महाधिबवेशेनमा के गर्लान?

Thursday, April 2, 2009

भर्खरै एकिक्रित नेपाल कम्युनिस्ट पार्टी (माओबादी)को केन्द्रिय
कमिटिको बैठक सकियो । बैठकले पार्टी बहुपदिय प्रणालिमा मा जाने निर्णय
गरेछ । बहुपदिय भनेको उही क्या एमाले जस्तै । सबभन्दा ठुलो मान्छे
अधेक्षे बन्ने। अनी बाँकी रहेका ठुला मान्छे हरु कोही महासचिव भन्ने ।
दुई चार जना अरु ठुला मान्छेहरु उपाधेक्षे बन्ने । दुई चार जना अरु ठुला
मान्छे हरु सचिव भन्ने । समग्रमा झण्डै एउटै साइज हुनेगरी पार्टी मा
हलक्क बडेका नेता हरुलाई भाग पुर्याउन र केन्द्रिय सदस्य ,पोलिट्ब्युरो ,
स्थाइ कमिटी सदस्य भन्दा अली अग्लो भएको अनुभुती दिलाउने काम यस्तो
बहुपदिय प्रणालिले गर्दो रहेछ ।
यसले टाठा बाठा सबै हरुलाई पद र सुबिधाको भाग पुग्ने हुँदा जहाँ
कङ्गाल त्यही चन्डाल भनेझै पद नपाएको झोकमा पार्टी फुट्ने जोखिम हुन्न
रहेछ । नेता अनुसार आवस्कता अनुसार पदहरु थपिरहन मिल्ने रहेछ।
हेर्नुहोस,तिन चार जना उपाधेक्षे र तीन चार जना सचिव को ब्यवस्था । फुट्न
भनेर चर्की सकेको पार्टी लाई पनि यसले बचाउने भएपछी एमाले एमाओबादी
मात्रै होइन कांग्रेस समेत बहुपदिय प्रणालि तर्फ आकर्सित भैसकेको छ।
अर्को कुरा, पार्टीमा ए जोडीएपछी बहुपदिय प्रणालिमा जाडो रहेछ ।
पहिलेको माले ए जोडीएर एमाले भयो, ढिलै किन नहोस् बहुपदियमा गयो । पहिले
को नेकपा (माओवादी) एनेकपा (माओबादी) बन्यो ,बहुपदियमा गयो।
कुरा गरौ एमालेको उ आफ्नै सिको गरेर माओवादी पनि बहुपदिय
प्रणालीमा गएको मा माओवादिलाई कुरिकुरी भन्दै छ। हाम्रै सिको गर्छ,
हामीलाई नै कठपुतली भन्छ। हाम्रै बाटोमा हिड्छ ,हामीलाई नै दक्षिणपन्थी
भन्छ। त्यसो भए तिमारु नि दक्षिणपन्थी । एमाले खिसी गर्छ माओवादी लाई ।
यता माओवादी भन्छ,- “बाटो तिन्का बाउको बिर्ता हो र? बाटो त सबैको साझा
हो ।” उनिहरुको तर्क छ_ “एउटै बाटोमा काले पनि हिड्ला, गोरे पनि हिड्ला,
काले हिंडेको बाटोमा हिड्यो भनेर गोरेलाई काले भन्न मिल्छ?”
एमाले को आस्चर्य छ -"केन्द्रिय कमिटी बैठकमै बहुपदिय प्रणाली मा जाने
भनेर पदिय भागबन्डा गरिसके पछी महाधिवेशनमा के गर्छ माओवादीले ?"
हुन पनि हो पदिय भागबन्डा नै सकियो भने , अब के गर्ने महादिबेशन्मा?
कुरो मनासिव नै हो आखिर महादिबेशन भनेको बिचार र शिद्धान्त बारे बहस
ठाउँ हुँदै होइन नि !
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका