‘बाहिर ननिस्क केटा हो’

Thursday, September 29, 2011

“ड्याङ्ग पडक्या छ”
सापले भने
“क्या हा यो ?”
“त्यहि त साप”
जवानले भने
“सातो लियो”
“झरियो बेला एकछिन आनन्दले सुतौ भनेको”
हल्दार सापले आँखा मिच्दै भने
“दिएनन सिल्ली हर्ले”
“आँखा मात्र के लाग्न लाग्या थो झसँगै पार्दिए”
“त्यही त भन्याँ”
चौकिदारले भने
“ड्युटीमा नी सुत्न पाइएन त्यसै जाने भयो दिन” थपे
“अनि विस्तारै पड्काउन पर्छ नी”
“हैन ए केटा हो ”
सापले भने
“लास्टै पड्क्यो नि त हौ -”
आप\mनो कान तान्दै बोले
“कानै र्टुइय गरी रा’छ”
थपे
“म मा यो दारुको कमाल हो कि तिमलाई नि भै रा’छ -”
“कहा र साप मेरो त मुटु नै हल्लि रा’छ” असइ सापले भने
“अस्तिको भुइचालो को प्रभाव हो कि आजको पडकाइको प्रभाव -”
“भुइचालोको प्रभाव हैन”
सापले भने
“आजको पडकाइ कै हुनुपर्छ ।”
थपे
“तर ए केटा हो – पड्किन चै के पड्क्यो – भनाओ त -”
“साप”
एक जवानले भने
“पक्कै पनि जिब्रो पड्काएका होलान त्रिचन्द्रका केटाहरुले”
थपे
“बाटामा च्वाक हर्लाई देखेर”
“धत कहा आउछ यत्रो आवाज”
अर्का जवानले भने
“जावो जिब्रो पड्काउदा”
“त्यही त”
हल्दारसापले भने
“बरु गाला पड्काए होलान, जिब्रो पड्काउनेको”
“त्यसो हैन”
असइ सापले भने
“दशैं आउन लाग्या बेला छ । कुन चाहिले नयाँ हात्तिछाप चप्पल लगाएर हिड्यो होला” थपे
“चप्पल पड्केको हेला”
“ए केटा हो”
साप अलि कड्किए
“तिमरु कति उत्पट्याङ कुरा मात्र गर्र्छौ हँ आफ्नै छेउमा भा घटना यसो बुझनु परेन -”
अह्राए “लौ रेडियो खोल त सञ्चार सुन्नु पर्‍यो”
‘घन्टाघरमा गोली चल्यो’
समाचारले भन्यो
‘एकको मृत्यु’
“लौ खतरा छ केटा हो”
सापले भने
“हाम्रै छेउमा गोली चलेछ,
हामीलाई समेत असुरक्षा भयो अब”
(एक छिनको मौनतापछि)
“एक्लै दुक्लै बाहिर कोही ननिस्कनु केटा हो”
सापले आदेश दिए
“अपराधीले गोली चलाउन सक्छ ज्यान जान सक्छ ।”

भूकम्प

Thursday, September 22, 2011


काला बजारी

Wednesday, September 21, 2011


बाबुरामको आशा !!

Monday, September 5, 2011

बाबुरामको जोश


झिनो बहुमतको जोखिमपूर्ण यात्रा !!


अब छेमायाचना विज्ञापन दिन पर्नी भो !! !!

लौ जा ! हाम्ले त बधाई विज्ञापन दिई सकिम् ! अब छेमायाचना विज्ञापन दिन पर्नी भो !! !!


थिचिएका बाबुराम



सत्ता साझेदार !!


कपडा खै रे ??

कपडा खै रे ?? केटाहरले मन्त्री बनाइदिन्छु भने, दिएँ फुकालेर !


पौडेल बाजेको मनोबाद !!

‘उफ’
बाजेले निधारको पसिना पुछ्नु भो र खुइय गर्दै भन्नुभो
‘के गरुम अब -’
‘भाग्य लेख्ने सिल्ली पनि कस्तो उट्पट्याङ परेछ’ टोपी फुकालेर हम्कनु भो र भन्नु भो ‘चुटि्कला लेख्दै छ कि क्या हो सबैको हासोको पात्र बनियो
बज्याले सत्र चोटी हार हार हार…’ लेखेछ टोपी लगाउनु भयो र भन्नु भो ।
‘ दिमाग खराब’
‘मैले जित्या भए रामराज्य आउने थियो ।’ आखा चिम्म पार्नु भो र सोच्नु भो ।
‘अरुलाई नभए पनि आफु आप\mना नातागोता अनि कार्यकर्तालाई’
‘कलियुगमा घोर अनर्थ भो’ रामराज्य आउने मौका चुकाए ।
‘हार्ने रामचन्द्र जित्ने बाबुराम’
उहाले गम्नु भयो
‘कति फरक छ चन्द्र र बाबुमा चन्द्रले जिते आफै हुन्थे बाबुले जितेर बर्बाद भयो’
‘कति हार्नु अब -’
कोट फुकाल्नु भो र दौराको तुना तान्दै भन्नु भो
‘अब त यो दौराले पनि खिसी गर्ने बेला भै सक्यो’
‘जा अभागी खाला’
दौरा फुकाल्नु भो र मिल्काउदै भन्नुभो ।

‘तेरो कर्म नै खोटो बुझिस त प्रधानमन्त्रीको आङमा पर्न सकिनस् ।’
साह्रै बिरक्तिएर उहा आप\mनै कोठामा एक फन्का मार्नु भो ओछ्यानमा पल्टिनु भो र गीत बजाउनु भयो
‘उडायो सपना सबै हुरीले
सपना सबै हुरीले सपना सबै हुरिले
सपना सबै हुरीले’
‘माने (मादप नेपाल) को भन्दा पनि गए गुज्रेको ताल भयो । उनले त बाउन्न घुस्सा चउन्न ठक्कर खाएर भए पनि प्रधानमन्त्री खाइ हाले । पैले सिलाइ राख्या सबै दौरा सुरुवाल तरह लाई हाले । उनले त झक्कुको भक्कु खाएका हुन् । एकै खेपमा दुइ ठामबाट हारे पनि, माउवादीले राष्ट्रपति चुनाउमा उचालेर पछारे पनि । लास्ता मानेले प्रधानमन्त्री पडकाई छाडे ।’
पुर्पुरामा हात लगाउदै भन्नुभो ‘आफू त दर्जनौ खेप हारियो, उनी झक्कुसग हारे आफू झल्लुसग हारियो, ऐले रामसग राम जुधाए अनि फेरि सिंग फुकाले ।’
‘उफ कति हार्नु -’
सुस्केरा हाल्दै भन्नुभो
‘अब हारिन्न’
उत्साहित हुनु भो ।
‘जितिन्छ जितिन्छ’
‘बिपनामा हारेर के भयो -’
उहाले जुक्ति लगाउनु भो
‘अब सपनामा भए पनि जितिन्छ’
‘त्यसैले अब सुतिन्छ’
केही राहत अनुभव गरे झै गरी भन्नु भो
‘अब निदाइन्छ’
त्यसपछि सिरकले गुटीमुटी भई सुत्नु भो फेरि अर्को आशंकाले उहालाई चिमोट्दै भन्यो ।
‘सपनामा पनि झल्लु, प्रचण्ड र बाउरामले भिलेन खेले भने ।’
उहालाई खलखली पसिना आयो ।

हाई हाई बाबुराम !!

‘नव निर्वाचित प्रधानमन्त्री बाबुराम भट्टर्राईलाई बधाई र शुभकामना तर पार्टनरहरु गतिला छैनन् होस चै अवश्य पुर्‍याउनु होला’ एमाले युवा नेता योगेश भट्टर्राई ले फेसबुकमार्फत नवनियुक्त प्रधानमन्त्री डा. भट्टर्राईलाई दिएको शुभकामना हुन यी । हुन त गत आइतबार सम्पन्न प्रधानमन्त्री चुनावमा उनको दल नेकपा एमालेले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई र्समर्थन गरेको थियो । हतियार र लडाकु पूर्ण रुपमा परित्याग नगरेसम्म माओवादी नेतृत्व स्वीकार गर्न नसकिने अडानमा रहेका कांग्रेस र एमालेलाई यस मुद्दामा बिना उपलब्धि नै माओवादीको नेतृत्व निश्चय पनि सुखद कुरा होइन । तैपनि भट्टर्राई प्रधानमन्त्री हुनुलाई व्यक्तिगत रुपमा दुखद रुपमा भने लिएका छैनन् ती पार्टी नेता तथा र्समर्थकहरुले पनि ।
एमाले युवा नेता योगेश भट्टर्राईको स्टाट्स पनि केवल एउटा औपचारिकता मात्र थिएन । अरु युवाहरु जस्तै उनको पनि बाबुरामप्रतिको आशा प्रतिबिम्ब यसमा झल्कियो । सैद्धान्तिक र बैचारिक रुपमा विरोधी भएता पनि व्यक्तिगत रुपमा बाबुरामलाई हाई हाई गर्नेहरुको ठूलै लाम छ ।

बाबुराम पछिल्ला समयमा युवा पुस्ता र मिडिया माझ निकै लोकप्रिय छन् । विशेषत उनी अर्थमन्त्री भएका बखत राजस्व असुलीमा गरेको उल्लेख्य प्रगतिले उनलाई चर्चाको चुलिमा पुर्‍याई दियो । उनी समकालिन नेताहरुमा र्सवाधिक लोकप्रिय बन्न पुग्नुभयो । जसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खस्कदो व्यक्तित्व पनि सहयोगी बन्न पुग्यो । एउटा ठूलो पार्टीको हिसाबमा माओवादीमा जनताको आशा थियो नै । जुन आशा पूरा गर्न प्रचण्ड त्यति भरपर्दा देखिन छाडे । उनका बिकल्पको रुपमा बाबुराम प्रस्तुत हुन थाले ।
त्यसो त बाबुरामको प्रसिद्धि उनको सफल अर्थमन्त्रीको कार्यकाल र प्रचण्डको व्यक्तित्वमा आएको स्खलनबाट मात्र बढेको थिएन उनी संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर चुनाव जित्ने सभासद हुन । सशस्त्र द्धन्दकालमा पनि उनी सधै चर्चित नै थिए । शान्ति वार्तामा पनि यिनले महत्वपूर्ण भूमिका खेले । तथापि बाबुराम प्रचण्डको बिकल्पको रुपमा र दोस्रो पुस्ताको र्सवाधिक लोकप्रिय नेताको रुपमा देखापरेको चाहि पछिल्ला समयमै हो । आलोचकहरु यसलाई बाबुरामलाई चुलीमा पुर्‍याएर प्रचण्डलाई साइजमा ल्याउने विरोधीको चालबाजीको रुपमा बुझदछन् ।
एउटा बौद्धिक र तार्किक व्यक्तित्वले गर्दा युवा पुस्ता भट्टर्राईप्रति आकषिर्त भए र सञ्चार माध्यमहरुमा पनि निकै छाउन थाले । अखबारका विचार पृष्ठ र सम्पादकीयहरु उनका र्समर्थनमा लेखिन थाले । मिडियाको प्रभाव पर्ने सहरी पढेलेखेका जमातहरु र मध्यम बर्गियहरु उनीतर्फ आकषिर्त भए । उनले पार्टीबाट भन्दा बाहिरबाट बढी र्समर्थन पाए । टीभी र अखबारका एसएमएस मत र्सर्वेक्षणहरुमा भावी प्रधानमन्त्रीका रुपमा भट्टर्राईका पक्षमा मत आउन थाल्यो । माओवादी, गैर माओवादी बृतबाट अबको प्रधानमन्त्री बाबुराम बन्नु पर्छ भन्ने धेरै देखिए । पत्रकार किशोर नेपालका शब्दमा उनी प्रधानमन्त्रीका ‘माइडार्लिङ उम्मेदवार’ भए ।
भट्टर्राई र सोसल मिडिया
अरब मुलुकहरुमा सत्ता परिवर्तनका लागि निर्णायक भूमिका खेलेका सोसलमिडियाहरुले नेपालमा भट्टर्राईलाई यो स्थितिसम्म ल्याई पुर्‍याउन थोर बहुत भूमिका अवश्य नै खेलेको छ । खासगरी उनलाई लोकप्रिय बनाउने कार्यमा फेसबुक टि्वटरले पनि भूमिका खेलेका छन् । उनी अर्थमन्त्री हुदा फेसबुक एकाउन्ट खोलेका थिए जसको केही महिनामै हजारौं साथीहरु बने । सामाजिक सन्जालमा युवाहरुसगको प्रत्यक्ष अन्तरक्रियाले उनी युवाहरुमा राम्रो प्रभाव पार्न सफल भए । जब उनले आफ्नो फेसबुक एकाउन्ट बन्द गरे उनका नाममा फ्यान पेजहरु बने । उनको फ्यान पेजमा झन्डै पचास हजारले लाइक गरेका छन् । उनका नाममा धेरै पेजहरु बनेका कारण कुनैमा धेरै फ्यान छन् कुन कुनैमा थोरै । यी पेजहरुमा आधिकारिकताका प्रश्न एकातिर होलान तर जे होस यो सोसल मिडियामा उनका फ्यान बन्नेहरुको लहर चाहि पक्कै हो । यस्तै टि्वटरमा पनि उनका नामका थुप्रै एकाउन्टहरु छन् । यद्यपि ती कुनै पनि भेरिफाइड छैन । तैपनि हजारौंले बाबुरामलाई फलो गरेका छन् । र बधाई र शुभकामना दिएका छन् । उनी फेसबुक र टि्वटर प्रयोगकर्तामाझ निकै लोकप्रिय बनेका छन् र धेरैले आफ्ना स्टाट्सहरु उनलाई बधाई र शुभकामनामा खर्चिएका छन् ।
प्रधानमन्त्री बनेपछि उनी राष्ट्रिय अन्तर्रा ट्रय मिडियामा निकै छाएका छन् । बीबीसीले यसलाई ‘असंभव आशाको बोझ’ भन्दै टिप्पणी गरेको छ ः प्रधानमन्त्री बाबुराम भट्टर्राईसमक्ष इतिहासको घडीलाई उल्ट्याउने चुनौती छ ।
अचेल उनले चढेको नेपालमा जडित ‘मुस्ताङ’ जिपले खुब चर्चा पाएको छ । यस्तै सकारात्मक कार्यको निरन्तरताले उनी चर्चित बन्दै जालान भन्ने लक्षण पनि देखिन्छ । तर प्रमको लागि चर्चा मात्र ठूलो कुरा होइन मूल कुरा त शान्ति प्रक्रिया र संविधान लेखन कसरी पुरा गर्छन् उनको राजनीतिक भविष्य यसैमा निर्भर रहन्छ । यो कार्यभार परा हुनेमा धेरैले आशंका व्यक्त गरेका छन् । उनलाई बाहिरबाट भन्दा भित्रबाट नै असफल बनाइन सक्ने आशंका उनका गैर माओवादी र्समर्थकहरुको छ ।
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका