सधै भरी हास्न खोज्थे तिमीले आँसु झार्यौ किन
तिम्रो मेरो आउने जाने बाटोहरू बार्यौ किन
मग्मगाउदा बास्ना छर्दै फुल बनी हृदयमा
फुलेका फुल उखेलेर काँडाहरु सार्यौ किन
जूनीजूनी साथ् दिन्छु हाम्रो प्रेमको निम्ती युद्ध
लड्छु भनी उठाएका हात त्यसै झार्यौ किन
भन्थ्यौ तिमी तिमीबिना सक्दिन म बाँच्न पनि
यतिसम्म निस्ठुर बनी आज माया मार्यौ किन
No comments:
Post a Comment