होलिका यादहरु !!

Wednesday, February 29, 2012

उनिले कपाल हरु रङ्याइन । पहिरन हरु छोट्याइन । सिंगारपटारमा खुबै ध्यान दीइन । र दर्जनौ पटक ऐनामा आफ्नो अनुहार हेरिन र मुस्कुराइन । बाटोमा गजबले 'लोलाबारी' चल्दै थिए । कही छत बाट । कही कौसी अनी बरन्डा बाट । कोही झ्याल बाट त कही पसल र घरको कम्पाउड बाट । लगातार लोला हरु बर्सिरहेका थिए उनिको आँखै अगाडि धेरै युबती हरु लोलाको सिकार भए । कति भागे कतिले सरापे हान्ने हरु मरिमरी हाँसे । मजा लिए । तर अंह लाग्दै लागेन कुनै लोला पनि । उनी पनि त्यही बाटो हिंडेको हो जहाबाट भीषण लोलाबारी चलेको थियो । तर किन हानेनन उनिलाई लोला । किन लागेन उनिलाई लोला । किन थपडी बजाउने र हास्ने कारण बन्न सकेन सकिन उनि ?  उनिको अनुहारमा खिन्नताका धर्साहरु देखिए । ऐना हेर्दा चम्किएका उनिका अनुहार हरु एक्कासी कालो र निन्याउरो भयो । बाटैभरी एउटै प्रश्न उनको 'लाउड' ध्वनिले दोहोरी रह्यो -"के म राम्री छैन ?" घरमा पुगेर फेरी ऐना हेरिन । आफुलाई अगाडि पछाडि नियालिन र भनिन -"के कमी छ म मा ?"   

केही बर्ष अगाडि उनी सगँ मनाएको होली ले अझै पनि रङिएको छ उ । उसले राता पहेला र निला रङ हरु उनिको अनुहार भरी दलिदिएको थियो । उनिले पनि बाँकी राखेकी थिइनन उसलाई रङ दलेर । अनुहार मात्र हैन उनिले उसका टाउको जिउ पनि राताम्म्मे बनाइदिएकी थीइन । उस्ले पनी उनिको कपाल पुरै रातो बनाइदिएको थिए । यदाकदा झुक्किएर वा जानेर जिउमा पनि रङ दल्ने हात पुग्दा । दुबै केही शर्माएका थिए र बढी रोमान्चित भएका थिए ।

केही बर्ष अगाडि उसले उनिलाई त्रिभुवन विश्वबिद्यालय अगाडि भेट्दा उनी भिजेर करिब करिब निथ्रुक्क थिन । कपदा हरु जिउमा टासिएका थिए । र कपालबाट तप्तप्ती पानी चुहिरहेका थिए । उसले तलदेखी माथि सम्म उसलाई नियाल्यो । उनिले भनिन -"हेरन । बाटोमा आउँदा लोलाले हानेर यस्तो गराइदिए । थाहा छ? कस्तो जाडो भइरहेको छ । कस्तो गाह्रो भाईरहेको छ । उस्ले काम्दै रुन्चे आवाजमा भनिन -" पानी  पनि कस्तो फोहोर र गनाउने छ । मलाई त ज्वेरो आउँला आउँला जस्तो भएको छ ।"
उसलाई साह्रै खिन्न लाग्यो । केही बोलेन । खल्ती बाट टाइटानिक प्रिन्ट भएको रुमाल निकायो । ज्याक-रोजको चुम्बन अन्कित रुमालले उनिको अनुहार पुछिदियो । र भन्यो -"जाम चिया खाम !"

त्यसपछु उ कहिल्यै लोला हान्दैन होलिमा । तर न त उसलाई आफुले पहिले पहिले आफुले लोला हानेकोमा पस्चताप छ । नत अहिले अरुले लोला हानेकोमा गुनासो छ !  



घरको छतमा एक बाल्टिन पानि थुप्रै प्लास्टिक को प्याकेटमा भरी बसेका एक अधबैंसे हरुको समुह सिकारको खोजिमा बसेका स्याल जस्ता देखिन्थे । बाटोमा ३-४ जनाको युवती हरुको समुह देखेपछी तिनीहरु एकै साथ जाइलागे । एक्कासी ढाडमा लोला बज्रिदा युबतिको क्रोधले सिमा नाघ्यो । अली बढी नै डोजको ननभेज शब्दले गाली गरिन । ति उरन्ठेउला अधबैसे हरुलाई दसैं आयो । वरपर देख्ने रमिते हरु पनि मरिमरी हासे । लोला फेरी बर्सियो । गाली गर्ने त्यो भन्दा तल्लो शब्द रहेनन । युबतिहरुको रिस अझै बढ्यो । भनिन -"मान्छे हेर्दा बाउ जस्तो छ । " उनीहरु अझ हासोका पात्र भए । र हार खाएर बाटा लागे । 
सडकमा हिडिरहेको एक युवक आफ्नै टाउकोमा पच्याक्क आवाज सहित केही कुरा फुटेपछी झस्कीयो । आवाज सगै केही चिसो वस्तु पोखिएर ताउका बाट छ्याल्लब्ल्याल्ल भएएसी उसले चाल पायो । कस्ले लोला हान्यो । "हरे !कस्ता उत्ताउला भएका यि केटी हरु ।" तलबाट एक महिलाले गाली गरेपछी केटीहरुले उजाइ सकेका लोला पनि छतमा बारमा राखे । छतमा सुन्दरी हरुको एक समुह उस्लाई गिज्याउदै हासी रहेका । युबक लाई लाग्यो -"अर्को लोला नि हाने नि हुने ,वाहियात महिला किन बिचमा कराएको होला प्वाक्क !  

सुन्दरता प्रती सबैभन्दा बढी आक्रामक देखिन्छन लोला हान्ने हात हरु । एक बैसालु रुपसी सडकमा देखिए पछी दर्जनौ लोलाहरु एकै पटक झम्टिए उसको यौबन माथि । तिनी भागीन तर छोडेन लोलाहरुले । जता भागे उतै बर्सिए लोला हरु । लोलामा प्रकट भएका यौन कुन्ठा हरुले एक छिन मै निथ्रुक्कै तिनी । हन्नेहारुले आफ्न अत्रिप्त कुण्ठाहरु प्रहार गले लोला बनाएर र निथ्रुक भिजेको शरीर हेरी सन्तुस्ठ बने । बिचरी सुन्दरी लोला बनी आएका कुण्ठाहरुका प्रहारले पानी  बनिन ।

अँ केही बर्ष अगाडि उनी सगँ मनाएको होली ले अझै पनि रङिएको छ उ । उसले राता पहेला र निला रङ हरु उनिको अनुहार भरी दलिदिएको थियो । उनिले पनि बाँकी राखेकी थिइनन उसलाई रङ दलेर । अनुहार मात्र हैन उनिले उसका टाउको जिउ पनि राताम्म्मे बनाइदिएकी थीइन । उस्ले पनी उनिको कपाल पुरै रातो बनाइदिएको थिए । यदाकदा झुक्किएर वा जानेर जिउमा पनि रङ दल्ने हात पुग्दा । दुबै केही शर्माएका थिए र बढी रोमान्चित भएका थिए । तर बिडम्बना पुरै टाउकोमा सिन्दुर दलेको उसले उनिलाई आफ्नो बनाउन सकेन । तर सिउदोमा कसैले अलिकती सिन्दुर छरेर कसैले उनिलाई आफ्नो बनाए । उनी उसकी भइनन ।
सर्टको खल्ती सगै होलिमा  उनिको हातको दाग उसले अझै मेट्न सकेको छैन । जुन लगाउदा मुटुको ठीक माथि पर्छ । उस्ले कहिल्यै धोएको छैन त्यो सर्ट र कहिल्यै धुने पनि छैन । लाग्छ -'त्यो उसको जिन्दगीको सबै भन्दा ठुलो सम्पत्ति हो ' उसले आफ्नो मोबाइल झिक्छ र कही बर्ष देखी कहिल्यै डायल नगरेको उनिको नम्बर खोज्छ र म्यासेज लेख्छ -"हरेक होलिमा मेरो मुटु दुख्ने गर्छ,जहा तिमीले कहिल्यै नमेटिने रङ दलेर गएका छौ । " सेन्ड बटम थिच्नासाथ उसले के सोच्छ कुन्नी ,क्यान्सिल गर्दिन्छ त्यसलाई !!

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका