‘खानी’मा त हामी आफैं गरिहाल्छम् नि !!

Thursday, July 28, 2011

हैन, हजुरले ‘नखानी’ उद्योगमा लगानी गर्न मिल्दैन ? ‘खानी’मा त हामी आफैं गरिहाल्छम् नि !!

धरौटी सहायता बैंक

Wednesday, July 27, 2011

सुडान घोटाला काण्डमा अख्तियारको बाढी नेपाल प्रहरीतिर पसेपछि एक से एक सापहरु डुबानमा परेका छन् । तन्केर सलाम ठोक्नेहरुले निउरेर हतकडी लगाउदै सापहरुलाई खोरमा लैजान थालेका छन् । अख्तियारको प्रलयंकारी सक्रियताले सापहरुको उठीबास भएको छ र सुडान काण्डमा ज्युनार गरेका कुरा किलकिलीमा औला घुसारेर वान्ता गर्नुपर्ने स्थिति पैदा भएको छ ।
सापहरु जेल पर्ने कारण भ्रष्टाचार भनिएता पनि भ्रष्टाचार नै जेल पर्न पर्याप्त योग्यता पुग्ने भने रहेनछ । पहिलो कुरा त जति नै घुस दन्काए पनि गोजी भए पनि भुडी फुलाए पनि ती मानिस कुनै राजनीतिक दलसग आवद्ध रै’छन् भने त्यस्ता व्यक्तिलाई खोरमा इन्टि्र हुदो रहेनछ । कोही अगाडि मन्त्री भइसकेका रहेछन् भने उनको अस्वभाविक रुपमा गगनलाई चुम्न तम्सिएका घर बंगलाहरुको तला गनिदो रहेनछ । चिल्ला गाडी र अकुत सम्पत्तिको खोजी नीति नहुदो रहेछ । होस पनि त कसरी, पूव मन्त्री भइसक्या मान्छेहरुलाई यति जाबो सम्पत्ति जोडन्लाई कत्रो आइतबार ? मन्त्री भइसके्सी त्यसै जोडी हालिन्छ नि यति सम्पत्ति त भ्रंष्टाचारै गरिरहन पर्छ ?
त्यसैले त सापहरुसँगसँगै सुडानको सडानमा परेर दुगन्धित बने पनि अत्तर छरेर हरर बास्ना चलाउदै हिडिरहेका छन हाम्रा माननीय सम्माननीयहरु । भयो, कुरा छोडम त्यस्ता बास्नादार सडुवा माननीय सम्माननीयहरुका । अख्तियारले त छुन नसकेका त्यस्ता माननिय सम्माननीयहरुलाई म जस्ता गए गुज्रेको लेखकले कोट्याउने दुस्साहस गर्नु भनेको मुखता सिवाय केही होइन । त्यसैले कुरा गरुम सापहरुकै बरु ।
सुडानमा सडेका सापहरु धमाधम खोर पर्न थालेका छन् । तर सुडानमा सडिएका सापहरु जब जेलमै सडिएलान भन्ने सम्भावना चै कमै देख्या छ । कारण धमाधम धरौटी बुझाउदै सापहरु जेलबाट निस्कन थालेका छन् । तुरुन्त पैसा बुझाउन नसक्ने सापहरु मात्र केही दिन खोरमा बस्ने भएका छन् बाँकी त धमाधम निस्कन थाल्या छन् ।
आजकाल बहालवाला साप हर्ले आफ्नो कमइको केही अंश धरौटी तिर्नका लागि राख्न थालेका छन् रे । पछि धरौटी तिर्ने पैसाको अभावमा जेलमा सड्न नपरोस भनेर ह्वाहर्ले अलि बढी नै भ्रष्टाचार गरेर भएनी धरौटीका निम्ति रकम बचत गर्न थालेका छन् अरे । यस्तै हो भने सापहरुको दुरदर्शिताले एक दिन धरौटी सञ्चय कोष नै खोलिन बेर छैन । अनि धरौटी सहायता बैंक खोलेर सडिएका सापहरुलाई सेवा पुर्‍याउने जुक्ति पनि कसैमा फुरेको हुनुपर्छ । साच्चैनै भन्ने हो भने धरौटीमा गरिएको लगानी डुब्ने सम्भावना कमै हुन्छ । कारण धरौटी तिरेर सापहरु छुटे र एक महिना मात्र पदमा बहाल हुन सके भने पनि लगानीले राम्रो प्रतिफल दिइ हाल्यो । यस्तै बैंक खुलेको भए राना साप खोर जानै पर्थेन ।

(यस लेख बिश्वदीप साप्ताहिक मा प्रकाशित छ )

कती डिस्टर्व ??


                                   

कसरी तिर्नु १५ करोड ?

श्रीमान् ! १० करोड नि कमाउन नपाई निलम्बन गरे, कसरी तिर्नु १५ करोड ?

जुहारी

Tuesday, July 26, 2011


अल्पमत


अब चै


खोरिया बेचेर कोरिया गइयो !

प्रगति त गजबले भा’छ ! खोरिया बेचेर कोरिया गइयो ! कोरियामा कमाएर खोरिया किनियो !!


बेपार ठप्पै हुने भो

Monday, July 25, 2011

बेपार ठप्पै हुने भो ! यताभन्दा उता दोहोरी जम्न थालेछ !!

बजेट लिक

Wednesday, July 20, 2011


“अर्थमन्त्री ज्यू ।”
डाक्टर महत कुलनु भो
“यो के गर्‍या -”
“भूपू ज्यू”
मन्त्रीज्यूले भन्नु भो
“बजेट पढ्या”
देख्नु भएन
“किन पढ्नु हुन्छ -”
डाक्टर महत उप|mनु भो
“मैले पढिसके”
भन्नु भयो
“बिहान पत्रिकामा”
“किन पढनु भा त -”
मन्त्रीज्यूले भन्नु भो
“मैले हिजै भन्या“ हैन -”
थप्नु भो
“गोपनियता जोगाइदिनु भनेर ।”
“ए ˜˜”
डाक्टर महत जंगिनु भो
“तपैको गोपनियता अरुले जोगाइदिनु पर्ने -”
“मैले कहा“ भने मेरो गोपनियता जोगाइ दिनोस भनेर -”
मन्त्री ज्यूले भन्नु भो
“बजेटको पो त”
“भनेसी बजेटको गोपनियता मैले जोगाइदिनु परो -”
डाक्टर महत रन्किनु भो
“हैन मन्त्री तपै कि म -”
“मन्त्री त मै हो नि”
मन्त्रीज्यूले भन्नु भो
“कसले भन्यो तपै भनेर -”
“अनि गोपनियता जोगाउने तपैले कि मैले -”
डाक्टर महत झन्किनु भो
“अब सरकारको गोप्यता प्रतिपक्षीले जोगाउनु पर्ने -”
थप्नु भो
“हेर हात जोडेको लाज पचेको मान्छे”
“ल भयो”
मन्त्रीज्यूले भन्नु भो
“बजेट पढछु म सुन्नोस अब”
“म किन सुन्ने”
डाक्टर महतले पाखुरा र्सुकनु भो
“बिहान आफैले पत्रिकामा पढेको कुरा”
“त्यसो भए कान थुन्नोस तपै”
मन्त्री ज्यूले भन्नु भो
“अरुले सुन्छन्”
“तपै अपराधी हो”
डाक्टर महत दुवासा हुनु भो
“तपैलाई एक मिनेट सरकारमा बस्ने अधिकार छैन ”
“को अप्राधी ?”
मन्त्रीज्यूले भन्नु भयो
“बजेटै नआई बजेट छाप्या पत्रिका पढने तपाई अनि म कसरी अप्राधी भए ?”
थप्नु भो
“बरु तपै हो अपराधी”
-त्यसपछि डाक्टर महत जंगिदै गर्नु भो अर्थमन्त्री पढ्दै जानु भो)×
“अर्थमन्त्रीज्यू”
डाक्टर भट्टर्राईले भन्नु भो
“कस्तो काइते बजेट ल्या को यो ?”
थप्नु भो
“यो त दिशाहिन भयो”
“त्यहि त”
मन्त्री ज्यूले भन्नु भो
“बजेटा थुप्रै शौचालय निर्माण गर्ने कुरा उल्लेख छ ।”
सोध्नु भो
“शौचालय निर्माण गरेसी दिशा कहा हुन्छ ?”
डाक्टर भट्टर्राईले भन्नु भो
“शौचालयमा”
“हो” मन्त्रीज्यूले भन्नुभो
“अनि शौचालयमा हुने दिशा कसरी हुन्छ त बजेटा ?”
थप्नु भो
“हो कि हैन -”
“अनि मन्त्रीज्यू”
डाक्टर भट्टर्राईले भन्नुभो
“बजेट कहाबाट चुइयो ?”
“पोहोर तपैहर्ले ब्रिफकेस फुटाको हो कि हैन ?”
मन्त्री ज्यूले भन्नु भो
“त्यो भन्नोस पैला”
“हो”
डाक्टर भट्टर्राईले भन्नुभो
“हाम्रा केटाहरुले लात हानेर झिरिप पारेका थिए”
“हो ˜˜”
मन्त्रीज्यूले भन्नु भो
“त्यहि तपैहरुले फुटाको ठामबाट चुइयो ।”


(यस लेख बिश्वदीप साप्ताहिकमा प्रकाशित छ )

बजेट कहाँ बाट पोखियो ??

Sunday, July 17, 2011


बजेट


अनि किन नडुबोस् त बैंक ??


                                                       असारदेखि पानी प-याप-यै छ,
                                      अनि किन नडुबोस् त बैंक ! !

अझै पानीमा लगानी ??

यसै त भकाभक बैंक डुबिरा’छन् । अझै पानीमा लगानी ??


नोटै नक्कली दिन्छन

नोटै नक्कली दिन्छन् त भ्याट बिल कसरी सक्कली काट्नु ?

कलेज बजार

Saturday, July 16, 2011

सिजन र उपभोक्ताको माग अनुरुप बजार परिवर्तन हुदै जादो रहेछ । दसैको बेलामा खसी बजारले ठूलो स्कोप लिएको हुन्छ । चुनावको बेलामा मतदाता बजारको चहलपहल बेग्लै हुन्छ । प्रधानमन्त्री छान्ने बेलामा सभासदको बजारको कुरा गरी साध्य छैन । महाधिवेशनको समयमा पार्टी प्रतिनिधिको बजार अझ कुरा नगरुम । बरु अहिले कलेज बजारकै कुरा गरुम किनकि अहिले सिजन कलेज बजारकै छ । कुराको सिजनेबल आइटम अलि मिठो पनि हुन्छ ।
एसेल्सीको रिजल्ट पछि कलेज बजारका उपभोक्ताहरु ह्वात्तै बढेका छन् । उपभोक्ता बढेकैले बजारमा राम्रो सम्भावना बढेको छ कलेज बजारमा । यहि सम्भावनालाई क्याच गर्न । यहि मौकालाई झयाप पार्न कलेज बजारमा थुप्रै साउजीहरु ओइरिएका छन् र सबै साउजीहरु शिक्षा बेच्नका निम्ति तछाड मछाड गरिरहेका छन् । साउजीहरुले थुप्रो लगानी ओइराएका छन् कलेज बजारमा । लगानी अनुसार कलेजहरुका स्तर निर्धारण भएको छ । त्यहि स्तर अनुसार यहा फाइव स्टार कलेजदेखि ठूलाठूला डिपार्टमेन्टल र सुपर कलेजहरु खुलेका छन् । फाइभ स्टार कलेजको पारा बेग्लै छ । त्यहा गेम, स्वीमिङ पुलदेखि लिएर क्यान्टिनमा चौरासी ब्यन्जन देखि क्यासिनो समेत त्यहि हुन्छ । त्यहा क्यासिनो भन्नाले कलेजको लेखा शाखालाई बुझाउ“छ जहा“ अभिभावकको पैसा स्वाहा पारिन्छ । फाइभ स्टार भएपछि अब साने बेग्लै । सुविधा के मात्रै राख्न बाकी राख्या छ ? मात्र बन्क हान्ने विद्यार्थीलाई कलेजकै गाडीमा राखेर फिल्म हल पुर्‍याइ दिने बाहेक । फाइभ स्टार कलेज भएपछि पारा पनि फाइभ स्टार होटलकै छन् । जसरी स्टार होटल हर्ले एयरपोर्टबाट पर्यटक तानेर जबरजस्ती गाडीमा लगि होटलमा बसाउछन् । त्यसैगरी यी तारे कलेज हर्ले नी डिस्टिक्सन वाला विद्यार्थीहरुलाई घरै आएर तानेर लैजान्छन् र भर्ना गराउछन् र भन्न लगाउछन् ‘मैले त यो कलेज भर्ना गरे तपैले नी ?’
अब सुपरकलेजका कुरा गरुम । सुपर कलेजले सुपर मार्केट झै चिरिच्याट पारेर सजिसजाउ गर्छन् । सुपर मार्केटले पुत्लालाई कपडा पहिराएर ग्राहक आकषिर्त गरेझै हाम्रा प्रोफेसर साप र शिक्षाविद्हरुलाई सल्लाहकारको पगरी गुथाएर ग्राहक आकषिर्त गरिरहेका छन् । यता प्रोफेसर सापहरु पनि पुत्ला बन्नुमा मख्ख छन् । बजारमा व्यक्तित्व बेचेर पैसा कमाउने मौकालाई चुकाउन चाहेका छैन्न उहाहर्ले ।
कलेज बजार स्टार र सुपर कलेजमा मात्र सीमित छैनन् । होलसेल कलेज, खुद्रा कलेज हुदै नांग्ले कलेजसम्म पुगेको छ कलेज बजार । अब बाकी छ रिक्सामा साइन बोर्ड टासेर घुम्ति कलेज खोलेर ‘लौ किन्नोस हजुर तात्तातो शिक्षा’ भन्न । हेर्दै जानोस कुनै दिन एउटा सटर खाली रहेछ भने पनि भाडामा लिएर कलेज खोल्न बेर छैन । वाह गज्जबकै छ कलेज बजार ?

प्रधानमन्त्री को परिक्षा

Saturday, July 9, 2011

एउटा खर्दारकै जागिर खान पनि लोकसेवा आयोगमा जाँच दिनुपर्छ । रातभर लगाएर सामान्य ज्ञान पढनु पर्छ । तिथिमिति कण्ठ पार्नुपर्छ । एउटा विद्यार्थी कै कुरा गरौ उ ठूलो मान्छे हुने क्रममा जीवनमा कयौं परिक्षाको सामना गर्छ । तर देशको ठूलो र र्सवाधिक आकर्षाको पद प्रधानमन्त्री बन्न कुनै लिखित परिक्षा दिनुपर्ने प्रावधान छैन । साच्चै प्रधानमन्त्रीको परिक्षा गर्ने हो भने त्यसको प्रश्न पत्र कस्तो होला – त्यो पक्कै पनि यस्तो हुनुपर्छ ।
विषय प्रधानमन्त्री
पूर्णाक ६०१
उत्तीर्णाक ३०१
सबै प्रश्नहरु अनिवार्य छन् ।
१. प्रधानमन्त्रीको परिभाषा दिनुहोस । यसले देश, जनता, तपाईको व्यक्तिगत जीवन, परिवार तथा नातागोताको जीवनमा कस्तो परिवर्तन आउछ विवेचनात्मक उत्तर दिनुहोस ।
२. प्रंधानमन्त्री बन्नका निमित तपाईले पार्टीभित्र र बाहिर गर्नुपरेको संर्घषबारे उल्लेख गर्दै काइदाको भाषण लेख्नोस् ।
३. सहमतिको सरकार र बहुमतीय सरकार, आफू प्रधानमन्त्री हुँदाको अवस्था र अर्को प्रधानमन्त्री हुँदाको अवस्था बीच फरक छुट्याउनु होस् ।
४. इतिहासमा प्रधानमन्त्री बन्नका लागि भएका उल्लेखनीय अभ्यास, प्रयत्न र जमर्को बारे चर्चा गर्नुहोस ।
५. असफलता नै सफलताको जननी हो कृष्णप्रसाद भट्टर्राई र माधव नेपालको उदाहरण दिएर सम्झाउँदै रामचन्द्र पौडेललाई एउटा चिठी लेख्नुहोस ।
६. सप्रसंग व्याख्या गर्नुहोस् ।
क. को हो त्यो रुक्मांग कटुवाल -
ख. एमालेका कार्यकर्ताको टाउको माटाका हाडी होइन ताकि उनीहरुलाई रहर लाग्दैमा पट्टि बाधेर हाडी फुर्टाई खेलुन ।
ग. स्याबास महेश बस्नेत
घ. हत्यार खोलाले बगायो
७. सपथ खाने तरिका बारे छोटकरीमा लेख्नु होस । प्रधानमन्त्री चुनिएर शपथ खान जाँदै गरेको अवस्थाको कल्पना गर्दै एउटा मनोबाद लेख्नुहोस ।
८. मानिलिउँ तपाई इतिहासको त्यस्तो काल खण्डमा हुनुहुन्छ जहा महाराजले शासन सत्ता आफ्नो हातमा लिइबक्सेर प्रधानमन्त्रीका लागि स्वच्छ छविको व्यक्तिबाट दरखास्त आह्वान गरे । अब त्यो पद आफैलाई दिन बिन्ति गर्दै आफू स्वच्छ छविको भएको दुइ चारोटा उदाहरण पेस गर्दै नेपाली शैलीमा बिन्तिपत्र लेख्नुहोस ।
९. राजीनामा र भुताहा सिनेमा बीच गोटा पाँचेक समानता र गोटा पाँचेक भिन्नता लेख्नुहोस । ‘मत कुर्सी छोडिदिन्थे नि कुर्सिले नै मलाई छोडदैन’ भन्दै विपक्षीको नाममा पत्र लेख्नु होस ।
१०. रिबन काटने, पानस बाल्ने तथा आफन्त भर्ती कला बारे एक दुइ अनुच्छेद लेख्नुहोस ।
११. तलका मध्ये कुनै दुइ विषयमा हास्य निबन्ध लेख्नुहोस ।
क. राष्ट्रिय सहमति
२. सत्तरी वर्ष युवा नेता
३. गौरवशाली पार्टी. अर्जुन दृष्टि
५. विदेशी प्रभु

मानार्थ उपाधि

Wednesday, July 6, 2011

पोहोर साल कामरेड केपी ओली सहितका एक टुकडीलाई मानार्थ विद्यावारिधी मिल्याथ्यो । सुनियाथ्यो कति दिन ‘डा. केपी ओली’ लेख्नु भो रे उहाँले । ग्रिनफोर्ड युनिभर्सिटीबाट प्राप्त विद्यावारिधी नक्कली भन्ने थाहा पाएसी उहाँसँगै विद्यावारिधी पाएका हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले माफी माग्नु भयो तर हास्य नेता केपी वलीज्यूले माफी माग्नु भएन । माग्नु पनि त किन हास्य अभिनेताहरुले त पर्दामा दर्शक हँसाउने हुन् । पर्दा पछाडि उहाँहरुको वास्तविक जीवन हुन्छ । वास्तविक जीवनमा इज्जत, प्रतिष्ठा, विवेक हुन्छ । र माफी माग्छन अब नेताको केस बेग्लै छ । उनीहरु पर्दामा दर्शक हँसाउदैननन्. । बरु वास्तविक जीवनमा दुनिया हँसाउछन् । नक्कली युनिभर्सिटीको नक्कली ड्रि्री लिएर दुनिया हँसाइएको छ । नेता भएसी कामै दुनिया हँसाउने छ भने किन माग्ने माफी दुनिया हँसाएकोमा ? आफ्नो दैनिक कामैमा माफी माग्न थाल्ने हो भने त लाइफै माफी मागेर बित्नेछ । यो पाटोलाई चाहि यहि निर छाडम् ।
झिना मसिना कुरा भन्दा मुल कुरा तर्फ मोडिउम अब । किनकि पीएचडी, ग्रिन फोर्ड, केपी ओली, माफी जस्ता कुरा अलि पुराना भइसकेका छन् । तर मानार्थ उपाधिको कुरा ऐलै पनि ताजै छ । मानार्थ उपाधि त्यस्तो उपाधि हो जुन सम्बन्धित क्षेत्रमा लन्ठुराम हर्लाई पनि दिइन्छ । कामरेड ओलीले पीएचडी पाउनु जस्तै ।
केही दिनअघि मात्रै ‘रातो र चन्द्र र्सुय’ नामक गितका र्सजकहरुलाई मानार्थ लप्टन (लेप्टिनेन्ट) उपाधि दियो नेपाली सेनाले । लु हेर्नोस त सेनामा एउटा सिपाई बन्न र कत्राकत्रा शारीरिक र बौधिक परिक्षा उत्तीणा गर्नुपर्छ । छाती नाप्न पर्छ, दौड्नु पर्छ, बन्दुक चलाउन जान्नु पर्छ । कसरत गरेर ज्यान बनाउनु पर्छ । पोका बोक्नु पर्छ । हाकिमको लात भेटनु पर्छ । खप्की खानुपर्छ तर गीत लेख्या भराँ हारमो नियम बजा’र लय निकाल्या भराँ र गित गाएकै भराँ सेकेन्ड लेफ्टीनेन्ट। फेरी सेनामा प्रवेशको लागि त उमेरको हदबन्दी पनि हुनु पर्ने हो क्यार तर ह्या त उमेरको कुरा छोडिदिम् सम्पूर्ण उमेर भुक्तान गरी परलोक पुगेर वर्षो पिन्ड ज्युनार गरिसकेका गोपालप्रसाद रिजाल पनि लेफ्टीनेन्ट । वाह क्या काइताको छ यो मानार्थ पदक ।
यो मानार्थको काइता पक्ष भनेको यो छ कि यो जसलाई पनि दिन सकिने । त्यसैले सुपरल्याठ हर्ले मानार्थ पिएचडी प्राप्त गर्न सक्छन् । खुट्टा नभएकाहरुले मानार्थ धावकको उपाधि पाउन सक्छन् । सिंह नभएको गोरुले मानार्थ तिखेको उपाधि पाउन सक्छ । डनहरु मानार्थ सन्त कहलिन सक्छन् । जड्याहाहरु मानार्थ पुरोहित बाजे हुन सक्छन् । व्यभिचारीहरु मानार्थ सदाचारी हुन्छ । दिनेको क्यै जाने हैन । दिनेले दिए भो लिनेले लिए भो । साच्चै गज्जपको छ मानार्थ उपाधि । यस्तैमा चोरहरुलाई मानार्थ प्रहरीको उपाधि दिन के बेर । मानार्थ उपाधि पदमा मात्रै होइन सम्बन्धमा पनि आयो भने के होला ? कुनै महिलाले कुनै पुरुषलाई मानार्थ पति घोषणा गर्लिन । कुनै पुरुषले कुनै महिलालाई मानार्थ पत्नी घोषणा गर्ला । कोही मानार्थ बाबु होला कोही मानार्थ आमा होलिन । त्यो भन्दा बढी प्रधानमन्त्रीका लाग मरिहत्ते गर्ने सबैलाई मानार्थ प्रधानमन्त्री बनाए कसो होला ? खैले खत्तम हुने थियो । नेपालमा यत्रो लोडसेडिङ भैरा बेला मानार्थ झिलिमिली बनाइदै हुने थियो । संविधान बन्न लास्टै गारो भै’रा छ यस्तौ कुनै कितापलाई मानार्थ संविधान भनिदिए के होला ?

Offer


हजारी

Tuesday, July 5, 2011

 
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका