खेलाडीहर्ले पनि संबिधान नबनी कुनै गोल नहान्ने
कसम खा'का रचन कि क्या
हो कुन्नी यसपाली एउटा बल छिरेन पोस्ट मा नेपालीले हानेका । आखिर संबिधानसभाकै
हावाले छोएको हुनु पर्छ खेलाडीलाई पनि । निर्धारित समयमा के हानु गोल यती बेर त
अर्को टिमले हानेकै हेरेर बस्नु परो नि क्यार्न हानी रहनु गोल ? बरु निर्धारित समय सकिएसी त्यसैको हाप
समय थम्नु अनी बस्नु । फेरी क्वाटर समय थप्नु अनी बस्नु । अनी फेरी पेग समय थप्नु
अनी बस्नु आखिर क्यार्न हानी रहनु गोल । वाहियात ! एक त देखासिकी गरे खेलाडी हरुले
र हानेनन गोल । अर्को त प्रतिस्पर्धा गरेका हुनु पर्छ संबिधान सभा सग उनी हरुले त
संबिधान बनाएका छैनन हामी चाही किन गोल हान्ने ? उनर्ले आफ्नो काम पुरा नगर्ने हामीले चाँही किन गर्ने ?
अर्को त दवाव पनि हुन सक्छ संबिधान सभालाई
खेलाडी हरुको अब संबिधान नबनाए सम्म गोल हानिन्न भन्ने । जेहोस एफसी च्यालेन्ज
कपमा गोल छिराउनै सकेन नेपालले ।\
अब क्यारी हार्यो त यस्तरी नेपालले भनेर
बिचार पुर्याम न । यसो कुरा बुझ्दा हाम्रा
एन्फे साप हरु परिक्षामा गोल गर्ने खालका परे क्यार जस्तो लाग्छ । क्या हो त्यो
परिक्षामा गोल गर्ने खालका भन्या भनेर भन्नु होला । परिक्षामा गोल गर्ने हरु भनेको
मार्कसिटमा जिरो मार्क धारी हुन । जसले परिक्षाको उत्तर पुस्तिका भरी गोलै गोला
हरु इन्कम गर्छन । अब गोला इन्कम गर्नु भनेको आखिरमा गोलै गर्नु हो । अब एन्फमा
त्यस्तै गोल गर्नमा किर्तिमान धारी हरु परे होलान । त्यसैले जब खेलाडीले फुटबलाँ
जिरो लेराए उनी हरुले बुझे होलान लु नेपालले त लास्टै गोल हान्यो ।आखिर जिरो
ल्याउनु भनेको खेल हार्नु हैन । जिरो ल्याउनु भनेको गोला लाग्नु हो । गोला लाग्नु
भनेको गोल गर्नु हो । गोल गर्नु भनेको खेल जित्नु हो ? खै कुरा बुझ्या ?