नेताहरु कुर्सी
भनेपछी मरिहत्ते गर्छन । भनिन्छ कुर्सी भएसी उनिहरुलाई केही चाहिदैन । कुर्सिकै
लागी बाच्छन कुर्सीकै लागि मर्छन । लड्छन त कुर्सीकै लागी । उनिहरुका लागी कुर्सी
सबै भन्दा प्रिय कुरा हुन्छ । कुर्सी बिना उनिहरुको जीवन नै अधुरो हुन्छ ।
तर एकजना नेताको
कुर्सी भने पछी सातो जान्छ । ति पनि चानचुने खालका र कुर्सिको आसै मार्नु पर्ने
खालका नेता होइनन । ति त हुन माओबादी
अध्यक्ष कामरेड प्रचन्ड । जो अहिले कुर्सी सग डराउनु हुन्छ । त्यसो त उहा पहिले
देखी नै कुर्सी फोबिया भएका नेता भने होइन समयले उहालाई कुर्सी देख्दा सातो जाने
पर्दियो .
जब उहा
प्रधानमन्त्री हुनु भएथ्यो । कट्टुवाल लाई किक हान्न खोज्दा कुर्सी बाट नराम्ररी
पछारिनु भयो । त्यसपछी उहा आँफैलाई लडाउने कुर्सी को लागी लड्नु सम्म लड्नु भो
। यसक्रम मा धेरै नै पछारिनु भयो ।
पछारिने उठ्ने , पछारिने उठ्ने क्रममा उनको ब्यक्तिव धुजा धुजा
भयो । पछी कुर्सी कै लागि रामचन्द्र सग दर्जनौ पटक लड्नुभो र त्यतिनै पटक पछारिनु
भो ।
उहाले कुर्सीलाई
चाहनु भए पनि कुर्सीले उहालाई चाहेन । उहा लड्या लड्यै मात्रा गर्नु भो । कुर्सी
हेर्दा हेर्दाइ बाबुराम को भयो । ढल्ने आसमा जती कुरे पानी बाबुराम सरकार ढलेन ।
उहालाई दिक्क लाग्यो ।
अन्तिममा बाबुराम
सग उहाको ठाकठुक पर्यो । त्यही झोकमा बाबुरामले कुर्सीको झट्टी हानिदिने । उहाको
हंसले ठाउँ छोड्यो ए रात्तै । कुर्सिले त हान्ने काम पनि हुदो रैछ कुर्सीले त
गोद्दो पो रैछ । त्यसपछी उहालाई कुर्सी देख्यो कि डर लाग्छ । पर भाग्नु हुन्छ ।
1 comment:
गोप्य खबर पत्ता लाएछन । उसो त नेता कुर्सीसँग डराउलान भन्नी हाम्लाई चैं नलाग्या स्थिति हो ।
Post a Comment