![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjv_yQC9vuB6yySgtqsw1CHz3hDFxlO09UTXjP5Vjursx4YTGuKevpcDYsw_7r-V68UQx5SQ3INk1-huHJprChZ1tBWGfu-VtsNNL7eP9ZyS5wzb5-tZ8hKpJQOfhg000Y8aTjB2b_pbEg/s320/din+khanae+kathaa.jpg)
अचेल मलाई सम्चार हेर्दा
र सिर्स नेता हरुका भाषण सुन्दा त्यही माछो माछो भ्यागुतोको पट्यारिलो खेल को याद आउछ
। यस्तो लाग्छ उनिहरु हरेक पटक बोले बिच्छे चोर अम्ला हल्लाएर माछो माछो भनिरहेका हुन्छन
। अनी हाम्रा आस हरु त्यसलाई समात्न तम्सिन्छ । आस नलागोस पनि किन ? मुलुक बनाउन भनी
तम्सिएका त्यत्रा त्यत्रा महान नेता हरुले नै माछो माछो गरेपछी । तर बिडम्बना उनीहरुमा
पनि हाम्रा बाल्यकालको दाइकाके प्रब्रिती देखिन्छ । अन्तिममा परीणाम पाईन्छ भ्यागुतो
। पहिला दाइकाका हरुको माछोमाछो भ्यागुतो नझेली सुख थिएन अहिले नेता र दलहरुको माछोमाछो
भ्यागुतो नझेली सुख छैन । यस्तो लाग्छ -"माछो माछो भ्यागुतो एउटा अनिवार्य नियती
हो जसलाई झेल्नु बाहेकको अन्य अप्सन छैन । "
उहिल्यै देखी जेष्ठ
१४ मा बन्ने भनिएको संबिधान बन्ला बन्ला जस्तो भएसी दल हरु एकाएक महा-दल भएका छन र
नेताहरु एकाएक महानेता भएका छन । उनिहरुले जेष्ठ १४ सम्मको लागि असंभव भन्ने शब्दलाई
शब्दकोसबाट मेटीदिएका छन । र हातमा एक एक वटा जादुको छडी लिएर नेपाली जनताको लागि संसारकै
सबै भन्दा चमत्कारीक संबिधान उत्पन्न गराइ दिनको लागि तम्सिएका छन । तर त्यो जादुको
छडीको सिमितता भनौ या दल हरुको लीला भनुम । उनिहरुको हातको त्यो चमत्कारीक जादु छडी
ले सहमति भने उत्पन्न गर्न सकेका छैनन । तब न त्यो वाहियात जादु छडी भन्दा त चोर अम्ला
नै चमत्कारीक छ भनेर अम्ला हल्लाउदै भनी रहेका छन माछो माछो माछो । उनी हरुको त्यो
माछोमाछोको आकर्सक खेलाले भनुम या अम्ला हल्लाइले भनुम । मुलुक एक्कासी आसामय बनेको
छ । तर जब दल हरु बैठक मा बस्छन र त्यहा बाट बाहिर निस्किन्छन । यस्तो लाग्छ उनिहरु
बुढी अम्ला ठड्याइ रहेका हुन्छन र भनिरहेका हुन्छन भ्यागुतो । त्यही बुढी अम्ला अहिले
सोसियल नेटवर्क हरुमा भए लाइक को रुपमा उत्साह को काम गर्थ्यो होला तर यो माछोमाछो
खेलमा जहिल्यै बिरक्तिलो भ्यागुतो । ठुला बढा हरुको माछोमाछो संस्क्रितीमा हुर्किएका
हामी नेपालीलाई राजनीतिको यो माछोभ्यागुत्ते खेला र छलछाम असाध्यै 'हेटेड' छ । यही
हेटेड खेलाको निरन्तरताले जनताको मनमा एक साथ देवीप्रसादे भुत चढ्न थालि सक्यो तैपनी
उनिहरुका माछो माछो भ्यागुतोको खेला सकिएको छैन । र लाटाले केरा भने जस्तो लगातार भनी
रहेका छन -"माछो माछो भ्यागुतो । माछो माछो भ्यागुतो ।।
-( विश्वदीप साप्ताहिक )
2 comments:
माछो माछो भ्यागुतो हाम्रा नेता हरु त्यही बाल्मनोबिज्ञान बाट अघी बढ्न सकेका छैनन र त यात्रो अन्योल छ। हे ईश्वर कृपा गरी हाम्रा नेता हरु लाई बयस्क बनाइदेउ
यहाँको कुरामा म पनि सहमत :)) धन्यवाद महेशजी
Post a Comment