मिस्टर स्विजरल्याण्ड !!

Wednesday, June 6, 2012


    हेर्या हेर्यैमा बित्यो समय । कहिले काही सभामुखले हुन्छ कि हुन्न भनेर ध्वनी मत लिदा कहिले दाँयाँ हात ठडाएर "हुन्छ" भनियो । कहिले बाँया हात उठाएर “हुँदैन” भनियो । मतदान हुँदा पार्टीले भनेकै ठाममा ल्याप्चे ठोकियो । एक पल्ट खुद आँफैले भोट हालेर राष्ट्रपती चुनियो । ठुला ठाममा आएसी ठुलै ब्यक्तित्वलाई चुन्न पाइने रैछ । हाम्रा मतदाताले हाम्लाई चुने जस्तै ति राष्ट्रपती हाम्रा मतदानले चुनिदा रैछन । इतिहाँसमै कसैले नचुन्या राष्ट्रपती आफुहर्ले चुन्न पाउदा खुशीले साह्रै गदगद भैयो ।
मैले स्वार्र पर्दा सारेर झ्यालको चुकुल खोले र बडो उत्सुकताको साथ स्विजरल्याण्ड बनेको नेपाल हेर्न झ्याल बाहिर आँखा कुदाएँ । तर बाहिर पनि नेपाललै थियो । मलाई बिरक्त लाग्यो । फेरी मनैले मनलाई सम्झायो-" आखिर मान्छेका घर, ढुङ्गा माटो , घाम हावा त जुनसुकै ल्याण्ड भए पनि उस्तै त हुन्छ नि ।"
प्रधानमन्त्री त कती पल्ट चुनियो अम्लै भाँच्नु पर्छ । एक पटक बडो तामझामका साथ बाघका जस्ता जुँगा भएका कामरेड स्विजरल्यान्डलाई चुनियो । लाग्यो, जहिल्यै चमत्कार जहिल्यै चमत्कार भनिरहने यिन्ले त भोली बिहान उठ्दा सम्म ठुलो उल्का गरी सक्छन । लाग्यो, भोली बिहान मर्निङ वाक जाँदा पनि म्याप लिएर जानु पर्छ कारण भोली बिहान सम्म नेपाल स्विजरल्याण्ड भैसकेको हुन्छ ।

लौन नेता जी !!


राजनीतिक सहमती भएर ब्युतिहाल्छन कि ! पैले प्रयास गर्नु परेन ??


घाम डुब्दैमा रात परीहाल्छ भन्ने के छ ??



बि माओबादी !!

Saturday, June 2, 2012


 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका