संबाद

Wednesday, January 26, 2011

"के छ हालखबर ?"
"ठिकै छ!"
"अनी तिम्रो ?"
"ठिकै छ !"
"अनी के छ ?"
"ठिकै छ !"
..."तिम्रो के छ?"
"मेरो नि ठिकै छ !"
" नयाँ के छ ?"
" ठिकै छ !"
"तिम्रो त ?"
"ठिकै छ "
"अनी अरु भन" (एकै साथ)
"हाहाहा"
"अँ भन अरु !"
"अरु उस्तै हो ठिकै छ "
"तिम्रो के छ ?"
"मेरो नि ठिकै छ !"
"अनी भन !"
"ठिकै छ !"
"तिम्रो भन !
"ठिकै छ !"
(एवं रितले) ....

बचाऊ प्रभु

Saturday, January 15, 2011

कति लड्छ माओवादी ?

माओवादी अध्यक्ष कामरेड प्रचण्ड भन्नु हुन्छ माओवादी बेग्लै धातुले बनेको पार्टी हो । जुन हो पनि, उसका अरु भन्दा बेग्लै विशेषताहरुले गर्दा माओवादी बेग्लै धातुले बनेको पार्टी जस्तो देखिएको छ । माओवादीका यस्तै बेग्लै विशेषताहरुमा लडनु पनि एक विशेषता हे । यहि विशेषता अनुरुप माओवादी विगत १६ वर्षेखि लडदै आएको छ । लडनु उसको विशेषता भएर नै उसका लडाकुहरु छन् । माओवादीले दस वर्षम्म त सशस्त्र युद्ध लड्यो ।
दश वर्षको सशस्त्र युद्धले नपुगेर उसले शान्ति प्रक्रियामा आए पछि संविधानसभा चुनाव लड्यो । चुनावपछि त उसका लड्ने कुराहरु धेरै थपिए । उसले आफु लडने मात्र होइन अरुलाई पनि लडायो । राष्ट्रपति चुनाव प्रकरणमा नउठने गरी लडेका माधव नेपाललाई जुरुक्क उचालेर लडायो । यसमा पछि उ आफै लड्यो । त्यसपछि आयो पशुपति प्रकरण त्यहा“ पनि पस्पतिका पुजारीलाई लडाउन खोज्दा आफै लड्यो । पछि कटुवाललाई छिर्की हान्न खोज्दा पनि लड्यो । त्यसपछि बल्ड्याङ बल्ड्याङ माओवादी लड्या लड्यै छ । उ सडकमा लड्ये संसदमा लड्यो । र्सकारबाट लडे.पछि उ सरकारमा जानका निमित्त धेरै चोटी लड्यो । प्रधानमन्त्री चुनावमा रामचन्द्र बाजेस“ग अध्यक्ष कामरेड धेरै चोटी लडे । बजेटको विवादमा उ संसदमा लड्यो । उ ठूलोदेखि साने साने कुरामा नि लड्यदै गयो अनि अन्तिम पटक सरकारले फल्याङ फुस्लुङ पारी समावेदन प्रस्ताव फेल गरायो र लोप्वा ख्वाई यसमा नि लडाइदियो र उ लड्यो अनि भन्यो “धोका, धोका धोका” ।

झलनाथको आत्मा

उभयलिंगी पार्टी भनेर आप\mनो पहिचान कमाएको पार्टी एमालेभित्र लिंग नछुटिएको हैरानी त छदैछ । त्यसमाथि उसको आत्मा छुटिएको भन्दा बडो चमत्कारको सिर्जना भइरहेछ । उभयलिंगी अर्थात तेस्रो लिंगी भनेर त माओवादीका बाबुराम भट्टर्राईले घोषणा गरेर त्यसपछि अरुले पनि एमालेलाई उभयलिंगीको दर्जा प्रदान गरे । अब डाक्टर सापले घोषणा गरिसकेपछि त्यसमा वैज्ञानिक आधार खोजी रहन परेन र त्यसको मेडिकल टेष्ट पनि गरिरहनु परेन । किनकि डाक्टर सापले मेडिकल टेष्ट गरेरै भनेका होलान भन्ने विश्वास सबैले गरे र एमालेलाई उभयलिंगी भनेर भन्न कसैलाई हिचकिचाहट भएन । तैपनि माओवादी नेताले घोषणा गरेको र भन्नेहरुनी प्राय गैर एमाले नै भएकोले यस नामस“ग राजनीतिक पूवाग्रह छ कि भन्ने आशंका पनि थियो तर एमाले कै क्रियाकलापहरुले उ उभयलिंगी भन्ने प्रमािण्त गरिदियो । र एमालेले आफूलाई उभयलिंगी पार्टी रुपमा उभ्याउन सफल भयो । यसको लागि एमालेलाई बधाई । अब त पार्टीको बायोडाटामा पनि लिंग भनेर लेख्ने ठाउ“मा तीन वटा बिकल्पहरु राख्नु पर्ने भएको छ उभयलिंगी समेत समावेश गरेर ।
लिंग समेत त ठीकै थियो तर अहिले लिंग भन्दा जटिल कुराले प्रवेश पाएको छ एमालेभित्र र जटिल विषयको जटिल बहस हुन थालेको छ एमाले भित्रबाट । कुरा अब लिंगको हैन आत्माको चल्न थालेको छ । कुरा अन्तैबाट चलेको भए त यसलाई कुनै राजनीतिक प्रतिरोध मान्न सकिन्थ्यो होला तर कुरा एमाले भित्रैबाटै आएकोले विषय तातेको छ । साच्चै भन्नु पर्दा एमालेभित्र छुटिनुपर्ने लिंगको कुरो छुटिएको छैन र समस्या आएको छ अनि उ उभयलिंगी भएको छ । यता छुटिन नहुने आत्मा छुटिएको छ र समस्या आएको छ । निकै महिना पहिले उपाध्यक्ष कमरेड बामदेवज्यूको आत्मा पेरिसडाडा पुगेको प्रधानमन्त्रीज्यूले बताउनु भएको थियो । सायद गौतम कामरेड कै संगत हुनुपर्छ । अध्यक्ष कामरेड झलनाथज्यूको नी आत्मा गायब भएर पेरिसडाडा पुगेछ । यसरी एमालेका अध्यक्ष उपाध्यक्षकै आत्मा पेरिसडाडा पुगेपछि अब एमालेको जिवित अस्तित्वमै प्रश्न उत्पन्न भएको छ । सायद यी आत्माहरु पेरिसडाडा परमात्मामा बिलिन भएका होलान जुन कहिल्यै बल्खु तिर फिर्ने छैन । तर एउटा कुरा चै निकै अचम्म लाग्दैछ । धमाधम आत्मा संकलन गरेर के गर्दै छ पेरिसडाडा – के उ अब सत्ताकब्जाको आरोपलाई गलत सावित गर्दै आत्मा कब्जा गर्न लागेको हो -

टाइगर टप नाटक

पात्रहरु
पारस ः टाइगर १
रुबेल ः टाइगर २
सरकार ः स्याल
सुजाता ः बघिनी
अनि प्रहरी नामका स्याल हुइया बथान
दृश्य एक ः
स्थानः टाइगर टप दारु अड्डा
-चितवनको घना जंगलभित्र टाइगर टप दारु अड्डाभित्र निकै हल्लि खल्ली छ । रक्सिले मातेको आवाजमा केही मानिसहरु जोड जोडले कराइ रहेका छन्. । विस्तारै पर्दा खुल्छ ।)
टाइगर १ ः साले रक्सि खानुमा ठूलो ट्रयाजिटी छ मेरो ।
टाइगर २ ः (हाँस्छ)
टाइगर १ ः हाँस्छस ? मेरो ट्रयाजिटीमा हाँस्ने तँ ?
टाइग्र २ ः मलाई हाँस्न तेरो ट्रयाजेटी चाहिन्छ ?
टाइगर १ (टेबलमा बोतल बजार्दै) अनि किन हाँस्छस त ?
टाइगर २ ः म आफ्नै कमेडीमा हाँस्दैछु ।
टाइगर १ ः साले मेरो ट्रयाजेटी तेरो कमेडी ?
-टाइगर २ पुच्छ्रे गिलासमा रहेको झोल पदार्थ सिनेत्तै पार्छ र खिख्तिउँछ)
टाइगर १ ः (आफ्ना वरिपरिका मान्छेहरुलाई हेछ र पाइन्टको बगलि छाम्छ, सिलिङतिर हेर्छ बाहिर हेर्छ र टाइगरको आँखामा आँखा जुधाउछ) ओइ, बाहिर हिड बाघ हेर्न जाम ।
टाइगर २ ः जान्न – म किन जाम ? तँ मुला स्याललाई पो बाघ हेर्न रहर छ र जान्छस म आफै बाघ छु त किन जाउ बाघ हेर्न ?
टाइगर १ ः (जुरुक्क उठ्छ र अति क्रुद्ध आँखाले टाइगर २ लाई हेर्छ । मानौ उ त्यसलाई एकै गाँसमा सुलुक्कै निल्दैछ) के भनिस रे ? (टेबलमा बजारेर गिलास, प्लेट र बोतल प्राय भ\mयाम झुरुम पार्छ अनि मत्त साढे झै स्वा स्वा गर्छ) तेरो ससुरालीले गर्दा मेरो स्यालको गति भयो । याद राख बाघको डमरु कहिल्यै स्यालमा परिणत हुँदैन । (अनि बाहिर निस्कन्छ ।)
(निकै बेरपछि)
तँलाई र तेरो परिवारलाई बाँकी राख्दिन (ड्याङ ड्याङ डुङ डुङ गोली पड्काउदै) अब तँलाई सिद्ध्याइदिन्छु ।
दृष्य २
स्थान अखबार, टेलिभिजन
टाइगर १ ः (बिज्ञप्तिमा) मेरो मैले संस्थाको र देशको अपमान सहन सकिन । शान्त हुन बाहिर गएर एक घण्टा ध्यान गरे । असह्य भयो हावामा गोली पडकाए ।
टाइगर २ ः तलाई सिध्याइदिन्छु भन्यो निधारमा पेस्तोल जोड्यो अनि हावामा पड्कायो ।
बघिनी ः (गर्जिदै) बघिनीले आफ्ना सन्तानलाई चलाएको सहन सक्दिन । त्यसलाई जाक्दिनु खोरमा ।
स्याल ः (जुंगा मुसार्दै) त्यसलाई छोडिन्न तुरुन्त कारवाही गरिन्छ । (पर्दा बन्द)
दुष्य ३
स्थान ः पोखरा
(एक हुल स्यालका बथान टाइगर १ का अगाडि पुग्छन् ।)
एक स्याल ः (हात जोड्दै) प्रभु हजुरलाई समातेर लेराउने आदेश छ । कृपा गरेर हजुरले समातिइ दिनुपर्‍यो ।
टाइगर १ ः (हक्कि आवाजमा) केरे ? के भनेको ?
स्याल ः (डरले पछाडि हट्दै) हजुर हामीसँग चितवन गइदिन पर्‍यो ।
(टाइगर २ घन्टौसम्म चुपचाप बसिदिन्छ । स्यालहरुको पनि आवाजै निस्किदैन )
टाइगर १ ः ल ठीक छ । म गइदिउला तर केमा जाने ?
स्याल ः सुविधा सम्पन्न गाडी छ हजुर ।
टाइगर ः वाइयात गाडीमा गइन्छ । हेलिकप्टर मगाउ
(हेलिकप्टर मगाइन्छ)
दृष्य ४
(चितवन प्रहरी क्याम्पभित्रको सुविधा सम्पन्न भीआइपी कोठामा ससुरालीमा जस्तै सम्मानकासाथ टाइगर १ को बयान लिइन्छ । अनि साच्चिकै ससुरालीमा टाइगर २ को बयान लिइन्छ । कुन्नी के भयो स्याल सरकार टाइगर १ लाई छोडि दिन्छ ।)
टाइगर १ ः (ठाटका साथ) देशका लागि यस्ता बन्दुक त कति पड्काइन्छ कति ।
बघिनी ः (टाइगर २ का तर्फबाट) यस्ता पत्रिकामा त के के लेखिन्छ के के त्यसै कारवाही गर्न पाइन्छ ? (पर्दा बन्द)
पाठकबृन्द, कुन टाइगर टप भयो मूल्यांकन गर्ने जिम्मा तपाईको

त्रिदेव र सहमति भजन

‘सहमति सहमति सहमति’ हाम्रा राजेनताहरुले भजन गाउनु भएको धेरै समय भइसकेको छ । सहमतिको भजन गाउँदा अगाडि राष्ट्रिय जोडेर धेरै नेता राष्ट्र्वादी भएका छन् । जुनसुकै विचारधारा अंगालेका राजनीतिक दलहरुको लागि पनि सहमति भजन साझा भजन हुन पुगेको छ । हाम्रा कवि व्याकुल माइलाज्यूको ‘सयौ थुगा फूलका हामी’ गीत राष्ट्रिय गीत भए जस्तै सहमतिको एक शाब्दिक भजन विस्तारै राष्ट्रिय भजनको रुपमा स्थापित हुदै गएको छ । झलनाथदेखि खलनाथसम्म पर्चण्डदेखि उदण्डसम्म अनि सुशिलदेखि झुसिलसम्म नेताहरुको सुमधुर स्वरहरुमा लगातार गुन्जिरहने कर्णप्रीय सहमति भजनले जगजित सिंहको ‘तुम अन्तरयामी सबका स्वामी.. तेरे चरणो मं चार धाम.. हे राम हे राम’ र हाम्रा भजन सम्राट भक्तराज आचार्यज्यूको ‘एकदिन मैले प्रभुकन सोधे…’ जस्ता चर्चित भजनहरुलाई समेत फ्लप ख्वाइ दिएको छ । गायक जगजीत सिंह र भक्तराज आचार्यका भजनहरु त मान्छेले भगवानका लागि गाइएका भजन हुन । तर हामीले सुन्ने अहिलेको चर्चिर्त सहमति भजन त भगवानहरुले हामी मान्छेका लागि गाइदिएका भजन हुन । हाम्रा त्रिदेवका रुपमा रहेका प्रचण्ड, झलनाथ र सुशिल प्रभुहरु हाम्रो देशमा ब्रम्हा, विष्णु र महेश्वरको रुपमा विराजमान हुनु भएको छ । यस्ता देवाधीदेवहरुले गाउनु भएको सहमति भजन हाम्रा निम्ति किन कर्णप्रीय नहोस् -
सहमति भजनको लोकप्रियतासगै यसले र्सवव्यापकता पाउदैछ । सरकारी र राष्ट्रिय राजनीतिमा मात्र नभई यसले जनस्तरमा र पार्टी तहमा समेत स्थान जमाएको छ । भजनको लोकप्रियता र भजन गाउने र सुनाउने सिलसिलामा यहा थुप्रै भजन मण्डलीहरु देखिन थालेका छन् । अझै भन्ने हो भने सबै पार्टी भजन मण्डलीमा परिणत भएका छन् र ती पार्टीभित्र विवादका उर्बर भुमिमा ब्रम्हा, विष्णु र महेश्वरका हैसियत राख्ने त्रिदेवहरु उत्पन्न भएका छन् र तिनै त्रिदेवहरुले आफ्ना जादुगरी भाकामा चमत्कारी सहमति भजन गाइरहेका छन् ।
अब ठूलो पार्टी माओवादीकै कुरा गरौ आफ्ना आफ्ना दस्तावेज बोकेर प्रचण्ड, बैद्य र भट्टर्राई नामधारी त्रिदेवहरु ब्रम्हा, विष्णु र महेश्वरको हैसियतमा प्रकट भएका छन् र आफूहरुबीचका विवादका बीच सहमतिको भजन गाइरहेका छन् । यिनै त्रिदेवहरुका मुनि अर्का त्रिदेवहरु उत्पन्न भएका छन् र तिनै त्रिदेव मुनि अर्का अर्का त्रिदेव उत्पन्न भएका छन् । त्यो कार्यकर्ता तहसम्म पुगेको छ र कार्यकर्ता तहमै पनि त्यस्तै त्रिदेवहरु उत्पन्न भएका छन् र सहमतिकै भजन गाएका छन् ।
अब दोस्रो ठूलो पार्टी कांग्रेसको कुरा गरौं । कांग्रेसमा सुशिल, पौडेल र देउवा त्रिदेवका रुपमा ब्रम्हा, विष्णु र महेश्वरको हैसियतमा छन् । पद र शक्ति बाँडफाँड विवादको गाइजात्रे किचलो माझ त्रिदेवहरु सहमतिको भजन गाउनमा व्यस्त हुनुहुन्छ । अनि यी त्रिदेव मुनि पनि केन्द्रीय स्तरमा जिल्लास्तरमा अनि स्थानीय स्तरमा त्रिदेवहरु जन्मिएका छन् र लगातार सहमति भजन गाइरहेका छन् ।
एमालेभित्र खनाल, नेपाल र ओलीहरु त्रिदेवका रुपमा ब्रम्हा, विष्णु र महेश्वरका हैसियतमा प्रकट भएका छन् र सहमतिका भजन गाउदै छन् । त्यसबाट मुनि पनि थुप्रै त्रिदेव कार्यकर्ता तहसम्म प्रकट भएका छन् र सहमति भजन गाउदै छन् । यसरी माथिदेखि तलसम्म अचेल त्रिदेवहरु प्रकट हुन थालेका छन् । जति जति र जहाँ जहाँ त्रिदेवहरु प्रकट भएका छ्न त्यति त्यति र त्यहाँ त्यहाँ सहमतिको भजन गाइदै छ र सहमतिको सुरिलो धुन गुम्जदै छ ।

पर्यटन बर्ष को आकर्षण

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका