गोप्य बैठक

Thursday, November 18, 2010

“पत्रकारले कुरा बिगारे”
कामरेड प्रचण्डजीले भन्नुभयो
“हाछ्यु गर्न पा छैन”
थप्नु भो
“खात खुत्तै लेखिदिन्छन्”
“त्यहि त”
सुशिलजीले भन्नुभयोे
“बोल्न केही पा छैन टीभी रेडियो अखबारमा आइहाल्यो”
थप्नु भो
“उखान छ नि बोल्यो कि पोल्यो ”
“बोल्यो त पोल्यो ठीकै छ”
कामरेड खनालजीले भन्नुभयो
“नबोल्दै आथ्थु बनाई रा’छ यहा“”
थप्नु भो
“प्रम बन्ने भित्रि इच्छा, भन्न पा छैन । बाहिर छताछुल्लै”
“वर्तमान परिपेक्षमा”
माधव कामरेडले भन्नुभयो
“दिमागमा कुरो सोच्न पा छैन कताबाट कुरो खुस्किन्छ
लाइभ टेलिकास्ट”
“हामी नै देशका हर्ताकर्ता”
रामचन्द्रजीले भन्नुभयो
“हामी नै भूमिगत हुनु पर्‍या छ । भ\mयालबाट हेन समेत हुदैन । हरुवा भनेर खिस्याई हाल्छन स्वाठहरु ”
थप्नुभो
“गोप्य बैठकले बढो स्वाद आ’छ”
“गोप्य बैठक त बसियो”
प्रचण्ड कामरेडले भन्नुभयो
“तर गर्ने चाहि के -”
“हामीलाई पूर्ण स्वतन्त्रता छ”
सुशिलजीले भन्नुभयो
“पूर्ण स्वतन्त्रता भएको स्थानमा गर्ने कुरा को के दुःख ?”
“कौडा हानौ”
कामरेड झलनाथजीले भन्नुभयो
“बढो गजप हुन्छ”
“अल्लि हुन्न की -”
कामरेड बाबुरामजीले भन्नुभयो
“जुवा खेल्नाले बाह्रमासे होइन्छ”
थप्नु भो
“जबकी थपिएको संविधानसभाको म्याद पनि छ सात मास बाकी छ ।”
“कामरेडले ठीक भन्नुभयो”
कामरेड माधवजीले भन्नुभो
“कौडा हान्न त पैसो नि पुग्दैन । बजेट आ’ छैन”
थप्नुभो
“कि ल्याउने त बजेट -”
“वाहियात कुरा नगर्नोस”
कामरेड प्रचण्डजीले भन्नुभयो
“गोप्य बैठकलाई उपलब्धिपूर्ण बनाउनुपर्छ”
थप्नुभो
“ठट्टा गरेर नबसौ सहमति निकालौ”
“सहमति के मा निकाल्ने ?”
सुशिलजीले भन्नु भयो
“सरकार की संविधानमा -”
“सरकार र संविधानको कुरा नगरौं”
रामचन्द्रजीले भन्नुभयो
“मलाई वान्ता आउला जस्ते भो”
भुँडी छाम्दै बोल्नु भो
“म बाथरुम गएर आउछु त्यसो गरे कसो होला -”
“यिनले ठीक कुरा गरे”
कामरेड प्रचण्डजीले भन्नुभयो
“मलाई नि किन किन यी कुरा सुन्यो कि पेट हुडलिएर आउछ ।”
थप्नुभो
“अझ प्रधानमन्त्री भन्ने शब्द सुन्ना साथ रिंगटा लागेर आउछ । खुकुरी रम बढी भए जस्तो”
“हसाउनु भो”
माधव कामरेड खित्किताउनु भयो
“मलाई त ‘प्रधानमन्त्री’ शब्द सुन्ना साथ काउकुती लागेर आउछ । त्यसै त्यसै हासो उठेर आउछ गाजा लागे जस्तो ।”
“ठट्टा मात्रै कति गर्ने -”
ओली कामरेडले भन्नुभयो
“केही उपलब्धिमुलुक काम गर तास ल्या’छ कसैले -”
“मैले ल्या’छ” डाक्टर महतजीले भन्नुभयो ।
“हानौ कलब्रेक”
“कलब्रेक नहानौ” कामरेड प्रचण्डजीले भन्नुभयो “कुर्सी सँगको ब्रेक अपको पिडाले पोल्छ ।”
“त्यसो भए फरास खेलौ” सुशिलजीले भन्नुभयो “यसमा मजा आउछ”
“हुन्न” कामरेड खनालजीले भन्नुभयो “म्यारिज खेलौ बरु”
के खेल्ने भन्नेमा सहमति नभए पछि गोप्य बैठक बिना निष्कर्श टुंगियो ।
-(घटना र पात्रहरु काल्पनिक हुन् )

कुर्सी प्रियाको पत्र

Thursday, November 11, 2010

प्रिय भन्दा प्रिय नेताहरु,

न्यानो माया, अगाध स्नेह, स्वादिलो सम्झना र प्रगाढ प्रेम ।

                मलाई थाहा छ तिमीहरु मलाई नै सम्झीरहेका छौ । किनभने तिमीहरुको गिदीमा मेरो सम्झना यसरी घुलेको छ कि राष्ट्रप्रेम र जनताप्रतिको कुनै पनि दायित्व बोधले यसलाई फिल्टर गर्न सक्दैन । र संसारमा कुनै पनि यस्तो रसायन छैन जसले मेरो सम्झना र तिमीहरुको मप्रतिको प्रेम, स्नेह र र्समर्पणलाई निस्त्रिmय गर्न सकोस् । तिमीहरु स्वभावैले र जन्मैदेखि मलाई प्रेम गर्ने गुण लिएर जन्मेका छौ । यस्तो लाग्छ तिमीहरुका रगतका कणकणमा म छु । तिमीहरुका अंगअंगमा म छु । त्यसैले होला तिमीहरु म प्रति आसक्त छौ । यहि आसक्तिले तिमीहरु मलाई असाध्यै प्रेम गर्र्छौ र यहि प्रेमका खातिर तिमीहरु सान, मान र इज्जत सबै त्याग्न तयार छौ । तिमीहरुको यहि चोखो र पवित्र प्रेमले गर्दा म तिमीहरुप्रति असाध्यै खुसी छु । तर तिमीहरु आफ्नो यति हदसम्म प्रेम गर्दा पनि मलाई नपाउनुको पिडामा असाध्यै दुखि होलाउ । के गर्नु प्रेममा संधै खुसी त कहाँ मिल्छ र – तर जे होस, म पनि तिमीहरुलाई असाध्यै प्रेम गर्छु जस्तो तिमीहरु मलाई गर्र्छौ ।

नेता स्वीटहार्ट,
तिमीहरुले मलाई नपाउँदाको पिडामा कतिसम्म रन्थनिएका छौ होला भन्ने सम्झनाले पनि मलाई काँडा उम्रिएर आउँछ । प्रेम पिडामा भट्मा बोतल र गिलास रित्याउदै बित्ने गरेका तिमीहरुका साँझहरु सम्झेर त्यसै त्यसै बिरक्त लागेर आउँछ । तर मेरो अपूर्णतालाई बोतलका झोलहरुले के पूर्णता दिन सक्थ्यो र – यदा कदा मेरो यादमा कतै भट्टाल्नी साउनीको हात पो समायौ कि भन्ने आशंकाले सिरिङ भएर आउँछ । तैपनि मलाई तिमीहरुप्रति पूर्ण विश्वास छ कि तिमीहरु मलाई भुलेर कहि पनि बहकिन सक्दैनौ किनकि मेरो मायाको डोरीमा तिमीहरु यसरी बाँधिएका छौ कि एउटा टाँगामा बाँधिएका घोडाहरु जस्तै तिमीहरु यताउता कतै भाग्न सक्दैनो । तिमीहरुका एकोहोरो यात्रा मै तर्फ केन्द्रित हुनेछ र तिमीहरुका अन्तिम गन्तव्य मनै हुनेछु ।

नेता डार्लिंग,

म सुन्दैछु तिमीहरु मलाई पाउन देउता भाक्दै छौ रे । मलाई माग्दै प्रुभलाई प्रार्थना गरेका छौ रे । यसैक्रममा तिमीहरुले दिल्ली, वासिंगटन, सिंगापुर र बेइजिङसम्म पनि तिर्थाटन गर्न पुग्यौं रे । तर के गर्नु जता गए पनि हात लागि सुन्य । यदाकदा शंका लाग्छ कतै प्रभुहरुले नै मेरो जवानीमा आँखा गाडे की क्या हो कलियुगका प्रभुहरुको त भर हुन्न है ।

नेता हनी,
तिमीहरु मध्ये त्यो बाघका जस्ता बाक्लो र खाइलाग्दे जुंगा भएको मेरो प्रेमी बढो रोमान्टिक थियो । मलाई पनि उ खुब मनपर्छ तर के गर्नु अनायासै उसँग ब्रेक अप भयो मलाई निसारो चित्त दुख्याथ्यो त्यस बेला । उ बढो झोकी रै छ । प्रभुलाई पनि सराप्यो त्यति बेला । हुन पनि हो आफ्नो प्रार्थना नसुन्ने प्रुभ के प्रभु – उ ढुंगा भन्दा के फरक भयो र – उसलाई ट्वाइलेट र नालीमै बिच्छ्याई दिए पनि के भयो र मलाई पाउन फिलमकी हिरोइन समेत नचाउने मेरो प्रेमी एउटा हिरो भन्दा कम्ति थिएन । मेरो प्यारा तिम्रा अंगालोमा बाँधिएका ती क्षणहरु समझनाले मलाई अझै पनि न्यानो बनाइरहेको छ । आखिर संसदमा जन्ति नपुग्दा तिमीसँग फेरि मेरो लगनगाँठो बाधिन सकेन र डोलीमा चढिसकेका तिमी ओर्लियो । अर्का मेरा बाहुन प्रेमी त्यति रोमान्टिक हुन नसके पनि म प्रति उसको प्रगाढ प्रेम देखेर मलाई उसको सारै माया लाग्छ । डोलीमा चढेको उसग जन्ति नपुग्दा मेरो लगनगाढो बाधिन पाएको छैन । जन्त जाने प्राय जन्तिहरु मेरा प्रेमी भएको हुनाले उसले मेरो सिउदो भरेको कसरी हेरुन र जन्ति आउन – प्रिय बाहुन, तिमीलाई तिनले १५ पटक डोलीबाट उचाल्दै पछार्दै गर्दा तिमीलाई कति दुख्यो होला – सम्झदा पनि मन भकानिएर आउँछ । तर तिम्रो प्रेम महान छ प्रिय यति हुदा पनि ओर्लिएका छैनौ डोलीबाट । झल्लु नामका मेरा अर्का प्रेमी सारै बेबकुफ रै छन् । डोली चढिसकेका उनी जन्ति पुग्दा पुग्दै पनि काउकुती लाग्यो भन्दे झरे । दारी जुगा सफाचेट गरेर सधै सुट पाइन्टमा सजिने झल्लु प्रेमी निकै चकलेटी थिए । अब बुद्धि नपुगेपछि के लाग्यो र – अस्ति मलाई एसएमएस पठाउदै थियो- “तिमी बिना मर्न लागे प्रिय” भनेर मुख झल्लु अब तिमीले मलाई पाउने आसै नगर भनेर भन्दिम भन्दिम जस्तो लागि रा छ तर कहाँ सक्थे र – मलाई थाहा छ नि । तिमीलाई डोलीमा चढ्दा काउकुति लगाइदिने तिम्रै घरको त्यो पुतली जुंगे बदमास थियो ।

नेता बाबे,
पुतली जुंगेसँग मेरो पारपाचुके भएको चार महिना बढि भइसक्यो । तै पनि उ मसँगै छ । मेरो मन तिमीहरुसँग भए पनि मेरो तन चाहि त्यहि पुतली जुंगेसँग छ । सारै बदमास छ त्यो पुतली जुंगे । पहिले पारपाचुकेको पिरमा ह्वास्स मुख गनाउने बनाएर आउथ्यो । अहिले मख्ख छ । मप्रति सारै क्रेजी छ । के मात्रै गरेन उसले मलाई पाउन – मान्छे ज्याद्रो रै छ । आखिर पाएरै छाड्यो उसले मलाई तर तिमीहरुको बियोगमा उसले खुच्चिङ खुच्चिङ गरेकाले मलाई त्यो देखि सारै रिस उठेको छ ।

प्रिय नेताहरु,
मेरो पिरले तिमीहरु जति तडपिएका छौ त्रि्रा पिरले म त्यति तडपेकी छु । भाग्य नै त्यस्तै होकि क्या हो त्यता तिमीहरु एक्लै यता म एक्लै तर विचार गर है २०६३ साल अघिको मेरो पूव प्रेमीले अस्ति मलाई आँखा झिम्क्याउदै थियो ।

अहिलेलाई यति नै ।

उहि तिमीहर्की
कुर्सी प्रिया ।

अब नि बजेट ल्याइएन भने त

Monday, November 1, 2010

अब नि बजेट ल्याइएन भने त तिहार मा कौडा हान्ने पैसा नि छैन !!

रामचन्द्र दाई

कारोबार दैनिकमा प्रकाशित

कौडै हान्न परे

                                                                (कारोबार दैनिक )
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका