
केही बर्ष अगाडि उसले उनिलाई त्रिभुवन
विश्वबिद्यालय अगाडि भेट्दा उनी भिजेर करिब करिब निथ्रुक्क थिन । कपदा हरु जिउमा
टासिएका थिए । र कपालबाट तप्तप्ती पानी चुहिरहेका थिए । उसले तलदेखी माथि सम्म
उसलाई नियाल्यो । उनिले भनिन -"हेरन । बाटोमा आउँदा लोलाले हानेर यस्तो
गराइदिए । थाहा छ? कस्तो जाडो भइरहेको छ । कस्तो गाह्रो भाईरहेको
छ । उस्ले काम्दै रुन्चे आवाजमा भनिन -" पानी पनि कस्तो फोहोर र गनाउने छ । मलाई त ज्वेरो
आउँला आउँला जस्तो भएको छ ।"
उसलाई साह्रै खिन्न लाग्यो । केही बोलेन ।
खल्ती बाट टाइटानिक प्रिन्ट भएको रुमाल निकायो । ज्याक-रोजको चुम्बन अन्कित
रुमालले उनिको अनुहार पुछिदियो । र भन्यो -"जाम चिया खाम !"त्यसपछु उ कहिल्यै लोला हान्दैन होलिमा । तर न त उसलाई आफुले पहिले पहिले आफुले लोला हानेकोमा पस्चताप छ । नत अहिले अरुले लोला हानेकोमा गुनासो छ !