गोप्य बैठक
Thursday, November 18, 2010
“पत्रकारले कुरा बिगारे”
कामरेड प्रचण्डजीले भन्नुभयो
“हाछ्यु गर्न पा छैन”
थप्नु भो
“खात खुत्तै लेखिदिन्छन्”
“त्यहि त”
सुशिलजीले भन्नुभयोे
“बोल्न केही पा छैन टीभी रेडियो अखबारमा आइहाल्यो”
थप्नु भो
“उखान छ नि बोल्यो कि पोल्यो ”
“बोल्यो त पोल्यो ठीकै छ”
कामरेड खनालजीले भन्नुभयो
“नबोल्दै आथ्थु बनाई रा’छ यहा“”
थप्नु भो
“प्रम बन्ने भित्रि इच्छा, भन्न पा छैन । बाहिर छताछुल्लै”
“वर्तमान परिपेक्षमा”
माधव कामरेडले भन्नुभयो
“दिमागमा कुरो सोच्न पा छैन कताबाट कुरो खुस्किन्छ
लाइभ टेलिकास्ट”
“हामी नै देशका हर्ताकर्ता”
रामचन्द्रजीले भन्नुभयो
“हामी नै भूमिगत हुनु पर्या छ । भ\mयालबाट हेन समेत हुदैन । हरुवा भनेर खिस्याई हाल्छन स्वाठहरु ”
थप्नुभो
“गोप्य बैठकले बढो स्वाद आ’छ”
“गोप्य बैठक त बसियो”
प्रचण्ड कामरेडले भन्नुभयो
“तर गर्ने चाहि के -”
“हामीलाई पूर्ण स्वतन्त्रता छ”
सुशिलजीले भन्नुभयो
“पूर्ण स्वतन्त्रता भएको स्थानमा गर्ने कुरा को के दुःख ?”
“कौडा हानौ”
कामरेड झलनाथजीले भन्नुभयो
“बढो गजप हुन्छ”
“अल्लि हुन्न की -”
कामरेड बाबुरामजीले भन्नुभयो
“जुवा खेल्नाले बाह्रमासे होइन्छ”
थप्नु भो
“जबकी थपिएको संविधानसभाको म्याद पनि छ सात मास बाकी छ ।”
“कामरेडले ठीक भन्नुभयो”
कामरेड माधवजीले भन्नुभो
“कौडा हान्न त पैसो नि पुग्दैन । बजेट आ’ छैन”
थप्नुभो
“कि ल्याउने त बजेट -”
“वाहियात कुरा नगर्नोस”
कामरेड प्रचण्डजीले भन्नुभयो
“गोप्य बैठकलाई उपलब्धिपूर्ण बनाउनुपर्छ”
थप्नुभो
“ठट्टा गरेर नबसौ सहमति निकालौ”
“सहमति के मा निकाल्ने ?”
सुशिलजीले भन्नु भयो
“सरकार की संविधानमा -”
“सरकार र संविधानको कुरा नगरौं”
रामचन्द्रजीले भन्नुभयो
“मलाई वान्ता आउला जस्ते भो”
भुँडी छाम्दै बोल्नु भो
“म बाथरुम गएर आउछु त्यसो गरे कसो होला -”
“यिनले ठीक कुरा गरे”
कामरेड प्रचण्डजीले भन्नुभयो
“मलाई नि किन किन यी कुरा सुन्यो कि पेट हुडलिएर आउछ ।”
थप्नुभो
“अझ प्रधानमन्त्री भन्ने शब्द सुन्ना साथ रिंगटा लागेर आउछ । खुकुरी रम बढी भए जस्तो”
“हसाउनु भो”
माधव कामरेड खित्किताउनु भयो
“मलाई त ‘प्रधानमन्त्री’ शब्द सुन्ना साथ काउकुती लागेर आउछ । त्यसै त्यसै हासो उठेर आउछ गाजा लागे जस्तो ।”
“ठट्टा मात्रै कति गर्ने -”
ओली कामरेडले भन्नुभयो
“केही उपलब्धिमुलुक काम गर तास ल्या’छ कसैले -”
“मैले ल्या’छ” डाक्टर महतजीले भन्नुभयो ।
“हानौ कलब्रेक”
“कलब्रेक नहानौ” कामरेड प्रचण्डजीले भन्नुभयो “कुर्सी सँगको ब्रेक अपको पिडाले पोल्छ ।”
“त्यसो भए फरास खेलौ” सुशिलजीले भन्नुभयो “यसमा मजा आउछ”
“हुन्न” कामरेड खनालजीले भन्नुभयो “म्यारिज खेलौ बरु”
के खेल्ने भन्नेमा सहमति नभए पछि गोप्य बैठक बिना निष्कर्श टुंगियो ।
-(घटना र पात्रहरु काल्पनिक हुन् )

विधा :
लेख / ब्यङ्य
कुर्सी प्रियाको पत्र
Thursday, November 11, 2010
प्रिय भन्दा प्रिय नेताहरु,
न्यानो माया, अगाध स्नेह, स्वादिलो सम्झना र प्रगाढ प्रेम ।
मलाई थाहा छ तिमीहरु मलाई नै सम्झीरहेका छौ । किनभने तिमीहरुको गिदीमा मेरो सम्झना यसरी घुलेको छ कि राष्ट्रप्रेम र जनताप्रतिको कुनै पनि दायित्व बोधले यसलाई फिल्टर गर्न सक्दैन । र संसारमा कुनै पनि यस्तो रसायन छैन जसले मेरो सम्झना र तिमीहरुको मप्रतिको प्रेम, स्नेह र र्समर्पणलाई निस्त्रिmय गर्न सकोस् । तिमीहरु स्वभावैले र जन्मैदेखि मलाई प्रेम गर्ने गुण लिएर जन्मेका छौ । यस्तो लाग्छ तिमीहरुका रगतका कणकणमा म छु । तिमीहरुका अंगअंगमा म छु । त्यसैले होला तिमीहरु म प्रति आसक्त छौ । यहि आसक्तिले तिमीहरु मलाई असाध्यै प्रेम गर्र्छौ र यहि प्रेमका खातिर तिमीहरु सान, मान र इज्जत सबै त्याग्न तयार छौ । तिमीहरुको यहि चोखो र पवित्र प्रेमले गर्दा म तिमीहरुप्रति असाध्यै खुसी छु । तर तिमीहरु आफ्नो यति हदसम्म प्रेम गर्दा पनि मलाई नपाउनुको पिडामा असाध्यै दुखि होलाउ । के गर्नु प्रेममा संधै खुसी त कहाँ मिल्छ र – तर जे होस, म पनि तिमीहरुलाई असाध्यै प्रेम गर्छु जस्तो तिमीहरु मलाई गर्र्छौ ।
नेता स्वीटहार्ट,
तिमीहरुले मलाई नपाउँदाको पिडामा कतिसम्म रन्थनिएका छौ होला भन्ने सम्झनाले पनि मलाई काँडा उम्रिएर आउँछ । प्रेम पिडामा भट्मा बोतल र गिलास रित्याउदै बित्ने गरेका तिमीहरुका साँझहरु सम्झेर त्यसै त्यसै बिरक्त लागेर आउँछ । तर मेरो अपूर्णतालाई बोतलका झोलहरुले के पूर्णता दिन सक्थ्यो र – यदा कदा मेरो यादमा कतै भट्टाल्नी साउनीको हात पो समायौ कि भन्ने आशंकाले सिरिङ भएर आउँछ । तैपनि मलाई तिमीहरुप्रति पूर्ण विश्वास छ कि तिमीहरु मलाई भुलेर कहि पनि बहकिन सक्दैनौ किनकि मेरो मायाको डोरीमा तिमीहरु यसरी बाँधिएका छौ कि एउटा टाँगामा बाँधिएका घोडाहरु जस्तै तिमीहरु यताउता कतै भाग्न सक्दैनो । तिमीहरुका एकोहोरो यात्रा मै तर्फ केन्द्रित हुनेछ र तिमीहरुका अन्तिम गन्तव्य मनै हुनेछु ।
नेता डार्लिंग,
म सुन्दैछु तिमीहरु मलाई पाउन देउता भाक्दै छौ रे । मलाई माग्दै प्रुभलाई प्रार्थना गरेका छौ रे । यसैक्रममा तिमीहरुले दिल्ली, वासिंगटन, सिंगापुर र बेइजिङसम्म पनि तिर्थाटन गर्न पुग्यौं रे । तर के गर्नु जता गए पनि हात लागि सुन्य । यदाकदा शंका लाग्छ कतै प्रभुहरुले नै मेरो जवानीमा आँखा गाडे की क्या हो कलियुगका प्रभुहरुको त भर हुन्न है ।
नेता हनी,
तिमीहरु मध्ये त्यो बाघका जस्ता बाक्लो र खाइलाग्दे जुंगा भएको मेरो प्रेमी बढो रोमान्टिक थियो । मलाई पनि उ खुब मनपर्छ तर के गर्नु अनायासै उसँग ब्रेक अप भयो मलाई निसारो चित्त दुख्याथ्यो त्यस बेला । उ बढो झोकी रै छ । प्रभुलाई पनि सराप्यो त्यति बेला । हुन पनि हो आफ्नो प्रार्थना नसुन्ने प्रुभ के प्रभु – उ ढुंगा भन्दा के फरक भयो र – उसलाई ट्वाइलेट र नालीमै बिच्छ्याई दिए पनि के भयो र मलाई पाउन फिलमकी हिरोइन समेत नचाउने मेरो प्रेमी एउटा हिरो भन्दा कम्ति थिएन । मेरो प्यारा तिम्रा अंगालोमा बाँधिएका ती क्षणहरु समझनाले मलाई अझै पनि न्यानो बनाइरहेको छ । आखिर संसदमा जन्ति नपुग्दा तिमीसँग फेरि मेरो लगनगाँठो बाधिन सकेन र डोलीमा चढिसकेका तिमी ओर्लियो । अर्का मेरा बाहुन प्रेमी त्यति रोमान्टिक हुन नसके पनि म प्रति उसको प्रगाढ प्रेम देखेर मलाई उसको सारै माया लाग्छ । डोलीमा चढेको उसग जन्ति नपुग्दा मेरो लगनगाढो बाधिन पाएको छैन । जन्त जाने प्राय जन्तिहरु मेरा प्रेमी भएको हुनाले उसले मेरो सिउदो भरेको कसरी हेरुन र जन्ति आउन – प्रिय बाहुन, तिमीलाई तिनले १५ पटक डोलीबाट उचाल्दै पछार्दै गर्दा तिमीलाई कति दुख्यो होला – सम्झदा पनि मन भकानिएर आउँछ । तर तिम्रो प्रेम महान छ प्रिय यति हुदा पनि ओर्लिएका छैनौ डोलीबाट । झल्लु नामका मेरा अर्का प्रेमी सारै बेबकुफ रै छन् । डोली चढिसकेका उनी जन्ति पुग्दा पुग्दै पनि काउकुती लाग्यो भन्दे झरे । दारी जुगा सफाचेट गरेर सधै सुट पाइन्टमा सजिने झल्लु प्रेमी निकै चकलेटी थिए । अब बुद्धि नपुगेपछि के लाग्यो र – अस्ति मलाई एसएमएस पठाउदै थियो- “तिमी बिना मर्न लागे प्रिय” भनेर मुख झल्लु अब तिमीले मलाई पाउने आसै नगर भनेर भन्दिम भन्दिम जस्तो लागि रा छ तर कहाँ सक्थे र – मलाई थाहा छ नि । तिमीलाई डोलीमा चढ्दा काउकुति लगाइदिने तिम्रै घरको त्यो पुतली जुंगे बदमास थियो ।
नेता बाबे,
पुतली जुंगेसँग मेरो पारपाचुके भएको चार महिना बढि भइसक्यो । तै पनि उ मसँगै छ । मेरो मन तिमीहरुसँग भए पनि मेरो तन चाहि त्यहि पुतली जुंगेसँग छ । सारै बदमास छ त्यो पुतली जुंगे । पहिले पारपाचुकेको पिरमा ह्वास्स मुख गनाउने बनाएर आउथ्यो । अहिले मख्ख छ । मप्रति सारै क्रेजी छ । के मात्रै गरेन उसले मलाई पाउन – मान्छे ज्याद्रो रै छ । आखिर पाएरै छाड्यो उसले मलाई तर तिमीहरुको बियोगमा उसले खुच्चिङ खुच्चिङ गरेकाले मलाई त्यो देखि सारै रिस उठेको छ ।
प्रिय नेताहरु,
मेरो पिरले तिमीहरु जति तडपिएका छौ त्रि्रा पिरले म त्यति तडपेकी छु । भाग्य नै त्यस्तै होकि क्या हो त्यता तिमीहरु एक्लै यता म एक्लै तर विचार गर है २०६३ साल अघिको मेरो पूव प्रेमीले अस्ति मलाई आँखा झिम्क्याउदै थियो ।
अहिलेलाई यति नै ।
उहि तिमीहर्की
कुर्सी प्रिया ।

किन फिर्ता गर्ने ?
Thursday, October 28, 2010
एमाले वरिष्ठ नेता डा. के. पी. शर्मा ओलीले आफ्नो पि.एच.डि. फिर्ता नगर्ने भन्नु भा’छ । उहाँसँगै पि.एच.डि. प्राप्त गर्नु भएका फिल्मि दुनियाका हास्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले क्षमा याचना सहित आफुले पाएको नक्कली पि.एच.डि फिर्ता गर्नु भएता पनि वास्तविक हास्य नेता के.पी. डाक्टर सापले भने कुनै कालले छोड्ला आफुले पाएको नक्कली पि.एच.डि नछोड्ने सुर कस्नु भा’छ । उहाँले आफुले पाएको पि.एच.डि सक्कली भा’को समेत दावि गर्नु भा’छ ।
वास्तवमा के.पी. डाक्टर सापलाई पिएचडी फिर्ता गर्न वाध्यता नै छैन किन भने यो उहाँले पढेर लिनु भा’ पिएचडी हैन । यो त उहाँले परेर प्राप्त गर्नु भा’ पिएचडी हो । परेर प्राप्त गरेको उहाँको लकको कुरा हो । अनि किन फिर्ता गर्ने ? भाग्य फिर्ता गर्न के को कर छ र ? अर्काको भाग्य खोस्न पाइन्छ ? त्यसमाथि केपी डाक्टरसापले त्यो पिएचडी त्यतिकै पा’का हुन र – उहाँले नेपालको हास्य राजनीतिमा विशिष्ट योगदान दिएर दुनियालाई हँसाए वापत हास्य कलाकारहरुसँगै पाएका पो हुन त । फ्रीमा पा’का हुन र ?
यहाँ मात्र पढेर सित्तैमा पाएको पिएचडी त कसैले फिर्ता गर्दैनन् । यत्रो ठुला ठुला योगदान गरेर र पैसो तिरेर किनेको पिएचडी फिर्ता गर्न मिल्छ – यहाँ सक्कली र नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित धारणा नै गलत छ । अब पैसा तिरेर खरिद गरेका, भनसुन, सोर्सफोर्सबाट प्राप्त गरेको शैक्षिक योग्यता चाँही नक्कली रे । अब पैसै नतिरी पढेकै भरमा सित्तैमा पाएको शैक्षिक योग्यता चाही सक्कली हुने रे । यस्तो नि हुन्छ कतै – कही नभएको जात्रा भनेको यहि हैन त ? त्यसैले पिएचडी फिर्ता गर्नु पर्छ भने त्यही फगत पढेको भरमा पिएचडी प्राप्त गर्नेहरुले गरुन । राजनीतिमा यत्रो योगदान दिएर राष्ट्रलाई यो स्थितिमा पुर्याउन मद्दत गर्नु भए वापत पिएचडी प्राप्त गर्नु भएका ओली डाक्टर सापले किन फिर्ता गर्ने ?
अब आयो विश्वविद्यालय नक्कली हो रे भन्ने कुरा – ओली डाक्टर सापलाई पिएचडी दिने विश्वविद्यालय कसरी नक्कली भयो ? पढेकै भरमा सित्तैमा पिएचडी बाँढ्दै हिड्ने अरु विश्वविद्यालय चाही सक्कली हुने रे । पैसा लिएर शैक्षिक योग्यता प्रमाण पत्र बिक्री गर्ने विश्वविद्यालय चाही कसरी नक्कली ? विश्व विद्यालयको शैक्षिक योग्यता प्रमाण पत्र त्यति सस्तो छ ? जबकी पढेकै आधारमा सित्तैमा पाइयोस् । नक्कली त ति विश्वविद्यालय हुन जसले पढेकै आधारमा सित्तैमा शैक्षिक योग्यता प्रमाणपत्र बाँडेर युनिभर्सिटी ड्रि्रीलाई सस्तो बनाए कि कसो ओली डक्टर साप ? नक्कली त पढेकै आधारमा शैक्षिक योग्यता प्रमाणपत्र दिने विश्वविद्यालय पो त । थोडी तपाईलाई पिएचडी दिने जस्तो विश्वविद्यालय नक्कली हुन्छ । पिएचडी फिर्ता गर्न परे नक्कली विश्वविद्यालयबाट पिएचडी लिनेहरुले गरुन । उहाँ जस्तो सक्कली विश्वविद्यालयबाट पिएचडी पाएको व्यक्तिले किन फिर्ता गर्ने ?
अब कसैले प्वाक्क बिचमा सोध्लान- “नपढीकन पनि पिएचडी हुन्छ ? वाहियात । किन हुँदैन ? चुनावै नजिति प्रधानमन्त्री उछिट्याउन हुन्छ भने पढ्दै नपढी पिएचडी उछिट्याउन किन हुँदैन ।

नेतृत्वको योग्यता
गिर्जाउ स्वर्गे भएसी एकपटक आकाशै खसे जस्तो भा’थ्यो । जसले गर्दा सुजु दिज्यु र प्रचण्ड कामरेड मात्रै हैन झण्डै झण्डै पुरै मुलुक नै टुहुरो र अभिभावक विहिन भा’थ्यो । मुलुकमा एउटा विरक्त लाग्दो रिक्तता छाएको थियो । पछि त्यो रिक्तता विस्तारै पुरिन थाल्यो । तैपनि गिर्जाउले नेतृत्व गर्नु भएको पार्टी कांग्रेसमा चाही नेतृत्व कसले लेला भनेर खुब जिज्ञासा भइ रह्यो । जब मुलुक कै पुरानो पार्टी कांग्रेसमा सानो तिनो नेतृत्वले के काम गर्ला र ? अब ठुलै नेतृत्व दिन सक्ने त्यस्तो ठुलो मान्छे कहाँ पो जन्मेको होला र ?
गिर्जाउको निधन पछि आफु गिर्जाउको सच्चा उत्तराधिकारी भन्दै नेता त्रय देखा परे । कसैले भने मेरो स्वभाव ठ्याक्कै गिर्जाबाबुको छ त्यसैले नेतृत्व मैले गर्नु पर्छ । कसैले भने मेरो अनुहार ठ्याक्कै गिर्जाउको जस्तो त्यसै कुरा यता उति हुँदै होइन नेतृत्व त मैले पो गर्नु पर्छ त । ‘अ त्यस्तो भनेर कहाँ हुन्छ, म त गिर्जाउको कोइराला फेम्ली कै मान्छे, कुल खानदान र परम्परा अनुसार मैले पो गर्नु पर्छ त कांग्रेसको नेतृत्व त ।
भन्देखिनलाई ह्वा जस्तै सभापति मैले पनि चलाई सकेको, ह्वाले जस्तै प्रधानमन्त्री दुइ तिन पटक मैले पनि खाइसकेको ह्वासँग ठ्याक्कै स्वभाव त मेरो पो मिल्छ त फेरी सभापतिको दौरा सुरुवाल पनि सिलाई सकेको हुँदा फेरी सिलाई रहनु पनि परेन । भन्देखिनलाई नेतृत्व अरुले गर्ने त कुरै आएन नी । भन्नेहरु पनि निस्किए केही आफ्नो नाक र गिर्जाउको नाक ठ्याक्कै मिल्ने भन्न थाले । कोही आफ्नो दाँत र गिर्जाउको दाँत ठ्याक्कै मिल्ने भन्न थाले । कोही गिर्जाउको तालु र आफ्नो ठ्याक्कै उस्तै उस्तै भएको र सभापति आलु आफ्नै उर्भर तालुमा फलाउनु पर्छ भन्न थाले । यस्तै यस्तै तवरले नेतृत्व दावीका क्रममा कांग्रेसको महाधिवेशन भयो । नेतृत्वमा आउन भो सुसिल ।
सुसिल जी नेतृत्वमा आए पछि उहाँमा एक पछि अर्को योग्यता देखिदै गएका छन् । एक त उहाँ कोइराला फेम्लीका, पि पी र गिर्जाउका भाई सुजाताका काका । अर्को त देश युवाले हाक्नु पर्ने आवाज उठिरहेका बेला कपालदारी फुलेका, गाला चाउरिएका र दाँत फुक्लिएका जोसिला युवा नेता त्यो भन्दा ठुलो कुरा गिर्जाउ बेडमा सुती अक्सिजनको सिलिण्डर समातेर पार्टी देश चलाउनु हुन्थ्यो । सुसिलजी पनि सभापति भएकै थिएन अस्पताल पुग्नु भो र अक्सिजन सिलिण्डर समाउनु भो अब चै ढुक्क छ कि उहाँले पार्टी मज्जैले चलाउन हुन्छ ।

राष्ट्रवादी एकता
“अब गजप भयो”
सि एम कामरेडले मख्ख पर्दै भन्नु भयो
“एतिहासिक रुपान्तरण भयो यो”
“रुपान्तरण कस्को ?”
कार्यक्रम बिचमै प्रश्न उठ्यो
“माओवादीको कि आर के जि को ?”
सि एम कामरेडले प्रश्न तर्फध्यान दिनु भएन महान परिवर्तनको यस्तो ऐतिहासिक छलाङ मार्ने क्रममा यस्ता नाथे प्रश्नहरुमा अल्भिmनु आवश्यक पनि थिएन परिवर्तनका अगाडि प्रश्नहरु निम्छरा भए । प्रश्नका तगाराहरुले कामरेडलाई अल्झाउन सकेन । दुखि प्रश्न उत्तर नलिइ फिर्ता भयो ।
“यो विशिष्ठ प्रकृया हो”
सि एम कामरेडले भन्नु भयो
“यो प्रकृया गजपको छ”
थप्नु भो
“जहाँ बरफको टुक्रालाई आगोमा मिसाइन्छ हामीलाई विश्वास छ त्यो ठोस बरफ आगोको कोइलामा परिणत हुन्छ ।”
‘यो त अचम्म भयो यस्तो पनि हुन्छ कही -’
कसैले आशंका पोख्यो
‘बरफ पग्लेर कोइला निभ्न सक्ला तर बरफ कोइलामा परिणत हुन सक्दैन । पार्टी छिर्दैमा राजावादीहरु कसरी रातारात क्रान्तिकारी बन्न सक्छन् ? बरु पार्टीको क्रान्तिकारीता मै खतरा आउन सक्छ ।’
“चमत्कारमा सम्भव छ र बन्न सक्छन् ।”
सि एम कामरेडले भन्नु भयो
“हामीले र हाम्रो गौरवशाली पार्टी अघि देखि नै अब एउटा ठुलो चमत्कार हुन्छ भनिरहेको जुन स्थिति छ…..”
थप्नु भयो-
“त्यो स्थितिलाई नबुझेर चमत्कार माथि आशंका गर्नु र नपत्याउनु निश्चित रुपमा एक्काइसौ सताब्दीको जनवाद नबुझनु हो भन्ने हाम्रो ठम्याई छ ।”
“गुण चै के पाउनु भो राजावादीमा -”
कसैले बिचमै सोधि दियो- “क्रान्तिकारी बन्न सक्ने -”
“उहाँ हामीहरु जस्तै गल्ति गरेपछि आत्मआलोचना गर्न सक्नु हुन्छ ।”
सि एम कामरेडले भन्नु भयो- “एक्काइसौ सताब्दिका क्रान्तिकारीहरु आत्म आलोचना गर्ने खालका हुन्छन कामरेड आर के लाई नै हेनोस् न”
कामरेड आर के ले सहि थाप्नु भो र सि एम कामरेडले उहाँलाई माला लगाइदिनु भो !
यसले कस्तो चमत्कार गर्ला भनेर कार्यकर्ता अलमल्लमा परे ।

“पार्टीको अनुमती छैन ।”
“लाल सलाम कामरेड ।”
मर्निङ वाकमा निस्किएका एक चिर परिचित माओवादी नेतालाई मैले हात उठाएर अविवादन गरे । कामरेडले रोकिएर मलाई हेर्नु मात्र भयो । अभिवादन फर्काउनु भएन । मैले सोचे कामरेडले चिन्नु भएन मलाई । सायद बिर्सनु पनि त भयो होला । राजनीतिको यत्रो भाग दौड । त्यसमाथि प्रधानमन्त्री चुनावको यत्रो लाखा धुनी । मलाई बिर्सर्नु कुनै अनौठो कुरा भएन तैपनि त्यस्ता फरासिला कामरेड रोकिएर बोल्दै नबोली मलाई हेरी रहेका देखेर मलाई सोध्नै पर्ने भयो ।
“हैन कामरेड तपैले चिन्नु भएन अस्ति त्यत्रो वातचित गरेको मान्छे बिर्सनु भयो कि क्या हो -” उहाँ बोल्नु भएन बरु केही खोजे जसरी आफ्नो स्पोर्ट टाउजरको खल्ति छामछाम छुम छुम गर्न थाल्नु भयो र एकछिनमा रातो मार्कर पेन र सेतो पेपर झिक्नु भयो र लेखेर देखाउनु भो- “चिने किन नचिन्नु नी”, “अनि किन नबोल्नु भएको त -” मैले सोधे ।
“तपैसँग बोल्न पार्टीको अनुमति लिएको छैन” उहाँले लेखेर फेरी देखाउनु भयो ।
“अनि किन अभिवादन फर्काउनु भएन -”
“बिहानै हिडेको अभिवादन फर्काउन अनुमति लिनै विर्से” उहाँले लेखेरै देखाउनु भो ।
“अनि कता त -”
“कोटेश्वर” (लेखेरै)
“अनि सँगै जाउन त – म पनि त्यतै हो ।”
“हुन्न” उहाँले लेख्नु भयो “तपैसँग हिड्न पार्टीको अनुमति लिया छैन ।”

प्रधानमन्त्रीको सपना
धुरिमा झण्डा गाडेर दशैं मनाउने कामरेड चट्टान ज्यूको सपना सपनामै सिमित हुने सम्भावना बढ्दै गएको छ । तटस्थीय तपस्यामा चट्टान झै लिन बनेकै भरमा माओवादीको समेत धाप पाउन सफल भएता पनि रामचन्द्र बाजेले बाल नदिंदा धुरीमा झण्डा गाडेर दशैं मनाउने सपना हुरिमै उड्ने भएको छ । र आफ्ना उडिरहेको सपना हेर्दै कामरेड चट्टानज्यू अझै दृढ देखिनु भएको छ । सम्भावना हिन आसाहरुमा कामरेड चट्टानज्यूको यो दृढता देखेर दुनिया चकित बनेका छन् । दुनियालाई जतिसुकै अचम्म लागोस तर यसले के पो फरक पर्यो र ? आखिर कामरेड चट्टान न पर्नु भयो । दुनियाका यस्ता छुसि माइका लालहरुले अचम्म मान्दैमा यो महान तटस्थीय तपस्याबाट उहाँ जस्तो महान तपस्वी कसरी डगमगाउन सक्नु हुन्थ्यो ? बरु तटस्थासनमा बसेर ध्यान र योगको दैविक चमत्कारिय आवाजमा उहाँको निरन्तर मन्त्रोच्चारण जारी छ- ॐ तटस्थाय नमः
प्रधानमन्त्राय नमः
कुर्सीय नमः
समिकरणाय नमः
गठवन्दाय नमः
साम दाम दण्ड भेदाए नमः
तटस्थाए नमः
उहाँ भन्दै हुनु हुन्छ हामी चट्टान झै अडिग छौ हिमाल झै अटल छौ । आठौ पटक पनि प्रधानमन्त्री चयन प्रकृया तुहिए पछि प्रधान मन्त्री चयन प्रकृया माथि नै पुनर्विचार गर्नु पर्ने चर्चा चलिरहेको बेला कामरेड चट्टानले नयाँ सिस्टम विकास गरेका छन् । उहाँले विकास गर्नु भएको प्रधानमन्त्री छनौट प्रकृया साच्चै भन्नु पर्दा तर्कपूण् पनि रहेको छ । वास्तवमा कुनै पनि व्यक्ति कुनै पनि पदमा पुग्न त्याग र तपस्या अनिवार्य छ । त्यसमाथि प्रधानमन्त्री जस्तो मुलुकको गरीमामय पदमा पुग्नकोलागि त त्याग र तपस्या नभै नहुने कुरा हो । उहाँले बहुमत पुगेको आफ्नो सरकारलाई ढालेर, बहुमत पुग्दापुग्दै आफ्नो उमेदवारी फिर्ता लिएर त्याग देखाई सक्नु भा’छ । अनि प्रधानमन्त्रीको आसमा घुटुक्क घुटुक्क थुक मात्र निलेर तटस्थता रुपी कठोर तपस्या पनि गरिरहनु भएको छ । भोट दिएर प्रधानमन्त्री चुन्ने प्रकृया के प्रकृया । अर्काले भोट दिएर त जो पनि भै हाल्छ नी प्रधानमन्त्री । त्यसमा के रह्यो र हुने व्यक्तिको पौरख – त्यसैले प्रधानमन्त्री बन्नको लागि उहाँ निरन्तर तटस्थीय तपस्यामा लिन हुनुहुन्छ । तपस्याकै प्रभावले उनले माओवादीसँग सहमती गरे ।
तर दुभाग्य उहाँको तपस्याको प्रभावले इन्द्रको अमरावती डग्मगाई सक्यो होला तर रामचन्द्र बाजेको उमेदवारी डगमगाउला जस्तो छैन । अहिलेसम्म उहाँ प्रधानमन्त्री बन्ने लगन सपना मात्र जुरी रहेको छ । माओवादीसँग लगन गाँठो कसे पनि उहाँको प्रधानमन्त्री बन्ने सपनाको महल निरन्तर खस्दो छ ।

छि कस्तो लाज लाग्यो !
प्रधानमन्त्री चुनावमा दलहरुमा निर्लज्जताको पराकाष्ठा देखिएता पनि सबै भन्दा ठूलो दल ए.नेकपा माओवादी बढो लजालु देखिन थालेको छ । ठुलो दल भएरै होला उसमा देखिएको लाज पनि ठुलै छ । ठुलो दलमा देखिएको लाजले मुलुक नै लाजमय बन्न पुगेको छ । मुलुक नै लाजमय बनिरहेकोले नै होला यो लेख लेखि रहदा पनि मलाई कता कता लाज लागेर आएको छ । मुलुकमा लाजको अभावले पराकाष्ठा नाघेर लाज नै लाजस“ग लजाउने स्थिति भइरहेको बेलामा ठुला दलमा देखिएको यो लाजले कता कता खुसि पनि लागेको छ ।
पैसाको कुरा चल्दा कत्रा कत्रा लाज त पचेर निर्लज्ज हुने परिपाटीलाई क्रम भंग गर्दे हाम्रो ठुलो दल लजाउन थालेको छ । यस क्रममा हाम्रो ठुलो दल एक पटक क्रान्तिकारी लजालु बन्न पुगेको छ । हामी कहाँ कत्रा कत्रा भिडियो टेप र्सार्वजनिक हुँदा त ‘मैले हैन’ भनेर डिच्च दाँत देखाएर लाज पचाउने नेता गणहरुलाई यसपालीको अडियो टेप पच्नै सकेको छैन । सायद यसपाली लाज लाग्दा उहाँहर्ले बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित लाज पचाउने हाजमोला पाचक नखाएर राष्ट्रवादी चरित्र पेस गरेरै पो हो की -
अडियो टेप अनुसार कामरेड ‘मोरा’ ले आफ्ना चियरम्यानलाई प्रधान मन्त्री बनाइदिन उत्तरतिरबाट पैसो माग्नु भएछ । पैसो मागेको कुराले र्सवत्र चर्चा पाएपछि उहाँ यति लजाउनु भयो कि उहाँले हो भन्न नि सक्नु भएन हैन भन्न नि सक्नु भएन ।
हो भनौ भने अब खसीको टाउको देखाएर कुकुरको मासु किन्ने ठाउँबाट पैसो मागेर भएपनि कुकुरको मासु किन्न खोजेको स्विकार गर्दा इज्जत खलास हुने डर । अब हैन भनौ भने सभाषदहरुले नपत्याएर भोटै नहाल्लान भन्ने डर । सभाषदले पत्याउन पो कसरी चन्दा सन्दाको पैसो एक वर्ष’सर्वोच्चता’ आन्दोलन गर्दैमा सिद्धिइ हाल्यो । जाबो नौ महिना सरकार चलाउँदा पैसो कमाउन सिक्नै भ्याएन कमाइयो भनेर गफ र्दिदा ‘काग’ जस्ता सभाषदहरुले पत्याउने कुरा नि भएन् । बाहिरबाट पैसा आउने कुरा झुटो हो भनेर भनि दिंदा त ‘बैना’ गरेका सभाषदले पनि बैना फिर्ता गर्देलान भन्ने पिर । सभाषदको अगाडि विजेता ह्वाले उत्तरबाट पैसो माग्नु भो कि भएन बेग्लै कुरा तर मागेको छु भन्नु र मागेको छैन भन्नु दुबै लाजको कुरा भो । मागेको हो भनुभने दुनियाको लाज । मागेको हैन भनु भने सभाषदको लाज । जे होस् ‘फलाना फलानाले ‘टेलिफोन संवाद क्याप्चर गरेर गोपनियता भंग गरे’ भनेर जनताले नबुझने सभाषदले बुझने कुरा गरेर लाज पचाउने गतिलो तिरिक लगाइएको छ । जे होस् सेना, विदेशी, सरकार जस जसलाइ गालि गरेर भएता पनि ह्वा हर्को लाज छिट्टै पचोस, शुभकामना !!

तटस्थ महिमा
कुनै समय एक वैज्ञानिकले एउटा अनुसन्धान गरेछन् । अनुसन्धानको विषय थियो “रक्सिमा” लाग्ने कुरा के हुन्छ -
अनुसन्धानको क्रममा उनले साना भट्टी देखि ठुला ठुला होटलसम्म चहारेछन् । यस क्रममा उनले थुप्रै ट्वाके तथा रक्सिवाजहरुको संगत गरेछन् । खोया विर्के तुन्क्याउने देखि, ब्राण्डि, हुस्कि रेड लेवल खानेसम्मका संगत गरेछन् र आफु पनि खाएछन् । उनले हरेक दिन अनुसन्धान गर्दै डायरीमा टिप्दै गएछन् । जहा हरेक मानिसले जुनसुकै ब्राण्डका रक्सि खाए पनि त्यसमा पानी हालेका पाएछन् । अन्त्यमा उनले अनुसन्धानबाट निष्कर्षनिकाले छन्- “लाग्ने कुरा भनेको पानी रहेछ’ नत्र किन सबैले रक्सिमा पानी मिसाउ“थे -”
पानीको गुण तटस्थ हुन्छ जस्तो भाडामा राख्यो त्यस्तै हुने, जुन रंग मिसायो त्यस्तै । तैपनि लाग्ने काम पानीले नै हुने रहेछ । त्यो पानी गुणे तटस्थ एमाले कांग्रेस वा माओवादीमा नमिसिदा लाग्न सकेको छैन । पटकौंको प्रधानमन्ज्ञी चुनावले पनि केही लछार पाटो लाग्न सकेको छैन । प्रधानमन्त्री हुन नपाको चिन्ताले कामरेड प्रचण्ड र रामचन्द्र बाजेको रातमा निन्द्रा लाग्न सकेको छैन । मन्त्री बनेपछि बंगुर झै मोटामला भनेर मन्त्रि बन्ने लाममा बसेका संभावित मन्त्रिज्यूको ज्यानमा मासु लाग्नै सकेको छैन ।
मनोक्रान्तिका डा. योगी विकाशानन्द भन्थे ‘तटस्थता सल्कने पानी हो’, एमालेको तटस्थताले हाम्रा प्रधानमन्त्रीका दावेदारहरुको प्रधानमन्त्री बन्ने भाग्य सल्केर खरानी बन्दै गएको छ । स“गै मुलुकको उन्नती जनताको आशा सबै सल्कदै गैरा’छ अझै पनि तटस्थता छोडेको छैन एमालेले । यस्तो लाग्छ एमालेले राजनीतिक सामाजिक क्रान्ति छोडी सक्यो । आर्थिक क्रान्ति पट्ट आखा चिम्ली सक्यो । बरु विकाशानन्दकै अनुसरण गरे मनोक्रान्ति पो गर्न आट्यो कि जस्तो लाग्छ । उसले आफ्नो मागदर्शक सिद्धान्त मार्क्सवाद, लेलिनवादलाई छोडेर तटस्थतावाद पो राख्न लागेजस्तो छ अनि भित्तामा पनि मदन भण्डारीको फोटो हटाएर विकाशानन्दको ।
ओलीको आफ्नो गुट आफ्नो मनोमानी, खनालको आफ्नो गुट आफ्नो मनोमानी, आफ्नो मनोमानी सबै क्रान्ति, अरुको सबै भ्रान्ति, एक्काइसौ सताब्दीमा के को आर्थिक क्रान्ति केका सामाजिक, र राजनीतिक क्रान्ति – अब त मनोक्रान्ति त्यसैले तटस्थ ! जय गुरुदेव !

घुस लिन्या र दिन्या
“डिबिजी”
गोविन्द माननियले भन्नु भयो
“गडप भयो”
“गडपको कुरा नगरौ गोविन्द जी”
डि बी माननियज्यूले भन्नु भयो
“यहा“ कन्त विजोग भइयो ।”
“एतातिर पैसा गयो”
गोविन्द माननियज्यूले भन्नुभयो-
“अर्कातिर इज्जतको नास”
थप्नु भयो ।
“दिनको चैन हराम, रातको निद हराम ।”
“तपैले गल्ति गर्नु भो गोविन्दजी”
डिबी माननियले भन्नु भयो
“बेलामा बुद्धि नपुर्याए पछि यस्तै हो”
“कसले बुद्धि पुर्याएन -”
गोविन्द माननियले भन्नु भयो
“मैले कि तपैले -”
“मैले कि तपैले रे -”
डिबी माननियले भन्नु भयो
“पैसा फसाउने तपै, थोडी मैले बुद्धि पुर्याइन -”
“अनि तपैको चाही खुबै बुद्धि पुग्यो नी हैन -”
गोविन्द माननियज्यूले भन्नु भयो ।
“भयो बा, मलाई त्यो त्यस्तो बुद्धि पुर्याउन परेको छैन जसले यस्तो कालो खोरमा पुर्याउछ”
स्याटर नहानौ माननियज्यु ।”
डिबी माननियले रिसाउदै भन्नु भयो
“एउटै ड्याङको एउटा मुलाले अर्को मुलालाई स्याटर हानेको सुहाउदैन”
“कसरी एउटै ड्याङको मुला भइयो -”
गोविन्द माननियले भन्नु भयो
“तपै त घुस खाने घुसिया यस्तो घुसियास“ग मेरो तुलना हुन सक्छ -”
“के रे के रे ”
डिबी माननियले भन्नु भयो ।
“आफ्नो आगमा भैसी कुदाएर अर्काको टाउकाको जुम्रालाई कुरी कुरी भन्ने -”
थप्नु भो ।
“यो त हजम भएन”
“त्यत्रो घुस खाएसी कसरी हजम हुन्छ -”
गोविन्द माननियले उखान टुक्का जोड्नु भयो ।
भुडि हेरेर घुस खानु, धन हेरेर घुस दिनु भनेको थाहा छैन -”
“कसले खायो घुस -”
डिबी माननियज्यू जंगिनु भयो
“सेवा प्रदान गरे वापत लिइने सेवा शुल्कलाई घुस भनिदिने -”
थप्नु भयो
“यो सतिले सरापेको देशमा राम्रो काम त गर्नै नहुने, अपजस भन्दा केही नपाइने”
“के गर्नु भयो राम्रो काम -
गोविन्द माननियज्यूले सोध्नु भो
“सभाषद भएर पनि राम्रो काम रे -
थप्नु भयो
“बडा ठट्टा गर्नु हुन्छ तपैं”
“थोडी जोक्कर हु र म बेला न कुबेला ठट्टा गर्नलाई -”
डिबी माननिय ज्यूले भन्नु भयो
“मैले निस्वार्थ भावले आफ्नो इज्यतै दाउमा राखेर समाज सेवा गरे”
दुःख पोख्दै थप्नु भयो
“मेरो निःस्वार्थ समाजसेवाको परिणामलाई बेइज्यती र तिरस्कारले पुरस्कृत गरियो”
“यस्तै छ यहा“को रित”
गोविन्द माननीयज्यू अलि भावुक हुदै भन्नु भयो
“तपैंले समाज सेवा चाही के गर्नु भो -”
“के गरिन -”
डिबी माननियज्यूले भन्नु भो
“बेरोजगारलाई रोजगार बनाइ दिने जस्तो पुनित र महान कार्य गर्नु चानचुने समाज सेवा हो -”
थप्नु भो- “त्यो पनि इन्स्पेक्टरमा”
“त्यहि त डिबी जी यो त गजप गर्नु भा’हो”
गोविन्द माननियले भन्नु भो ।
“तर के गर्नु यहि, मामिलामा मेरो दुइ लाख रुपैया खाइ दिए सिल्लि हर्ले । सम्भिmदा नी रु“ रु“ लाग्छ ।
“त्यही त गल्ति भो नि तपैले मलाई पैसो दिनु पथ्र्यो छोरा हरुलाई इन्स्पेक्टर बनाउन”
डिबी माननियज्यूले भन्नु भयो- “ख्वाउने तपै खाने म भएसी कुरा बाहिर जादै जादैन थियो नि”
“त्यही त”
गोविन्द माननियज्यूले भन्नु भयो
“अब हामी माथि अनुसन्धान हुने होला”
“अनुसन्धान त हुने नै भयो नी तर आपत त यहानिर पो पर्यो”
डिबी माननियज्यूले भन्नु भयो ।
“घुस खाएको हो भनौ भने कारवाही खाइनै डर खाएको छैन भनु भने सभाषद नै नक्कली भन्लान भन्ने डर”
“यो सरासर प्रतिगामी कदम हो हामीलाई कारवाही गर्नु”
गोविन्द माननियज्यूले भन्नु भो
“बुझनु भो -”
“कसरी -”
डिबी माननियज्यूले सोध्नु भयो
“मैले त बुझिन ।”
“घुस लिने दिनेलाई कारवाही गर्नु भनेको पृथ्वी नारायण शाहको ‘घुस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन’ भन्ने दिव्योपदेशको अनुसरण हो”
गोविन्द माननियज्यूले भन्नु भयो ।
“गणतन्त्रमा राजा महाराजाको अनुसरण गर्नु घोर प्रतिगामी कदम हो ।”
“सहि भन्नु भो”
डिबी माननियज्यूले भन्नु भो
गरी खान नदिने भए सिल्लीहरुले, अब कसरी कमाउने पैसा -”
“धन्दा नमान्नोस, नया“ बिजनेस गर्नु पर्छ डिबी जी कुरा अब झन फाइदाको आ’छ”
गोविन्द माननियज्यूले भन्नु भयो
“अब इन्स्पेक्टर बनाई दिने भनेर होइन, प्रधानमन्त्री बनाइ दिने भनेर घुस खाने, प्रतिसभापाद १ करोड त वैदेशिक लगानी नै भित्रिने भइ सक्या छ रे प्रधानमन्त्री बनाउन ।”

लाइभ कन्सर्ट
गाइजात्रामय यो मौसमको यो समयमा ऐतिहासिक गाइजात्रे प्रस्तुतिहरु बडो स्वभाविक लाग्न थालेका छन् । मौसमकै प्रभाव हो यहाँका हरेक मानिसमा गाइजात्रे भूत प्रवेश गरेको छ । गाइजात्रा देखाउने र हेर्ने मेसोमा यो मुलुक नै गाइजात्रामय बन्न पुगेको छ । यसरी हेदा लाग्छ हाम्रो देश एउटा ठुलो गाइजात्रे मन्च हो । जहाँ आ-आफ्नो गाइजात्रे प्रहसन देखाउनका निम्ति मानिसहरुलाई तँछाड मछाड छ ।
यहि गाइजात्रे मौसम मनाउन एक धुवादार लाईभ कन्सर्ट भएछ । कन्सर्टमा राष्ट्रिय राजनीतिका चर्चित कलाकारहरुको सानदार प्रस्तुती हुने भनेर खुब प्रचार भएछ । कार्यक्रम बडो जोडदार किसिमबाट सुरु भयो ।
उद्घोषकको जोडदार उद्घोषणसँगै सबैका ध्यान मञ्च तर्फखिचिए । यो एतिहासिक कन्सर्टको मज्जा लिन दर्शकहरुले आफ्ना आँखाहरु मञ्चतर्फकुदाए ।
उद्घोषकले पहिलो कलाकारको रुपमा निम्त्याए गायक श्री ५ हार्चचण्ड । हारचण्ड एक हातमा इलेक्ट्रोनिक गितार बोक्दै र अर्को हातले बाक्लो बाघे जंगा सम्याउँदै मञ्चमा उपस्थित भए । पुरा एक स्टारको गेटअपमा देखिएका हारचण्डलाई देख्नासाथ दर्शकहरुले ठुलो हुटिङ गरे । हुटिङले गायक हारचन्द्र मख्ख परे र हात हल्लाएर अभिवादन गरे । पुरा सानदार ढंगबाट मञ्मा पुगेका गायक हारचण्डले आफ्नो जोडदार प्रस्तुती यसरी सुरु गरे-
“नविर्से कुर्सीलाई नपाए कुर्सीलाई
विना अर्थ दिलमा सजाए कुर्सीलाई”
पूर्ण फिलिङ्गसका साथ भावनामा डुबेर गाएको गायक हारचण्डको प्रस्तुतीले दर्शकहरुलाई मन्त्र मुग्ध पर्यो र दर्शकहरु पनि उनीसँगै गुन्गुनाउन थाले । पुरा गितारलाई हान्दै गीत यसरी अगाडि बढ्यो ।
“त्यो सत्ता सुनौलो अनि कर्सी गज्जप
पाएको स्वादमा धपाए कटुवाललाई”
यदि सुनाउँदा निकै प्रसन्न मुद्रामा चम्केका गायक हारचण्ड यो अन्तरामा आइपुग्दा फेरी भावुक बने ।
“रमाए एकैछिन छिन अनि आँसु झर्यो”
कटुवाललाई धपाउँदा आफै छोड्नु पर्यो ।”
‘कठैबरा ।’ उनको भावुकता देखेर दर्शक पनि चुक्चुकाए । एकातिर आफ्नो भावुकता अर्को तर्फदर्शकहरुको चुक्चुकाहट गायक हारचण्ड भकानिदै गीतका बाँकी अंश तर्फअगाडि बढे ।
“कसो गरी बाँच्ने तिमी बिना मैले
हाय प्रिय कुर्सी गुमाए तिमीलाई”
उनको सांगितिक प्रस्तुतिले पुरै मासलाई नै स्तब्ध र भावुक बनायो । भावुकताको बिचबाट अझै भावुक मुडमा उनले थप गाए-
“प्रभुको निगाह केही गरी नपाउँदा
सडकमा लेर्राई नचाए रेखालाई”
यहानिर अलि प्रफुल्ल देखिएका गायक हारचण्डले प्रस्तुति यसरी अगाडि बढाए ।
“घुर्क्याइ धम्क्याई रोइ र कर्राई
सत्ता छोड्न बाध्य गराए माधवलाई”
यहाँनिर अलि उत्साही देखिएका उनले विट मार्दै गाए-
“पाँचौ पटक हार्दा नी पाइएन कुर्सीलाई
हरुवाको पगरी गुथाए मलाई”
प्रस्तुती सकेर दर्शक अभिवादन गर्दा झण्डै उनका आँसु चुहिए ।
र् दर्शक दिर्घावाट “वान्स मोर” आउन थाल्यो । निकै भावुक बनेका गायक हारचण्ड वान्स मोर गाउन सक्ने स्थितिमा थिएनन् । उनले भने- “नो मोर”
तर दर्शक नै हुन आफ्ना फेवरेड सेल्रि्रेटीलाई किन छोड्थे आखिर वान्स मोर दिनै पर्ने भयो उनलाई । त्यसैले उनले भने- “प्रधानमन्त्री चुनावमा संसदले धेरै पल्ट हटाएको मलाई तपाइको जिद्दीले फेरी हार्न चाहान्न त्यसैले यहि गित वान्स मोर गर्दिन त्यसैले म बरु अर्को गीत गाउँछु । दर्शकहरुको अनुमतिले उनले फेरी अर्को गित गाउन थाले-
“म देखि हारचन्द्रलाई डर लाग्छ सानेपामा
म छु आज नयाँ बजारमा मेरो दिल छ बालुवाटारमा ।”
(२ septmber २०१०)

माथी गएर भएनी ...........!!
गरीबलाइ सताउने र धनको लोभमा साऊ हरु कति सम्म मुर्खता गर्छन भनी यस कार्टून मा देखाउन खोजिएको छ .यहाँ कुनै ब्यक्ति बिशेष नभई दुनियाका साहू हरुका मनोदशा माथि ब्यंग्य गरिएको छ . यो कार्टून कारोबार दैनिक मा छापिएकोछ... |
विधा :
आर्थिक कार्टून
"कूट" निति
भारतीय राजदूत राकेश सुद्लाई माओबादी कार्यकर्ताले जुत्ता प्रहार गरिएको घटनामा आधारित कार्टून . जसमा माओबादीको कूटनीति प्रति ब्यंग्य गरिएको छ . यस कार्टून कारोबार दैनिक मा छापिएको छ . |
विधा :
राजनीतिक कार्टून
गाईजात्रा
Tuesday, August 31, 2010
दृश्य १ः
नजिकिदो गाइजात्राको अवसर पारेर दुइ गोरु बिच रेसलिङ कम्पिटिसन भएछ । वर्षौ भरी खुब दाना पानी खाएर उन्नत बनेका ति दुइ साढेहरु साक्षात भगवान श्री महादेवका वाहन जस्ता देखिन्थे । त्यसैले यो जुधाई कम्तिको रोमाञ्चक थिएन । त्यसैले महिनौ देखि यसको टिकट बुकिङ सुरु भयो । वल्लो गाउँ पल्लो गाउँ देखि वल्लो जिल्ला पल्लो जिल्लासम्मका मानिसहरु भेला भए त्यो रोमाञ्चक साढे जुधाई हेन । विशाल र आकर्ष हरियो घासे मैदानमा आम्ने साम्ने परि ति विशाल साढेहरु कुलन थाले । त्यो विसाल साढेहरुको कुलाईले पौराणिक युगको कुरुक्षेत्रको झल्को दिलाउथ्यो । रेफ्रीको सिठिसँगै घासे मैदानमा ति उन्मत्त र विराट साढेहरु बुट्टुटुटु दगुदा दर्शक दिर्घामा रहेकाहरुका आङ एक पटक जुरुङ्ग भयो र रौहरु ठाडा भए । रेफ्रीको दोश्रो सिठ्ठीसँगै दुवै जुध्न थाले झण्डै दुइ घण्टाको घमासान लर्डाई पछि एउटा पछारिएर उत्तान टाङ लाग्यो । अर्को जितेको खुसियाली मनाउन थाल्यो । हार्नेलाई सारै लाज लागेर आयो । सारा मानिस उसैलाई हेन थाले र उसलाई हरुवा भनेर गिज्याउन थाले । “मैले कहाँ हारे -” हरुवा गोरु कुर्लियो ।
“तैले नहारे थोडी मैले हारे त -” जित्ने झन कुर्लियो ।
“मैले त्यसो भनिन” हरुवा गोरुले भन्यो ।
“अनि के भनेको त आफु हारेर उत्तान टाङ लाग्नु छ अनि हारेको हैन रे ।” जितुवा गोरुले भन्यो ।
“हारेको तैले नि हैन मैले नि हैन” हरुवा गोरुले भन्यो हामी दुवैले होइन ।”
“अनि कसले हार्यो त हामी दुवैले नहारेको भए -” जितुवा गोरुले भन्यो- “लौ खुस्कियो कि क्याहो हारेको तोडमा -” थप्यो- “के दर्शकहरुले हारे त -”
“जुध्ने हामी थोडी दर्शक हार्छन् -” हरुवा गोरुले भन्यो- “तेरो चाहि खुस्किए जस्तो छ ।”
“तेरो सिङ फुकाल्दिए कि क्या हो -” जितुवाले भन्यो- “आफै खुस्केट कुरा गर्छस आफै मलाई खुस्कियो कि क्या हो – सोध्छस् -”
“हामी कसैले होइन” हरुवाले भन्यो- “हारेको यो मैदानले हो ।”
दर्शकहरुबाट हाँसोको फोहरा छुट्यो ।
“छि तँ कस्तो हावाकुरा गर्छस्” जितुवाले भन्यो- “त्यो मान्छेहरुको बाक्लो जुजा भएको नेताले जस्तो । गोरुहरुले कामरेड प्रचण्ड माथि व्यंग्य कसे ।
दृश्य २ः
पाँच पटकको हार खाएपछि रामचन्द्र गुरुमा प्रधानमन्त्री चुनिने आस गिर्दै गएको छ । तर प्रधानमन्त्री बन्ने र एक चोटी भए पनि यसको स्वाद फेर्ने उहाँको रहर ताजै छ । त्यसैले उनले एमालेलाई बिन्ति गरे- प्लिज चार महिनाको लागि भएपनि मलाई खान देऊ । डाडु पन्यु लिएर बसेको पार्टी मालेका माइकालालले भने “थोडि दिइन्छ तिम्लाई बरु आफै चाटिन्छ नि ।”
उफ । मनको रहर मनमै मर्ने भो, रामचन्द्र गुरुलाई आपत पर्यो । तर मेरो रहरलाई मर्न दिन्न त्यसपछि सपनामा भएपनि प्रधानमन्त्री बनिन्छ भनेर निदाउने प्रयासमा लाग्नु भो । तर पाँच पाँच पटक हारेको पिर के को निन्द्रा लाग्थ्यो – तैपनि कसो कसो उहाँ निदाउनु भएछ ।
आजकाल उहाँको श्रीमतीसँग बोलचाल छैन रे । किन थाहा छ – एकदिन उहाँ निदाएर प्रधानमन्त्री भएको सपना देख्नु भएछ अनि दौरा सुरुवालमा ठाटिएर सपथ ग्रहणका निम्ति राष्ट्रपति सामु के उभिनु भएको थियो । उहाँकी श्रीमतीले बोलाएर व्युझाइदिनु भएछ । त्यसपछि क्रुद्ध भएका रामचन्द्र गुरु श्रीमतीलाई झपारेर आफ्नै पुर्पुरामा हातले हान्न थाल्नु भएछ- “अभागी भाग्य, सपनामा समेत प्रधानमन्त्रीको स्वाद फेन पाइएन ।”
दृश्य तिन
“ठक ठक ठक !!!” बिहान सबेरै ढोका ठक्ठकाएको आवाजले कामरेड खनाल ब्युझनु भयो र जर्याक जुरुक उठ्नु भयो । कुन चाही “माइकालाल हो यो -” भन्दै ढोका खोल्नु भो ढोकामा त गाइजात्रा उपस्थित । उसले हात जोड्दै भन्यो- “तपैको यो महा गाईजात्रा बन्द गर्नु पर्यो मेरो त अस्तित्व नै संकटमा पर्ने भयो ।

कहा हात भाचिएर ब्यान्डेज गरेको हुनु??
Saturday, August 14, 2010
|
विधा :
आर्थिक कार्टून
देश सपार्ने जिम्मा हामी बाँदरको
Sunday, July 25, 2010
“देश विगारे उपद्राहाहरुले” आँपको रुखबाट सिसौको रुखमा फड्को मार्दै ढेडुवा बाँदरले भन्यो- “देशलाई खरानी बनाउने भए ।”
“के रे के रे – कसलाई उपद्रयाहा रे -” कटुसको रुखबाट धाँक धाक धुक धुक गर्दै अर्को ढेडुवाले भन्यो- “अरुलाई हेपेर बोल्ने हैन है”
“कस्ले हेप्यो तिम्लाई -” पैलो ढेडुवाले अचम्म मान्दै सोध्यो “त्यसै सन्केर आउँछौ ।”
“किन नसन्किउ -” दोश्रो बाँदरले भन्यो- “झोक चलाएसी झोक चल्छ ।” थप्यो- “झोक चलेपछि सन्किइन्छ ।”
“अरे चैते ! झोक चै किन चल्यो – पैले भन्नु परो नि त किलियर साथ ।” पैलो ढेडुवाले भन्यो- “त्यसै सन्किने त -”
“केरे केरे कस्लाई चैते भनेको, माइन्ड योर ल्याङग्वेज ओ के -” दोश्रो ढेडुवा रिसायो र भन्यो- “अशिष्ठ भाषा प्रयोग गरेर बाँदर सभ्यताको उपहास नगरम” थप्यो- “थोडी हामी मान्छे हौ र यस्ता असिष्ठ असभ्य कुरा गर्नलाई -”
“लु भन्नोसन त महासय”, पहिले ढेडुवाले खिसि गरेको शैलीमा दोश्रो ढेडुवालाई सोध्यो- “हजुरलाई के कारण झोक चल्यो -”
“तैले उपद्रयाहा कसलाई भनेको -” दोश्रो ढेडुवाले जंगिदै भन्यो- “त्यसको जवाफ चाहियो”
“मैले तँलाई भनेको होइन” पहिलो ढेडुवाले भन्यो- “मैले अरुलाई नै भनेको जो साच्चै उपद्रयाहा छन् ।”
“तैले आँपको बोटबाट सिसौको बोटमा म भएतिर फड्को मार्दै मलाई हेर्दै भनेको छस् ।” दोश्रो ढेडुवाले भन्यो- “तैले मलाइ नै हेर्दै भनेको छस त थोडी तेरो बाबुलाई भनेको होस् -” थप्यो- “म जस्तो भलाद्मी बाँदरलाई उपद्रयाहा भन्ने तँ कहाँ सम्मको बदमास ।”
“ए मुला । त कैले देखि भलादमी भइस हँ -” पहिलो ढेडुवाले भन्यो- “तैले विहान मात्र पस्पतिमा भक्तजनले चढाउन लेरा’को लड्डु सड्काएको हैन -” थप्यो- “मृगस्थलीमा बाइफ्रेन्डसग लठारिदै हिडेकी एउटी ठिटीलाई क्या सेक्सी भन्दै गाला मुसारेको हैन -”
“यस्ता कुरा छोड बाबु ।” दोश्रो ढेडुवाले भन्यो- “लिस्टै बनाउने हो भने तेराले झन पाना भरिन्छ ।”
“के कर्तुत देखिस ए सिल्ली” पैलो ढेडुवाले जंगिदै भन्यो- “म जस्तो सोझो बाँदरको लिष्ट उतार्छु भन्ने -
“अ हहह । खुब सोझो बाँदर है ।” दोश्रो ढेडुवाले भन्यो अस्ति त्यत्रा भक्तजनहरुका कट्टुसम्म नलगाई छानो चढेको हैनस ।”
“हरे हामी बाँदरहरु त परापूर्व काल देखि नै नाङ्गै हिड्ने गर्र्छौ ।” पहिलो ढेडुवाले भन्यो- “यसमा के बदमासी भयो र -” थप्यो- “बदमासी त तिनीहरुले गरेका छन् जो राजनीति मञ्चमा नाङ्गै नाचिरहेका छन् ।”
“तैले भन्न खोजेको चाही के -” दोश्रो ढेडुवाले भन्यो- “स्याटर हानेको कुरा म अलि बुझदिन” थप्यो- “के भनेको किलियर साथ भन न -”
“यो नेपाल देशमा शासन गर्दै आएका मान्छेका नेताहरु क्या त” पहिलो ढेडुवाले भन्यो- “देखेको छैनस् राजनीतिक मञ्चमा तिनीहरुको नाङ्गो नाच -”
“हो त नी ! छि छि छि !!” दोश्रो ढेडुवाले भन्यो- “पद र सत्ताको लागि”
“कति अश्लिल छ त्यो, कति असभ्य, हत्तेरी !” पहिलो ढेडुवाले नाक खुम्चाउदै भन्यो- “लाज पचेका शिल्लिहरु !”
“अनि तैले उपद्रयाहा चाही किन मलाई भन्छस त” दोश्रो ढेडुवाले भन्यो- “उपद्रयाहा त तिनीहरु पो हुन त ।”
“मैले तिनीहरुलाई नै भनेको हु, थोडी तँलाइ भन्थे र -” पहिलो ढेडुवाले भन्यो- “हेर त देशलाई कति भताभुंग र लथालिङ्ग बनाएका -”
“हो यार ! यो देशलाई खत्तमै पार्ने भए सिल्लिहरुले” दोश्रो ढेडुवाले भन्यो- “खालि बिगार्ने र भत्काउने देखि केही गर्दैनन् ।”
“अब देशलाई अझ बिग्रन दिनु हुन्न” पहिले ढेडुवाले भन्यो- “त्यसैले सत्ताको नेतृत्व हामीले लिनु पर्छ ।” “हो यार अब देश सपार्ने जिम्मा हामी बाँदरको हातमा छ ।” दोश्रो बाँदरले भन्यो ।
त्यस पछि बाँदरहरु आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयासमा लागेका छन् भनेको सुनिया छ, के हुन्छ हेरौं

पुजा-आजा
Friday, July 2, 2010
“आहा˜˜˜”
उहाँ झसंग ब्युझनु भयो र सपना संझदै टोलाउनु भयो ।
“त्यो आलिसान दरबार त्यो सुखसयल र त्यो मोजमस्ती आहा हा˜˜!”"त्यो शासन त्यो सत्ता र त्यो शक्ति ।”
उहाँ ब्युझेरै बर्वराउन थाल्नु भयो ।
“त्यो धन, त्यो दौलत र त्यो ऐर्श्वर्य ।”
“त्यो नोकचाकर, ति भाइ भारदार र ति चाकरीवाजहरु”
कोल्टे फेर्नुभयो अनि आँखा चिम्लनु भयो र साच्नु भयो ।
“ति सुसारे, यो यौवन र ति मदमस्त तरुनी ठिटीहरु”
“त्यो भोग, त्यो विलास र त्यो मस्ती ।”
अर्ध निन्द्रामै उहाँ फुस्फुसाउनु भयो “आहाहा˜˜ ।”
“त्यो छाता, त्यो माला र त्यो नागरिक अभिन्दन”
“त्यो प्रणाम, त्यो ढोगाई र यो खुट्टा ।”
आहाहा˜˜ !”
उहाँले कोल्टे फेर्नु भयो ।
“त्यो कमल, त्यो तुलसी र किर्तिनिधी”
“त्यो चाकरी त्यो चाप्लुसी र त्यो धोका ।”
उहाँलाई रिस उठ्यो ।
“त्यो सातदल, त्यो माओवादी र त्यो सम्झौता”
“त्यो सडक, त्यो जनता र त्यो आन्दोलन ।”
उहाँलाई पसिना आयो ।
“त्यो संविधान सभा, त्यो पैलो बैठक र यो सौतेलो गणतन्त्र ।”
“ति गिरिजा प्रसाद, ति प्रचण्ड र यि रामवरण”
उहाँलाई ऐठन भयो । र चिच्याउन थाल्नु भयो ।
“के भयो हजुर किन कराइ बक्सेको -” कोमलले ब्युझाउँदै भन्नुभयो “हजुर जस्तो मान्छे सपनामा कराउन सुहाउँदैन ।”
“सपनामा नकराएर थोडी विपनामा कराउ म -” उहाँले भन्नुभयो- “विपनामा बोल्दा त बवाल मच्चाउँछन् सिल्लिहरु”
उहाँ रुन थाल्नु भो ।
“हजुर नरोइबक्स्योस न !” कोमलले भन्नु भयो- “हजुर रोइबक्स्यो भने मलाई पनि रुन मन लाग्छ ।”
“मनलागे तिमी पनि रोउ” उहाँले भन्नुभयो- “तिमलाई रुन मन लाग्छ भनेर म कसरी हाँसु ।”
“झन राजाको छोरासँग बिहे गरेपछि कहिल्यै रुन पर्दैन् भनेर मुमा हजुर र पिता हजुरले विवाह गर्दिनु भयो” कोमलले चित्त दुखाउदै भन्नुभयो- “आज रुनु पर्यो ।”
“के गर्नु कोमल” उहाँले गित गाउनु भयो
“तिमीलाई रुवाउनु मेरो धोको हाइन ।
यस्तै पर्यो जिन्दगीमा नदेखेको होइन ।
नदेखेको होइन ।”
“म खतम भए”
“म विग्रिए”
उहाँले भन्नुभयो ।
“म भासिए”
“म नासिए”
“त्यसो नभनी बक्सियोस न” कोमलले भन्नु भयो- “केही उपाय लगाइ बक्स्योस”
“के लगाउने -” उहाँले भन्नु भयो- “लगाउने जति ति बजियाहरुले लगाई हाले नी ।”
“हजुर भनि बक्सिन्थ्यो नि” कोमलले भनिन- “पशुपतिनाथले हामी सबैको कल्याण गरुन भनेर”
“अँ भनिन्थ्यो” उहाँले भन्नुभयो- “हरेक पटक देशवासीका नाममा सम्बोधन गर्दा भनिन्थ्यो” सोध्नु भयो- “तर किन -”
“सबैको कल्याण गर्ने पशुपतिनाथले” कोमलले भनिन- “तपैंको पनि त कल्याण गर्लान नि त ।”
“तिमी वेला न कुबेला जोक गर्र्छौ ।” उहाँले भन्नुभयो- “पशुपतिनाथकै अरुले कल्याण गर्नु पर्ने अवस्था आइसक्यो” थप्नु भयो- “कसरी गर्नु हुन्छ उहाँले हाम्रो कल्याण -”
“तैपनि” कोमलले भनिन् ।
“ठिक भन्यौ” उहाँले भन्नु भयो- “अब जो गर्नु हुन्छ भगवानले गर्नुहुन्छ । थप्नु भयो- “भगवान वाहेक मेरो आफ्नो भन्ने नै को छ र -”
त्यसपछि उहाँ अधर्य हुँदै निवासबाट निस्कनु भयो देशव्यापी पुजापाठमा निस्कनु भयो ।
“हे˜˜˜ भगवान,
मेरो गद्दिको घाउ ।
अब धेरै नचर्काउ ।।
बरु,
प्रतिगामी मलम दलेर ।
चाँडै महाराजा बनाउ ।।
बनाऊ ।
बनाऊ ।।
हे भगवान,
मेरो गद्दिको घाउ
अब धेरै नचर्काउ

फेरी लुगा धोइदिछ
“फेरी लुगा धोइदिछ ।” हर्के जंगियो । “जे गर्नु पर्ने त्यो गर्दिन” अझै रिसायो “जे नगर्नु पर्ने त्यो गर्दिन्छे ।
“कपडा बल्ल बल्ल लाएर हिड्न हुने भाथ्यो” हर्के विरक्तियो र भन्या- “अहिले सबै खतम पारिदिछे ।”
“ओहो हो ! यो पनि धोइदिछ ।” कमिज हेर्दै भन्यो ।
“ए भगवान” हर्केले पुपुरोमा हात राख्यो र भन्यो- “अब के लगाउने -”
“कस्तिस“ग लगनगा“ठो समात्न पुगिएछ -” विगत सम्भिmदै सोच्यो- “सधै एक न एक समस्यामा फसाइ दिइ रन्छे ।”
“ए भगवान म के गरु – अब बाहिर नगै भा’छैन” रु“ला झै गरी आफ्नै टाउकामा हातले हान्दै भन्यो- “म कसरी बाहिर जाउ“m सबै कपडा धोएर मरिछ नकचरीले ।”
“के मात्र गरिन कपडा मइल्याउनलाई – धुलो उड्ने चक्रपथको बाटोमा दिनभर हिडिरहे, कतिपल्ट भुइमा लडिबुडी खेले । कटिपल्ट त लडेको अभिनय गरेर नालिमा पछारिए । कतिले जड्याहा भनेर हकारे, “यत्रो दुःख गरेर मइल्याको कपडा जम्मै धोएर सुकिल्याई दिइ छ बजिनिले ।”
“ए डल्ले कि आमा !” हर्के करायो- “कहा“ छेस त“ -” कुनै जवाफ नआए पछि हर्के फेरी करायो- “डल्लेकी आमा ! ओ डल्लेकी आमा !”
“किन कराएको ए डल्लेका बाउ !” किचेनबाट हर्के कि श्रीमती कराइ- “हैन बहुलायौ कि क्या हो -”
“हो म बहुलाए” हर्के करायो- “बहुला बनाए पछि बहुलाउन परेन -”
“के भयो किन बौलाएको त -” हर्केकी श्रीमतीले ठट्टा गर्दै भनिन- “त“ जस्ती श्रीमती भएपछि बौलाउन पर्दो रहेछ ।” हर्के अझै करायो ।
“के रे ! के भन्यौ रे -” हर्के कि श्रीमती झगडा गर्ने मुडमा आई र भनि- “बिहान बिहान निउ खोज्ने कुरा नगर है तिमी ।”
“निउ खोज्ने काम तिमीले गरि सक्यौ” हर्केले भनयो- “मैले कुरै गर्दा पनि निउ खोजेको हुने -”
र् “र्मैले के गरे निउ खोज्ने काम -” हर्केको श्रीमती झर्किइन ।
“के गरेनौ तिमीले – तिमीले आफ्नै श्रीमानलाई पिटाउने षड्यन्त्र गर्यौ ।” हर्केले भन्यो- “अझ के गरे र मैले भन्न लाज छैन तिमीलाई – तिमी धोकेबाज हौ ।”
“पिटाउने रे -” हर्केकी श्रीमतीले आर्श्चर्य मान्दै भनिन “कहा“ मैले तिमीलाई पिटाउन खोजे -”
“तिमीले पिटाउनै खोजेकी हौ मलाई” हर्केले चित्त दुखाउ“दै भन्यो- “नत्र किन गर्थ्या तिमी यस्तो -”
“मैले के गरे त्यस्तो -” हर्केकी श्रीमतीले पनि चित्त दुखाए झै गरिन- “मलाई किन आरोप लगाउछौ यस्तो “भन कालेका बाबु मैले के गरे -” हर्केकी श्रीमतीले फेरी सोधिन- “तिमीले मेरो कपडा किन धोयौ -” हर्केले भन्यो ।
“पैला मेरो प्रश्नको उत्तर देउ डल्लेका बाउ मैले के गरे तिमीलाई कुटाउन -” हर्केकी श्रीमतीले भनिन- “पैले उत्तर चाहियो यसको मलाई ।”
“मैले भनि हाले नि तिमीले मेरो कपडा धोइदियौ”, हर्केले भन्यो- “यो भन्दा ठुलो कुटाउने षड्यन्त्र के हुन्छ अरु -
“बेवकुफ मान्छेृ” हर्केकी श्रीमती रिसाइन- “यस्तो ठट्टा गरेको मलाई मन पर्दैन ।” भनिन- “अर्कालाई यस्तो टेन्सन दिने गरि पनि ठट्टा हुन्छ -”
“अझ तिमीलाई नै टेन्सन दिए मैले -” हर्के जंगियो ।
“हो टेन्सन दियौ तिमीले” हर्केकी श्रीमतीले भनिन- “यस्तो ठट्टा मनपर्दैन । यस्तो पनि ठट्टा गर्छन् -” थपिन, ठट्टा त रमाइलोका लागि पो गरिन्छ उल्टै अर्कालाई टेन्सन हुने गरी ठट्टा गर्ने -”
“ठट्टा होइन ! तिमीले कुटाउनै खोजेकी हौ मलाई” हर्केले भन्यो- “नत्र किन सिनित्तै मेरा कपडा धोइदियौ तिमीले -”
“तिमी पागलै भएछौ अब चाही” हर्केकी श्रीमतीले भनिन- “कपडा धोएर पनि कतै कुटाउन खोजेको हुन्छ -”
“हुन्छ” हर्केले भन्यो- “अब कपडा धोइदिने नै मान्छे कुटाउन हो ।”
“यो बेवखुबस“ग पनि नसकिने भयो” हर्केकी श्रीमतीले भनिन- “जहिले नि एक न एक निउ खोजेर झगडा गरी रहन्छ । थपिन- “पहिले कपडा किन नधोइदिएको भनेर निहु खोज्थ्यो, अहिले कपडा किन धोइदिएको भनेर निउ खोज्छ ।” “हैन एक डल्लेका बाउ – कपडा धोइदिदा कसरी तिमीलाई कुटाउने षड्यन्त्र भयो -”
“यहिं छ षड्यन्त्र ! अस्ति अस्ति कपडा धोइदेन बाबा भन्दा नधोइदिने हिजो आज नधोइदे भन्दा पनि धोइदिने” हर्केले भन्यो- “यो पिटाउने षड्यन्त्र नभए के त -”
“अरे उल्लु पहिला यो भन त – मैले कपडा धोईदिंदा तिमीले कसरी कुटाइ खान्छौ -” हर्केकी श्रीमतीले भनिन ।
“कपडा धोएपछि सुकिलो हुन्छ सुकिला लुगा लगाएपछि मान्छे सुकिला भयो । सुकिला मान्छेलाई नछोड्ने भन्या छन् माउवादीले । तैले धोइदिएर एउटा लुगा मैलो छैन । म कसरी बाहिर जाउ“ – सुकिला भएर जाउ“ गोदी हाल्छन् तैले विताइस मलाई ।” हर्के रुन थाल्यो ।
“नरोउ डल्लेका बाउ म उपाय निकाल्छु” हर्केकी श्रीमतीले भनिन्- “म केही उपाय निकाल्छु ।”
केही बेर हराएकी हर्केकी श्रीमतीले भान्सा पुछ्ने गरेको हर्केको पुरानो कमिज ल्याइन र भनिन- “लौ लगाउ यो” । हर्के खुसी भयो । आफ्नी श्रीमतीको तारीफ गर्दै पोतरी कमिज लगाएर बाहिर गयो ।
“सुकिलालाई नछोड्ने निर्णय फिर्ता गर !” भनेर नारा लगाइरहेको जुलुसस“ग हर्केको भेट भयो ।
स“धैको नारा जुलुस र बन्द हड्तालले दिक्क भएको हर्केले जुलुसका सहभागीलाई सोध्यो- “फेरी यो जुलुस किन -”
“व्यवसाय चौपट्ट भएपछि जुलुस निकालिन्छ त -” उल्टै प्रश्न सोधे हर्केलाई पिटौला जसरी ।
“हैन कसरी चौपट्ट भयो तपाईहरुको व्यवसाय -” हर्केले डराइ डराइ सोध्यो ।
“अब सुकिलाहरुलाई नछोड्ने भएपछि साबुन र सैम्पुहरु किन्न छाडे ।” एउटाले अघि सरेर भन्यो- “मानिसहरु नालिका पानीले नुहाउन थाले ।”
“डिटरजेन्ट पाउडरहरु गोदाममै थन्किन थाले कारण मानिसहरु कपडा धुनुको सट्टा काति दल्ल थाले ।”
“आफ्नो पर्यो इलेक्ट्रोनिक्स पसल” अर्कोले भन्यो- मानिसहरु आइरन गर्न छाडे, सबैले हाडि किनेर दल्न थाले कपडामा ।
“आफु परियो ड्राइ क्लिनर्स” अर्कोले भन्यो- “म कहा“ त ग्राहक नै आउन छाडे” ।
व्यवसायीको व्यवसाय यसरी चौपट भएको सुनेर हर्के छक्क पर्यो । त्यसैदिन बेलुका हर्केले सुने प्रचण्डले व्यवसायी र सुकिलास“ग माफी मागे रे । सायद प्रचण्डलाई पनि सुकिला भएर बाहिर निस्कन गाह्रो भएकोले हुनु पर्छ ।

रियल फिल्म
Saturday, May 15, 2010
माओवादी अध्यक्ष कामरेड ‘प्रचण्ड’ले भन्नु भा’छ ‘रियल फिल्म त सुरु हुन बाँकी नै छ ।’ छ दिनदेखि जारी आम हडताल रोकेपछि आफ्ना कार्यकर्तालाई जोस्याउँदै कामरेड प्रचण्डले यसो भन्नु भा’को हो । द्वन्द काल देखि नै कामरेड प्रचण्ड बढो फिल्मी टाइपको हुनु हुन्थ्यो । त्यसबेलै उहाँ करिश्मालाई खुब मन पराउनु हुन्थ्यो । उहाँले फिल्मी कलाकारहरुलाई मन पराउन थालेपछि फिल्मी कलाकारहरुले पनि उहाँलाई मन पराउन थाले । पछि अहिलेकी हिट हिरोइन रेखा थापासँगै ‘लालुपाते’ डान्स गरेपछि अभिनेत्री रेखाले उनलाई साच्चिकै हिरोको संज्ञा दिइन् । त्यसपछि फिल्म लाइनप्रति उहाँको इन्ट्रेस्टले उहाँलाई फिल्मि व्यक्तित्वहरुको रुपमा स्थापित गराइदिएको छ । फिल्मी व्यक्तित्वको रुपमा कामरेड प्रचण्ड स्थापित हुनु भएपछि अब कलिउडको भविष्य उज्वल बन्दै गएको छ र हलिउड बलिउडले फ्लप खाने सम्भावना बढेको छ ।
अब हिरोइनले नै उहाँलाई रियल हिरोको संज्ञा दिएपछि रियल फिल्म त बनाउनै पर्ने भो । फेरी नेताहरुप्रति जनताको बढ्दो वितृष्णा पछि केहि मान्छेहरु आफ्ना अघि पछि लगाउन कै निम्ति पनि नेताबाट अभिनेतामा रुपान्तरण कामरेड प्रचण्डको बाध्यता पनि हो । यो महान रुपान्तरणको प्रकृयामा उहाँले अवस्य पनि निरन्तरताको क्रम भंग गर्नु हुनेछ । कारण हलिउड बलिउडका अभिनेताहरु पछि नेता बनेका थुप्रै उदाहरणहरु छन् । तर हाम्रा कामरेड प्रचण्ड नेताबाट अभिनेता बन्नु हुनेछ । यस महान रुपान्तरणले निश्चित रुपमा निरन्तरताको क्रम भंग गर्दै संसारलाई चकित बनाउने छ । उहाँले भन्नु भए जस्तै यहाँ ठुलो अचम्म हुने छ ।
माओवादीको आम हडतालले सत्ता कब्जा गर्ने भो, यो माओवादीको सत्तामा पुग्ने रणनीति हो भनेर आम हडताल भरि धेरैले विश्लेषण गरे । वास्तवमा त्यो गलत थियो यो त केवल रियल फिल्मको रिहल्सल थियो । कामरेड प्रचण्डले पनि यस्तै भन्नु भा’छ । मे दिवसको दिन फिल्मकर्मी कामरेड युवाराज लामाले भन्नु भा’थ्यो फिल्ममा धेरै भिलेनहरुलाई ठिक पारियो अब पालो साच्चिकै भिलेनहरुको हो । कामरेड लामाको रियल भिलेनहरुलाई ठोक्ने कुरा र कामरेड प्रचण्डको रियल फिल्म बनाउने कुरालाई यसो विचार गर्दा लाग्छ- अब कलिउडमा एउटा महान र ऐतिहासिक फिल्म बन्ने भयो । जसले फिल्म दुनियामा एउटा महान क्रान्ति ल्याउने छ र फिल्मी दुनियाका एक से एक वादशाहहरु ढल्ने छन् । अहिलेसम्मका सम्पूर्ण रेकर्डहरु तोडिने छन् । र ओस्कार अवार्डका सबै विधाहरुमा यसले कब्जा जमाउने छ । यस अघिको चर्चित “लालुपाते नुह्यो भुइतिर” आन्दोलन रेखा थापासँगको आइटम डान्सले मात्र चर्चित थिएन यो त रियल फिल्म निर्माण प्रकृयामा ऐतिहासिक छलाङ नै थियो । यसै आन्दोलनबाटै कामरेड प्रचण्डलाई रियल हिरोको उपाधी मिलेको थियो । यसै आन्दोलनबाट नै “वार्ता सिधै मालिकसँग गरिन्छ” भनेर ऐतिहासिक व्यंग्य हान्दै उहाँले महान हास्य कलाकारको रुपमा आफुलाई स्थापित गराउनु भएको थियो । त्यहि महान ‘लालुपाते’ आन्दोलनको सफलतास“गै उहाँलाई रियल फिल्म निर्माणको लागि ऐतिहासिक प्रेरणा मिल्यो र भर्खरै त्यसको रिहल्सल सम्पन्न भयो एउटा फिल्मको रिहल्सलकै निम्ति त्यत्रो उपस्थिति हुनु भनेको वास्तवमै एउटा चमत्कार थियो । रिहल्सलका निम्ति यति ठुलो उपस्थिति संसारका कुनै पनि फिल्महरुमा न यस अघि थियो न यस पछि नै हुनेछ । र रिहल्सलकै निम्ति ६/६ दिन देशै ठप्प हुनु निश्चय नै एउटा चमत्कार थियो । जसले अब बन्ने रियल फिल्मको भव्यतालाई संकेत गर्छ । रियल फिल्म चानचुने हुने छैन र रियल फिल्मको भव्यता र चमत्कारको अनुमान सामान्य दिमागका निम्ति “आउट अफ क्यापासिटीको कुराहो ।
कतिपय मुर्खहरुले भन्ने गरेका छन्, प्रतिकार र शान्ति र्यालीबाट डराएर माओवादीले आम हडताल फिर्ता लियो । यो जति मुर्ख र केटौले कुरा केही होइन । यो त हात्तीको जिउमा कमिलाले थिचेर हात्ती बस्यो भनेर गिल्ला गरे जस्तै हास्यास्पद कुरा हो । सयौ कलाकारहरु प्रवेश गरेको माओवादीमा हिरोहरुको कमि थिएन । त्यस्ता नाथे प्रतिकारमा त एउटा हिरो खटाइदिए पुग्ने थियो । त्यसपछि हिरोले कमाल देखाइदिइ हाल्थे ।
“हे ! साथीको निम्ति यो हात सलाम छ । दुश्मनका निम्ति यो हात फलाम छ ।” त्यसपछि त प्रतिकारमा उत्रिएका भिलेनहरु सोत्तर ।
जहाँसम्म शान्ति र्यालीको कुरा छ । त्यसलाई झन इजि रुपमा ठिक पार्न सकिन्थ्यो । त्यसको लागि कामरेड रेखा थापालाई खटाउन सकिन्थ्यो । उहाँ आफ्ना छोटा पहिरनमा र्याली स्थलमा प्रवेश गर्नु हुन्थ्यो । अनि त्यहाँ उपस्थित मानिसहरुमा यस्तो भुइचालो जान्थ्यो कि नब्बे सालको त के हो र – त्यसपछि उहाँ नाइटो देखाउँदै चट्ट अगाडि बढ्नु हुन्थ्यो शान्ति र्यालीका मान्छेहरु असान्त हुदै पछिपछि । अनि उहाँ सिधै माओवादी जुलुसमा प्रवेश गर्नु हुन्थ्यो अनि सारा शान्ति र्यालीका मान्छेहरु माओवादी जुलुसमा । अनि त “राष्ट्रघाती एमाले, न पोथी न भाले!!” नारा सुरु भइहाल्यो नि ।
तर यसो गरिएन कारण यो रिहल्सल मात्र थियो रियल फिल्म त सुरु हुन बाँकी नै थियो ।

Subscribe to:
Posts (Atom)