नेतालाई कसले सक्नु ?

Wednesday, July 10, 2013

   एकताका एमाओबादी अध्यक्ष कामरेड प्रचण्डले भाषण ठोक्नु भएको थियो - " अरुले नाचेको, नानीका बाबुले खुट्टा घुमाएको ।" जसको सान्दर्भिकता दिनानुदिन थपिया थपियै छ । जतिबेला प्रधानन्यायाधिशको नेतृत्वमा कर्मचारीहरु क्याबिनेट सदस्य रहेको चुनाबी सरकार बन्यो । तव धेरैले भने अब नेता र दलहरुका दिन गए । अब सरकार नै कर्मचारीहरुले चलाउने भएपछी के काम दलहरुका ? के काम नेताहरुका ?? अब नेताहरु सकिए । तिनका अधोगती सुरु भयो । तर केका हुन्थ्यो ? नेताका दिन पनि कहिल्यै जान्छ ? नेताको दिनको त आउने ढोका मात्र छ । जाने ढोका नै छैन । आएको छ , आएको छ बरु दिनहरुकै भिड लाग्ला । तर नेताहरुको दिन जादैन । त्यसैले सरकारमा पुग्दैमा कर्मचारीहरुको प्रगती भयो र नेताहरुको दुर्गती भयो भनेर भन्नै मिल्दैन । प्रगतीको होडमा कर्मचारी पनि नेता कै लाइनमा बुर्कुसी मारेको पक्कै हो तर नेतालाइ तिनले भ्याउन त सपनामा नि नसोचे हुन्छ । अब कर्मचारी सरकारमा भाको नेता संयन्त्रमा भाको । पावरै नाप्दा नि कम्ती भन्दा बढी नै देखिन्छ । पावरै बढी देखिएसी प्रगती त बढी देखिने नै भयो । 

हालै ट्रान्सपरेन्सी इन्टरनेशनलले विश्वका 'प्रगतीकर्ता'हरुको प्रतिबेदन सार्वजनिक गर्यो । ‘ग्लोबल करप्सन ब्यारोमिटर २०१३’ नाम दिएको उक्त प्रगती प्रतिबेदनले नै प्रगती दौडमा कर्मचारी भन्दा नेताहरु निकै अगाडी बुर्कुसी मारिरहेको देखाएको छ । 'प्रगती' र 'प्रगतीकर्ता'को अर्थमा मा नझुक्किनु होला । प्रगती भनेको भ्रष्टाचार र प्रगतीकर्ता भनेको भ्रष्टाचारी हुन । यहाँ भ्रष्टाचार माने प्रगती हो । उनीहरुले भ्रष्टाचार मार्फत जिन्दगीमा छलाङ मार्छन । जीवन स्तर ह्वात्तै उकास्छन । समाजमा इज्यत प्रतिष्ठा प्राप्त गर्छन । यहाँ कसले कसरी हैन कसले कति कामायो भन्नेमा इज्यतको निर्धारण हुन्छ ।
जति धेरै कमाउन सक्यो उति धेरै इज्यत । त्यसैले जसलाई भ्रस्ट्राचार गर्ने मति लाग्यो उ सिधै प्रगतीमार्गमा हुइकियो र जिन्दगीमा अघी बढ्यो । आखीर चाइनामा भए पो यो दुर्गती हुन्थ्यो र इहलिला समाप्त हुन्थ्यो । यहाँ त भ्रष्टाचार गरेसी नायाँ जिन्दगी सुरु भयो मस्तीको । त्यसैले जागीर खाने केका लागी ? त्यसमाथी सरकारी नै के का लागी ? भ्रष्टाचारका लागी । ब्यबसाय गर्ने के का लागी ? भ्रष्टाचारका लागी । नेता बन्ने केका लागी ? भ्रष्टाचारका लागी । पार्टी खोल्न केका लागी भ्रष्टाचारका लागी ? सबैभन्दा आकर्षक गन्तब्य सरकारमा जाने के का लागी ? भ्रष्टाचारकै लागी । दलहरु वा अरु नै भनुम सरकार किन आकर्षक छ त ? रास्ट्रीय श्रोत र साधन माथी पकड हुँदा यहाँबाट भ्रष्टाचार गर्ने सम्भाबना बढी हुन्छ ।

जब कर्मचारीहरुको सरकार भन्यो । धेरैलाई लाग्यो ल अब कर्मचारीका दिन सुरु भए । किनकी 'प्रगती' गर्ने सबैभन्दा अवसर उनीहरुको पाए । यत्रो अवसर नेताहरुले पाएका बेला पनि उनीहरु संग अवसर थियो नै । अरु केहि नभए नि सबै सँग एकथान कुर्सी र एकथान टेवल थियो टेबल मुनि 'प्रगती' गर्ने प्वाल थियो । जहाँबाट मेसो मिलाउन सके मनग्य प्रगती हुन सक्थ्यो । जव नेताहरु सरकारबाट निस्किए । उनीहरुलाई त त्यही मुनी प्वाल भएको टेवल पनि भएन । लाग्यो, नेताहरुका प्रगतीका दिन सकिए । तर नेताहरुका त ज्यानैमा 'प्रगती यन्त्र' जोडिएको रहेछ कि के हो कुर्सीमै नभए नि मनग्य प्रगती गर्दा रहेछ । ट्रान्सपरेन्सी इन्टरनेशनलको 'प्रगती प्रतिबेदन' मा उनीहरुले नेतालाई जिती छाडे । 

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका