माछो माछो भ्यागुतो

Friday, April 27, 2012


"माछो माछो भ्यागुतो माछो माछो भ्यागुतो । हामी सानो हुँदा हाम्रा दाई काका हरुले एउटा खेला खेलाएर हैरान पार्थे । नखेलुम भने हार्यो भनेर आछेप पाइएला भन्ने डर खेलुम भने । कहिल्ल्यै माछो पर्ने हैन जहिल्यै भ्यागुत्तै समात्नुको दिग्दारी । गर्थे के भन्दा चोर आम्ला पानीमा माछा खेले झै यता उता हल्लाउथे र माछा माछा भन्दथे र समात्न लगाउथे । हामी चै कत्तिन भरे बेलुकाको छाकै टर्ने जसरी समात्न तम्सन्थ्यौ । जब समात्थ्यौ । के गरी के गरी हाम्रा आँखा छलेर हाम्रा हातमा बुढी अम्ला पारीदीइ सकेका हुन्थे अर्थात हाम्रो हातमा भ्यागुत्तो हुथ्यो । त्यसपछी सुरु हुन्थ्यो उल्ली बिल्ली भ्यागुतो खायो भनेर । अनी फेरी समात भनेर माछोमाछो भन्दथे । हामी फेरी समात्न तम्सन्थ्यौ तर लास्टमा पर्थ्यो फेरी भ्यागुतोमा । खेल साह्रै झ्याउ लाग्दो र कती पनि रुचिकर थिएन तै पनि उनिहरु भेट्नासाथ अम्ला हल्लाएर माछोमाछो भनी हाल्थे अनी समाती हाल्नु पर्थ्यो । त्यो पट्यारलाग्दो खेलबाट बच्न म उनिहरुको अगाडि नै पर्दैन थिए । यही दिक्क लाग्दो खेल जनमानस मा माछो भ्यागुतो को नामले प्रख्यात छ । उद्धेस्य आस देखाउनु लोभ्याउनु र पछी हिस्स पार्नु । 

त्यती पानी थाहा छैन ?

Wednesday, April 18, 2012

सत्याग्रह साप्ताहिक, ८-बैशाख ,2069

शिर्स नेता रेस्टुरेन्ट एण्ड बार एण्ड बैठक साँझ


नाम हात्तीबन भनेता पानी हात्ती हरुको कुनै नामोनिसान थिएन त्यहा । आउने बस्ने खाने हरुको कमी नहुने भएता पनी हात्ती जतिकै टन्न खाने हरुका कमी नै थियो त्यहा । रेस्टुरेन्ट औसत चली रहेका थिए त्यहा । त्यतिकैमा तामाझाम का साथ एउटा भब्य र अनौठो रेस्टुरेन्ट को सुरुवात भयो त्यहा । नाम रह्यो -" शिर्स नेता रेस्टुरेन्ट एण्ड बार एण्ड बैठक साँझ । " रेस्टुरेन्ट को तामझाम बेग्लाई थियो । सुरुमा आकर्सक कम्पाउण्ड भित्र थरी थरिका झन्डा गाडीएका थिए । कोही हँसिया हथौडा युक्त रातो झन्डा । कोही चार तारा युक्त रातो र सेतो झन्डा । रातो पनि कोहिमा सुर्य त कोहिमा सेतो घेरा भित्र सेतै हसिया हतौडा । कोही हात अन्कित झन्डा त कोही हलगोरु अन्कित झन्डा । साच्चै त्यहा सबै पार्टीका रङी बिरङी झन्डा हरु एकै साथ फर्फराइ रहेका थिए । भित्रको सझावट हेर्दा यस्तो लाग्थ्यो । यो रेस्टुरेन्ट नभएर सिम्हदरबार को एउटा भाग हो । संबिधान सभाको एउटा भाग हो । त्यहा कता कता पेरिसडाँडाँको झल्को मिल्थ्यो । त्यहाँ कता कता बल्खुदरबार को झल्को मिल्थ्यो  । र कता कता सानेपाको झल्को मिल्थ्यो । यस्तो लाग्थ्यो त्यही कतै लाजिम्पाट,माहाँराजगन्ज ,कोटेश्वर डल्ल्डु को झल्को मिल्थ्यो । बालुवाटार देखी बाल्कोट सम्मको बिशेषता हरुको बडो चमत्कारीक फ्युजन भेटिन्थ्यो त्यहाँ ।

थाँक्रो हाल्दिएको

कारोबार दैनिक,बैशाख-८ 

बैठक साझ एण्ड बार



फुट सिरियल !!

Monday, April 9, 2012

"फुट्यो फुट्यो फुटेन । फुट्यो फुट्यो फुटेन क्या हो ?"

भन्ने सोधे गाउँ नै दिन पर्दैन । न त अप्सन नै दिनु पर्छ ।

जो कोहिले पनि फ्याट्यै भनिदिने छन -"माओबादी "

मुलुकमा फुट्न बाँकी एउटै पार्टी छ माओवादी । एमाले फुट्यो । काग्रेस फुट्यो । मधेशबादी फुटेका फुट्यै छन । तर माओवादी फुटेन । हुन त पार्टी फुटेन भनेर यसरी भन्नु हुन्न होला । यसो भन्दा पार्टी फुटोस भनेर भनेको बुझिन्छ होला । पार्टी फोटोस भनेर भनेको बुझियो भने । पार्टी फुटोस भनेको अर्थ लाग्यो भने त्यो उपद्रो हुनेछ । तैपनी महान पार्टी का महान नेता हरु नै पार्टी फुटाउन का लागि यसरी हौसिएर लागेका देख्दा । हामी जनता हरु अझै ह्वा हरुका सुभेछुक हरु नै भनुम न साह्रै हौसिदा र'छौ । यही हौसाइमा फुटका बारेमा एक दुई बात गर्न मन लागेर आउदो रहेछ ।

माओवादीको संभाबित फुटाइ कतिको लागि संयोगान्तक होला । कतिको लागि बियोगान्तक होला । तै पनि सबैको चिर प्रतिक्षा उसको फुट तर्फ नै छ । फुट तर्फको नेता कामरेड हरु को उत्साहले यसलाई औधी रोमान्चक बनाएको छ । कामरेड हरुको आकर्सक फुट बिज्ञापन र ट्रेलर हरुले यसलाई हेरुम हेरुम लाग्ने बनाएको छ । र मान्छे हरु फुटेको माउबादी हेर्न साह्रै हतारिएका छन । हेर्दा नेता कामरेड हरु पनि फुटाउन अघी सरे सरेका जस्ता देखिन्छन । तर जस्लाई जस्तो देखे पनि । माओवादीको फुटाइ जस्तो चाखलाग्दो होला भनेर सोचिए पनि । त्यो भन्दा चाखलाग्दो कुरा के छ भने माओवादी अहिले सम्म फुटेको छैन । साच्चै भनुम भनुम भए अझै सग्लै छ माओवादी अहिले सम्म ।

खान्दानी अपराध ।

" ए बुढा ! तिमी के भाको यो ?"

श्रीमतीको कुराले साप झसंग भए र भने ।

"के भयो र प्रिए ? म ठिकै त छु । "

थपे ।

"म के भएँ र ?"

"हो तिमी केही भएनौ । "

श्रीमती सापले रिस र घुर्की एकै साथ पोखिन ।

"बरु मै भए जे हुनु "

"हैन भयो चै के भन त ?"

सापले अचम्म मान्दै सोधे ।

"एक्कसी यो रिस यो झर्काइ यो यो घुर्की किन ?"
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका