१३ करोड नाफा !

Thursday, July 5, 2012

"ओइ ह्यान्ड्स अप !"
एक भुँडीवाललाई लुटेराले पेस्तोल ताक्दै भन्यो । 
"के के छ सब मलाई दे !"
भुँडीवाल तर्सेन बरु उल्टै मरीमरी हाँस्न थाल्यो । 
लुटेरा जङ्गियो र भन्यो -
"हैन छँटाइस कि क्या हो ? किन हास्छस ??"
भुँडीवालले भन्यो -
" म आयल निगम हुँ भन्ने चिनिनस कि क्या हो ?"
"हँ ? आयल निगम रे ?"
लुटेराले आत्मसमर्पण गर्दै भन्यो -
"त्यसो भए यो काम त मेरो भन्दा पनि बढी तपाईंको पो हो त !"
त्यसपछी लुटेराले आफ्नो पेस्तोल र लुटिएको धनमालको पोको पनि भुँडीवाल लाई जिम्मा लगायो । पोको मा लेखिएको थियो -
"१३ करोड नाफा !"

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका