माछो माछो भ्यागुतो

Friday, April 27, 2012


"माछो माछो भ्यागुतो माछो माछो भ्यागुतो । हामी सानो हुँदा हाम्रा दाई काका हरुले एउटा खेला खेलाएर हैरान पार्थे । नखेलुम भने हार्यो भनेर आछेप पाइएला भन्ने डर खेलुम भने । कहिल्ल्यै माछो पर्ने हैन जहिल्यै भ्यागुत्तै समात्नुको दिग्दारी । गर्थे के भन्दा चोर आम्ला पानीमा माछा खेले झै यता उता हल्लाउथे र माछा माछा भन्दथे र समात्न लगाउथे । हामी चै कत्तिन भरे बेलुकाको छाकै टर्ने जसरी समात्न तम्सन्थ्यौ । जब समात्थ्यौ । के गरी के गरी हाम्रा आँखा छलेर हाम्रा हातमा बुढी अम्ला पारीदीइ सकेका हुन्थे अर्थात हाम्रो हातमा भ्यागुत्तो हुथ्यो । त्यसपछी सुरु हुन्थ्यो उल्ली बिल्ली भ्यागुतो खायो भनेर । अनी फेरी समात भनेर माछोमाछो भन्दथे । हामी फेरी समात्न तम्सन्थ्यौ तर लास्टमा पर्थ्यो फेरी भ्यागुतोमा । खेल साह्रै झ्याउ लाग्दो र कती पनि रुचिकर थिएन तै पनि उनिहरु भेट्नासाथ अम्ला हल्लाएर माछोमाछो भनी हाल्थे अनी समाती हाल्नु पर्थ्यो । त्यो पट्यारलाग्दो खेलबाट बच्न म उनिहरुको अगाडि नै पर्दैन थिए । यही दिक्क लाग्दो खेल जनमानस मा माछो भ्यागुतो को नामले प्रख्यात छ । उद्धेस्य आस देखाउनु लोभ्याउनु र पछी हिस्स पार्नु । 

अचेल मलाई सम्चार हेर्दा र सिर्स नेता हरुका भाषण सुन्दा त्यही माछो माछो भ्यागुतोको पट्यारिलो खेल को याद आउछ । यस्तो लाग्छ उनिहरु हरेक पटक बोले बिच्छे चोर अम्ला हल्लाएर माछो माछो भनिरहेका हुन्छन । अनी हाम्रा आस हरु त्यसलाई समात्न तम्सिन्छ । आस नलागोस पनि किन ? मुलुक बनाउन भनी तम्सिएका त्यत्रा त्यत्रा महान नेता हरुले नै माछो माछो गरेपछी । तर बिडम्बना उनीहरुमा पनि हाम्रा बाल्यकालको दाइकाके प्रब्रिती देखिन्छ । अन्तिममा परीणाम पाईन्छ भ्यागुतो । पहिला दाइकाका हरुको माछोमाछो भ्यागुतो नझेली सुख थिएन अहिले नेता र दलहरुको माछोमाछो भ्यागुतो नझेली सुख छैन । यस्तो लाग्छ -"माछो माछो भ्यागुतो एउटा अनिवार्य नियती हो जसलाई झेल्नु बाहेकको अन्य अप्सन छैन । "
उहिल्यै देखी जेष्ठ १४ मा बन्ने भनिएको संबिधान बन्ला बन्ला जस्तो भएसी दल हरु एकाएक महा-दल भएका छन र नेताहरु एकाएक महानेता भएका छन । उनिहरुले जेष्ठ १४ सम्मको लागि असंभव भन्ने शब्दलाई शब्दकोसबाट मेटीदिएका छन । र हातमा एक एक वटा जादुको छडी लिएर नेपाली जनताको लागि संसारकै सबै भन्दा चमत्कारीक संबिधान उत्पन्न गराइ दिनको लागि तम्सिएका छन । तर त्यो जादुको छडीको सिमितता भनौ या दल हरुको लीला भनुम । उनिहरुको हातको त्यो चमत्कारीक जादु छडी ले सहमति भने उत्पन्न गर्न सकेका छैनन । तब न त्यो वाहियात जादु छडी भन्दा त चोर अम्ला नै चमत्कारीक छ भनेर अम्ला हल्लाउदै भनी रहेका छन माछो माछो माछो । उनी हरुको त्यो माछोमाछोको आकर्सक खेलाले भनुम या अम्ला हल्लाइले भनुम । मुलुक एक्कासी आसामय बनेको छ । तर जब दल हरु बैठक मा बस्छन र त्यहा बाट बाहिर निस्किन्छन । यस्तो लाग्छ उनिहरु बुढी अम्ला ठड्याइ रहेका हुन्छन र भनिरहेका हुन्छन भ्यागुतो । त्यही बुढी अम्ला अहिले सोसियल नेटवर्क हरुमा भए लाइक को रुपमा उत्साह को काम गर्थ्यो होला तर यो माछोमाछो खेलमा जहिल्यै बिरक्तिलो भ्यागुतो । ठुला बढा हरुको माछोमाछो संस्क्रितीमा हुर्किएका हामी नेपालीलाई राजनीतिको यो माछोभ्यागुत्ते खेला र छलछाम असाध्यै 'हेटेड' छ । यही हेटेड खेलाको निरन्तरताले जनताको मनमा एक साथ देवीप्रसादे भुत चढ्न थालि सक्यो तैपनी उनिहरुका माछो माछो भ्यागुतोको खेला सकिएको छैन । र लाटाले केरा भने जस्तो लगातार भनी रहेका छन -"माछो माछो भ्यागुतो । माछो माछो भ्यागुतो ।।  
-( विश्वदीप साप्ताहिक )  

2 comments:

mskhanal said...

माछो माछो भ्यागुतो हाम्रा नेता हरु त्यही बाल्मनोबिज्ञान बाट अघी बढ्न सकेका छैनन र त यात्रो अन्योल छ। हे ईश्वर कृपा गरी हाम्रा नेता हरु लाई बयस्क बनाइदेउ

rabi mishra said...

यहाँको कुरामा म पनि सहमत :)) धन्यवाद महेशजी

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका