खुकुरी तालीम

Wednesday, April 28, 2010

(आर्थिक दैनिक बाट)

माधव र कुर्सी

हैरान

(आर्थिक दैनिक बाट)

संस्कार

Tuesday, April 27, 2010

“ए बाबु उठ कति सुतिरा’को -” सात बजेसम्म ओछ्यानमा सुतिरहेको छोरालाई आमाले चिच्याइन र तर छोरा उठेनन् ।
“बाबु । तलाई स्कुल जान पर्दैन” आमा चाठ्ठइन र तर छोरा सुतिरह्यो ।
“अब चाही पानी खन्याए है ।” आमाले अत्याइन ।
“……एकै छिन सुतौ भनेको दिएनन” छोराले अश्लिल शब्दको फोहोरा छुटाउँदै उठ्यो ।
“छि छि छि, हेर, बोलेको -” आमाले गाला चड्काइन ।
“…….. पिटेको -” छोराले फेरी अश्लिल शब्दले चिच्यायो ।
आमाले फेरी ठटाइन फुच्चैले फेरी अर्को अश्लिल शब्द बोल्यो । किन बोलिस भनेर फेरी ठटाइन उसले फेरी बोल्दियो । यसरी जति पटक ठटायो उति पटक उ झ झन बढी र कडा डोजको अश्लिल शब्द बोल्न थाल्यो ।
“बाबु गतिलो भए पो छोरा गतिलो होस” आमा भुत्भुताउन थालिन ।
“धत बाबु त्यस्तो नि बोल्ने हो ,” बाबुले सम्झाउन थाल्यो । “यस्तो नबोले कस्तो बोल्ने त -” छोराले प्रश्न गर्‍यो “यस्तो राम्रो संस्कारमा हुर्केको मान्छेले त्यस्तो फोहोरी कुरा गर्न हुँदैन । अब त्यसो नगर है” बाबुले छोरालाई सम्झायो । “अँ ठुला मान्छेले चाही बोल्न हुने हाम्ले चाही किन नहुने -” छोराले प्रश्न गर्‍यो ।
“को ठुला मान्छेले बोल्यो -” बाबुले सोधे । फुच्चे बोलेन । “तिम्ले बोल्यौ कि क्या हो -” फुच्चेकी आमाले ठुला ठुला आँखा पार्दै फुच्चेकी बाबुलाई सोधिन ।
“थोडी म तिम्रा बाबु हुँ र यस्तो जथाभावी बोल्नलाई म त फुच्चेको बाबु पो त” फुच्चेको बाबुले जंगिदै भन्यो।
“के रे केरे । अर्काको बाउलाई जे पायो त्यहि भन्ने हैन है, कैले बोले मेरा बाउले जथाभावी -” फुच्चेकी आमाले भनिन् ।
“तिमीलाई भगाएको बेलामा नि, आम्मामा… कम्ता भनेका हुन त्यो दिन बुढाले ।”
“तिमीले पनि बाँकी राखेका थियौ र त्यसबेला”
“तर त्यसपछि त मैले बोलेको छैन नि त त्यस्तो ।” फुच्चेको बाबुले भने ।
“आमा बाउले पनि त भनेका छैनन नी त्यसपछि ।” फुच्चेकी आमाले भनिन ।
“तर बाबुले कसरी सिक्यो यो, त्यतिबेलाको कुरा सुनेर त सिकेन ।” फुच्चेको बाबुले भने ।
“त्यही त टोलमा पनि त्यस्तो खराब संगत छैन । स्कुल पनि त्यस्तो ठुलाबडाहरु पढ्ने स्कुलमा पढाइएको छ ।”
“कतै स्कुले साथीहरु खराब छन कि क्या हो -” फुच्चेकी आमाले भनिन ।
“भन त बाबु तिम्रा साथीहरु को को छन्” फुच्चेको बाबुले फुच्चेलाई सोध्यो ।
फुच्चेले भन्यो- “सबै मन्त्रिका छोरा छोरी छन्”
“अनि तिम्ले कहाँबाट सिक्यौ यस्तो फोहोरी कुरा गर्न -” फुच्चेको बाबुले फेरी सोधे ।
“स्कुलबाट” फुच्चेले जबाफ दियो ।
“प्रिन्सिपल ज्यू ।” रिसले आगो भएर आएको फुच्चेको बाबुले प्रिन्सिपलको कोठामा पस्दै चिच्यायो । “के भो महासय । किन चिच्याउनु भएको -” प्रिन्सिपलले फुच्चेको बाबुलाई सोधे ।
“यहि सिकाउनलाई हो यत्रो पैसा तिरेर मैले मेरो छोरालाई तपाईको स्कुलमा पठाको -” फुच्चेको बाबुले भने ।
“के सिकेछ त्यस्तो -” प्रिन्सिपलले सोधे ।
“लौ सुन्नोस” फुच्चेको बाबुले फुच्चेले बोलेको अश्लिल शब्दहरुको टेप रेकर्ड लाउड भोलुम बनाएर प्रिन्सिपललाई सुनाइ दिए ।
टेप रेकर्ड सुनेर प्रिन्सिपल मरि मरी हाँस्यो ।
“ओ प्रिन्सिपलज्यू पागल हुनु भो कि क्या हो -” रिसाएको फुच्चेको बाबुले उसको हाँसो सुनेर झन रिसाउँदै भन्यो ।
“जे होस तपैंको छोराले अब गरीखाला जस्तो छ ।” प्रिन्सिपलले खितखिताउँदै भन्यो ।
प्रिन्सिपलले उल्टै गिल्ला गरेको सुनेर फुच्चेको बाबु रिसले झनै भुटुक्कै भयो र भन्यो- “ओ प्रिन्सिपल तिमले कहिल्यै कुर्टाई भेटेका छैनौ कि क्या हो -”
“के काम गरेको छु र मैले कुटाइ नै खानु पर्ने -” प्रिन्सिपलले भन्यो ।
“फुच्चेले कसरी सिक्यो यस्तो कुरा -” फुच्चेको बाबुले प्रिन्सिपललाई सोध्यो ।
“हामीले सिकायौ, अनि सिक्यो” प्रिन्सिपलले सजिलैसँग भनि दियो ।
“तिमीलाई चड्कन लाइदिउ कि क्या हो – छोराले उच्च संस्कार सिकोस भनेर यत्रो पैसा तिरेर महंगो स्कुलाँ भर्ना गरेको त यस्तो अश्लिल कुरा सिकाएर पठाउने -” फुच्चेको बाबु रन्कियो ।
“यो उच्च संस्कार नै हो महासय ।” प्रिन्सिपलले भन्यो ।
“बहुलायौ कि क्या हो -” फुच्चेको बाबुले भन्यो- “पागलखाना पुर्‍याइदिऊ -”
“भयो पर्दैन बरु आफै गए हुन्छ । पागल बरु तपाई हुनुहुँदो रहेछ । हामी तपाईको बच्चालाई यति उच्च संस्कार सिकाई रहेको छौ कि त्यो मन्त्रि बन्नका लागि काम लाग्ने छ । यहि संस्कार सिकाउन हामीले मन्त्रिका छोरा छोरीको संगतमा तपैका बच्चाहरुलाई राखेका छौ ।” प्रिन्सिपलले भन्यो ।
“ओ भाते । तैले कसरी सिकाइस मन्त्रिका सरह उच्च संस्कार – जबकी फुच्चे यस्तो अश्लिल बोलिरहेको छ । मान्छेको बोलिमा उसको संस्कार झल्किन्छ हो कि होइन ।” फुच्चेको बाबुले भन्यो ।
“हो महासय । त्यसैले हामीले तपाइको बच्चालाई अश्लिल कुरा सिकाउदै छौ किनकि अहिले एक पछि अर्का मन्त्रिहरु अश्लिल कुरा गर्दै चर्चित हुन थालेका छन् ।” प्रिन्सिपलले प्रष्ट पार्‍यो ।
(publish in bishwadeep saptahik)

कुर्सिले नै ...........!!

Monday, April 12, 2010

धारा खोल्न अल्छि लाग्यो

छि कस्तो अश्लील ?

Sunday, April 11, 2010

योगासन

Wednesday, April 7, 2010

योगगुरु स्वामी रामदेव महाराजको आगमनसगै केही दिन यता काठमाडौं योगमय भएको छ । बृद्धदेखि बालकसम्म अनि तरुण तन्नेरीहरु समेत कपालभाती र अनुलोम-विलोममा आफ्ना थुप्रै समय व्यस्त गर्न थालेका छन् । घरदेखि अफिससम्म, बाटो देखि सयनकक्षसम्म अनि किचनदेखि पाइखानासम्म जताततै मानिसहरु योग अभ्यास गरिरहेका छन् । स्वामी रामदेवज्यूले भन्नुभए अनुसार सबै रोगको उपचार योग मान्दै आफ्ना रोगहरुलाई अन्त्य गर्न सबै योग साधनामा लागेका छन् ।
उपचार र स्वास्थ्यका दृष्टिले यो योग भन्ने कुरा गज्जप कै रै’छ । अब तपैले योग गर्न थाल्नु भो भने टाउको दुखेको, पेट दुखेको गानो गोला ग्याष्टिक चेट हुने रै’छ । जन्डिस भयो भने उखु खानु नपर्ने योग गर्‍यो चेट हुने । पखाला लाग्यो भने जिवनजल खान नपर्ने न त ट्वाइलेट जानु पर्ने योगका एक दुइ आसन लाइदियो चेट । लुतो आयो कन्याउन नपर्ने योग गर्‍यो चेट । सबै रोगको उपचार योगले नै हुने भएपछि हाम्रा नेताज्यूहरु पनि के पछि पर्थे यसमा । त्यसैले आफ्ना रोगहरु निर्मूल पार्न उहा“हरु पनि योग साधनामा लिन हुनुहुन्छ ।
स्वामी रामदेवले गराउने पराम्परागत योग अभ्यासले भने हाम्रा नेताज्यूहरु सन्तुष्ट हुनु भएन । हुनु पनि त कसरी – आखिर नयाँ नेपालका नेताहरु परे ।
पद्मासन, बज्रासन, हलासन, वृक्षासन जस्ता परम्परागत योगासनहरुले कसरी साफ पार्न सक्थ्यो नयाँ नेपालका नेताहरुको प्रोब्लम -
“हलोउ । ए रामदेव गुरु” योगसाधनामा लिन भइरहेका एक नेताज्यूले आखा खोल्दै योग गराउनमा लिन भएका स्वामी रामदेवको ध्यान भंग गराउँदै भन्नुभयो- “कति गर्नु यो झुर योग अभ्यास, अलि जोसिलो कुनै आसन छैन – यो आसन त लास्टै झुर लाग्यो त हौ ।” “कस्तो जोसिलो आसन बालक -” स्वामी रामदेवबाट आज्ञा भयो “त्यस्तो आसन जसबाट मनमा उमंग छाओस अनि शान्ति र सफलता मिलोस । अर्का नेताज्यूले भन्नु भयो ।
“योगले अवश्य शान्ति मिल्छ, तर तिमले एक चित्त भई योग साधनामा लिन हुनु पर्‍यो ।” स्वामी रामदेवले भन्नुभयो ।
“चित्त लगाई योग गर्न मनले खाएको योग हुन पर्‍यो नी थोडी योगी- जोगी बन्न आएका हौ र हामी, शान्ति हुनु पर्‍या छैन मनमा बरु हामीलाई नेताले गर्ने योग सिकाइ दिनु पर्‍यो । नेतालाई फाइदा हुने योग सिकाइ दिनु पर्‍यो ।” अर्का एक नेताज्यूले भन्नु भयो ।
“योग नेताले गरुन या जनताले गरुन सबै एकै किसिमका हुन बालक” स्वामी रामदेवले भन्नुभयो । “जनताले गर्ने योग गरेर । हामीलाई के काम -” अर्का नेताज्यूले भन्नु भयो “नेतालाई त तपाइले त्यस्तो योग सिकाउनु पर्‍यो जसको योगफल सधै सरकार नै होस् ।”
“हो ह्वाले एकदम ठिक भन्नु भयो” सबैले एकै स्वरमा भने- “ह्वाले कुरा एकदम मनासिव गर्नुभयो ।”
यसरी एक नेताको कुरामा ठ्याक्कै अरु नेताहरु पनि सहमत भएको दर्ुलभ अवस्था देखेर स्वामी रामदेव दंगदास हुनु भयो र भन्नु भयो-” योगफल सरकार हुने योग के हो बालक -”
“टिकासन” सरकारमा भइरहेका नेताज्यूले भन्नुभयो “टिकासनको योगफल सधै सरकार हुन्छ योगी महाराज त्यसैले हामीलाई टिकासन सिकाइदिनु पर्‍यो ।”
“टिकासनको योगफल सधै कसरी सरकार हुन्छ -” स्वामी रामदेवले सोध्नु भयो ।
नेताज्यूले भन्नुभयो- “टिकासनले सधैभरी सरकारमा टिकी राख्न सिकाउ“छ ।”
“हैन हैन स्वामीज्यू, हजुरले ढलासन सिकाइ दिनु तिनलाई अनि हाम्लाई सत्तासन सिकाउनु पर्‍यो, तिनको ढलासन नभइ कन हाम्रो सत्तासन सम्भव भएन” प्रतिपक्षि नेताज्यूले भन्नु भयो ।
ढलासनको कुरा सुन्नासाथ सत्तासन गरिरहेका नेताज्यू जंगिनु भयो र भन्नुभयो- “हैन हैन स्वामीज्यू यिनीहरु षड्यन्त्र गर्न खोज्दै छन् । ढलासन भन्दै यिनीहरु कब्जा-सन गर्न खोज्दै छन् ।”
“कब्जासन रे -” स्वामी रामदेव कुरा नबुझेर वाल्ल पर्नु भयो र भन्नु भयो – “हैन के हो यो कब्जासन -”
“कब्जासन भनेको त्यो आसन हो जुन सत्ता कब्जा गर्नका लागि गरिन्छ । यिनीहरु त्यहि गर्न खोज्दै छन् स्वामीज्यू । “सत्तासन गरिरहेका नेताज्यूले पोल खोल्नु भयो ।
“हैन हैन रामदेव स्वामीज्यू । यिनीहरु बिल्कुलै झुटासन गरिरहेका छन् ।” प्रतिपक्षि नेताज्यूले भन्नु भयो ।
“हैन स्वामीज्यू हामी सच्चासन नै गरिरहेका छौ ।” सरकारमा रहेका नेताज्यू ले भन्नु भयो ।
“इस । झुटासन हो त्यो ।”
“हैन सच्चासन हो यो ।”
“स्वामीज्यू ।” प्रतिपक्षी नेता रिसले आगो भए र भने- “तपाई चडकनासन गर्न सिकाइ दिनोस । मलाई चड्कनासन गर्न मन लाग्यो ।”
सत्तासन गरिरहेका नेताज्यूले भन्नु भयो- “यिनीहरु शान्ति प्रकृयामा आएर पनि चड्कनासन को को कुरा गर्दैछन् । यिनीहरुले अझै लोकतन्त्रासन गर्न सकिरहेका छैनन् ।”
यस्तैमा केही मनुवा प्रतिगमनासन सिकाइदे भन्दै आइपुग्यो नेताज्यूहरु आत्तिएर फेरी मेल मिलासनमा बस्न बाध्य हुनु भयो ।
तैपनि नेताज्यूहरुले तिनसय एकासन सिकाइ दिन स्वामी रामदेवस“ग अनुरोध गरी नै रहनु भयो । तीनसय एकासनस“गै धेरै योगआसन र अरु कुराहरु आए । पैला तीनसय एक जुटाउन जुटासन गर्नु पर्‍यो । त्यसको लागि पार्टीफुटासन गर्न पर्‍यो । पार्टीफुटासन हुन नसक्दा खण्डिकरण पनि गर्न पर्‍यो । सहमती खोज्न एल.सि.एफ. र एम.सि.एफ. निकाल्न पर्‍यो । यसरी योग सिविर भित्र गणितको कुरा उठ्न थाले पछि स्वामी रामदेवले टाउको कन्याउन थाल्नु भो- “हैन यिनीहरु मस“ग योग सिक्न चाहन्छन कि पुरै गणित ?”

एतिहासिक काम

Tuesday, April 6, 2010


लोडसेडिङ हटाउने उपाय

Thursday, April 1, 2010


लोडसेडिङले गर्दा हामीले हैरानी खेप्दै आएको धेरै भयो । जहिले पनि भित्तामा तन्द्रयाङ तुन्द्रुक झुण्डिने तार हुन्छ बल्ब हुन्छ, स्विच हुन्छ तर विद्युत भने कहिल्यै हुदैन । सरकार लोडसेडिङ घटाउन वर्षौं देखि लागेको लाग्यै छ तर लोडसेडिङ भने कहिल्यै घट्न सकेको छैन । धेरै चोटी हामी कहा हाम्रा खोलानालाबाट मनग्गे विद्युत निकालेर मुलुकै झिलीमिली पार्ने कुरा भएका छन् । अझ हाम्रा कति बुज्रुक, विद्वान नेताज्यूले रिमोट कन्ट्रोलबाट विद्युतको बिक्री गर्ने कुरासम्म गर्नु भएको थियो । मुखहरुले यसलाई हसी मजाकमा उडाए । तर उहाँको कुरा असम्भव थिएन । यदि पर्याप्त विद्युत निकाल्न सकेको भए त जसरी पनि सप्लाई गर्न सकिन्थ्यो । पानी मुनीबाटै किन नहोस । यहाँ समस्या त विद्युत निकाल्नुमा रह्यो । यहाँ पुग्ने विद्युत निकालेर विदेशमासम्म निर्यात गर्न पुग्ने हुँदा त जमाना कहाँ पुग्ला – विज्ञानको चमत्कारले त्यति बेलासम्म रिमोट कन्ट्रोलबाट विद्युत सजिलै निर्यात गर्न सकिन्छ । अझ जलविद्युत विकासको अहिलेको गतिलाई हेदा त त्यो बेलासम्म त विद्युत निर्यात गर्न रिमोट कन्ट्रोल पनि चाहिदैन । ‘ए विद्युत त“ बिक्री भएको छस ल विदेश जा’ भनेर अह्राए पछि विद्युत आफै विदेश जान्छ । अझ विद्युतलाई बिक्री गर्नै पर्दैन अवस्था हेरेर उ आफै ग्राहक खोज्छ । आफैलाई बिक्री गर्छ र आफै निर्यात हुन्छ । अझ त्यति बेला त जलविद्युतको चलन पनि हराइ सक्छ होला । विज्ञानको चमत्कारले त्यतिबेला गफैले विजुली निस्कन्छ होला । अहिलेको हाइड्रोपावर भने जस्तो त्यतिबेला गफोपावर बनाइन्छ होला र गफबाट बिजुली निस्कन्छ होला । अनि हाम्रा खोलानालाहरु काम नलाग्लान । तर नआत्तिनुहोस् त्यति बेला पनि हामीमा पर्याप्त विद्युत निकाल्ने क्षमता हुनेछ । यति बेला जलश्रोतमा दोश्रो धनि देश भए जस्तै त्यतिबेला हाम्रो देश गफ श्रोतमा पहिलो धनि देश हुन बेर लाग्ने छैन । कम्ता गफाडी छौ र हामी । तर त्यो त हाम्रो नाती पनाती, खँलातीको पालामा हुने कुरा हो । हामी अब हाम्रै पालाको कुरा गरौ न ।
सरकार लोडसेडिङ घटाउन लागेको लाग्यै छ । लोडसेडिङ हटाउन कै लागि इर्न्भर्टर आयातमा रोक लगाई सकिएको छ । तर घटाउन सकिरहेको छैन । इर्न्भर्टरले विद्युत खाएकोले लोडसेडिङ भएको भन्दै इर्न्भर्टर आयातमा रोक लगाइएको हो तर रोक लगाए पनि लोडसेडिङ घटेन । रोकेरै लोडसेडिङ घटाउने अर्को उपाय छ । त्यो हो स्विच अन गर्नै रोक लगाइदिने । स्विच अन गर्न प्रतिबन्ध लगाइसकेपछि विद्युत खपत हुने सम्भावना हुँदैन । विद्युत खपतै नभए पछि लोडसेडिङ हुने कुरै भएन ।
तर लोडसेडिङ नभए पनि के मज्जा भयो र बाल्नै नपाएपछि र विद्युत उपकरण चलाउनै नपाए पछि । तर भर्खरै लोडसेडिङ घटाउने नयाँ उपाय पत्ता लागेको छ । त्यो उपायको कार्यान्वयन गर्न सके बाह्रै मास झिलिमिली हुने छ । हालै एसएलसी परिक्षा चलेकोले लोडसेडिङ घटाइएको छ । ऐलेसम्म केही गर्दा पनि नघटेको लोडसेडिङ एसएलसी परिक्षाले घट्नुलाई सकारात्मक मान्नु पर्छ । यसले नयाँ सम्भावनाको ढोका खोलेको छ । अब विस्तारै एसएलसी परिक्षालाई बढाउँदै लगेर लोडसेडिङलाई घटाउँदै लग्नु पर्छ । अब एसएलसी परिक्षा वर्षो एक पटक होइन वर्षौ भरी सञ्चालन गरिनु पर्छ । हरेक दिन एसएलसी परिक्षा भएपछि त हरेक दिन लोडसेडिङ घट्यो नि हैन त -


हाइपोथेटिकल’

अहिले राजनीतिमा ‘हाइपोथेटिकल’ भन्ने शब्दले खुब चर्चा पाएको छ । पूर्व राजा ज्ञानेन्द्रले ‘हाइपोथेटिकल’ भन्ने शब्द प्रयोग गर्दिदा राजनीतिक वृतमा ठूलो भुइचालो गयो । नेताहरु भन्न थाले- “लौ बिताउने भो यसले” । जे होस यसलाई राम्रै मान्नु पर्छ । न्रि्रामा र्घुन थालेका नेतागणलाई हाइपोथेटिकलले एक पटक ब्यझाइ दिएकोमा ।
इतिहासले चिहान पुर्‍याइसकेको राजतन्त्र चिहानबाटै आफ्नो अन्त्य भएको कुरालाई हाइपोथेटिकल अर्थात काल्पनिक भन्दैछ । तर हामीहरु चै उसको कुरालाई हाइपोथेटिकल मान्न सकिरहेका छैनौ र तर्सिरहेका छौ । प्रेतसँग तर्सिएर हिड्नु हाम्रो विवसता हो । हाम्रा नेताहरुले झाक्रीसरी बजाएको सत्ताको डम्फुले प्रेत भाग्ने भन्दा पनि विउँतिएर र्फकने सम्भावना बढ्दै गएको छ । बरु यसको आधुनिक उपचार खोज्ने हो कि
 

गिर्जाउ पछि को ?

कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला स्वर्गे भएपछि मुलुकमा ‘गिर्जाउ पछि को -’ भन्ने कुराको बहस सुरु भएको छ । अहिले ‘गिर्जाउ पछि मै हु’ भन्ने कुरामा नेताहरुको होडबाजी चलेको छ ।
पैले पैले गिर्जाउ भन्दा म अगाडि भन्नेर अघि कुद्न तम्सनेहरु अहिले गिर्जाउको पछाडि कुद्नका लागि त“छाड मछाड गर्दै छन् । पैले गिर्जाउलाई उछिन्न लागि परेका र एक पटक उछिनेर सत्ताको स्वादै चाखि सकेका माओवादी अध्यक्ष प्रचण्ड यतिवेला गिर्जाउ पछि मै हु भन्दै संयन्त्र र सरकारको अध्यक्षता गर्न तम्सि रहनु भएको छ । सधै गिर्जाउ भन्दा अघि कुद्न खोज्ने कांग्रेस नेता शेरबहादुर देउवा अहिले गिर्जाउ पछि त मै हु भन्दै कांग्रेस सभापति उछिट्याउन अघि र्सर्दै हुनुहुन्छ । यता नेताद्वय रामचन्द्र बाजे र सुसिल दादा पनि गिर्जाउ पछि म भन्दै सभापति उछिट्याउन लागि रहनु भएको छ ।
गिर्जाउको देहान्त पछि मिलेको संयन्त्रको अध्यक्ष र पार्टर्ीीभापतिको अपुताली उछिट्याउन गिर्जाउ पछि म, गिर्जाउ पछि म भन्दै नेताहरु कुदेको देख्दा मलाई साह्रै झोक चलिरहेको छ । कहा“सम्म अन्याय हेर्नोस न गिर्जाउलाई दागबत्ती दिने चाही सुजाता दिज्यु अनि अपुताली हात पार्न तम्सिने चाही अरु नै 
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका