जग्गा फिर्ता !!

Wednesday, November 30, 2011


अध्यक्ष कामरेड ले उल्का गर्नु भो । मुखले हैन मनैले सम्पत्ति फिर्ता गर्छु भन्नु भो । अघि जस्तै सहमती गर्नु भो सहि धस्काउनु भयो । हात मिलाउनु भो । कुम हल्लाउनु भो । जुगा मुसार्नु भो अनी भन्नु भो _"सम्पती फिर्ता गरिन्छ अब ।" पत्याउने त पत्याए नपत्याउने ले ओठ लेपारे जे भने नी अध्यक्ष कामरेड ले भन्नु भयो -"जग्गा फिर्ता हुन्छ अब " सहमतीको लागि मात्र भएपनि सहमती गर्नु पार्ने । क्यार्नु अरु काम त भन्न 'सजिलो गर्न गाह्रो रे' भन्या जस्तो छ । गर्न सजिलो यहि सहमती थियो गरियो । तर उहाँले उल्कै गर्नु भो । धमाधम गाउँ पसेर जग्गा फिर्ता गर्दै हिंड्न थाल्नु भो । उहाँ चमत्कारमा बिश्वास गर्नु हुन्छ । चमत्कार हुन्छ भन्दै हिड्नुहुन्छ । चमत्कार गर्छु भन्दै हिड्नु हुन्छ । यो चमत्कारै चमत्कारको भिड म उहाँले अर्को चमत्कर गर्नु भो । जग्गा फिर्ता गर्न आफै हिड्नु भयो ।    

                       एक
माओवादी एक चमत्कारिक पार्टी हो । त्यसैले यहाँ भित्र सबै कुरा चमत्कारिक नै हुन्छ । जब अध्यक्ष कामरेड जग्गा फिर्ता गर्न टुपि कसेर लाग्ने सुर पुग्नु भो तब । उपादक्षे कामरेड किरण ले पनि कन्दनी कसेर फिर्ता नगर्न नदिने सुरमा पुग्नु भो । एकातिर अदक्षे कामरेद ले सम्पत्ति फिर्ता गरेर चमत्कार गर्न लाग्नु भो भने अर्कातिर उपादक्ष कामरेडले अधेक्षे कामरेड लाई तेसो गर्न नदिएर चमत्कार गर्न लाग्नु भो । यस बीचको चमत्कारिक सम्पती फिर्ता प्रक्रिया कसरी अगाडि बढ्छ । तमासे हरुको लागि राम्रो तमासाको बिषय भन्यो ।
                       दुई
महासचिव कामरेडले भन्नु भयो । "जग्गा फिर्ता माग्ने लाई लखेटिने छ" यता अध्यक्षे कामरेड भने -"जग्गा फिर्ता लिन आउनोस न कस्तो फिर्ता गर्न मन लागि रहेको छ भनेर भनेको भन्यै " आखिर को आउने जग्गा फिर्ता लिन ?कसलाई मन छ र कुटाइ खाएर लखेटिन ? यी बुढाले कुटाइ ख्वाउन बोलाए की क्या हो ? कोहि पनि नआएसी अध्यक्ष कामरेड लाई साह्रै पिर पर्‍यो । यस्तो जग्गा फिर्ता गर्न मन लागिरहेको छ तै पनि कोहि जग्गा फिर्ता लिनै आउदैनन त बा ! ल भएन भनेर उहाँ जग्गा फिर्ता गराउन गाऊ गाऊ जाने हुनुभो ।
                          तीन
मान्छेको द्रिढ इच्छा शक्ति लाई कुन माइकललालले रोकेर रोक्न सक्थ्यो र ? फिर्ता गर्न दिन्नौ भन्ने ले भनिरहुन । फिर्ता कार्य किन रोकिन्थ्यो र । आखिर फिर्ता गर्न मन लागि सक्यो त कोहि आएर के भयो त ? नआएर हुन्छ र उही गएर भाएनी तिनर्लाइ जग्गा फिर्ता नगरी कहाँ छाडीन्छ र ? उहाँ गाऊ मा गएरै भए पनि जग्गा फिर्ता गरिदिने हुनुभो । यता उपादक्षे कामरेड ले पनि तत्काल कब्जा गर्ने धुन मा लाग्नु भयो । थोडि उहाँको चै इच्छा शक्ति हैन र ? उपादक्षे को त्रास बीच मानिस हरुले जग्गा फिर्ता लिना आनाकानी गरे । तीनलाई सम्झाउदै अध्यक्ष कामरेडले भन्नु भयो ।
-"अरे यार लिनोस न भन्या जग्गा फिर्ता ?"
जग्गा धनीले भने
-"नाइ कामरेड नलिने !"
अधेक्षे कामरेडले भन्नु भयो
"अरे यार ह्वाँ बाट जग्गा फिर्ता गर्न आइरा'को छु । तपाईं चै फिर्ता लिन्न भन्ने ? यो ता भएन नी । लौ तुरुन्त फिर्ता लिनोस । "
जग्गा धनीले भने
'नाइ कामरेड उपादक्षे कामरेडले बिताउछन"
अदक्षे कामरेडले भन्नु भयो
-"कसरी बिताउछन ? फुत्त जग्गा फिर्ता लिएर भागिहाल्नोस न ।

                          चार
           उपादक्ष कामरेडलाई नी उस्तै हतार । घर जग्गा कब्जा नगरेको पनि थुप्रै भएको थियो । यसरी लामो समय घरजग्गा कब्जा नगर्दा । उहाँलाई घर जग्गा कब्जा गर्ने तलतलले साह्रै सताएछ । अन्तत घर जग्गा फिर्ता गर्ने कुराले उहाँ फेरि खुशी हुनुभो । कमसेकम एक पटक फेरि घरजग्गा कब्जा गर्न पाइने भयो भनेर । घरजग्गा फिर्ता गरेपछी त मनग्गे कब्जा गर्न पाइने भो । त्यसैले उहाँ कहीले घर जग्गा फिर्ता कार्य सुरु होला र कब्जा कार्य पनि सुरु गर्न पाइएला भनेर प्रतिक्षामा बस्नु भयो । 

                          पाचँ
             भन्ने हरुले भन्छन उपादक्षे कामरेड के घर जग्गा फिर्ता प्रक्रिया मा अबरोध गर्नु भयो । वास्तबमा यो कुरा होईन । जति अरु मानिस जति अदक्षे कामरेडले गहर जग्गा फिर्ता गर्न चाहनु भएको थियो त्यो भन्दा बढी उपादक्ष कामरेडले चाहानु भएको थियो । किन की घर जग्गा फिर्ता नहुदा मान्छे हरुका सम्पती थिएनन । र सम्पत्ति नहुदा त्यो कब्जा कार्य ठप्प भएको थियो । त्यसैले घर जग्गा फिर्ताको लागि उहाँले अझ ब्यग्रताको साथ प्रतिक्षा गर्नु भएको थियो ।
                         अन्त्यमा ,
              अधेक्षे कामरेड घर जग्गा फिर्ता को क्रम मा हुनुन्थ्यो रे । ठीक त्यति नै बेला उपादक्षे कामरेडको फोन आएछ । उहाँले भन्नु भएछ
"हलो कामरेड घर जग्गा फिर्ता कहाँ सम्म पुग्यो "
अधक्षे कामरेड ले भन्नु भएछ
"फिर्ता कार्य भैरा'कै छ ,तर तपाईंले किन फोन गर्नु भो ? फिर्ता कार्य रोक्नोस भनेर होला । हेर्नोस ,कुनै हालत मा पनि रोकिदैन घरजग्गा फिर्ता कार्य । तपाईं जे सुकै भन्नोस । केटोले बोलेसी बोल्यो बोल्यो । अब फिर्ता हुन्छ हुन्छ रोकिदैन । "
उपादक्षे कामरेडले भन्नु भयो
"राम राम , मैले पनि कहाँ रोक्नोस भन्न खोजेको हुँ र ? बरु छिट्टै फिर्ता गर्नोस पो भन्न खोजेको त !"
अधेक्षे कामरेड ले भन्नु भयो
"वाह कामरेड !तपै पनि लाइन मा आउनु अन्तत तपाईं पनि घर जग्गा फिर्ता गर्न पर्छ भन्न थाल्नु भो "
उपादक्षे कामरेडले भन्नु भयो
"म लाइन मा आएको हैन कामरेड बरु छित्टै घर जग्गा फिर्ता गरे । छित्टै कब्जा गर्न सकिन्थ्यो भनेर हो "
अनी अधेक्षे कामरेड ले जग्गा धनी हरुलाई सम्बोधन गर्दै भन्नु भयो -
"जग्गा धनी महानुभाव हरु । कृपया छिट्टै आफ्नो आफ्नो घर जग्गा फिर्ता लिगीदिनु होला । हाम्रा उपादक्षे कामरेड लाई कब्जा गर्न हतार भै सक्यो रे "




No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका