चुनाव नहुनुको बेफाइदा ।

Wednesday, June 19, 2013

बेलामा चुनाव भएको भए संबिधान बन्थ्यो नै भने पक्का थिएन । तर चुनाव भएको भए फाईदा भने अवस्य हुन्थ्यो । कसैगरी फाईदा भइहालेछ भने पनि घाटा चाही हुन्थेन । किनभने अहिले लगातार परीरहेको झरीले कम्ता दु:ख दिरहेको छैन मान्छेलाई । अहिले चुनाव भएको भए माओबादी अधक्ष प्रचन्डले भनेझै मससुन ढिला सुरु हुन्थ्यो । पानी ढिलो पर्थ्यो । अहिले झरिले यती सम्म बिध्वंस मच्चाउने थिएन । असारको लास्ट तिर मात्र रोपाइ अनी खेतीपातीको काम हुन्छ । सुरुमा त असारे धान भित्र्याउने काम हुन्छ । यस्तो बेलामा किन चाइयाथ्यो पानी ? किन चाइयाथियो मनसुन । बेकारमा दार्चुलामा बाढीले त्यत्रो क्षती हुने थिएन । धन-जनको खती हुने थिएन ।

माओबादीले त भन्या भन्यै थिको असारमै चुनाव हुनु पर्छ भनेर । बिध्वंसबाट आएको पार्टीले बिधवंस नै रोक्न यसो भन्यो होला भनेर कसले पत्यायो र ? आखिर चुनाव भएन । चुनाव नभएसी मनसुन फुर्सदिलो भो । काम पाएन । क्यार्नी त भन्यो छिट्टै आयो । खेतीको समय आएको भए पो मनसुन काममा आउथ्यो । छिट्टै आएको मनसुनले काम पाएन । उपद्रोमा लाग्यो ।


यदी असारमा चुनाव भएको भए । प्रचन्डले भने झै मनसुन ढिला सुरु हुन्थ्यो । र पानी सर्ने समय पर पुग्थ्यो । ढिला आएको मौसमलाई बतास चलाऊन, हल्का पानी पार्न र बादल लगाउन नै चटारो पर्थ्यो । सडकमा खोला बगाउन मन्सुनलाई समय हुँदैन थियो । बस्तिमा ढल उक्लिन र पुलमा खोला उक्लन समय हुँदैन थियो । पैरो लड्ने गरी पानी पर्दैन थियो । मृत्‍यु र क्षतीको समाचार सुन्नु पर्दैन थियो । 
त्यसैले हरेक बर्खामा संबिधान सभाको चुनाव होस । ताकी मनसुन पर सरोस । जेष्ठ देखी नै मनसुन सुरु नहोस । र बाढी पहिरो र डुबानको समस्या भोग्नु नपरोस । 

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका