“नेताजी नमस्ते |”
बिर्खबहादुरले सोधे |
“ आरामै हुनुहुन्छ ?”
“जेनमा आरामै भए पनि मनमा हल्का बेचैनी छ |”
नेताजीले सोध्नु भो |
“बाबुलाई कस्तो छ |”
नेताजीको बेचैनी बिर्खबहादुरले बुझिहाले | सोधे,
“अनि नेता ज्यु कता ?”
थपे |
“मलाइ चिन्नु त भयो नि ?”
“चिने बाबु चिने | यो सिजनमा नि नचिने कहिले चिन्ने ? हाम्ले आन्दोलन थालेका छौ बाबु | त्यसैले जनतालाइ बेस्सरी चिन्न थालेका छौ |”
नेताजीले भन्नु भो |
“म आन्दोलन तिरै लागेको | हिड्नोस बाबु जाम त्यतै |”
“अरे | फेरी आन्दोलन ?”
बिर्खबादुरले सोध्यो |
“केको आन्दोलन अब ?”
“ल sss बाबु पनि के नबुझे झैँ सोधिराको नि ?”
नेताजीले भन्नु भो |
“आन्दोलन क्या लोकतान्त्रिक दलहरुको सम्जुक्त आन्दोलन |”
“हँ ? फेरी आन्दोलन ? लु सकिएन | अब चै केको लागी नि आन्दोलन ?”
“लोकतन्त्रको लागी नी | “
नेताजीले भन्नु भयो |
“हामि लोकतान्त्रिक दलहरु अरु के को लागी आन्दोलन गर्छम ?”
“तर लोकतन्त्र त आइ सकेको हैन र ?”
बिर्खबहादुरले सोधे |
“फेरी केका लागी आन्दोलन ?”
“लोकतन्त्र त आयो तर हाम्रा लागी आएन |”
नेताजीले भन्नु भयो |
“हाम्रो लोकतन्त्रको लागी आन्दोलन गर्दै छम |”
“तपाइको लोकतन्त्रको लागी ?”
बिर्खबहादुरले अचम्म मान्दै सोध्यो |
“कस्तो हो नि तपाइको लोकतनत्र भनेको चै ?”
“नरम , आरामदायी , फननननन घुम्ने |”
गोजीबाट कुर्सीको फुटो झिकेर एक चुम्बन लगाम्दै भने |
“ठ्याक्कै यस्तै |”
No comments:
Post a Comment