अचार संहिता

Friday, June 28, 2013

चुनाबको मिती घोषणा भएपछी दलहरु प्रचारका लागी दाम्लो छिनाएर बुर्कुसी मार्न थाल्छन । यो बुर्कुसी मार्ने क्रममा उनीहरु ककल्लाई लछार्छन ककल्लाई पछार्छन अनि ककल्लाई कुल्चिन्छन पत्तै हुन्न । अहिले नि चुनावको मिती घोसणा भैसकेको छ र दलहरु दाम्लो छिनाएर बुर्कुसी मारेका छन । यसरी बुर्कुसी मार्दै अनियन्त्रित हुने गरेका दलहरुलाई नियन्त्रण गर्ने काइदाको रुपमा निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागु गर्छ र यसको चर्चा नि खुबै हुन्छ चुनाबी समयमा ।

त्यो आचार संहिताको नया मस्यौदा प्रस्तुत गरेको छ निर्वाचन आयोगले जसले खर्च गर्ने हेलिकप्टर प्लेन चड्ने देखि लिएर गाली गलौज गर्न नपाइने सम्म आचार संहितामा उल्लेख गर्या छ । यसो हेर्दा यो आचार संहिता संहिता नभएर मिठो कल्पना संग्रह जस्तो लाग्छ । अव चुनावमा गालि गर्नै नपाएसी के चुनाव भयो र ? सत्तोसराप नै नगरेसी के राजनिती भयो र ? त्यसैले लाग्छ यो कतै आचारसंहिता नभएर अचार संहिता पो हो की | पेट नभरे नि थरि थरी स्वाद दिने । 

नुनिलो स्वाद :
निर्वाचन आयोगले १० लाख भन्दा खर्च गर्न नपाईने भन्यो । चुनावमा जाने सुकालाल हरुले ट्वाक्क जिप्रो पड्काए र भने -" खुच्चीम " । धनीलालहरुलाई यो नुन चर्को अचार जस्तो भो । ए रात्तै पैसो नै नलिकन कसरी भोट माग्ने ? अर्काथरीले भने जनताले पत्याएसी त्यसै भोट दिन्छन । भोट पनि किन्ने कुरा हो ? अर्का थरिका कुरै बेग्लै, भने -" जनताबाट केही कुरा नि त्यसै लिन हुन्न । त्यसमाथी भोट जस्तो अमुल्य कुरा ।" अर्काथरी अलि इमान्दारको बुझाइ छ । जनताबाट फिरीमा भोट लिने कहाँ हो र ? अहिले भोट लिने पछी संबिधान दिने । धनीलालहरुको तर्क होला -" खुपै । अब नि संबिधान दिन्छु भन्दा पत्याउलान नि जनताले ?

ताला

Wednesday, June 19, 2013

"कामरेड अभिबादन । "
बिहान सबेरै सटर अगाडी टुप्लुक्क आइपुगेका बैध्यबालाई पसलेले भन्यो ।
"के सेवा गरुम ।"

"हाम्रो महान क्रान्तीकारी पार्टीको क्रान्तिकारी नेताले सेवा चाहदैन भनेर भन्नोस ।"
बैध्यबाले भने ।
"बरु बिक्री गर्नोस भनेर भन्नोस ।"

"हुन्छ कामरेड |"
साउजीले भने ।
"बरु भन्नोस, के चाइयो ?"

"ताला  दिनोस एक ट्रक ।"
बैध्यबाले भने ।
"अबको आन्दोलन देश ब्यापी बनाउनु पर्छ भनेर भन्नोस ।"

चुनाव नहुनुको बेफाइदा ।

बेलामा चुनाव भएको भए संबिधान बन्थ्यो नै भने पक्का थिएन । तर चुनाव भएको भए फाईदा भने अवस्य हुन्थ्यो । कसैगरी फाईदा भइहालेछ भने पनि घाटा चाही हुन्थेन । किनभने अहिले लगातार परीरहेको झरीले कम्ता दु:ख दिरहेको छैन मान्छेलाई । अहिले चुनाव भएको भए माओबादी अधक्ष प्रचन्डले भनेझै मससुन ढिला सुरु हुन्थ्यो । पानी ढिलो पर्थ्यो । अहिले झरिले यती सम्म बिध्वंस मच्चाउने थिएन । असारको लास्ट तिर मात्र रोपाइ अनी खेतीपातीको काम हुन्छ । सुरुमा त असारे धान भित्र्याउने काम हुन्छ । यस्तो बेलामा किन चाइयाथ्यो पानी ? किन चाइयाथियो मनसुन । बेकारमा दार्चुलामा बाढीले त्यत्रो क्षती हुने थिएन । धन-जनको खती हुने थिएन ।

माओबादीले त भन्या भन्यै थिको असारमै चुनाव हुनु पर्छ भनेर । बिध्वंसबाट आएको पार्टीले बिधवंस नै रोक्न यसो भन्यो होला भनेर कसले पत्यायो र ? आखिर चुनाव भएन । चुनाव नभएसी मनसुन फुर्सदिलो भो । काम पाएन । क्यार्नी त भन्यो छिट्टै आयो । खेतीको समय आएको भए पो मनसुन काममा आउथ्यो । छिट्टै आएको मनसुनले काम पाएन । उपद्रोमा लाग्यो ।

टुटुल्को !

Thursday, June 13, 2013


जहाँ इच्छा त्यहाँ उपाय |

Wednesday, June 12, 2013


हाम्रो शिक्षा जसले बाँच्न सिकाउदैंन बरु मर्न सिकाउछ |



‘उसिनेको आलु’ डाइलगमा नेताहरु !


"नेता भनेको त यी यस्तो जुँगावाला हुनु पर्छ ।"
जुंगामा ताउ लगाउदै प्रचण्डले भने ।
"दारी त बोकाको नि हुन्छ ।"

"उसको त उ हुनु पर्छ ।"
सुसिलदा'ले जंगिदै भने ।
"उ त उसको नि हुन्छ ।"

"बोली हेर न | बुझे मारिदिनु ।"
देउबाजीले खिस्याए जसरी खितखित हाँस्दै भने ।
"थेगो त 'भन्देखिनलाई' पो हुनु पर्छ त ।"
थपे ।
"उलाला त डर्टी पिक्चरकी बिध्या बालनले नि भनिदिन्छिन ।"

"उदाहरण भन्या त नेपाली पो दिनु पर्छ त"
राष्ट्रियता छाट्दै कामरेड झलानाथले भने ।
"हिन्दी उदाहरण त रामचन्द्र झाले नि दिन्छन ।"
थपे ।
"दिल्ली गाको फुर्ती लागाइहाले । आफ्नो नि बुझे मारीदिनु । अर्कालाई भन्छन ।"  

रिमोट लिएर ब्यापार !

Sunday, June 9, 2013


किन चाइयो बोर्ड ?


चिन्ता निहुको !

Saturday, June 8, 2013


खिरारेको चुनाव

Wednesday, June 5, 2013

          जोस्याउनेले जोस्याए, जोसिने जोस्सिए । सर्बोच्चबाट झिटिझाम्टा बोकेर खिरारे सिंहदरबार पसे । मिसन चुनावको । उठ्नेहरु उठ्न तम्सिए । बस्नेहरु बस्न तम्सिए । नेताहरु गाम पस्न पर्ने भएसी भुडी घटाउन मर्निंग वाक जान थाले । लजाउनेहरु पाचक र बुर्काको जोहो गर्न थाले । चुनाव हुने भएसी राजनीतिक प्राणिहरु एक्कासी सक्रिय देखिन थाले ।
सबका सब दलहरु र नेताहरु चुनावी सर्दमको जोहो गर्न थाले । कोही भाटा बनाम्न लागे । कोही चन्दा उठाम्न । जनताकहाँ जाँदा बोल्ने बोलि मिठो र चिल्लो बनाउन कतिले आफ्ना रुद्रघन्टिमा तेल घस्न थाले । जनताकहाँ जादाँ यो कुरा मैल्यै गरेको हुँ भन्ने देखाम्न आफ्ना क्षेत्रको बिकाश निर्माणको लगत राख्न थाले । अरुलाई सराप्नु पर्ने गालिहरुको महाकाब्य नै रचना गर्न थाले कोही । कोही  त्यसैलाई टुप्पी बाँधेर पढ्न थाले । आफ्नो आंगको भैसी लुकाएर अर्काको आंगको जुम्रा कसरी हाइलाइट गर्ने हो सो को ट्रेनिङ लिन भर्ना भए कोही ।


यसरी चुनावको माहोलले शहर तात्यो । गाउँतिर नि संबिधान बनाउन पठाएका मान्छेहरु संबिधान नै बनाउन नसकी फेरी पठाउ भन्दै गाउँ फर्किदै छन भन्ने चर्चा भयो । उनिहरु कस्ता मुख लागेर फर्केलान त भनेर त्यता ठुलो उत्सुकता भयो । आफुले तोकेका जिम्मेबारी पुरा नगरी आफ्नै मोजमस्तीमा डुबेकाहरु लज्जित भएर घोसेमुन्टो लगाएर आफ्ना अगाडी उभिएको हेर्न उनीहरु लालाहित भए ।
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका