नेतालाई कसले सक्नु ?

Wednesday, July 10, 2013

   एकताका एमाओबादी अध्यक्ष कामरेड प्रचण्डले भाषण ठोक्नु भएको थियो - " अरुले नाचेको, नानीका बाबुले खुट्टा घुमाएको ।" जसको सान्दर्भिकता दिनानुदिन थपिया थपियै छ । जतिबेला प्रधानन्यायाधिशको नेतृत्वमा कर्मचारीहरु क्याबिनेट सदस्य रहेको चुनाबी सरकार बन्यो । तव धेरैले भने अब नेता र दलहरुका दिन गए । अब सरकार नै कर्मचारीहरुले चलाउने भएपछी के काम दलहरुका ? के काम नेताहरुका ?? अब नेताहरु सकिए । तिनका अधोगती सुरु भयो । तर केका हुन्थ्यो ? नेताका दिन पनि कहिल्यै जान्छ ? नेताको दिनको त आउने ढोका मात्र छ । जाने ढोका नै छैन । आएको छ , आएको छ बरु दिनहरुकै भिड लाग्ला । तर नेताहरुको दिन जादैन । त्यसैले सरकारमा पुग्दैमा कर्मचारीहरुको प्रगती भयो र नेताहरुको दुर्गती भयो भनेर भन्नै मिल्दैन । प्रगतीको होडमा कर्मचारी पनि नेता कै लाइनमा बुर्कुसी मारेको पक्कै हो तर नेतालाइ तिनले भ्याउन त सपनामा नि नसोचे हुन्छ । अब कर्मचारी सरकारमा भाको नेता संयन्त्रमा भाको । पावरै नाप्दा नि कम्ती भन्दा बढी नै देखिन्छ । पावरै बढी देखिएसी प्रगती त बढी देखिने नै भयो । 

हालै ट्रान्सपरेन्सी इन्टरनेशनलले विश्वका 'प्रगतीकर्ता'हरुको प्रतिबेदन सार्वजनिक गर्यो । ‘ग्लोबल करप्सन ब्यारोमिटर २०१३’ नाम दिएको उक्त प्रगती प्रतिबेदनले नै प्रगती दौडमा कर्मचारी भन्दा नेताहरु निकै अगाडी बुर्कुसी मारिरहेको देखाएको छ । 'प्रगती' र 'प्रगतीकर्ता'को अर्थमा मा नझुक्किनु होला । प्रगती भनेको भ्रष्टाचार र प्रगतीकर्ता भनेको भ्रष्टाचारी हुन । यहाँ भ्रष्टाचार माने प्रगती हो । उनीहरुले भ्रष्टाचार मार्फत जिन्दगीमा छलाङ मार्छन । जीवन स्तर ह्वात्तै उकास्छन । समाजमा इज्यत प्रतिष्ठा प्राप्त गर्छन । यहाँ कसले कसरी हैन कसले कति कामायो भन्नेमा इज्यतको निर्धारण हुन्छ ।

न्यायको शासन

Wednesday, July 3, 2013


यो मध्य कलिजुगमा मुलुकमा न्यायको शासन हलक्कै मौलाएको छ । यसरी हलक्कै मौलाएको कानुनी शासनले कलिजुगमा अन्यायी अधर्मीहरुको बोलबाला हुनेछ भन्ने शास्त्रको बचनलाई कडा चुनौती दिएको छ । अन्त अन्यत्रतिर नभएको न्याय र अधिकार हाम्रै मुलुकमा देखापर्दा संसारभरीकै न्याय सोहोरिएर यता आएछ कि भनेर अचम्म लाग्न थालएको छ । र खिरारेकालिन नेपालको यो अवस्था राम शाह कालिन गोरखालाई उछिन्ने तरखरमा लागेको छ ।

जव न्याय अन्याय छुट्याउने ठाउमा रहेका प्रान्या खिलराज रेग्मीजी जुरुक्क उठेर सिंहदरबार छिर्नु भो तव मुलुकमा न्याय नै न्यायको छेलोखेलो हुन थाल्यो । जताततै न्याय नै न्याय जताततै अधिकार नै अधिकार मुलुक त्यसै त्यसै झलमल हुनथाल्यो । र खिरारे न्यायको ज्योतीले मुलुक धपक्कै बल्यो ।
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका