माइ हार्ट विल गो अन

Thursday, February 7, 2013


आवाज सिलियन डायनकै थियो । तर डान्सिंग भर्सनमा थियो | गितले डुबाउने खालको फिलिङ्गस उत्पन्न गराइरहेको थिएन । बरु जुरुक्क उठेर  नाचम नाचम बनाइरहेको थियो । ज्याक ल्यापटपमा पोकर गेम खेल्दै थियो । उसले टाइटानिक गेम खेल्ने क्रेडिट पायो अनी खुसीले उफ्रियो । अनी हतपत साइन अप गर्‍यो । यता रोज गेममा पार्टनरले झेली गरेको झोकमा गेम खेल्दै गरेको आइप्याड पानीमा मिल्काउन खोज्दैथिइ । ज्याक भित्रको हिरो त्यहा प्रत्यक्ष हुन्छ | "पानी चिसो हुन्छ पानीमा आइप्याड भिज्छ । यति राम्रो जिनिस फाल्नु हुन्न " भनेर सम्झाउछ । रोजले लहडमै त्यसलाई मिल्काइदिन्छे । त्यसपछी त्यस्को माया लागेर आउछ र अतालिन्छे । ज्याकले बिचैमा त्यसलाई समातिदिन्छ ।

त्यसपछी गेमको रोमान्चक सुरुवात हुन्छ । सामुन्ने बसेर गेमखेलीरहेका उ र उनि आफुलाई पूर्णतया ज्याक र रोजमा परिणत गर्छन । टाइटानिक रमाइलो आवाजका साथ समुन्द्रमा तैरिन थाल्छ । उसले ज्याक बटममा माउस पुर्याउछ र ज्याक नामको चरित्रको रुपमा रुपमा आफुलाई टाइटानिक उतार्छ । उनीले पनि रोज बटममा टच गर्छिन र रोज नामको पात्रको रुपमा आफुलाई टाइटानिकमा उतार्छिन । 

रोजले जहाजको छतमा बसेर हात फिजाउछे । ज्याकले त्यसलाई केमरामा कैद गर्छ । अनी त्यसलाई आफ्नो फेसबुक कभर फुटो बनाम्छ । ज्याकले रोजलाई चुम्छ । रोज ज्याकको अङालोमा बाधिन्छे । खेल्नेका आखा जुध्छन । दुवैका मुस्कुराउछन । र फेरी गेममा तल्निन हुन्छन । चाहन्छन गेमको लिमिटेसनलाइ नाघौ र कथालाई बिचैमा छोडेर आफुहरु निकै पर पुगुम । ज्याकले रोजको न्युड चित्र कोर्छ । रोजले त्यो रोमान्टिक पलबारे उल्लेख गर्दै ट्वीट गर्छे । ज्याकले रिट्वीट गर्छ । भिलेन साइको हुन्छ टाइमलाइनमा तिरिमिल्री देख्छ ।
 

आन्दोलन के का लागी ?

“नेताजी नमस्ते |”

बिर्खबहादुरले सोधे |

“ आरामै हुनुहुन्छ ?”

“जेनमा आरामै भए पनि मनमा हल्का बेचैनी छ |”

नेताजीले सोध्नु भो |

“बाबुलाई कस्तो छ |”

नेताजीको बेचैनी बिर्खबहादुरले बुझिहाले | सोधे,

“अनि नेता ज्यु कता ?”

थपे |

“मलाइ चिन्नु त भयो नि ?”

“चिने बाबु चिने | यो सिजनमा नि नचिने कहिले चिन्ने ? हाम्ले आन्दोलन थालेका छौ बाबु | त्यसैले जनतालाइ बेस्सरी चिन्न थालेका छौ |”

नेताजीले भन्नु भो |

“म आन्दोलन तिरै लागेको | हिड्नोस बाबु जाम त्यतै |”

“अरे | फेरी आन्दोलन ?”

बिर्खबादुरले सोध्यो |

“केको आन्दोलन अब ?”

“ल sss बाबु पनि के नबुझे झैँ सोधिराको नि ?”

नेताजीले भन्नु भो |

“आन्दोलन क्या लोकतान्त्रिक दलहरुको सम्जुक्त आन्दोलन |”

“हँ ? फेरी आन्दोलन ? लु सकिएन | अब चै केको लागी नि आन्दोलन ?”

“लोकतन्त्रको लागी नी | “

नेताजीले भन्नु भयो |

“हामि लोकतान्त्रिक दलहरु अरु के को लागी आन्दोलन गर्छम ?”

“तर लोकतन्त्र त आइ सकेको हैन र ?”

बिर्खबहादुरले सोधे |

“फेरी केका लागी आन्दोलन ?”

“लोकतन्त्र त आयो तर हाम्रा लागी आएन |”

नेताजीले भन्नु भयो |

“हाम्रो लोकतन्त्रको लागी आन्दोलन गर्दै छम |”

“तपाइको लोकतन्त्रको लागी ?”

बिर्खबहादुरले अचम्म मान्दै सोध्यो |

“कस्तो हो नि तपाइको लोकतनत्र भनेको चै ?”

“नरम , आरामदायी , फननननन घुम्ने |”

गोजीबाट कुर्सीको फुटो झिकेर एक चुम्बन लगाम्दै भने |

“ठ्याक्कै यस्तै |”

 

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका