ताला

Wednesday, June 19, 2013

"कामरेड अभिबादन । "
बिहान सबेरै सटर अगाडी टुप्लुक्क आइपुगेका बैध्यबालाई पसलेले भन्यो ।
"के सेवा गरुम ।"

"हाम्रो महान क्रान्तीकारी पार्टीको क्रान्तिकारी नेताले सेवा चाहदैन भनेर भन्नोस ।"
बैध्यबाले भने ।
"बरु बिक्री गर्नोस भनेर भन्नोस ।"

"हुन्छ कामरेड |"
साउजीले भने ।
"बरु भन्नोस, के चाइयो ?"

"ताला  दिनोस एक ट्रक ।"
बैध्यबाले भने ।
"अबको आन्दोलन देश ब्यापी बनाउनु पर्छ भनेर भन्नोस ।"


"त्यत्रो त छैन हजुर ।"
साउजीले भने ।
"यता सुन ब्यबसायीको तालाबन्दी । उता तपाईंकै बयालिस दलको आन्दोलन । कती तालाले पुग्नु ?"

"यस्तो सिजनमा पर्याप्त ताला आयत गर्नु पर्दैन त ? "
बैध्यबाले भने ।
"जती छ त्यती दिनोस ।"

"यही एउटा छ ।"
साहुजीले ताला दिदै भने ।
"यही लानोस ?"

"यो त अत्ती भो । खै बाहिर निस्कनुस ।"
बैध्यबाले भने ।
"यही लगाइदिन्छु यो ताला ।"
कड्किए ।
"पैसो तिर्दा नि पर्याप्त किन्न नपाईने ?"

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका