पुजा-आजा

Friday, July 2, 2010

“आहा˜˜˜”
उहाँ झसंग ब्युझनु भयो र सपना संझदै टोलाउनु भयो ।
“त्यो आलिसान दरबार त्यो सुखसयल र त्यो मोजमस्ती आहा हा˜˜!”"त्यो शासन त्यो सत्ता र त्यो शक्ति ।”
उहाँ ब्युझेरै बर्वराउन थाल्नु भयो ।
“त्यो धन, त्यो दौलत र त्यो ऐर्श्वर्य ।”
“त्यो नोकचाकर, ति भाइ भारदार र ति चाकरीवाजहरु”
कोल्टे फेर्नुभयो अनि आँखा चिम्लनु भयो र साच्नु भयो ।
“ति सुसारे, यो यौवन र ति मदमस्त तरुनी ठिटीहरु”
“त्यो भोग, त्यो विलास र त्यो मस्ती ।”
अर्ध निन्द्रामै उहाँ फुस्फुसाउनु भयो “आहाहा˜˜ ।”
“त्यो छाता, त्यो माला र त्यो नागरिक अभिन्दन”
“त्यो प्रणाम, त्यो ढोगाई र यो खुट्टा ।”
आहाहा˜˜ !”
उहाँले कोल्टे फेर्नु भयो ।
“त्यो कमल, त्यो तुलसी र किर्तिनिधी”
“त्यो चाकरी त्यो चाप्लुसी र त्यो धोका ।”
उहाँलाई रिस उठ्यो ।
“त्यो सातदल, त्यो माओवादी र त्यो सम्झौता”
“त्यो सडक, त्यो जनता र त्यो आन्दोलन ।”
उहाँलाई पसिना आयो ।
“त्यो संविधान सभा, त्यो पैलो बैठक र यो सौतेलो गणतन्त्र ।”
“ति गिरिजा प्रसाद, ति प्रचण्ड र यि रामवरण”
उहाँलाई ऐठन भयो । र चिच्याउन थाल्नु भयो ।
“के भयो हजुर किन कराइ बक्सेको -” कोमलले ब्युझाउँदै भन्नुभयो “हजुर जस्तो मान्छे सपनामा कराउन सुहाउँदैन ।”
“सपनामा नकराएर थोडी विपनामा कराउ म -” उहाँले भन्नुभयो- “विपनामा बोल्दा त बवाल मच्चाउँछन् सिल्लिहरु”
उहाँ रुन थाल्नु भो ।
“हजुर नरोइबक्स्योस न !” कोमलले भन्नु भयो- “हजुर रोइबक्स्यो भने मलाई पनि रुन मन लाग्छ ।”
“मनलागे तिमी पनि रोउ” उहाँले भन्नुभयो- “तिमलाई रुन मन लाग्छ भनेर म कसरी हाँसु ।”
“झन राजाको छोरासँग बिहे गरेपछि कहिल्यै रुन पर्दैन् भनेर मुमा हजुर र पिता हजुरले विवाह गर्दिनु भयो” कोमलले चित्त दुखाउदै भन्नुभयो- “आज रुनु पर्‍यो ।”
“के गर्नु कोमल” उहाँले गित गाउनु भयो
“तिमीलाई रुवाउनु मेरो धोको हाइन ।
यस्तै पर्‍यो जिन्दगीमा नदेखेको होइन ।
नदेखेको होइन ।”
“म खतम भए”
“म विग्रिए”
उहाँले भन्नुभयो ।
“म भासिए”
“म नासिए”
“त्यसो नभनी बक्सियोस न” कोमलले भन्नु भयो- “केही उपाय लगाइ बक्स्योस”
“के लगाउने -” उहाँले भन्नु भयो- “लगाउने जति ति बजियाहरुले लगाई हाले नी ।”
“हजुर भनि बक्सिन्थ्यो नि” कोमलले भनिन- “पशुपतिनाथले हामी सबैको कल्याण गरुन भनेर”
“अँ भनिन्थ्यो” उहाँले भन्नुभयो- “हरेक पटक देशवासीका नाममा सम्बोधन गर्दा भनिन्थ्यो” सोध्नु भयो- “तर किन -”
“सबैको कल्याण गर्ने पशुपतिनाथले” कोमलले भनिन- “तपैंको पनि त कल्याण गर्लान नि त ।”
“तिमी वेला न कुबेला जोक गर्र्छौ ।” उहाँले भन्नुभयो- “पशुपतिनाथकै अरुले कल्याण गर्नु पर्ने अवस्था आइसक्यो” थप्नु भयो- “कसरी गर्नु हुन्छ उहाँले हाम्रो कल्याण -”
“तैपनि” कोमलले भनिन् ।
“ठिक भन्यौ” उहाँले भन्नु भयो- “अब जो गर्नु हुन्छ भगवानले गर्नुहुन्छ । थप्नु भयो- “भगवान वाहेक मेरो आफ्नो भन्ने नै को छ र -”
त्यसपछि उहाँ अधर्य हुँदै निवासबाट निस्कनु भयो देशव्यापी पुजापाठमा निस्कनु भयो ।
“हे˜˜˜ भगवान,
मेरो गद्दिको घाउ ।
अब धेरै नचर्काउ ।।
बरु,
प्रतिगामी मलम दलेर ।
चाँडै महाराजा बनाउ ।।
बनाऊ ।
बनाऊ ।।
हे भगवान,
मेरो गद्दिको घाउ
अब धेरै नचर्काउ

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका