कुर्सिको डर !

Thursday, July 26, 2012


नेताहरु कुर्सी भनेपछी मरिहत्ते गर्छन । भनिन्छ कुर्सी भएसी उनिहरुलाई केही चाहिदैन । कुर्सिकै लागी बाच्छन कुर्सीकै लागि मर्छन । लड्छन त कुर्सीकै लागी । उनिहरुका लागी कुर्सी सबै भन्दा प्रिय कुरा हुन्छ । कुर्सी बिना उनिहरुको जीवन नै अधुरो हुन्छ ।
तर एकजना नेताको कुर्सी भने पछी सातो जान्छ । ति पनि चानचुने खालका र कुर्सिको आसै मार्नु पर्ने खालका नेता होइनन ।  ति त हुन माओबादी अध्यक्ष कामरेड प्रचन्ड । जो अहिले कुर्सी सग डराउनु हुन्छ । त्यसो त उहा पहिले देखी नै कुर्सी फोबिया भएका नेता भने होइन समयले उहालाई कुर्सी देख्दा सातो जाने पर्दियो .

मान्छे किसिमका हतियार



क्रान्तिकारी गीत छ , हात मा कलम हुने हरु कलम लिएर उठ बाजा बजाउन जान्ने हरु बाजा लिएर उथ । हात मा औजार हुने हरु औजार लिएर उठ हात मा केही नहुने हरु आवाज लिएर उठ । अस्ती एमाओबादी मा त्यस्तै भयो । जब बिस्तारित् बैठक मा अस्ती बबाल भयो सबै आफुसग भएका हतियार हरु लिएर उठे । यसै क्रम मा प्रचन्ड यो बेला सबै कुरा बाट रित्तिएका हात मा केही नभाको परे उनी झापाको देबिप्रसद झै चड्कन्लिएर उठे । र बाबुराम माथि जाइ लागे । यता बाबुराम झन के कम ? उहालाइ त नपुग्दो भन्ने नै के थियो र ? सबै भन्दा ठुलो कुरा उहा सग कुर्सी थियो त्यही लिएर उठ्नु भयो र जाइ लाग्नु भयो । 

१३ करोड नाफा !

Thursday, July 5, 2012

"ओइ ह्यान्ड्स अप !"
एक भुँडीवाललाई लुटेराले पेस्तोल ताक्दै भन्यो । 
"के के छ सब मलाई दे !"
भुँडीवाल तर्सेन बरु उल्टै मरीमरी हाँस्न थाल्यो । 
लुटेरा जङ्गियो र भन्यो -
"हैन छँटाइस कि क्या हो ? किन हास्छस ??"
भुँडीवालले भन्यो -
" म आयल निगम हुँ भन्ने चिनिनस कि क्या हो ?"
"हँ ? आयल निगम रे ?"
लुटेराले आत्मसमर्पण गर्दै भन्यो -
"त्यसो भए यो काम त मेरो भन्दा पनि बढी तपाईंको पो हो त !"
त्यसपछी लुटेराले आफ्नो पेस्तोल र लुटिएको धनमालको पोको पनि भुँडीवाल लाई जिम्मा लगायो । पोको मा लेखिएको थियो -
"१३ करोड नाफा !"
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका