झलनाथको आत्मा

Saturday, January 15, 2011

उभयलिंगी पार्टी भनेर आप\mनो पहिचान कमाएको पार्टी एमालेभित्र लिंग नछुटिएको हैरानी त छदैछ । त्यसमाथि उसको आत्मा छुटिएको भन्दा बडो चमत्कारको सिर्जना भइरहेछ । उभयलिंगी अर्थात तेस्रो लिंगी भनेर त माओवादीका बाबुराम भट्टर्राईले घोषणा गरेर त्यसपछि अरुले पनि एमालेलाई उभयलिंगीको दर्जा प्रदान गरे । अब डाक्टर सापले घोषणा गरिसकेपछि त्यसमा वैज्ञानिक आधार खोजी रहन परेन र त्यसको मेडिकल टेष्ट पनि गरिरहनु परेन । किनकि डाक्टर सापले मेडिकल टेष्ट गरेरै भनेका होलान भन्ने विश्वास सबैले गरे र एमालेलाई उभयलिंगी भनेर भन्न कसैलाई हिचकिचाहट भएन । तैपनि माओवादी नेताले घोषणा गरेको र भन्नेहरुनी प्राय गैर एमाले नै भएकोले यस नामस“ग राजनीतिक पूवाग्रह छ कि भन्ने आशंका पनि थियो तर एमाले कै क्रियाकलापहरुले उ उभयलिंगी भन्ने प्रमािण्त गरिदियो । र एमालेले आफूलाई उभयलिंगी पार्टी रुपमा उभ्याउन सफल भयो । यसको लागि एमालेलाई बधाई । अब त पार्टीको बायोडाटामा पनि लिंग भनेर लेख्ने ठाउ“मा तीन वटा बिकल्पहरु राख्नु पर्ने भएको छ उभयलिंगी समेत समावेश गरेर ।
लिंग समेत त ठीकै थियो तर अहिले लिंग भन्दा जटिल कुराले प्रवेश पाएको छ एमालेभित्र र जटिल विषयको जटिल बहस हुन थालेको छ एमाले भित्रबाट । कुरा अब लिंगको हैन आत्माको चल्न थालेको छ । कुरा अन्तैबाट चलेको भए त यसलाई कुनै राजनीतिक प्रतिरोध मान्न सकिन्थ्यो होला तर कुरा एमाले भित्रैबाटै आएकोले विषय तातेको छ । साच्चै भन्नु पर्दा एमालेभित्र छुटिनुपर्ने लिंगको कुरो छुटिएको छैन र समस्या आएको छ अनि उ उभयलिंगी भएको छ । यता छुटिन नहुने आत्मा छुटिएको छ र समस्या आएको छ । निकै महिना पहिले उपाध्यक्ष कमरेड बामदेवज्यूको आत्मा पेरिसडाडा पुगेको प्रधानमन्त्रीज्यूले बताउनु भएको थियो । सायद गौतम कामरेड कै संगत हुनुपर्छ । अध्यक्ष कामरेड झलनाथज्यूको नी आत्मा गायब भएर पेरिसडाडा पुगेछ । यसरी एमालेका अध्यक्ष उपाध्यक्षकै आत्मा पेरिसडाडा पुगेपछि अब एमालेको जिवित अस्तित्वमै प्रश्न उत्पन्न भएको छ । सायद यी आत्माहरु पेरिसडाडा परमात्मामा बिलिन भएका होलान जुन कहिल्यै बल्खु तिर फिर्ने छैन । तर एउटा कुरा चै निकै अचम्म लाग्दैछ । धमाधम आत्मा संकलन गरेर के गर्दै छ पेरिसडाडा – के उ अब सत्ताकब्जाको आरोपलाई गलत सावित गर्दै आत्मा कब्जा गर्न लागेको हो -

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका