आवाज सिलियन डायनकै थियो । तर डान्सिंग भर्सनमा
थियो | गितले डुबाउने
खालको फिलिङ्गस उत्पन्न गराइरहेको थिएन । बरु जुरुक्क उठेर नाचम नाचम बनाइरहेको थियो । ज्याक ल्यापटपमा
पोकर गेम खेल्दै थियो । उसले टाइटानिक गेम खेल्ने क्रेडिट पायो अनी खुसीले उफ्रियो
। अनी हतपत साइन अप गर्यो । यता रोज गेममा पार्टनरले झेली गरेको झोकमा गेम खेल्दै
गरेको आइप्याड पानीमा मिल्काउन खोज्दैथिइ । ज्याक भित्रको हिरो त्यहा प्रत्यक्ष
हुन्छ | "पानी
चिसो हुन्छ पानीमा आइप्याड भिज्छ । यति राम्रो जिनिस फाल्नु हुन्न " भनेर
सम्झाउछ । रोजले लहडमै त्यसलाई मिल्काइदिन्छे । त्यसपछी त्यस्को माया लागेर आउछ र
अतालिन्छे । ज्याकले बिचैमा त्यसलाई समातिदिन्छ ।
त्यसपछी गेमको रोमान्चक सुरुवात हुन्छ ।
सामुन्ने बसेर गेमखेलीरहेका उ र उनि आफुलाई पूर्णतया ज्याक र रोजमा परिणत गर्छन ।
टाइटानिक रमाइलो आवाजका साथ समुन्द्रमा तैरिन थाल्छ । उसले ज्याक बटममा माउस
पुर्याउछ र ज्याक नामको चरित्रको रुपमा रुपमा आफुलाई टाइटानिक उतार्छ । उनीले पनि
रोज बटममा टच गर्छिन र रोज नामको पात्रको रुपमा आफुलाई टाइटानिकमा उतार्छिन ।
रोजले जहाजको छतमा बसेर हात फिजाउछे । ज्याकले
त्यसलाई केमरामा कैद गर्छ । अनी त्यसलाई आफ्नो फेसबुक कभर फुटो बनाम्छ । ज्याकले
रोजलाई चुम्छ । रोज ज्याकको अङालोमा बाधिन्छे । खेल्नेका आखा जुध्छन । दुवैका मुस्कुराउछन
। र फेरी गेममा तल्निन हुन्छन । चाहन्छन गेमको लिमिटेसनलाइ नाघौ र कथालाई बिचैमा
छोडेर आफुहरु निकै पर पुगुम । ज्याकले रोजको न्युड चित्र कोर्छ । रोजले त्यो रोमान्टिक
पलबारे उल्लेख गर्दै ट्वीट गर्छे । ज्याकले रिट्वीट गर्छ । भिलेन साइको हुन्छ
टाइमलाइनमा तिरिमिल्री देख्छ ।
त्यहिबेला टाइटानिकमा समस्से देखिन्छ । उनीहरु
त्यसलाई बचाम्ने कोसिस गर्छन । भिलेन ज्याक रोज प्रति गोलाबारी सुरु गर्छ । ज्याक
रोज भाग्छन । भिलेनले ज्याक्लाई हत्कडी लाएर खम्बामा बाधीदिन्छ । कोठामा पानी भरिएर उसको घाटीघाटी आइपुग्छ । रोजले हतपत गुगल
गर्छे । सिरियल कि फेला पार्छिन । र इन्टर गर्छिन । हतागडी खुल्छ । कुदेर जहाजको
छतमा पुग्छन र समुद्रमा हात समातेर झ्वाम्म हामफाल्छन । उनीहरु दुवै एउटा फलेक
समात्न पुग्छन । ज्याक "खै खै" भनेर भनेर फलेकमा चड्न खोज्छ । रोजले
भन्छे - " दुइ जना यसले थेग्दैन प्यारा । " ज्याकले भन्यो - "
त्यहि भएर त म मात्रै चड्न खोज्दैछु फलेकमा । "
"तिमि
सेल्फिस कुरा नगर त ।" रोजले च्याठीएर भनि ।
"केका
सेल्फिस नि ? " गेमलाइ
पज गर्दै ज्याकले भन्यो । " जहिल्यै हिरोले नै जोखिम मोल्न पर्छ भन्ने के छ ?"
"जोखिम
मोल्न सक्छन त हिरो हुन्छन नि ।" फेरी प्ले गर्दै रोजले भनिन - "नसक्ने
नालायकहरु केका हिरो ?"
"केरे
? कसलाई नालायक
भनेको ? " ज्याकले
भन्यो । -" हरेक टाइटानिकमा हिरोले मर्ने ठेक्का लिग्याछैन बुझ्यौ । "
" तिम्ले
भन्न खोज्या के ? " रोजले
दुखले भन्दा बढी रिसले रुदै भनिन -" अनि के म मरुम त ? "
ज्याकले भन्यो - " अनि के त जहिल्यै मै
मर्नु पर्ने ?"
त्यसपछी कुटाकुट सुरु भयो । गेम भित्र टाइटानिक
डुब्यो । बाहिर ब्रेक अप |
2 comments:
गजप
धन्यबाद :)
Post a Comment