दुध खाएर बिष

Monday, December 31, 2012

उहाँ अर्थात सिनियर राम । अर्थात रास्ट्रपति । अर्थात मुलुकको अभिभाबक । अभिभाबक ज्युको वात्सल्यबाट दुनिया चकित छ । त्यो दुनिया नै चकित पार्ने उल्काको वात्सल्य र पिरिम उहाको जुनियर रामप्रति ।
 
जुनियर रामको खवाई पियाई । बालुवाटारे महलको बास । सिंहदरबारे कुर्सीको रजाइ अनि भित्तामा तस्बिर झुन्ड्याउनुको सान देखेर इर्स्या गर्नेहरुको कमी छैन । झन्डै डेढ बर्षदेखिको सासन सत्तामाथीको उनको मस्तिले कतिलाई चित्त बुझेको छैन । र नै उनका अघीपछी खोइरो खन्नेहरुको धुइरो छ । 


उनको मस्ती खोस्नको लागी । सत्ताको भाग आफ्नो तिर पस्किनको लागी र कुर्सीमाथी रजाइ पनि आफै गरम भनी तम्सनेहरुको लामो लाम पार्टी बाहिर अनि भित्र पनि नदेखिएको हैन । तापनी उनको रजाइ यथाबत छ । मस्ती यथाबत छ र खवाई पियाई पनि यथाबतै छ । कारण सारा दुनिया उनि बिरुद्द उभिए पनि अभिभावक अर्थात सिनियर राम उनका लागी उभिएका छन । एक मायालु पिताले झैँ सिनियर रामले उनलाई काख मा बसाएका छन । अनि हातमा म्याद रुपी दुधदानी समातेर हप्ते , छ दिने , पाच दिने सत्ताको प्याक घुटुघुटु पियाईरहेका छन । जव म्याद रित्तिन्छ तव फेरी थप्छन फेरी पियाउछन । एबम रितले यो कर्म चालिनै रहेको छ ।
 
एबम रितले यो सत्ताको नियमित पियाईले जुनियर राम गतिला बन्दै गएका छन । मोटा र बलिया हुदै गएका छन् । पुल्पुलिएको सन्तान झैँ जिद्दी र कसैलाई नगन्ने भएका छन । उनलाई इर्स्या गर्नेहरु र स्वयम् सिनियर राम पनि कमजोर र निर्बलिया बनेका छन । जुनियरको घमण्ड झन् झन् बढ्दै हेको छ । अब त वात्सल्यले भनुम या बलियो बन्दै गएको जुनियरको दरले भनुम म्याद नपिलाई धरै नपाउने भएका छन् सिनियर रामले ।
 
अनि गत हप्ता छ दिने प्याक चुस्न दिएर सिनियर राम बनारस जाँदा भए । तर जुनियर रामले यसलाई राम्रो मानेनन । भने - " सिनियर रामले मेरा बिरुद्द लबिंग गर | म खत्तम भएको हल्ला फिजाएर । मेरो बिजेत गरे र बनारस जाने नहुने बनाए । "
 
सिनियर राम अचम्ममा छन । सोच्दै छन । आखिर यो के हो ? प्रिय जुनियरको यो स्वाभाविक बाल घुर्की हो कि अरुनै केही ? यहा के छ गडबड ? म धमाधम दुध खुवाउदै छु । यिनी बिष मात्र ओकल्छन बा ।

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका