ग्याँस उत्सव !!

Sunday, February 19, 2012

टिंङ टिंङ टिंङ !!
बिहान सबेरै फोन को घन्टी बजे पछि उसले अल्छिमान्दै सिरक बेड बाट उठ्यो । दुई पटक हाइ काट्यो । अनी दिक्क मान्दै अनुहार खुम्च्यायो र फोन उठायो ।

"हेल्लो !"

"डिभि पर्‍यो ?"


"हैन"


"लभ पर्‍यो ?"


"हैन "


"अनी के भयो त ?


उसले सोध्यो


-"तेसो भए सराद्दे पार्टी हो की क्या हो?"


"त्यो पनि हैन "


"हेलो गूड् मर्निङ "

फोन कर्ताले बडो स्फुर्तिका साथ् भयो ।

" मलाइ चिनिस?"
"अह चिनिन !"



उसले भन्यो ।

  " नाम प्लिज !"

  "म नरेश क्या त । तेरो बाल्यकालको साथि !"

फोनकर्ताले भन्यो ।

"अब त चिनिस ?"

"ओहो नरेश तँ पो ?कस्तो चिन्नै मुस्किल परेको "

उसले भन्यो ।

"अनी यति धेरै पछि कताडि सम्झिस त ?"

"त्यस्तो खासै कारण त छैन । "

नरेशले भन्यो ।

"तैपनि आज बेलुका पार्टी दिने बिचारमा छू । त्यसैले निम्ता दिउ की भनेर "

"अरे ! पार्टी रे ? हैन ए नरेश ?"

उसले भन्यो ।

"तैले दोस्रो बिहे गरिस की क्या हो ?"

" राम राम राम !कसरी गर्ने दोस्रो बिहे?"

नरेशले भन्यो ।

"यो महगिमा एउटै श्रीमती पाल्न मुस्किल परिरा'को बेला ?"

"तैले उसलाई पाल्नै पर्दैन नी ! उसैले तलाई पाल्छिन होलानी !"

उसले भन्यो ।

"अहीले पनि भाउजुकै कमाइमा त पालिइराको त छस के रे ?"

 "त्यस्तो हदै त हैन है "

उसले भन्यो

"तर जे होस् सपरिवार आउनु पार्टीमा"

"अरे उल्लु पहिला यो त भन । "

उसले भन्यो

"पार्टी चै के को अवसरमा ?"

सोध्यो ?

"छोराको ब्रतबन्ध ?"

"हैन"

"छोरीको पास्नी ?"

"हैन "

"तेरो जन्मदिन ?"

"हैन "

"तेरो श्रीमतीको जन्मदीन ?"

"हैन "

छोरा छोरि मध्धे कसैको जन्मदिन ?

"डिभि पर्‍यो ?"

"हैन"

 "लभ पर्‍यो ?"

"हैन "

"अनी के भयो त ?

उसले सोध्यो

-"तेसो भए सराद्दे पार्टी हो की क्या हो?"

"त्यो पनि हैन "

नरेशले भन्यो

"अर्कै पार्टी !"

"नी भन न त के पार्टी ?"

उसले सोध्यो

"लोट्रि पर्यो "

"अ लोट्री नै भन्दा हुन्छ । "

नरेशले भन्यो ।

"लोट्रि पर्‍यो मलाई "

"अरे लोट्री पर्‍यो रे ?"

अचम्म मान्दै उसले सोध्यो ।

"के पर्‍यो तलाइ ?"

"ग्याँस पर्‍यो मलाइ "

नरेशले भन्यो ।

" धेरै दिन को कठिन प्रयत्न पछि एक सिलिन्डर ग्याँस पाए । त्यसैको अवसरमा पार्टी । "

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका