कालो चस्मा

Tuesday, September 8, 2009

बुद्धीबहादुर एक चर्चित डिपार्टमेन्टल स्टोर भित्र छिर्यो । र
एक एक गरी आफ्नो आवस्कताको समान र तिनको मुल्य सुची हेर्न थाल्यो । सबै सामान हरु उसको खल्तिको पहुच भन्दा टाढा थिए । एक घण्टा विभिन्न बस्तु हरुको अवलोकन गरेपनी कुनै वस्तु किनेन ।
काउन्टरमा उसको रित्तो सपिङटोकरि हेरेर पनि बिल थमाइयो । बुद्धी बहादुरले भन्यो-"अरे ! केही समान नकिनिकन यो बिल किन ? काउन्टर स्टाफले झर्किदै भनिन-"यती महगा बस्तुहरु सित्तैमा हेर्न पाईन्छ त?"
आज भोली बुद्धी बहादुर कालो चस्मा लगाएर हिड्छ। घाम बाट आँखालाई
बचाउन होइन। धुलो बाट बचाउन होइन। राम्रो सुहाएर पनि होइन । बरु हेर्दा
तिर्नुपर्ने मुल्य कम पर्छ कि भनेर ।

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका