बड़ा दशैंको शुभकामना

Saturday, September 19, 2009


कालो झण्डा बिरुद्द सरकारी तयारी

Thursday, September 17, 2009


कालो झण्डा माओबादी

दशैंको शुभकामना

Sunday, September 13, 2009

रोमान्टिक माधव

माधव बाबु

डेटिङ

Tuesday, September 8, 2009

एउटा रमणिय पार्क



जहाँ तिम्रो डेटिङ

न् कि मेरो साथ


मेरो डेटिङ

न कि तिम्रो साथ


एक्कासी भेटिनु

सबै आदर्श मेटिनु


अनी तर्सिनु

पर पुगेर एक पटक फर्कनु


अनी सधैंको लागि तर्कनु ...

शायद तिमीलाई

शायद तिमीलाई संझने फुर्सद नहोला

मलाई संझदामा फुर्सद छैन


मेरो उपस्थितिमा तिमी डिस्टर्ब होलाउ
म तिम्रो अनुपास्थितिमा डिस्टर्ब छु


शायद मेरो अर्थ नहोला तिम्रो जीवनमा
मेरो जीवन तिमीबिना अर्थहिन छ



तिमी आजित छौ म बाट
म त्रिसित छु तिमीबाट



यो कस्तो प्यार हो
म पछ्याइ रहेछु
तिमी भागी रहेछौ



मात्र यही समानता छ हामीमा
जती घ्रिणा छ तिम्रो म मा
त्यत्ती घ्रिणा मेरो पनि म स्वयंमा

राजनीतिक गाईजात्रा

माओवादी आन्दोलन

माधवको भारत भ्रमण

झलनाथको माओवादी निकटता

सम्पर्क

Rabi Mishra
Nayabazar , Kathmandu , Nepal (res)
off :
Karobar Business Daily
Buddhnanagar,Baneshwer
Kathmandu
Ph ; 01-4785000-6016
Email : mail@rabimishra.com 


me




















आखिर..!!

मैले जिन्दगीमा सबैथोक हराए
जिबन दिप कहिले नबल्ने गराए

आँफैलाई गुमए मैले तिम्रो लागि
खरनी घसेछु हुन खोज्दा त्यगी
आँफै खाल्डो खानि आँफैलाई भराए
जिबन दिप कहिल्यै नबल्ने गराए

सबै छोडि मैले तिमीलाई समाए
संसारलाई बिर्सेंए तिमीमा रमाए
तिम्रो खतिर पागल हुँदानी छोएन
भक्कानो फुट्यो यहाँ तिम्रो मन रोएन

म मात्रै तिम्रो हु भनी खुब कराए
जिबन दिप कहिल्यै नबल्ने गराए

सपनामा तिम्रो साथ आकाश माथि पुग्थे
कल्पना मा तिम्रो मुटु भित्र लुक्थे
बिपनमा हुँदा गिरेछु जगतमा
म भ्रमित भएको रहेछु फगतमा

आसा टुट्न लाग्यो म धेरै डराए
जिबन दिप कहिल्यै नबल्ने गराए

मेरो शिर माथि खसिदियो आकाश
म दल म भासिए भए म बिनाश
अस्तित्व मेटियो मेरो छैन आश
यो संसार मशानघाट म हु जिउदो लाश

ठुलो आधी आयो म छेक्न डराए
जिबन दिप कहिल्यै नबल्ने गराए

किन??

सधै भरी हास्न खोज्थे तिमीले आँसु झार्यौ किन
तिम्रो मेरो आउने जाने बाटोहरू बार्यौ किन

मग्मगाउदा बास्ना छर्दै फुल बनी हृदयमा
फुलेका फुल उखेलेर काँडाहरु सार्यौ किन

जूनीजूनी साथ् दिन्छु हाम्रो प्रेमको निम्ती युद्ध
लड्छु भनी उठाएका हात त्यसै झार्यौ किन

भन्थ्यौ तिमी तिमीबिना सक्दिन म बाँच्न पनि
यतिसम्म निस्ठुर बनी आज माया मार्यौ किन

म कहाँ जाँऊ??

लक्ष हिन पाइलाहरु घिसार्दै म कहाँ जाँऊ

दिल भित्रको तितो याद निखार्दै म कहाँ जाँऊ


कती गीत लेखे तिम्रो नगाएरै च्यतिदिएँ

अझै लेख्दै कलम आफु तिखार्दै म कहाँ जाँऊ


साथ खोज्ने हात भर्यौ तिरस्कारका उपहारले

कालो पोती आफ्नै छवि बिगार्दै म कहाँ जाँऊ


कसरी म पर गरौ समयलाई सुन्यतामा

आज आफुलाई आँफै धिकार्दै म कहाँ जाँऊ

तिमी…!! (गजल)

तिमी तिमी तिमी तिमी मात्र मेरी हौ

लालमोहन रसभ्री बर्फी अनी जेरी हौ


आकाश को जुन तिमी संगीत को धुन तिमी

न मेटिने त्रिस्णा तिमी प्यास फेरी फेरी हौ


तिम्रो रुप देख्दा लाग्छ गोदाबरी फुल तिमी

टोलाउने रोग लाग्यो लाग्छ सधैं हेरी रऊ


मेरो मन छोरी लग्यौ खोज्न अब कत जाउ

ढुक्ढुकी यो बोल्छ फेरितिमी मात्र मेरी हौ

कानुन हातमा लिनेलाई छोडिन्न

कोइरालको पुत्री मोह

कालो चस्मा

बुद्धीबहादुर एक चर्चित डिपार्टमेन्टल स्टोर भित्र छिर्यो । र
एक एक गरी आफ्नो आवस्कताको समान र तिनको मुल्य सुची हेर्न थाल्यो । सबै सामान हरु उसको खल्तिको पहुच भन्दा टाढा थिए । एक घण्टा विभिन्न बस्तु हरुको अवलोकन गरेपनी कुनै वस्तु किनेन ।
काउन्टरमा उसको रित्तो सपिङटोकरि हेरेर पनि बिल थमाइयो । बुद्धी बहादुरले भन्यो-"अरे ! केही समान नकिनिकन यो बिल किन ? काउन्टर स्टाफले झर्किदै भनिन-"यती महगा बस्तुहरु सित्तैमा हेर्न पाईन्छ त?"
आज भोली बुद्धी बहादुर कालो चस्मा लगाएर हिड्छ। घाम बाट आँखालाई
बचाउन होइन। धुलो बाट बचाउन होइन। राम्रो सुहाएर पनि होइन । बरु हेर्दा
तिर्नुपर्ने मुल्य कम पर्छ कि भनेर ।
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका