नोबेल पुरस्कारको रहर

Wednesday, May 29, 2013

   मान्छेमा अचानक पैदा हुने रहरले पनि मजैले मनोरंजन प्रदान गर्छ कहिलेकाहीँ । रहरले रहर गर्ने मान्छेलाई पैदा गर्ने आत्मरति त छदैछ । अभिव्यक्त रहरले सुन्ने मान्छेहरुलाई नि गज्जपले हँसाउछ कहिलेकाही । त्यतिबेला उल्का रमाइलो हुन्छ जतिबेला कसैको रहर पनि ठट्टाको भाकामा उर्लिएर आउछ ।


कुरा कामरेड प्रचण्डको हो । उहाँलाइ नोबेल पुरस्कारको रहरले छोएछ । नुवाकोटको एक आमसभामा व्यक्त त्यहि रहर नै आज दिल खोलेर हास्नका निमित्त गतिलो बहाना भनेको छ । उहालाई अकस्मात त्यो रहर नभएको भए आज मान्छेलाई खित्खिताउन ठट्टा गर्न त्यति च्वाँक बहाना कहा मिल्थ्यो होला र ? धन्य उहाको रहर लाई । जसले उहालाई मात्र होइन अरुलाई पनि हँसाएको छ ।


उहाँको रहरलाई लिएर सोसियल मिडियाहरुमा कतिले पाखुरा सुर्किरहेका छन । अब बिस्तारै मिडियाहरुमा पनि थुप्रै गिदिजिवीहरुको पाखुरा सुर्काइ देख्न पाइने होला । यतिबेला मुलुकमा दुइ कुराले खुब हसाउने गर्दछ । एक प्रचण्डको प्रहसनले । दुइ त्यसपछि सुरुहुने गिदिजीबीहरुको पाखुरा सुर्काइले ।

प्रेमी प्रचण्ड

Wednesday, May 8, 2013


सारा मुलुक लोकमान नियुक्तीका पक्ष र विपक्षको ठेलमठेल र पाखुरा सुर्काइमा रुमलिरहदा कामरेड प्रचण्ड आफ्नै धुनमा मस्त छन | अरु लोकमान हुने र नहुने बीचको सिगौरी खेलाइको छटपटीमा थिए । 

कामरेड प्रचण्ड भने बिन्दाश मुडमा सुसेलीरहेका भेटिइन्छन । आफ्नै खुसीमा गदगद भएर एक्लै मुसुमुसु हास्दै हिड्ने अवस्थाका मान्छेलाई संसारको पिरले किन पो छुन्थ्यो र ? अरुलाई जस्तै कामरेड प्रचण्डलाई पिरहरुले छुनै छाड्यो ।

मन फुरुंग हुदै आकाशमा उड्न थाल्यो । फेरी बैंश फर्कियो उनको । टिनएज फेरी पुन:र्स्थापित भयो । आधिबेहेरीको सिजन आयो । उनलाई उडु कि गुडु लाग्न थाल्यो । उनलाई आकासै हेर्दा पनि मुस्कुराई रहन मन लाग्न थाल्यो ।

उडिरहेको पुतलीको पछिपछी कुद्न मन लाग्न थाल्यो । हात लम्काएर जुनतारा समाउसमाउ लाग्न थाल्यो । बिपना र सपनाको ककटेल भयो । उनी प्रेममा परे ।


आजकल कामरेड प्रचण्ड मधेश सँगको प्रेममा छन । केहि दिन अघी मात्र उहाले भासणमै "मेरो मधेश सँग लभ पर्यो" भनेर आफ्नो नयाँ अफेयर बारे खुलासा गरेका हुन । उनी अहिले मधेस सँग डेटिङमा छन ।
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका