गोरुको खोजी

Thursday, February 25, 2010


एमाले केन्द्रिय समितिको वैठकले प्रधानमन्त्री माधवकुमार नेपाललाई बोकाको रुपमा चित्रित गरी दिएछ । बैठक चलिरह“दा एमालेका जल्दा बल्दा युवा कामरेड योगेश भट्टर्राईले उनलाई बोकाको पगरी भिराउनु भएको हो । पुड्के कामरेड नेपाललाई खसि भन्न नसुहाएकोले कामरेड भट्टर्राईले उहा“लाई बोका भन्नु भएको हुन सक्छ ।
 हुन पनि आजकालका उन्नत जातका खसिहरु झण्डै पाडा जत्रा हुने हु“दा कामरेड नेपाललाई खसि भन्न फिट्टक्िकै सुहाउ“दैन । त्यसैले जात कायमै राख्न उहा“ले कामरेड नेपाललाई बोका बनाइदिनु भयो । फेरी उच्च स्तरीय संयन्त्र उहा“लाई खसि पार्न चेपुवा र हम्मर लिएर बसेपनि उहा“लाई ऐलेसम्म खसि पार्न सकिरहेको छैन । खुसीको कुरा उहा“ अहिलेसम्म बोकै हुनुहुन्छ ।
कामरेड भट्टर्राईले भन्नु भा’छ- बोकाले दाई होला भनेर उसलाई भिटामिन ख्वाएर राख्नु हु“दैन । उहा“को संकेत अब दार्“इ गर्न गोरु नै चाहिन्छ भन्ने तर्फथियो । अब कुरा आयो एमालेभित्र गोरु को छ त – जसले दार्“इ गर्न सकोस् -
त्यस पछि एमाले बैठक भित्र गोरुको खोजी भयो रे । मैले सुनेको ‘अध्यक्ष कामरेडले “हक्वा“” गरेर सिगौरी खेल्न थालि सक्नु भयो रे ।

आकाश खस्दैन


जेष्ठ चौध भित्र संविधान बन्ला त -’
कसैले सोध्छ ।
‘बन्दैन कहा“ बन्छ’ एउटाले ओठ ल्येप्रयाउ“दै भन्छ ।
‘बनेन भने के हुन्छ -’
अर्कोले सोध्छ ।
‘देश वर्वादै हुन्छ, फेरी द्वन्द्व हुन्छ, सैनिक शासन लागु हुन्छ,’ आदि इत्यादि भविष्यवाणी गर्छ अर्को अनि अर्को । यसरी समयमै संविधान नबन्ने आशंकाले धेरैलाई भविष्यवाणी गर्न सक्ने बनाएको छ ।
र् र्सबसाधारण मात्र होइन भविष्यवाणी गर्न नेता, दलहरु, राष्ट्रप्रमुख तथा सकार प्रमुख तथा नागरिक अगुवाहरु पनि एक से एक खप्पिस भएका छन् । कांग्रेस-एमाले भन्छन्-समयमै संविधान बनेन भने यो माओवादी चिलिम र्फकन्छ । माओवादी भन्छ- समयमै संविधान बनेन भने यि संसदवादीहरुले गुण्टा कसे हुन्छ । राजावादी भन्छन् समयमा संविधान नबने राजतन्त्र व्युतन्छ । यसरी पार्टर्ीी संविधान बनेन भने के हुन्छ भन्नेमा भविष्यवाणी गर्न थालेका छन् । त्यसमा ठूलो दल माओवादी अरु भन्दा एक कदम अगाडि बढेर संविधान बनेन भने के हुन्छ मात्र होइन संविधान बनेन भने के हु“दैन समेत भन्न थालिसकेको छ । उसले भनिसकेको छ- ‘संविधान बनेन भने आकाश खस्दैन’ आखिर कसले भ्याउन सक्थ्यो माओवादीलाई । मलाई पनि आज भोलि माओवादीको कुरा चाही सहि लाग्न थालेको छ । कांग्रेस, एमालेका साथीहरुले मलाई पानी बाराबार गरेनी गरुन माओवादीको यो कुरा चाही मलाई चित्त बुझेको छ है । म पनि ठोकेर भन्छु यदि जेष्ठ चौधभित्र संविधान बनेन भने आकाश चाही खस्दैन । कत्रा कत्रा मेघ गर्जिदा बिजुली चम्किदा नखसेको आकाश मुला हाम्रो संविधान नबन्दैमा खस्छ – थोडै हाम्रो संविधान सभाले थामेको छ र आकाशलाई – यो असफल हु“दैमा खस्नलाई -
हाम्रो बन्ने संविधान र आकाश बिच गोरु बेचेको साइनो पनि छैन । होओस पनि त कसरी – न त आकाशलाई नै गोरु किन्न परेको छ न त बन्नेवाला संविधानलाई नै । फेरी किनबेच हुनलाई गोरु पालेको पनि त हुन पर्‍यो नि । न त आकाशले गोरु पालेको छ न त बन्ने वाला संविधानले नै । समयमै संविधान नबन्दा संविधान सभाका छ सय एकलाई गोरु भन्लान त छुट्टै कुरा । यद्यपी अहिलेसम्म आकाश र बन्नेवाला संविधानबिच गोरु बेचेको पनि साइनो छैन । जब आकाश र बन्नेवाला संविधान बिच गोरु बेचेको पनि साइनो छैन भने कसरी आकाश खस्छ संविधान नबन्दैमा ।
ल समयमै संविधान बनेन रे अनि बनेन भने आकाश पनि खस्छ रे । त्यो हामी नेपाली मात्रको चिन्ताको विषय हो र – आकाश खस्यो भने थोडै नेपालीलाई मात्र थिच्छ र – आकाश खस्यो भने हामी नेपालीलाई मात्र थिच्ने होइन भने नेपालले यसलाई किन बढ्ता चासो दिने – जबकि त्यत्रा त्यत्रा शक्ति राष्ट्रहरु यस प्रति मौन छन् भने । हाम्रा प्रधानमन्त्री नेपालज्यूले जलवायु परिवर्तनतर्फत्यत्रो टाउको दुखाउनु भयो सगरमाथासम्म गएर मन्त्री परिषद बैठक डाक्नु भयो । केही लछार पाटो लाग्यो यसले – विश्वमा त्यत्रा त्यत्रा वैज्ञानिकहरुले त चुइक्क बोलेका छैनन् आकाश खस्छ भनेर । हामी चाही गफ पेली हाल्ने आकाश खस्छ भनेर -
अरु त त्यस्तै हो माओवादीको भविष्यवाणी चाही अलि वैज्ञानिक र ज्योतिष शास्त्र अनुरुप लाग्यो । किनभने उसले भविष्यवाणी गर्न आकाशको कुरा झिक्यो र एउटा बिल्कुल सहि भविष्यवाणी गरिसक्यो- ‘आकाश खस्दैन’ भनेर ।

समयमै संभिधान

Wednesday, February 17, 2010

काउसोको माला

Monday, February 1, 2010

एमाले भनेर ता

रक्षा मंत्री

फिर्ता गर

हात दिनोस न

काउसो

बैंकमा नगद अभाव

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका