर्ता गर्दै हिंड्न थाल्नु भो । उहाँ चमत्कारमा बिश्वास गर्नु हुन्छ । चमत्कार हुन्छ भन्दै हिड्नुहुन्छ । चमत्कार गर्छु भन्दै हिड्नु हुन्छ । यो चमत्कारै चमत्कारको भिड म उहाँले अर्को चमत्कर गर्नु भो । जग्गा फिर्ता गर्न आफै हिड्नु भयो ।    

के हो यार ??

Friday, November 25, 2011



उत्पादन मिती !!

Wednesday, November 23, 2011


आज सुत्छु भोलि गर्नु पर्ला मिटिङ !!


 कामरेड प्रचन्ड कम्ता चतुर हुनुन्न । आफूलाई परेको अप्ठेरोलाइ साफ गर्ण उहा माहिर हुनुन्छ ।उहा साह्रै बाठा छन । जब जब पार्टीमा बिबाद आउछ । तब तब उहाँ पार्टी बैठक लाई छलाइ रहनुहुन्छ । बैठकै नबसेसी
उहाँको बिरोध हुने सम्भावना नै हुन्न बिरोध हुने सम्भाबना नै नभएसी अप्ठेरो हुने नै भएन । त्यसैले माओवादी बैठक सर्या सर्यै छपछिल्लो समयमा पनि २ साताको लागि यो स्थगित भएको छ।
एक
'प्रचन्ड कामरेड !यो हद भो ! अब बैठक नबसी भएन !"
किरण कामरेडले भन्नु भयो ।
प्रचन्ड कमरेडले सजिलै भनिदिनु भयो ।

अवकाश कसलाई ?


किरण बाजेले लडाकु ठिटाहरुलाइ अपिल  गर्नु भा' - "केटा हो समायोजन मा नजाओ !"
बादल कामरेड ले यसैमा थप्नु भा' -"यो लास्टै अपमान जनक भयो हो केटा हो तिमारु समायोजन मा नजाओ यो प्रतिक्रियाबादीहरुसग बसेर प्रचन्ड बाउरामले हुइस्की खाँदै गरेको निर्णय हो त्यसैले यो अपबित्र निर्णय लाई तिमर्ले कार्यान्वयन नगराओ तिमरु समायोजनमा गयौ भने प्रतिक्रियाबादी हरुले फेरी ह्विस्की का बोतल हरु फोर्ने छन तिनारु रात भर सुत्ने छैनन त्यसैले केटा हो उनिहरुको निन्द्राको लागि भए पनि तिमरु समायोजनमा नजाओ "
किरण बाजेले भन्नु भा' - "केटा हो ? तिमरु समायोजनमा नजाओ बरु स्वऐच्छिक अवकाश मा जाओ "

गर्भवती गच्छेदार !!

Thursday, November 17, 2011

आफ्नो कानै त्यस्तै हो की कुरा त्यस्तै हुँदै गएका छन कुन्नी उदेग लाग्दा कुरा मात्र सुन्न पाईन्छ अचेल । किर्तिमानी मन्त्रिमन्डल को निर्माण देखि हत्या अभियुक्त लाई आममाफी जस्ता उदेग लाग्दा कुरा हरुले कान टट्टाइ सकेका छन । कति सुन्नु यो सरकार का उदेग लाग्दा कुरा हरु । अब त मज्जाले अघाइ  सकिएको छ । तर अरुका कुराले वाक्क लागे पनि गृहमन्त्री गच्छेदारका कुरा भने अझै रमाइलो लाग्दै छ । उहाँले मन्त्री भए देखि नै साह्रै रमाइला अनी आस्चर्यजनक कुरा गर्दै आइरहनु भएको छ । उहाँको मुखारबिन्दबाट धारा -प्रबाह चुट्किला स्वरुपमा गएका तथ्यपरक (?)आस्चर्यहरुको पुराण सुन्दा कान हरु त्यसै त्यसै पवित्र भएका छन । जति सुने नी सुनु सुनु लाग्ने उहाँको रोमान्चकारी प्रबचन हरुले हामि त्यसै त्यसै मख्ख छौ । हुन त उहाँ गृहमन्त्री हुनुहुन्छ तै पनि उहाँले स्वस्थे मन्त्री को भूमिका पनि प्रसस्त निभाउदै आउनु भएको छ । उहाँले जनतालाई लगातार हसाउदै आउनु भएको छ ।

नयाँ किर्तिमान !!

हामिले गज्जप प्रधानमन्त्री पाएका छम । जो कहीले दोस्रा भएनन रे । स्कुलाँ फस्ट फस्ट । एसेल्सिमा बोर्डफस्ट । त्यस पछि पनि फस्ट का फस्ट । उनले नेहरु बिश्वबिध्यालय मा पनि फस्ट हाने रे । लास्टाँ पर्धानमन्त्रीको दौड मा पनि उनले फस्ट नै हाने । आखिर लिगलिगे संगत ले भेटेका यि गोर्खालिले पुर्खाकै बिडो थाम्नको लागि नी दौड हार्ने कुरै थिएन । अहिले सम्म सबै कुरामा फस्ट भएका प्रम ज्युले नया नया कुरामा फस्ट हानेर ऐतिहासिक क्रितिमान बनाउने धुन मा हुनुन्छ । पर्धानमन्त्री भए देखिनै उहाँले यसमा कदम चाली सक्नुभएको छ ।सस्तो मुस्तांन देखि महगो चिया पानमा समेत उहाले सबैलाइ जितेर प्रथम स्थान हासिल गर्नु भएको छ . अरु कुरामा त त्यस्तै भो मन्त्रिमण्डलको कुरामा गालि खानेमा अर्को कृतिमान बनाउनु भएको छ .
सबै कुरामा पहिलो हुँदै आएका प्रधान्मन्त्रीजीले यो नाथे मन्त्रीमन्डलको कुरामा चै किन दोस्रो हुने ? अब पहिलै हुनुपर्छ र हुनुहोस । बधाई र शुभकामना !!
धेरै मान्छे हरु प्रधानमन्त्रीले धेरै मन्त्रीहरु बनाउनुभयो । मुलुकलाई कङ्गाल बनाउन लाग्नु भो भनेर धेरैले यसलाई आलोचना गर्दै छन । तर यो कुरा ताइ न तुइको कुरा हो । मुलुक त्यसै कङ्गाल छ । त्यसै कङ्गाल भएको मुलुक लाई बाबुरामले कङ्गाल बनाइ रहनै पर्दैन । उहाँले बनाउनै चाहे पनि मुलुक कङ्गाल हुने ठाउँ नै छैन ।

कोई गरिप रहन्नन नेपालमा


कीर्तिमान रेकर्डमन्त्री


प्रेमी-प्रेमिका -6


प्रेमी-प्रेमिका -5


प्रेमी-प्रेमिका -4

Wednesday, November 16, 2011


महँगी

Sunday, November 13, 2011


किरण महात्म्य !!

Saturday, November 12, 2011


कामरेड किरण जी क्रान्तिको पर्याय हुनुन्छ । बिद्रोहको अर्थ हुनुन्छ । उहाका आवाजमा बारुद प्रवाह हुन्छ । उहाका बोलिमा गोली पड्कन्छ । उहाँ आगो बाल्न मन परौनु हुन्छ । मसाल बोकेर हिंड्न चाहानुहुन्छ । नारा उहाँको फेवरेट गीत हो । जुलुस उहाँको चाहे जस्तै हिडाइ हो । उहाँ सच्चिकै क्रान्तिको अग्रदुत हुनुहुन्छ । उहाँले फेर्ने सासमा क्रान्ति हुन्छ । उहाँले देख्ने आसमा क्रान्ति हुन्छ । उहाँले खाने गाँसमा क्रान्ति हुन्छ । क्रान्ति को अर्थ किरण कामरेड , किरण कामरेडको अर्थ क्रान्ति । एक अर्काका परिपुरक दुबै । 

त्यसैले उहाँ नेपाली क्रान्तिलाई पूरा गर्ने भागिरथ प्रयत्नमा हुनुहुन्छ । अरुले क्रान्ति पूरा गर्ने सपना देखाए गरेनन । बरु बुर्जुवा हरु सग सम्झौता गरे । प्रतिक्रियाबादी हरुका ससुरा बने अनी शान्तिलाई अपनाए । क्रान्तिलाई सौता हाले । छोरो जनबिद्रोह क्वाँ क्वाँ रोयो सडक मा । यता क्रन्तिका सपना देखाउने हरु शान्ति नकचरी सग हनिमुन मनाउन ब्यस्त छन । शान्तिको हनिमुन मनाउन त होनि अध्यक्छे कामरेड अमेरिका गएका । अमेरिका गएर उहाँ बिदेसी हरुका हनी , माइ डार्लिङ बनेर फर्कनु हुनेछ । यता कमरेड किरण ट्र्याजेटि मुडमा हुनुहुन्छ । शान्ति प्रिया लाई काखी च्यापेर अधेक्छे कामरेडले क्रान्ति प्रियालाई धोका दिएको उहाँको ठम्याइ छ । त्यसैले त क्रान्ति प्रिया लाई अगालेर उहाँ घुक्क घुक्क रुदै हुनुहुन्छ । त्यस बजिया ले यस्तो आउलाउ खाउ खाउ जस्तो उमेरमा छाडेर अर्की काखी च्यापेर हिड्यो । त्यसलाई मैले जानेको छु । तर प्रिया तिमी सुर्ता नलेउ । तीनले छोडेर केही हुन्न । तिम्रो म छु प्रिया । म तिम्रो जवानी त्यसै खेर जान दिने छैन । मलाइ बिश्वास गर , क्रान्ति प्रिया । तिम्रो म छु । किरण सुड्डो आजकाल क्रान्ति प्रेमी बनिरहेका छन । बुढो तनमा केटौले जोस उमारी क्रान्तिको जवानी खेर जान नदिने कसम खैरहनु भएको छ। आफूले टेकिराखेको लठ्ठि ले आकासको तारा झर्ने प्रण गर्दै हुनुहुन्छ । तर बुढा किरणले आफ्नो जवानी सजाउलान भन्नेमा क्रान्ति आफै बिस्वस्त हुन सकिरहेकी छैन । बुढाको जवानी जस्तो बैरागलाग्दो र कुरुप कुरा सन्सार्मा के होला ? बिचरी क्रान्ति र उसकी जवानी । तर किरण कामरेडको कुरा बेग्लै छ । तन बुढो भए नी मन बुढो हुन्न भन्ने उहाँको ठम्याइ छ । अझै उहाँलाई रुकुम रोल्पामा क्रान्ति प्रिया सग डेटिङ जाने रहर छ। फेरि जनबिद्रोहको बिगुल बजाएर । रगत को सिन्दुर हाल्ने उहाँलाई रहर जागेको छ । र उनी बाट फेरि हजारौ लडाकु जन्माउने उहाँको सपना छ । उहाँ अदक्षे कामरेड सग छुट्टिएर क्रान्ति प्रियालाइ आफ्नी बनाउन चाहानु हुन्छ । तर क्रान्ति प्रियाले नै उहाँलाई साथ देलिन जस्तो छैन । किरण कामरेडको बुढ्यौली उन्मादलाई उनले विश्वाश गरेकी छैन । क्रन्तिकै लागि घरबार छोड्नु अदक्षे कामरेड सग नाता तोड्नु । फेरि क्रान्ति प्रिया ले पनि उहाँलाई साथ् नदिनुले उहाँ ठुलो ट्र्याजेटि पार्ने निस्चित छ तै पनि उहाँ कति पनि बिचलित हुनुहुन्न र एकोहोरो क्रान्तिको पिछा गरिरहुनु भएको छ । उहाँ क्रान्तिको दिवाना हुनुहुन्छ । साच्चै भनुम भने उहाँ पागल प्रेमी भन्दा कम्ती हुनुहुन्न । साच्चै भनुम भने उहाँ एउटा अजिव पात्र हुनुहुन्छ । उहाँको शास्त्रिय चिन्तन बढो चाख लाग्दो छ । त्यसैले जनमानस मा उहाँ बारे थुप्रै किम्बदन्तीहरु पाईन्छ यहाँ तिनै किम्बदन्ती हरुलाई प्रस्तुत गरिएको छ ।  
-कामरेड किरणले मार्क्सबादका आधारभुत कुरा हरु गर्भमै जान्नु भयो रे । ब्रतबन्ध गर्दा उहाँलाई "दाश क्यापिटल " कण्ठ थियो रे !!
-नेपालमा कम्युनिस्ट पार्टी हरु जति भए पनि तिनीहरु जम्मा दुई प्रकार का छन एक किरण कामरेड , दुई बाँकी सबै कम्युनिस्ट हरु !!
-किरण कामरेड लिफ्ट चड्नु हुन्न र अग्ला अग्ला भवन मा पनि भर्याङ् नै प्रयोग गर्नु हुन्छ । किनकी लेनिन लिफ्ट चड्नु हुन्न थियो (लेनिन को समयमा लिफ्ट नै हुदैनथियो )र भर्याङ चड्नुहुन्थ्यो ।
- किरण कामरेड कुनै पनि दस्ताबेज तयार गर्दा तेस्रो पेजको दोस्रो अनुच्छेदमा दुई लाइन केर्नु हुन्छ रे । किनकी कम्युनिस्ट पार्टीको घोषणापत्र तयार गर्दा कार्ल मार्क्स ले पनि यहि नेर दुई लाइन केर्नु भएको थियो रे ।
 -किरण कामरेड जाडोमा पंखा चलाएर र गर्मिमा हिटर बालेर बिरोध प्रदर्शन गर्नु हुन्छ । नेपाली क्रन्तिमा उहाँको यो मैलिक प्रयोग हो ।
- एक दिन सपनामा उहाँले फ्रेडरिक एङ्गेल्सलाई भेट्नु भएछ । त्यस दिन उहाँ संशोधनबादी गद्दार भन्दै बर्बराउनु भएछ । उहाँ ब्युँझे पछि सोद्धा थाहा भएछ । मार्क्सबादको व्याख्याको क्रममा एङ्गेल्सले सत्ता को ठाउँमा सरकार भन्नु भएछ - माओवादीको पार्टी कार्यालय बुद्धनगर बाट पेरिसडाँडा सारेको किरण कामरेडकै करले हो रे । किनकी कामरेड किरण गोङ्बु बस्नु हुन्छ । गोङबु बाट बुध्दनगर दक्षिण पर्छ । त्यसैले पार्टी कार्यालय जाँदा उहाँलाई दक्षिण तर्फ हिड्नु पार्ने हुन्थ्यो दक्षिण तर्फ हिड्दा दक्षिणपन्थी होइन्छ भन्ने उहाँको मान्यता थियो ।
 - किरण कामरेडले अब दुध चिया नपिउने अरे किन की प्रचन्ड बाबुरामले प्रतिक्रियाबादिहरुसग बसेर दुध चिया पिउनु भयो रे ।




छिट्टै खुलामन्च बुक गर्नू !

Thursday, November 10, 2011

छिट्टै खुलामन्च बुक गर्नू ! अबको क्याबिनेट त्यैं बस्नुपर्च भन्ने हाम्लाई लाइरा’च !!

एकैचोटी बढाएच !!

Saturday, November 5, 2011

देख्यौ ? सात्बुँदेले सेयरको मूल्ले, प्रचन्डको उचाइ र वैद्येको ब्लडप्रेसर एकैचोटी बढाएच !!

स्टीव जब्सको अन्त्य :( :(

Friday, November 4, 2011



लामो आयु को कामना !!


भर्खरै तिहार सकिएको छ । झिलिमिली दिपावली । देउसी भैलो ! काले काग देखि काले कुकुर अनी काले गोरु देखि कालो भैंसी चडेर हिड्ने यमराज लाई समेत पुजा गरिने यो पर्व काइता रमाइलो छ। म्यारिज फरास देखि कौडा समेत को खाल । ओहोहो रमाइलो त के कुरा गराइ भो र ? सेल रोटी फलफुल मिठाइ न कुरा गरुम , ह्याँ मुख रसाएर तर्तरी पानी चुहिन्छ ।
तिहारको यावत रमाइलो का बाबजुद यसको भावनात्मक पक्ष पनि कम्ता गहकिलो छैन । तिहार प्रेम पर्व हो । तिहारमा प्रेम प्रकट गरिन्छ । दाजु भाइ दिदि बहिनि देखि काग कुकुर गोरु गाई समेत लाई । कुकुर देखि भाइ समेत पुजिन्छन तिहार मा । दिदि बहिनिले दाजु भाइ लाई लामो आयुको कामना गर्छन । टिका लगाइदिन्छन । फलफुल मसला ख्वाउछन । र दाजु भाईको लागि यमराज आउने धोका बन्द गर्दिन्छन । यमराज चिप्लेर लडुन भनेर हो की किन हो आउने बाटोमा तेल दलेर चिप्लो पार्दिन्छन । र आफ्ना दाजु भाइ सयौ बर्ष बाँचुन भन्ने कामना गर्छन् । यता दाजु भाई ले पनि दीदीबहिनीहरुलाई दक्षिना टक्र्याउछन ।
 हाम्रा प्रधानमन्त्रिज्युले पनि तिहारको अवसर मा आफ्नो बहिनीको हातबाट टिका लगाउनु भएछ । उहाँको बहिनिले पनि यमराजको पुजा गरेको । प्रधान्मन्त्रीलाई टिका लगाइदिएको र उहाँको लामो आयुको कामना गरेको टेलिभिजन मा हेर्न पाइयो । तर प्रधानमन्त्रीलाई उहाँको बहिनिले टिका लगाइदिएको लामो आयुको कामना गरेको कुरा चाँही मलाइ के नमिले के नमिलेमीले झै लागिरा छ । देशको प्रधान मन्त्री जस्तो मान्छे लाई हत्तपत्त कालले लगिहाल्न के आट पुर्याउथ्यो र लामो आयुको कामना गर्नु पर्थ्यो ? त्यसमाथी कुनै रोग लागेर तलमाथी पार्ने सम्भाबना पनि छैन किन की प्रधानमन्त्री जस्तो मान्छे उहाँ । उहाँलाई रोगले हेर्यो भने मात्र पनि सारा औषधी बिग्यान उहाका पक्षमा लाग्थ्यो र रोग बिरुद्द खनिन्थ्यो । अब कुरो आयो यमराजको यमराजले पनि उहाँलाई लैजान हिम्मत गर्दैनथिए । किनकी हाम्रा प्रधानमन्त्री खाँटी गणतन्त्रबादी नेता हुनुहुन्छ । यमराजले लगे भने यमलोक मा पनि उहाँले गणतन्त्रको लागि आन्दोलन गर्नुहुन्छ भन्ने पक्का छ। यमलोक मा गणतन्त्र आयो भने यमराजको हालत पनि ह्याँको ज्ञानेन्द्र को झै भैहाल्यो । थोडी यमराज यति पनि नबुझ्ने लाटा छन र प्रधान मन्त्री लाई लैजानलाई ?? आखिर कुन चाँही राजाले आफ्नो सिंहासन दाउ मा राख्न चाहन्छ ??
त्यसैले लामो आयुको कामना गरिरहन जरुरी थिएन प्रधन्मन्त्रीको । उहाँ त्यसै लामो आयुको हुन्नुहुन्थ्यो । बरु उहाँको प्रधान्मन्त्री पदको चाही लामो आयुको कामना गरेको भए कति असल हुने थियो । उहाँको पदको आयुको कुनै ठेगान छैन । त्यो सधैं घिटघिटिमा बाँचिरहेको छ । जीवन र मरन को दोसाधमा आज हो की भोलि हो भनेर बाची रहेको उहाँको पद लाई टिका लगाएर लामो आयुको कामना गरेको भए कति राम्रो हुन्थ्यो । यसबाट प्रधान्मन्त्रीको पनि कल्याण हुन्थ्यो । किनकी उहाँको पद दिर्घजिबी भए पो उहाँ बर्सौ प्रधानमन्त्री कै रुपमा रहनुहुन्थ्यो । अनी यमराज को पनि किन पुजा गर्नु पर्या थियो र । उहाँको पदलाई खतरा बैध्यराजबाट थियो । बरु बैध्यराजकै पुजा गरेको भए हुन्थ्यो । ढोका पनि बैध्यराज लाई नै थुनेको भए हुन्थ्यो । यसले उहाँको पदको सुरक्षा हुन्थ्यो । पदको सुरक्षामै प्रधान्मन्त्रिज्युको सुरक्षा थियो ।  
यमराज लाई छोडेर बैध्यराज लाई पुजा गरेको भए । उन्को बाटो छेकेको भए त्यो निरन्तरताको क्रम भङ्गता हुन्थ्यो । र प्रधानमन्त्रिज्यु अझै क्रान्तिकारी कहलिनुहुने थियो । यस्तो क्रम-भङ्गताको प्रयोग उहाँले साचो फिर्ता प्रकरण तथा बिप्पा सम्झौता मा पनि गरि सक्नुभा थियो । जुवामा धन सम्पती राख्ने चलन लाई तोड्दै उहाँ ले आफ्नो राजनितिक जीवन दाउ मा राख्नु भो ।
एवम रितले सम्पुर्ण नेतागणका दिदिबहिनीले उनर्का दाजुभाइको पद र कुरीलाई टिका लगाएर लामो आयुको कामना गरेका भए बढो असल हुन्थ्यो भन्ने हामिलाई लागिरा'छ ।
अनी संबिधान सभाका महिला सभासद हरुले संबिधान सभालाई नै टिका लगाएर उसको लामो आयुको कामना गर्नु पर्थ्यो । यसो गर्दा उहाँ हरुकै कल्याण हुन्थ्यो के रे । सम्बिधानसभाले पुग्दो दक्षिणा दिदा दिदै पनि लामो आयुको कामना गर्न किन कन्जुस्याइ गरे हाम्रा सभासदहरुले । अनी किन बाटो छेकेनन मंसिर १४ को ??

भ्याट बिल काण्ड !!

Tuesday, November 1, 2011

खुप ठूलो व्यापारी भन्नु हुन्थ्यो नि आफूलाई ! खै त नक्कली भ्याट बिल काण्डमा नै पर्नु’भा रहेनछ !!
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका