लामो आयु को कामना !!

Friday, November 4, 2011


भर्खरै तिहार सकिएको छ । झिलिमिली दिपावली । देउसी भैलो ! काले काग देखि काले कुकुर अनी काले गोरु देखि कालो भैंसी चडेर हिड्ने यमराज लाई समेत पुजा गरिने यो पर्व काइता रमाइलो छ। म्यारिज फरास देखि कौडा समेत को खाल । ओहोहो रमाइलो त के कुरा गराइ भो र ? सेल रोटी फलफुल मिठाइ न कुरा गरुम , ह्याँ मुख रसाएर तर्तरी पानी चुहिन्छ ।
तिहारको यावत रमाइलो का बाबजुद यसको भावनात्मक पक्ष पनि कम्ता गहकिलो छैन । तिहार प्रेम पर्व हो । तिहारमा प्रेम प्रकट गरिन्छ । दाजु भाइ दिदि बहिनि देखि काग कुकुर गोरु गाई समेत लाई । कुकुर देखि भाइ समेत पुजिन्छन तिहार मा । दिदि बहिनिले दाजु भाइ लाई लामो आयुको कामना गर्छन । टिका लगाइदिन्छन । फलफुल मसला ख्वाउछन । र दाजु भाईको लागि यमराज आउने धोका बन्द गर्दिन्छन । यमराज चिप्लेर लडुन भनेर हो की किन हो आउने बाटोमा तेल दलेर चिप्लो पार्दिन्छन । र आफ्ना दाजु भाइ सयौ बर्ष बाँचुन भन्ने कामना गर्छन् । यता दाजु भाई ले पनि दीदीबहिनीहरुलाई दक्षिना टक्र्याउछन ।
 हाम्रा प्रधानमन्त्रिज्युले पनि तिहारको अवसर मा आफ्नो बहिनीको हातबाट टिका लगाउनु भएछ । उहाँको बहिनिले पनि यमराजको पुजा गरेको । प्रधान्मन्त्रीलाई टिका लगाइदिएको र उहाँको लामो आयुको कामना गरेको टेलिभिजन मा हेर्न पाइयो । तर प्रधानमन्त्रीलाई उहाँको बहिनिले टिका लगाइदिएको लामो आयुको कामना गरेको कुरा चाँही मलाइ के नमिले के नमिलेमीले झै लागिरा छ । देशको प्रधान मन्त्री जस्तो मान्छे लाई हत्तपत्त कालले लगिहाल्न के आट पुर्याउथ्यो र लामो आयुको कामना गर्नु पर्थ्यो ? त्यसमाथी कुनै रोग लागेर तलमाथी पार्ने सम्भाबना पनि छैन किन की प्रधानमन्त्री जस्तो मान्छे उहाँ । उहाँलाई रोगले हेर्यो भने मात्र पनि सारा औषधी बिग्यान उहाका पक्षमा लाग्थ्यो र रोग बिरुद्द खनिन्थ्यो । अब कुरो आयो यमराजको यमराजले पनि उहाँलाई लैजान हिम्मत गर्दैनथिए । किनकी हाम्रा प्रधानमन्त्री खाँटी गणतन्त्रबादी नेता हुनुहुन्छ । यमराजले लगे भने यमलोक मा पनि उहाँले गणतन्त्रको लागि आन्दोलन गर्नुहुन्छ भन्ने पक्का छ। यमलोक मा गणतन्त्र आयो भने यमराजको हालत पनि ह्याँको ज्ञानेन्द्र को झै भैहाल्यो । थोडी यमराज यति पनि नबुझ्ने लाटा छन र प्रधान मन्त्री लाई लैजानलाई ?? आखिर कुन चाँही राजाले आफ्नो सिंहासन दाउ मा राख्न चाहन्छ ??
त्यसैले लामो आयुको कामना गरिरहन जरुरी थिएन प्रधन्मन्त्रीको । उहाँ त्यसै लामो आयुको हुन्नुहुन्थ्यो । बरु उहाँको प्रधान्मन्त्री पदको चाही लामो आयुको कामना गरेको भए कति असल हुने थियो । उहाँको पदको आयुको कुनै ठेगान छैन । त्यो सधैं घिटघिटिमा बाँचिरहेको छ । जीवन र मरन को दोसाधमा आज हो की भोलि हो भनेर बाची रहेको उहाँको पद लाई टिका लगाएर लामो आयुको कामना गरेको भए कति राम्रो हुन्थ्यो । यसबाट प्रधान्मन्त्रीको पनि कल्याण हुन्थ्यो । किनकी उहाँको पद दिर्घजिबी भए पो उहाँ बर्सौ प्रधानमन्त्री कै रुपमा रहनुहुन्थ्यो । अनी यमराज को पनि किन पुजा गर्नु पर्या थियो र । उहाँको पदलाई खतरा बैध्यराजबाट थियो । बरु बैध्यराजकै पुजा गरेको भए हुन्थ्यो । ढोका पनि बैध्यराज लाई नै थुनेको भए हुन्थ्यो । यसले उहाँको पदको सुरक्षा हुन्थ्यो । पदको सुरक्षामै प्रधान्मन्त्रिज्युको सुरक्षा थियो ।  
यमराज लाई छोडेर बैध्यराज लाई पुजा गरेको भए । उन्को बाटो छेकेको भए त्यो निरन्तरताको क्रम भङ्गता हुन्थ्यो । र प्रधानमन्त्रिज्यु अझै क्रान्तिकारी कहलिनुहुने थियो । यस्तो क्रम-भङ्गताको प्रयोग उहाँले साचो फिर्ता प्रकरण तथा बिप्पा सम्झौता मा पनि गरि सक्नुभा थियो । जुवामा धन सम्पती राख्ने चलन लाई तोड्दै उहाँ ले आफ्नो राजनितिक जीवन दाउ मा राख्नु भो ।
एवम रितले सम्पुर्ण नेतागणका दिदिबहिनीले उनर्का दाजुभाइको पद र कुरीलाई टिका लगाएर लामो आयुको कामना गरेका भए बढो असल हुन्थ्यो भन्ने हामिलाई लागिरा'छ ।
अनी संबिधान सभाका महिला सभासद हरुले संबिधान सभालाई नै टिका लगाएर उसको लामो आयुको कामना गर्नु पर्थ्यो । यसो गर्दा उहाँ हरुकै कल्याण हुन्थ्यो के रे । सम्बिधानसभाले पुग्दो दक्षिणा दिदा दिदै पनि लामो आयुको कामना गर्न किन कन्जुस्याइ गरे हाम्रा सभासदहरुले । अनी किन बाटो छेकेनन मंसिर १४ को ??

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका