हरेक मान्छेहरुमा मेरो उपस्थिती अनिवार्य थियो
। मान्छेको जन्म सगै मैले जन्म लिन्थे । अनुहारको अधिकांस भाग मैले ओगट्थे ।
मान्छेले शरीरका संपूर्ण भाग छोप्दा खेरी
पनि म छोपिन्नथे । देखिन्थे । अनुहारमा सप्पैको आफ्नो आफ्नै काम भएर मात्र स्थान पाएका
थिए । आँखाको आफ्नै काम थियो, नाकको
आफ्नै काम थियो मुखको आफ्नै काम थियो कान छाला दुबैका आफ्नै काम थियो । तर म मोरो
गाला केही काम थिएन । मात्र सान्दार उपस्थिती थियो अनुहारमा ।
हाँस्दा कसैकोमा चाउरी परीदिन्थे कसैकोमा
खाल्डो पारीदिन्थे । मैयाहरुकोमा स्याउरङ भरीदिन्थे । ठिटाहरु भुतुक्कै हुन्थे ।
तारिफ चल्थ्यो मेरो नै । वाहवाह मेरो नै ! मैया मख्ख पर्थिन । मसक्क मस्किन्थिन ।
तिनका ओठले मलाई धकेल्थे । मलाई काउकुती लाग्थ्यो । कानतिर सर्थे ! मेरो नौटङ्कि
गज्जपको थियो । कहिले काहिले मेरो कारणले तिनले पनि तारिफ पाउथिन झोक चल्थ्यो अनी
डन्डिफोर उमारीदिन्थे ।
ठिटाहर्को अनुहारमा बस्दा मेरो उट्पट्याङ सुरु
हुन्थ्यो । भुरुरु दारी उमारेर झाडी बनाइदिन्थे । अन्वार हेरीसाध्धे हुन्देन । ऐना
हेर्थे खुइय गर्थे अनी आफुलाई डेडुवा सग दाँज्थे । मलाई रमाइलो लागेर उल्का
हुन्थ्यो । आफ्नो उट्पट्याङमा गदगद हुन्थे ! कुदेर गएर बिलेट किन्थे रेजरमा
हालेर ख्वार ख्वार पार्थे । फिट्किरी
लाउथे फेयर एन्ड हेन्सिम लाएर मलाई चिल्याउथे । अझै चिल्याउने मेसोमा कोही
झिल्केहरु बड्ता स्वाङ पार्थे । दारी उम्रिएको बिपरीत दिशाबाट समेत ख्वारख्वार
पार्थे । मलाई झोक चल्थ्यो । भोलिपल्ट हुरुरु बिबिरा उमार्देर । हेर्न नहुने
बनाइदिन्थे । तिनिहर्लाई खुच्चिम पर्थ्यो । कती त मलाई चिल्याउने मेसोमा सैलुन
जान्थे । पैसो तिर्थे । यि कवि,
साहित्यकारहरु सग भने म हार्थे । जती दारी सपारिदे नि बाल दिदैन थे ।
हुँदा हुँदा मलाई नै छोपिदिन्थे दारीले । दारीको सेपले म काठयाङ्रिन्थे ।
मान्छेको अनुहारमा जीवनभर डेरा जमाउने क्रममा
घटेका ति अविस्मरणिय पलहरुलाई म कहिल्यै भुल्ल सक्दिन । मान्छेले चुम्बनको साटासाट
गर्दा ममा परेको ताता ओठका स्पर्स र लिपिस्ट्कका दागले रंगिएका पलहरु मेरा सबै
भन्दा सुन्दर सम्झना हुन । आसुले मलाई बगर बनाएर बग्दा लागेका गाजलका काला दागहरु
मेरा सबैभन्दा कुरुप सम्झना हुन । मान्छेको झै म गालाको पनि धेरै तिता मिठा
भोगाइहरु छन । लबटो सग मेरो आजीवन सत्रुता छ । त्यो सगको स्पर्स र टकरावको
सम्झनाले मात्रै पनि मलाई दुखी बनाउछ ।
ठुलठुला ब्यक्तित्वहरुका अनुहारमा बास जमाउदा म
गर्वले फुल्थे र पोटिलो हुन्थे । त्यसमाथी सक्तिशाली नेताहरुका अनुहारमा भएको मेरो
उपस्थितिले मलाई कम्तिको सन्तुश्ठी हुन्न थियो । नेताहरुमा हुनुको मेरा अनुभव सबै
भन्दा सम्झन लायक र रोचक छ । केही बर्ष अगाडीको कुरा हो । कामरेड माधव नेपाल
प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यहिबेला नेपाल आकी स्पाइसी गर्लले तिनलाई च्वाप्पै
पारीन । बाब्बा तिनका ओठका स्पर्स ममा । मलाई त के भयो म बर्णन गर्न सक्दिन । मादप
कामरेड चै लाजले रातै हुनु भो ।
झलनाथ कामरेडको अनुहारको शोभा नै मै थिए ।
तिनमा रहेको मेरो चिल्ला र राता रुप नै तिनको आकर्शणको केन्द्र थियो । तर एकदिन म
देवीप्रसादको लबटाको सिकार भए । म कामरेड प्रचन्डको अनुहारमा थिए । त्यत्रो
गौरबशाली पार्टीको । गौरबशाली नेताको । गौरबशाली अनुहारमा त्यसरी बस्न पाउदा मलाई
कम्ती गर्व अनुभव हुँदैन थियो । कहिले काही तिनका मुठे जुंगाले च्वास च्वास घोच्नु
बाहेक म सगँ दु:खको कुनै अनुभब थिएन । तर दशा लागेपछी के लाग्यो ? मेरो दिन बिग्रियो म फेरी त्यो कुँवरे
केटाको लबटाको सिकार भए ।
हान्नेहारुको चर्चा भयो । हानिनेहरुको इज्यत
गयो । आखिर मैले के पाए ? बिथ्यामा
चोट खाएँ । वहियातहरु आक्रोस भन्छन । संबिधान नलेखिनुमा मेरो के दोस ? लेख्ने जिम्मा हातको हो त्यसैले दोश
पनि हातकै हो । अनी हातैले मलाई पड्काउने । यहाँ भन्दा ठुलो अन्याय के हुन्छ ? कहिले काही त झोक चल्छ । नेताहरुका
अनुहारमा नबसेर अन्तै बसाइ सरुम । तर के गर्नु जन्मिदै हरेक मान्छेका अनुहारमा म
एटेच भएर आउछु । पछी चाहेर पनि कहिले अलग हुन नसकिने ।
" ओइ मेरो आत्मकथाको लेखक ! तँ चै के त्यो
झुसे दारी मुसारी'रा ? जा गएर खौरी ! मलाई टेन्सन भो ! चिल्लो
पारीदे !!"
No comments:
Post a Comment