बालुवाटार छोडदिन ।

Wednesday, November 28, 2012


"ए बाजे !"
एकाबिहानै नेपालमा निर्मित एक झन्डावाल गाडी राष्ट्रबैंक निरको एक अग्लो घर अगाडी रोकियो र सवार ब्यक्तिले भित्र बाटै चिच्यायो !
"ए बाजे !"
"यसरी बिहान बिहान बोलाँउदा नी नबोलेको देख्दा यो शहरको मान्छे कुम्भकर्ण बने भन्ने हामीलाई लाइराछ !"
घरबाट कुनै जवाफ न-आएसी सवार ब्यक्ती फतफताउदै गाडी बाट झर्यो ।
"कुम्भकर्णे पाराले मुलुक बन्दैन भन्ने हाम्लाई लाइराछ !"
"बाजे~~~~~ ए बाजे !"
कालोटोपी लगाएको त्यो मान्छेले फेरी चिच्यायो ।
"बाजे~~~~~~ए !"
भित्रको बाजेले सुनेन । बाहिरको उसले गेट धकाल्यो तर बन्द थियो । के गर्ने ? के गर्ने ?? भएर पर्खालतिर हेर्दै गर्दा उसले आफ्नै पुरानो डायलग संझियो - " चिप्लेकिरा जस्तो घस्रने होइन , भ्यागुता जस्तो उफ्रने । "

गालाको आत्मकथा

Wednesday, November 21, 2012


हरेक मान्छेहरुमा मेरो उपस्थिती अनिवार्य थियो । मान्छेको जन्म सगै मैले जन्म लिन्थे । अनुहारको अधिकांस भाग मैले ओगट्थे । मान्छेले  शरीरका संपूर्ण भाग छोप्दा खेरी पनि म छोपिन्नथे । देखिन्थे । अनुहारमा सप्पैको आफ्नो आफ्नै काम भएर मात्र स्थान पाएका थिए । आँखाको आफ्नै काम थियो, नाकको आफ्नै काम थियो मुखको आफ्नै काम थियो कान छाला दुबैका आफ्नै काम थियो । तर म मोरो गाला केही काम थिएन । मात्र सान्दार उपस्थिती थियो अनुहारमा ।

हाँस्दा कसैकोमा चाउरी परीदिन्थे कसैकोमा खाल्डो पारीदिन्थे । मैयाहरुकोमा स्याउरङ भरीदिन्थे । ठिटाहरु भुतुक्कै हुन्थे । तारिफ चल्थ्यो मेरो नै । वाहवाह मेरो नै ! मैया मख्ख पर्थिन । मसक्क मस्किन्थिन । तिनका ओठले मलाई धकेल्थे । मलाई काउकुती लाग्थ्यो । कानतिर सर्थे ! मेरो नौटङ्कि गज्जपको थियो । कहिले काहिले मेरो कारणले तिनले पनि तारिफ पाउथिन झोक चल्थ्यो अनी डन्डिफोर उमारीदिन्थे ।

ठिटाहर्को अनुहारमा बस्दा मेरो उट्पट्याङ सुरु हुन्थ्यो । भुरुरु दारी उमारेर झाडी बनाइदिन्थे । अन्वार हेरीसाध्धे हुन्देन । ऐना हेर्थे खुइय गर्थे अनी आफुलाई डेडुवा सग दाँज्थे । मलाई रमाइलो लागेर उल्का हुन्थ्यो । आफ्नो उट्पट्याङमा गदगद हुन्थे ! कुदेर गएर बिलेट किन्थे रेजरमा हालेर  ख्वार ख्वार पार्थे । फिट्किरी लाउथे फेयर एन्ड हेन्सिम लाएर मलाई चिल्याउथे । अझै चिल्याउने मेसोमा कोही झिल्केहरु बड्ता स्वाङ पार्थे । दारी उम्रिएको बिपरीत दिशाबाट समेत ख्वारख्वार पार्थे । मलाई झोक चल्थ्यो । भोलिपल्ट हुरुरु बिबिरा उमार्देर । हेर्न नहुने बनाइदिन्थे । तिनिहर्लाई खुच्चिम पर्थ्यो । कती त मलाई चिल्याउने मेसोमा सैलुन जान्थे । पैसो तिर्थे । यि कवि, साहित्यकारहरु सग भने म हार्थे । जती दारी सपारिदे नि बाल दिदैन थे । हुँदा हुँदा मलाई नै छोपिदिन्थे दारीले । दारीको सेपले म काठयाङ्रिन्थे ।

मान्छेको अनुहारमा जीवनभर डेरा जमाउने क्रममा घटेका ति अविस्मरणिय पलहरुलाई म कहिल्यै भुल्ल सक्दिन । मान्छेले चुम्बनको साटासाट गर्दा ममा परेको ताता ओठका स्पर्स र लिपिस्ट्कका दागले रंगिएका पलहरु मेरा सबै भन्दा सुन्दर सम्झना हुन । आसुले मलाई बगर बनाएर बग्दा लागेका गाजलका काला दागहरु मेरा सबैभन्दा कुरुप सम्झना हुन । मान्छेको झै म गालाको पनि धेरै तिता मिठा भोगाइहरु छन । लबटो सग मेरो आजीवन सत्रुता छ । त्यो सगको स्पर्स र टकरावको सम्झनाले मात्रै पनि मलाई दुखी बनाउछ ।

ठुलठुला ब्यक्तित्वहरुका अनुहारमा बास जमाउदा म गर्वले फुल्थे र पोटिलो हुन्थे । त्यसमाथी सक्तिशाली नेताहरुका अनुहारमा भएको मेरो उपस्थितिले मलाई कम्तिको सन्तुश्ठी हुन्न थियो । नेताहरुमा हुनुको मेरा अनुभव सबै भन्दा सम्झन लायक र रोचक छ । केही बर्ष अगाडीको कुरा हो । कामरेड माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यहिबेला नेपाल आकी स्पाइसी गर्लले तिनलाई च्वाप्पै पारीन । बाब्बा तिनका ओठका स्पर्स ममा । मलाई त के भयो म बर्णन गर्न सक्दिन । मादप कामरेड चै लाजले रातै हुनु भो ।

झलनाथ कामरेडको अनुहारको शोभा नै मै थिए । तिनमा रहेको मेरो चिल्ला र राता रुप नै तिनको आकर्शणको केन्द्र थियो । तर एकदिन म देवीप्रसादको लबटाको सिकार भए । म कामरेड प्रचन्डको अनुहारमा थिए । त्यत्रो गौरबशाली पार्टीको । गौरबशाली नेताको । गौरबशाली अनुहारमा त्यसरी बस्न पाउदा मलाई कम्ती गर्व अनुभव हुँदैन थियो । कहिले काही तिनका मुठे जुंगाले च्वास च्वास घोच्नु बाहेक म सगँ दु:खको कुनै अनुभब थिएन । तर दशा लागेपछी के लाग्यो ? मेरो दिन बिग्रियो म फेरी त्यो कुँवरे केटाको लबटाको सिकार भए ।

हान्नेहारुको चर्चा भयो । हानिनेहरुको इज्यत गयो । आखिर मैले के पाए ? बिथ्यामा चोट खाएँ । वहियातहरु आक्रोस भन्छन । संबिधान नलेखिनुमा मेरो के दोस ? लेख्ने जिम्मा हातको हो त्यसैले दोश पनि हातकै हो । अनी हातैले मलाई पड्काउने । यहाँ भन्दा ठुलो अन्याय के हुन्छ ? कहिले काही त झोक चल्छ । नेताहरुका अनुहारमा नबसेर अन्तै बसाइ सरुम । तर के गर्नु जन्मिदै हरेक मान्छेका अनुहारमा म एटेच भएर आउछु । पछी चाहेर पनि कहिले अलग हुन नसकिने ।

" ओइ मेरो आत्मकथाको लेखक ! तँ चै के त्यो झुसे दारी मुसारी'रा ? जा गएर खौरी ! मलाई टेन्सन भो ! चिल्लो पारीदे !!"
       

क्या काइदा !!

Thursday, November 1, 2012

अध्यक्ष कामरेडको बातै बिच्छे बोली फेरिने गरेता पनि उहाको नेत्रित्वको पार्टी एनेकपा माओबादी भने एउटै कुरामा अडिक छ । त्यो हो सरकार नछोड्ने कुरा । तर जसरी सरकारमा जान र सरकार छोड्न निउ चाहिन्छ त्यसै गरी अर्काले छोड का छोड भनीरहेको अवस्थामा सरकारमा बसिरहन पनि एउटा निउ त चाहिने नै भयो । उसले त्यो निउ सहमतीमा खोजेको छ । फेरी सहमती भन्नसाथ तपाईं दलहरु बिच हुने खालको बन्ने खालको सहमती बुझ्नु होला । कुरा मिलेको अवस्थालाई ,सबैले ल हुन्छ भनेर चित्त बुझाएको अवस्थालाई बुझ्नु होला तर त्यसो होइन । सहमती शब्दलाई नै निउ बनाएर सरकारमा बसिरहने माओबादीको नयाँ काइदा बनेको छ । 

माओबादीले सरकार छोड्दैन किन कि सहमती भएको छैन । वास्तवमा जब कोही प्राइममिनिस्टर सहमतीको खम्बामा आफ्नो कुर्सी बाध्न सफल हुन्छ उसको कुर्सी सितिमिती धल्दैन । अब सहमती भैहाल्यो त के भयो ? आफ्नै नेत्रित्वको सरकारलाई निरन्तरता दिने कुरामा सहमती गर्‍यो । सरकार आफ्नो जहिको तहीं अब सहमती भएन त झनै राम्रो सहमती नभै राजीनामा दिइन्न अर्थात सरकार छोडिन्न । क्या काइदा !! आखिर सहमती भएर सहमती लाई आधार बनाएको सरकार त्यती मजबुद नहुन सक्छ । किनकी सहमतीमा पुगेकाहरुले बोली फेर्न सक्छन र सहमती भात्काइदिन सक्छन । यसो गर्दा सरकारको बनेको आधार कमजोर हुन सक्छ र सरकार ढल्न सक्छ ।

चिया र सत्ता

मुलुकमा दुई थरी मान्छेहरु छन । ति हुन चिया खाने र सत्ता अर्थात मन्त्री प्रधानमन्त्री पद खाने । दुबै कुरा खाने नै हुन तापनी यसमा आकाश जिमिनको फरक छ । पहिलो कुरा त सबै सत्ता खानेले चिया खान सक्लान तर सबै चिया खानेले सत्ता खान सक्दैनन । वास्तवमा सत्ता खानेहरु चिया मात्र खादैनन । उनीहरुले सबै कुरा खान्छन । यानकी यिनिहरु सर्वहारी हुन ।

मासु खानेलाई मांसहारी र सागपात खानेलाई साकाहारी भनेर जस्तो चियापान गर्नेलाई चियाहारी र सत्तापान गर्नेलाई सत्ताहारीका रुपमा बर्गीकरण गर्न पनी हम्मे नै छ । कारण बिसुद्द चियाहारीहारी पाउनु अली कठिन नै छ । चिया खानेहरुले अरु केही नखाए पनि बिस्कुट,केक, वा डोनट त अवस्य नै खान्छन । यि त बिहान चिया सँग खाने कुरा हो । अझै बिहान चिया खानेहरु बेलुका भट्टी नपस्लान भन्ने नि छैन तापनी चिया खानेहरुले त्यस्तो जेतेमेते केही खाँदैनन । उस्तै परे भागमा आए सत्तै चै छोड्दैनन अरु चाहीँ त्यस्तै हो । ति छिटपुटलाई छाड्ने हो भने चिया खानेहरु दाम्रा भुडी भएका, खस्रा गाला भएका सर्व साधारन नै हुन ।
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका