दुध खाएर बिष

Monday, December 31, 2012

उहाँ अर्थात सिनियर राम । अर्थात रास्ट्रपति । अर्थात मुलुकको अभिभाबक । अभिभाबक ज्युको वात्सल्यबाट दुनिया चकित छ । त्यो दुनिया नै चकित पार्ने उल्काको वात्सल्य र पिरिम उहाको जुनियर रामप्रति ।
 
जुनियर रामको खवाई पियाई । बालुवाटारे महलको बास । सिंहदरबारे कुर्सीको रजाइ अनि भित्तामा तस्बिर झुन्ड्याउनुको सान देखेर इर्स्या गर्नेहरुको कमी छैन । झन्डै डेढ बर्षदेखिको सासन सत्तामाथीको उनको मस्तिले कतिलाई चित्त बुझेको छैन । र नै उनका अघीपछी खोइरो खन्नेहरुको धुइरो छ । 


उनको मस्ती खोस्नको लागी । सत्ताको भाग आफ्नो तिर पस्किनको लागी र कुर्सीमाथी रजाइ पनि आफै गरम भनी तम्सनेहरुको लामो लाम पार्टी बाहिर अनि भित्र पनि नदेखिएको हैन । तापनी उनको रजाइ यथाबत छ । मस्ती यथाबत छ र खवाई पियाई पनि यथाबतै छ । कारण सारा दुनिया उनि बिरुद्द उभिए पनि अभिभावक अर्थात सिनियर राम उनका लागी उभिएका छन । एक मायालु पिताले झैँ सिनियर रामले उनलाई काख मा बसाएका छन । अनि हातमा म्याद रुपी दुधदानी समातेर हप्ते , छ दिने , पाच दिने सत्ताको प्याक घुटुघुटु पियाईरहेका छन । जव म्याद रित्तिन्छ तव फेरी थप्छन फेरी पियाउछन । एबम रितले यो कर्म चालिनै रहेको छ ।
 
एबम रितले यो सत्ताको नियमित पियाईले जुनियर राम गतिला बन्दै गएका छन । मोटा र बलिया हुदै गएका छन् । पुल्पुलिएको सन्तान झैँ जिद्दी र कसैलाई नगन्ने भएका छन । उनलाई इर्स्या गर्नेहरु र स्वयम् सिनियर राम पनि कमजोर र निर्बलिया बनेका छन । जुनियरको घमण्ड झन् झन् बढ्दै हेको छ । अब त वात्सल्यले भनुम या बलियो बन्दै गएको जुनियरको दरले भनुम म्याद नपिलाई धरै नपाउने भएका छन् सिनियर रामले ।

मुसा हरुको बैठक |

Friday, December 28, 2012

एक दिन मुसा हरुको बैठक बसेछ | सानेपाको सेता दारी जुगा भएको मुसा | बल्खुको दारी जुगा नभएको मुसा अनि अरु केहि फुटकार मुसाहरु | उनीहरु बीच बालुवाटारे ढाडे बिरालोको बिरुद्दमा घनिभूत छलफल भएछ | छलफल उसको सिंहासन आफुले कसरि उछिट्याउने भन्ने बिषयमा केन्द्रित भएछ |

राम्रो मुखले त बिरालोले सिहासन हस्तान्तरण गर्दैन | त्यसैले त्यसलाई उछित्याउने पो कसरी ? उछित्याउदा उछिट्याउदै ढाडेले थापाएर आक्रमणमा उत्रियो भने ? त्यसको लागी के गर्ने कसो गर्ने भन्ने छलफल चलिरहदा फ्याट्ट उपाय सुझेछ | “ अब त्यसलाई घण्टा झुन्ड्याइदिम ताकी त्यो आएको परै बाट थाहा होस र भाग्न सकियोस | कुराको चौतर्फी समर्थन भयो | तालि बज्यो |

तर एउटा प्रश्न तेर्सियो त्यस ढाडेलाइ घण्टा झुन्ड्याउने पो कसले ? कसैले गएर मझुन्द्यौछु भन्ने आट पुर्याउन सकेनन | अन्तत उनि हरुले त्यो घण्टा झुन्द्यैदीन सितल निबास अनि लाजिम्पाट दरबार सम्म आग्रह गरे | दुबैले कुरो मनासिव ठहर्याए पनि अझै त्यसलाई झुण्ड्याउने आट पुर्याउन सकेनन |

जंगली ध्रुबे र बालुवाटारको ध्रुबे

जंगलबाट फुत्~~~~~त निस्केर गाउमा बितण्डा मच्चाउने जंगली ध्रुबे र जंगलबाटै फुत्त निस्केर सिंह दरबारमा मस्ती जमाउने गोर्खाली ध्रुबेको चर्चा अचेल ज्यादा छ | रुप र सारिरिक बनावटमा केहि फरक भएका यी ध्रुबे हरुमा ब्यबहारमा भने थुप्रै समानताहरु देखिन्छ | जंगली ध्रुबेको ला~~~~~मो सुड छ भने गोर्खाली ध्रुबेको लामो नाक छ | गोरखाली ध्रुबे नि एकताक सरकारको ‘मोस्ट वान्टेड’ सुचीमा परेका थिए र तिनलाई मार्न सेना प्रहरी खटिएका थिए |

त्यति बेला गोर्खाली ध्रुबे नि जंगलमै बस्थ्यो  | अचेल जंगली ध्रुबे जंगलमा छ र त्यो सरकारको मोस्ट वान्टेड सुचीमा परेको छ | जसलाई मार्न अहोरात्र सेना प्रहरी खटिएका छन | तै पनि त्यसलाई समात्न सकिएको छैन |

त्यसैले नै उसले बालुवाटार बस्ने ध्रुबेहरुको निद हराम गर्न सफल भएको छ | जनतामा त्रास र चर्चाको उत्पादन गर्न सफल भएको छ | अहिलेको बालुवाटारे यानकी गोर्खाली ध्रुबे जंगलमा हुदा पनि बालुवाटारमा ध्रुबेहरु थिए | र तिनीहरुको त्यसै गरी निद हराम गर्न सफल भएको थियो | पछी नारायणहिटीको ध्रुबे सारै मत्त भएर निस्कियो | बालुवाटारे , सिंहदरबारे धुर्बे मध्धे केहीलाई थुनेर बाकीलाइ धपाएर आफु महाध्रुबे भएर निस्कियो | र त्यतिबेलाको जंगली , गोर्खाली अर्थात अहिलेको बालुवाटारे ध्रुबे जो  त्यतिबेला जंगलमा थियो त्यसको सम्पूर्ण टेन्सन आफैमा बिसायो | जंगली ध्रुबेहरु बिरुद्द सेना परिचालन तिब्र पार्यो | सहरी ध्रुबेहरुलाई नि खेदो खनायो |

आब्बुइ बजारभाउ |

आजकाल सप्पै भन्दा बलबान बन्दै गएको मध्धे पुसको यो जाडोलाइ चेलेन्ज दिने झोक चलेर आयो | सप्पै भन्दा दाम्मी बाक्लो र महगो ज्याकेट किन्छु भनेर एक दिन चौध सए बोकेर बजार गाको | “उत्तरी अनुहार” ब्रान्डको ज्याकेटमा आखा पुग्यो | त्यहि मन बस्यो | त्यहि पिरिम पर्यो | टपक्क टिपेर ओल्टाइपल्टाई नि नगरी सोधीहाले _” सौजी यसको कती हो ?” सौजीले भने –“ चौध हजार | “ बज्जेले मेरो खल्तीको दाम कसरी ठ्याक्कै पार्यो हौ ? कतै मेरो खल्ती पारदर्शी छ कि क्या हो भनेर एक फेरा चेक गरे पस्च्यात फेरी सोधे –“ हैन सौजी कति रे ? “ सौजीले बुझ्ने गरी भनिदियो “चौध हजार | “ टुइ~~~~~य गरिरहेको कानलाइ थुन्दै फेरी सोधे –“चौध हजार ?” उसले भन्यो –“ अँ हजुर | चौध हजार |”
उसको आखा नियाले राता छ कि छैन भनेर | राता थिएन सेतै थियो | “ साहुजी कति बज्यो ह ?” समय सोधे उसको होस चेक गर्न | “ साढे एघार | “ मेरो घडीमा पनि त्यति नै बझेकोथ्यो | अब थाहा भयो | उसले दिउसै पिएको थिएन | मातेको थिएन | उसले १४ हजार मातमा भनेको थिएन | लौ ठिक छ त भनेर –“ साउजी तपाइको ज्याकेट तपाइँ नै लगाउनुहोस | मलाइ त यो महँगो भयो मा किन्दिन गए |” भनेर हिडे | ढोकाबाट निस्कदै गर्दा उसले भन्यो –“ पख्नोस न दाइ | डिस्काउन्ट भै हाल्छ नि |”
आफ्नो गोजीमा १४ सय | अलि पर पुगेर यसो सोचे | फर्किन पर्छ कि क्या हो ? डिस्काउन्ट दिन्छु नै भन्या छ | ९० प्रतिसत डिस्काउन्ट दिन्छ भने त किन्नम कि क्या हो ?
समय अत्यन्त लोसे भैरहेछ । जहाँ सबै प्रगतीहरु घस्रिदै छ । सबै कुरा ओरालो गतिमा तिब्र छ । तर अपवाद,बजारमा बस्तुको मुल्य भने बढी रहेछ बढीरहेछ उभोतिर ।
यता पेट्रोलियन पदार्थको मुल्यलेले झन औधी गरिसकेछ । बिस्तारि उहिल्यै खुत्रुक खुत्रुक नाम्छे हुँदै सगरमाथा उकालो लगाएर अस्ती नै बिजयी झन्डा फहराएछ । यता का उपभोक्ता ट्वाँ परेका पर्यै  । कारण अब पेट्रोलियम पदार्थको मुल्य सगरमाथा पुगी सक्यो । अब त यो खरिद गर्न तेन्जिङ नोर्गे शेर्पाको भन्दा कम साहसले पुग्दैन ।
तरकारी र खाद्यान्नको मूल्यब्रिद्दिको नकुरा गरम | मुल्यबृदिको साइज यसरी बढेछ की त्यसको उचाइले सगरमाथालाइ टेपछ । तैपनी उसको बृदि रोकिएनछ । हुँदाहुँदै एक दिन मुल्य बृदिको अनुहार हेर्न खोज्दा सगरमाथाको टोपी खस्ने दिन आएछ । र सगरमाथा लाई डल्ले भनेर जिस्काएर हैरान पार्न थालेछ । एक दिन त अत्ती भएर सगरमाथाले मुल्यब्रिद्दिलाई थर्काएछ -"अब चै डल्ले डल्ले भनेर जिस्काइस भने कुटाइ खान्छस !"
यि त खाध्यान्न र उपभोग्य बस्तुको मुल्यमा भएको बृदिको कुरा भो । अब कुरा गरुम खासै उपभोग गर्न आवश्यक नपर्ने सुनको कुरा । एउटा बाबु साह्रै झोक्किएर आएर छोरा लाई थर्काएर भनेछन -"कुलङ्गार मोरा !"
एक्कसी थर्काएको देख्दा छोरो जिल्ल पर्दै सोधेछ -"किन बुवा के भयो र ? किन कुलङ्गार भनेर गाली गर्दै हुनुन्छ ?"
बाबुले भनेछन-" केही गरिस भनेर  हैन केही गरिनस भनेर कुलङार भईस । यो उमेर भै एउटा केटी लभ गरेर भगाइनस । अब यो महगो सुन किनेर बिहे नै गर्दिनुपर्ने बनाइस है !" 
सङ्राहलय मा भिड थियो जहाँ एउटा बाक्सामा पहेलो बस्तु राखिएको थियो । एक महिला अर्किलाई त्यो बस्तु चिनाउदै भन्दै थिन - "बाक्सा भित्रको पहेको बस्तुलाई सुन भन्दछन । पहिले पहिले महिलाहरु यसका लगाउथे रे !

भनिन्छ अब त मुल्यब्रिद्दिले झोक चल्दा मङ्लग्रहमा पुगेर प्रिथ्बी तिर ढुङ्गा बर्षाउछ रे !

थप्पडको मुल्य ।

Thursday, December 13, 2012


पहिले पहिले थप्पडको सम्बन्ध मात्र क्रोध सँग हुन्थ्यो । जङ चलेपछी पिड्याङ गालामा चड्कायो सकियो । हदै भए उसले पनि फर्काउला उस्तै आइटम खानेले पनि । चमत्कारै भए खाने गान्धी बन्ला र थाप्ला अर्को गाला पनि । फर्काउने र अर्को गाला थाप्न पनि नसक्ने मान्छेले सुम्सुम्याउला । अनी भन्ला - " थप्पड नै चै हानी नहालेको भए हुन्थ्यो । " अझै कोही त - " ल बितायो " बन्दै टाप कस्लान । पर पुगेर भन्लान - " तलाई पख । " अनी फेरी बुर्कुसी मार्लान उसै गरी ।
तर अब थप्पडको सम्बन्ध क्रोध सँग मात्र छैन । झोक फेराइबाट उत्पन्न दु:खाइ सँग मात्र छैन । गालाको सुम्सुम्याइ र अर्को गालाको थापाइ सँग मात्र छैन । र झोक फेराइबाट झोक फेरिने पक्षमा उत्पन्न हुने नयाँ झोक सँग मात्रै नि छैन । जब देबीप्रसाद , पदम कुँबर जस्ता मनुवाहरु अकस्मात लबटा बोकेर उत्पन्न भए तब थप्पडको सम्बन्धमा आमुल परिवर्तन ल्यायो । अनी थप्पडका सम्बन्धका क्षेत्रहरु फराकिला बन्दै गए ।
केही बर्ष अगाडी देबीप्रसाद लबटा हल्लाउदै कामरेड झलनाथले माइक समाती राखेको मन्चमा उक्लिए तव थप्पडको सामाजिक प्रतिस्ठा सँग स्वयम्बर सम्पन्न भयो र जब त्यो हावामा हल्लिरहेको खस्रा लबटाले कामरेड खनालको चिल्ला गालामा स्पर्स गर्यो तब थप्पड र सामाजिक प्रतिस्ठाको लगनगाँठो बाँधियो । र थप्पडको सम्बन्ध झोक र दु:खाइ सँग मात्र नभएर त्यो सामाजिक प्रतिस्ठा सग हुन गयो । र खानेले आफ्नो प्रतिस्ठा भुइमा खसेको अनुभव गर्न थाले दु:खाइको खासै महसुस र महत्व रहेन । प्रतिस्ठा सँग सम्बन्ध गाँसिए लगत्तै थप्पडको दुखाइ सँग पारपाचुके भयो ।

गर्नु गर्यौ बाबुराम मुसा खाएर


रातदिनको भागदौड , व्यस्तता , तनाव र छटपटीबाट थकित उहा गत साता मुसाको खोजीमा निस्कनु भएछ | थारु बस्तीमा भेट्नुभएछ र टन्न मुसा खाएर फर्कनु भएछ | मुसा पनि भुत्लै सहित कहा हो र ? चट्ट भुत्ला खुइलाएर काटेर नुन , मसला , खुर्सानी हालेर साँधेको | अचार मुसा | हुन त खान्की भनेको व्यक्तिको इच्छा मा भर पर्ने कुरा हो | कसैले के खायो खाएन भन्ने कुरा अरुको चिन्ता र चासोको बिषय होइन तैपनी उहाँलाइ     “सु~~~~री !” भनेर बोलाउन मन लागेको छ | कारण उहाँ पहिल्यै देखि सुरो मान्छे त्यसमाथी मुसा खाएका | मुलुकमा पहिलो पटक प्रधानमन्त्रीले मुसा खानु भएको छ | उहाँले बाघै मारेर खानु भएको होइन | सिंह मारेर खानु भएको होइन | हात्ती , चितुकाको कुरा छोडुम | स्यालै सम्म पनि खानु भएको हैन | खानु भएको जाबो मुसा हो | तर चर्चा भने हात्ती , सिंह खाए भन्दा नी ठुलो भयो | हुन पनि ठुलाबडाले ठुलै कुरा खानु भएको भए त के चर्चा ? चर्चा भयो नै सानो कुरा खाएर |

राष्ट्रपतीको प्रयोग

Wednesday, December 5, 2012


नेपालमा प्रयोगको राजनीति निकै फस्टाएको छ । प्रयोगकै राजनीतिलाई प्रयोग गरेर एनेकपा माओवादी यहाँ सम्म आइपुगेको छ र ठुलो दल बनेको छ । उसले आफ्नो अनुकुल पहिले कहिले दरबारलाई प्रयोग गर्‍यो त कहिले दलहरुलाई । लास्टमा संसद्बादी दलहरु सग मिलेर भनुम या तिनिहरु लाई प्रयोग गरेर भनुम राजतन्त्रको भुत्ला खुइलायो । त्यसछी पनि कहिले काग्रेस त कहिले एमाले अनी कहिले मधेसबादी दलहरुलाई प्रयोग गरेर एक अर्काका भुत्ला खुइलाउने धुनमा लागि रह्यो । दलहरु भित्र पनि एक नेता वा पक्षलाई प्रयोग गरेर अर्का नेता वा पक्षको भुत्ला खुइलाउने काममा उ लागी रह्यो र लागी नै रहेको छ । त्यसो त पैला पैला शाहजीहरुले दल तथा शक्तीहरुलाई प्रयोग गर्ने नगरेका होइनन । तर अर्कालाई प्रयोग गर्ने धुनमा तिनिहरु आँफै प्रयोग हिन भएर एकातिर थन्किए ।

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका