‘उसिनेको आलु’ डाइलगमा नेताहरु !

Wednesday, June 12, 2013


"नेता भनेको त यी यस्तो जुँगावाला हुनु पर्छ ।"
जुंगामा ताउ लगाउदै प्रचण्डले भने ।
"दारी त बोकाको नि हुन्छ ।"

"उसको त उ हुनु पर्छ ।"
सुसिलदा'ले जंगिदै भने ।
"उ त उसको नि हुन्छ ।"

"बोली हेर न | बुझे मारिदिनु ।"
देउबाजीले खिस्याए जसरी खितखित हाँस्दै भने ।
"थेगो त 'भन्देखिनलाई' पो हुनु पर्छ त ।"
थपे ।
"उलाला त डर्टी पिक्चरकी बिध्या बालनले नि भनिदिन्छिन ।"

"उदाहरण भन्या त नेपाली पो दिनु पर्छ त"
राष्ट्रियता छाट्दै कामरेड झलानाथले भने ।
"हिन्दी उदाहरण त रामचन्द्र झाले नि दिन्छन ।"
थपे ।
"दिल्ली गाको फुर्ती लागाइहाले । आफ्नो नि बुझे मारीदिनु । अर्कालाई भन्छन ।"  


"तब ! फुर्ती लाउनेले त मक्का मदिना जानु नि ।"
उपेन्द्रजीले भने ।
"दिल्ली त गच्छेदार नि जान्छन ।"

"अँ त । फुर्ती लाम्नेले त चाइना जानु नि मक्कै हो, माओको जन्मस्थान ।"
बैध्यबाले भने ।
" दिल्ली त बाबुराम नि जान्छन ।"

बैध्यबाको कुरामा घुमाइ फिराइ आफुलाई दिल्ली परस्तको पगरी गुथाई सकेको देखेर डाक्टर बाबुरामसाप रिसले खुत्रुक्कै भए । झोक फेर्दै भने ।
"हो त । सक्ने मान्छे दिल्ली पो जान्छ त । बिराटनगर त सुसिलजी नि जान्छन ।"

तारन्तार आफैलाई प्रहार भएसी सुसिलदाकाई नि अति भो ।
भने - " तव म त उ बिराटनगर मात्रै जान सक्छु । "
दारी तलाम्दै भने ।
" उ हेग त तपाइँ मात्रै जान सक्नुन्च । "

"उहु उहु भएन ।"
प्रचण्डले भने ।
"तपाइको कुरामा फर्म्याटै मिलेन ।"
सिकाए ।
"डटडटडट भनेको त डटडटडट पो हुनु पर्छ त । डटडट त डटडट नि हुन्छ नि । "
थपे ।
"यसरी पो त ।"

“हाम्लाई के था ?”
ओलीजी अघि सर्दै भने ।
"हामी लोकतन्त्रबादी कम्युनिस्टहरु सेभ पो गर्छम । फर्म्याट त मुलुकै गुरिल्लाहरुले नि गर्छ नी । "

"क्रान्तीकारीले गर्ने नै फर्म्याट हो ।"
बाराभले भने ।
"पहिलेका कुराको संरक्षण त पुरातत्व विभागले नि गर्छ । "

त्यहि खिरारे देखिए । बाराभले भनिहाले ।
"सरकारमा गएसी त चुनावको मिती पो तोक्नु पर्छ त । मेजमानी खान त ससुराली गए नि हुन्छ नि ।"

"सरकारमा भएकाले त चुनाव पो गर्ने त । "
खिरारेले भने ।
"मिती त बाउरामले नि तोक्छन नि ।"


(नामहरु कतै सुने जस्तो लागे पनि काल्पनिक हुन )


No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका