फुट सिरियल !!

Monday, April 9, 2012

"फुट्यो फुट्यो फुटेन । फुट्यो फुट्यो फुटेन क्या हो ?"

भन्ने सोधे गाउँ नै दिन पर्दैन । न त अप्सन नै दिनु पर्छ ।

जो कोहिले पनि फ्याट्यै भनिदिने छन -"माओबादी "

मुलुकमा फुट्न बाँकी एउटै पार्टी छ माओवादी । एमाले फुट्यो । काग्रेस फुट्यो । मधेशबादी फुटेका फुट्यै छन । तर माओवादी फुटेन । हुन त पार्टी फुटेन भनेर यसरी भन्नु हुन्न होला । यसो भन्दा पार्टी फुटोस भनेर भनेको बुझिन्छ होला । पार्टी फोटोस भनेर भनेको बुझियो भने । पार्टी फुटोस भनेको अर्थ लाग्यो भने त्यो उपद्रो हुनेछ । तैपनी महान पार्टी का महान नेता हरु नै पार्टी फुटाउन का लागि यसरी हौसिएर लागेका देख्दा । हामी जनता हरु अझै ह्वा हरुका सुभेछुक हरु नै भनुम न साह्रै हौसिदा र'छौ । यही हौसाइमा फुटका बारेमा एक दुई बात गर्न मन लागेर आउदो रहेछ ।

माओवादीको संभाबित फुटाइ कतिको लागि संयोगान्तक होला । कतिको लागि बियोगान्तक होला । तै पनि सबैको चिर प्रतिक्षा उसको फुट तर्फ नै छ । फुट तर्फको नेता कामरेड हरु को उत्साहले यसलाई औधी रोमान्चक बनाएको छ । कामरेड हरुको आकर्सक फुट बिज्ञापन र ट्रेलर हरुले यसलाई हेरुम हेरुम लाग्ने बनाएको छ । र मान्छे हरु फुटेको माउबादी हेर्न साह्रै हतारिएका छन । हेर्दा नेता कामरेड हरु पनि फुटाउन अघी सरे सरेका जस्ता देखिन्छन । तर जस्लाई जस्तो देखे पनि । माओवादीको फुटाइ जस्तो चाखलाग्दो होला भनेर सोचिए पनि । त्यो भन्दा चाखलाग्दो कुरा के छ भने माओवादी अहिले सम्म फुटेको छैन । साच्चै भनुम भनुम भए अझै सग्लै छ माओवादी अहिले सम्म ।


पार्टी फुत्नु राम्रो होइन । फुट्नु हुन्न पनि । तैपनी फुटाउन पार्टी का बारीस्ठ नेता हरु हौसिएका देख्दा दुनियाँ फुटेको माउबादी कस्तो होला भनेर हतारिएका छन ।दाम्मी दाम्मी बिज्ञापन गरिसकेका छन र बाहिर बसेर हेर्ने हरुलाई लोभ्याइ सकेका छन । आँफैले बनाएको प्रोमो हेरेर पनि माओवादी गैरसंस्थापन पछीय माहाकामरेड हरु उल्कै हौसी सकेका छन र पार्टी लाई कुन कुना बाट कुन सुरा बाट फुटाउदा उपयुक्त हुन्छ भनेर पेन्सिल ले चिन्न लगाइ सकेका छन । यस बिच माहाकामरेड हरुका बिच कुन पेन्सिल ले फुटाउने ठाममा चिन्ह लगाउने बिषयमा पनि ठुलै रडाको मच्चिएको बुझिएको छ । कोही कामरेड हरु हार्ड पेन्सिल ले चिना लगाउन पर्छ भन्दै छन त कोही कामरेड हरु सफ्ट पेन्सिल प्रयोग गर्न पर्छ भन्दै छन । हार्ड पेन्सिल प्रयोग गर्नु पर्छ भन्ने हरु भन्छन -"अध्यक्ष कामरेडले हार्ड जेल लगाएर हिडने । हामी पनि हार्ड लाइनर भनेर चिनिने हुँदा पार्टी फोर्दा हार्ड पेन्सिल नै प्रयोग गर्नु पर्छ । अर्का थरी भन्छन -"कहाँ हुन्छ तेसो भनेर ? अध्यक्ष कामरेडले हार्ड जेल लगए पनि ह्वाको को आबाज चैनी साह्रै सफ्ट छ । त्यसैले पार्टी फोर्दा त सफ्ट पेन्चिल ले नै चिनो लगाउनु पर्छ ।

फेरी पार्टी केले फोर्ने भन्ने बिषयमा पनि ब्यापक बिबाद भाईरहेको सुनिएको छ । एकाथरी मुङ्रो ले हानेर फोर्नु पर्छ भनेर भन्दै छन । अर्का थरी भन्दै छन -'हैन पार्टी फुटाउने हो भने त घनै ले हान्नु पर्छ । यत्रा समय भैसक्यो पार्टी फुटाउने धुन मा लागेको । अझै फुटाउन सकिया छैन । अब फलामे घन ले नहानी क्यारी फुट्छ ?थोडी काठको मुङ्रो ले हानेर फुट्छ र ?अर्का थरी भन्छन -"हैन कामरेड पार्टी त लोराले हानेर फुटौनु पर्छ । तिहारमा ओखर फुटाए जसरी । "अर्काथरी का तर्क बेग्लाई छ -" पार्टी त हथौडाले हानेर फोर्नु पर्छ । किन कि हथौडा हाम्रो गौरबसाली पार्टी को झन्डा छ त्यसैले यसलाई हथौडा बाहेक अरु चिजले जुटाउनु अशुद्द हुन जान्छ । लोरो मुङ्रो र घन ले हानेर फोर्नु पार्टी लाई सिधै संसोधनबाद तिर लैजानु हो । "

सबै भन्दा रमाइलो कुरा त पार्टी लाई कती फुटाउने बिषयमा भएको बिवाद मा छ । एक थरी भन्छ यसलाई काठको मुग्राले प्रहार गरेको गर्यै गर्ने हो फुटाउने होइन । अर्काथरी भन्छन -"एक चोटी घन ले हानेर तिरिमिरी पार्नु पर्छ । तर फुटाउनु चै हुन्छ । अर्का थरी फेरी अली हौसिदै भन्छन -"घनै उचाले पछी नफुटाइ के काम ? कोही चकनाचुर पार्नु पर्छ भन्छन । कोही फङ्ल्याङ्ङ परेर दुई टुक्रा मात्रै पार्नु पर्छ भन्छन । कोही चर्काउन मात्र पर्छ भन्दै छन ।

यसरी क्यारी फुटाउने कसरी फुटाउने भन्ने बिवादमै अल्झिएर माओवादी अझै सम्म फुट्न सकेको छैन ।अरु पार्टी त बिबाद बढेर फुट्थ्यो माओवादी त बिवाद बढेर चै फुटिरहेको छैन । र बर्शौ देखी यही फुटको चर्चा छ तर कुनै प्रगती हुन सक्या छैन । मात्रै नेता हरुले बोल्ने डायलग हरुमा कहिले काही हल्का चेन्ज आको छ । तर जस्ता तस्तै । लाग्छ यो टेलिभिजन मा आउने धाराबाहिक फुट सिरियल हो । जो लगातार चली रहेकोछ । र चलिनै रहने छ ।

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका