अचार संहिता

Friday, June 28, 2013

चुनाबको मिती घोषणा भएपछी दलहरु प्रचारका लागी दाम्लो छिनाएर बुर्कुसी मार्न थाल्छन । यो बुर्कुसी मार्ने क्रममा उनीहरु ककल्लाई लछार्छन ककल्लाई पछार्छन अनि ककल्लाई कुल्चिन्छन पत्तै हुन्न । अहिले नि चुनावको मिती घोसणा भैसकेको छ र दलहरु दाम्लो छिनाएर बुर्कुसी मारेका छन । यसरी बुर्कुसी मार्दै अनियन्त्रित हुने गरेका दलहरुलाई नियन्त्रण गर्ने काइदाको रुपमा निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागु गर्छ र यसको चर्चा नि खुबै हुन्छ चुनाबी समयमा ।

त्यो आचार संहिताको नया मस्यौदा प्रस्तुत गरेको छ निर्वाचन आयोगले जसले खर्च गर्ने हेलिकप्टर प्लेन चड्ने देखि लिएर गाली गलौज गर्न नपाइने सम्म आचार संहितामा उल्लेख गर्या छ । यसो हेर्दा यो आचार संहिता संहिता नभएर मिठो कल्पना संग्रह जस्तो लाग्छ । अव चुनावमा गालि गर्नै नपाएसी के चुनाव भयो र ? सत्तोसराप नै नगरेसी के राजनिती भयो र ? त्यसैले लाग्छ यो कतै आचारसंहिता नभएर अचार संहिता पो हो की | पेट नभरे नि थरि थरी स्वाद दिने । 

नुनिलो स्वाद :
निर्वाचन आयोगले १० लाख भन्दा खर्च गर्न नपाईने भन्यो । चुनावमा जाने सुकालाल हरुले ट्वाक्क जिप्रो पड्काए र भने -" खुच्चीम " । धनीलालहरुलाई यो नुन चर्को अचार जस्तो भो । ए रात्तै पैसो नै नलिकन कसरी भोट माग्ने ? अर्काथरीले भने जनताले पत्याएसी त्यसै भोट दिन्छन । भोट पनि किन्ने कुरा हो ? अर्का थरिका कुरै बेग्लै, भने -" जनताबाट केही कुरा नि त्यसै लिन हुन्न । त्यसमाथी भोट जस्तो अमुल्य कुरा ।" अर्काथरी अलि इमान्दारको बुझाइ छ । जनताबाट फिरीमा भोट लिने कहाँ हो र ? अहिले भोट लिने पछी संबिधान दिने । धनीलालहरुको तर्क होला -" खुपै । अब नि संबिधान दिन्छु भन्दा पत्याउलान नि जनताले ?


तर जे होस पैसो खर्च नगरी चुनाव जित्नु भनेको रासायनिक मल प्रयोग नगरी अन्न फलाउनु जस्तै हो । यसको फाइदै फाइदा छ । पैसो खर्च नगरी चुनाव जित्दा कमसेकम त्यो पैसो जुटाउन भनेर भ्रस्ट्राचार गरिरहनु परेन । अब भ्रस्ट्राचार नगरेसी अर्को पटक चुनाव जित्ने सम्भाबना नि प्रवल । 

अमिलो स्वाद :
चुनावमा गालीगलौज गर्न नपाउनु जस्तो नरमाइलो के होला ? अब गालि गर्नै नपाएसी झोक चल्दा के गर्ने ? सिधै कुट्ने ? कुट्दा नि आफु भन्दा कमजोर रहेछ भने त ठिकै छ । अलियो छ भने ? आफै कुटाइ खाने ? 

पिरो स्वाद : 
अब चुनाव प्रचार गर्न हेलिकप्टर ,हावाइजहाज चार्टर गर्न जान नपाईने रे । अनी प्रचन्ड केमा जान्छन चुनाव प्रचारमा ? अनी सुसिलले के लिफ्त पाउछन ? के निर्वाचन आयोगले पुष्पक बिमान को बेबस्था गर्छ ?

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका