नाम हात्तीबन भनेता
पानी हात्ती हरुको कुनै नामोनिसान थिएन त्यहा । आउने बस्ने खाने हरुको कमी नहुने भएता
पनी हात्ती जतिकै टन्न खाने हरुका कमी नै थियो त्यहा । रेस्टुरेन्ट औसत चली रहेका थिए
त्यहा । त्यतिकैमा तामाझाम का साथ एउटा भब्य र अनौठो रेस्टुरेन्ट को सुरुवात भयो त्यहा
। नाम रह्यो -" शिर्स नेता रेस्टुरेन्ट एण्ड बार एण्ड बैठक साँझ । " रेस्टुरेन्ट
को तामझाम बेग्लाई थियो । सुरुमा आकर्सक कम्पाउण्ड भित्र थरी थरिका झन्डा गाडीएका थिए
। कोही हँसिया हथौडा युक्त रातो झन्डा । कोही चार तारा युक्त रातो र सेतो झन्डा । रातो
पनि कोहिमा सुर्य त कोहिमा सेतो घेरा भित्र सेतै हसिया हतौडा । कोही हात अन्कित झन्डा
त कोही हलगोरु अन्कित झन्डा । साच्चै त्यहा सबै पार्टीका रङी बिरङी झन्डा हरु एकै साथ
फर्फराइ रहेका थिए । भित्रको सझावट हेर्दा यस्तो लाग्थ्यो । यो रेस्टुरेन्ट नभएर सिम्हदरबार
को एउटा भाग हो । संबिधान सभाको एउटा भाग हो । त्यहा कता कता पेरिसडाँडाँको झल्को मिल्थ्यो
। त्यहाँ कता कता बल्खुदरबार को झल्को मिल्थ्यो
। र कता कता सानेपाको झल्को मिल्थ्यो । यस्तो लाग्थ्यो त्यही कतै लाजिम्पाट,माहाँराजगन्ज
,कोटेश्वर डल्ल्डु को झल्को मिल्थ्यो । बालुवाटार देखी बाल्कोट सम्मको बिशेषता हरुको
बडो चमत्कारीक फ्युजन भेटिन्थ्यो त्यहाँ ।
पृष्ठभुमीमा संगीत
हैन त्यहा बरु महान नेता हरुको धुवादार भाषण हरुको रेकर्ड सुन्न पाइन्थ्यो त्यहा ।
प्रत्यक्ष भाषण सुनाउने समेत ब्यबस्था थियो त्यहाँ । तर भाषण सुन्न चाहने पारखी कोहिजादैन
थिए त्यहा बरु घण्टाउ भाषण भन्न रुचाउने हरु चाँही धेरै पुग्थे त्यहा । त्यस्ता हरुको
सेवाको लागि झपक्क हल भरीने गरी पार्ट टाइम भाषण सुन्ने कर्मचारी हरु नियुक्त गरीएका
थिए । उनीहरुलाई बिरक्त नलागोस भनेर सबैका कानमा बाहिर नदेखिने गरी इण्टरनर्ली भनुम
न , रुओ को बुझो घुसारीएको थियो र सबै कर्मचारीलाइ पाँच पाँच पाँच मिनेटमा ताली ठोक्न
अह्राइएको थियो । यी त ठुला नेता हरुलाई भयो
। साथइ साना नेता हरुका लागि पनि भाषण गराइको आनन्द लिना मिलोस भनेर मन्च र माइक सहितको
स-स्याना भाषण क्याबिनको बेबस्था गरीएको थियो । र अगाडि स्क्रिनमा नेताजीलाई साच्चिकै
जस्तो लाग्ने गरी हेर्नेसुन्ने दर्सक वा जनताको एउटा ठुलो अवास्तबिक जमात देखाइेको
थियो । मान्छे जस्ताइ त्यो अवास्तबिक जमात
पानी टाइम टाइम मा लाउड स्पिकर मा ताली ठोक्थ्यो र नेताजी हरु मख्ख पर्थे ।
त्यहाँ मनोरन्जनका
मध्यम हरु पानी थुप्रै थिए पछाडी पटी सत्ता लिप्सा स्विमिङ पूल थियो जहाँ नेताजी हरु
स्विमिङ गर्न साह्रै रुचाउथे । उनिहरु भन्थे यो पोखरीको पानी नै मादक छ । पस्ना साथ्
अपार आनन्द आउछ । उनीहरुलाई धेरै बेर पोखरीमै डुबिरहन रुचाउथे । पौडी खेल्न स्विमिङ
कस्टम अनिवार्य गरीएता पनि कत्ती ग्राहक हरु । कट्टु सम्म नलगाएर चरीनाङ्गै भएर डुबुल्की
मारीरहेका देखिन्थे । तिनका बेसर्मी पारा देखेर धेरैले आँखा छोप्थे । तर ग्राहक भड्किने
ले केही बोल्न सक्दैन थ्यो रेस्टुरेन्ट ब्यबस्थापन । बरु एक दिन उल्टै सुचना जारी गर्यो
रेस्टुरेन्टले -' चरी नाङ्गै भएर सत्तालिप्सामा डुबुल्की मारेको एक्स्ट्रा चार्ज लाग्छ
" खेल्नकै लागी अरु अझै रोमान्टीक खेल हरुको कमी थिएन तिमध्धे तिन से एक एकापट्टी
र तीन से एकापट्टी बसेर खेलिने बहुमत अल्पमतको खेल सबै भन्दा चर्चित र रुचाइएको खेल
थियो । आँखामा पट्टी बानेर पार्टी नामक हाडिलाई लाठोले हानेर फुटाइने खेल "पार्टी
फुटाइ खेल " नामले चर्चित थियो र धेरै रुचिकर पनि थिए । कुनै नेताजी हरु संस्थापन
पक्ष हरु सगँ रिस उठ्यो भने कुदेर यही आउथे र एक क्वाटर बिद्रोह नामको रम लगाएर
" पार्टी फुटाइ खेल " खेलेर जान्थे । पेरिसडाडा बाट आउने तीनथान ग्राहकहरु
यसको नियमित ग्राहक थिए ।
कुर्सी तथा कक्ष हरु
पानी ताल तालका थिए । तिनिहरु बिभिन्न त्यहाँ र क्ल्याँस मा बाँडीएको थियो । प्राधानमन्त्री
क्लास्को कुर्सिमा बस्दा ठ्याक्कै प्रधानमन्त्री भएको जस्तो अनुभुती गराउदथ्यो त्यसैले
त्यस किसिम को कुर्सिमा बस्ने हरुको तँछाड मछाड हुने गर्थ्यो । अर्का कुर्सी हरु क्याबिनेट
क्लाँस का थिए त्यो पानी निकै हिट थियो तर त्यहा सिर्स नेता हरु भने बस्न तेती रुचाउदैन
थिए । उनिहरुको एक मात्र रोजाइ भनेको प्राधानमन्त्री क्लास कै कुर्सी थियो । मेनुमा'
लेखिएको थियो यहाँ हरेक कुरा पाक्छ ।
अँ अस्ती संबिधान लेख्ने
कामले' लखतरान भएर ठुला नेता हरुको एक समुह त्यही गएछन । र लेख्न उर्जा मिलोस भनेर
"सहमती " अर्डर गरेछन । २-३ दिन कुर्दा नि "सहमती " नआएसी उनी
हरुले रेस्टुरेन्ट मा कम्प्लेन गरेछन -" खै यार यत्रा समय भैसक्यो सहमती अर्डर
गरेको आउँदै आउँदैन त ? वेटरले हात जोड्डै भनेछ -"सरी सर यहाँ अराजनितिक चिज पाक्दैन
!! ".,
-विश्वदीप साप्ताहिक, ८-बैशाख ,२०६९
-विश्वदीप साप्ताहिक, ८-बैशाख ,२०६९
No comments:
Post a Comment